Tag Archives: nepali sahitya

कविता : मान्छे

~भारती गौतम~ सबैसंग सधैं बिउँझिने प्रभातलाई जहाँको बिहानी पनि प्यारै लाग्छ । स्वच्छन्द आकाशमा उड्ने चरीलाई जहाँको आकाश पनि आफ्नै लाग्छ । ढकमक्क फक्रने गुलाफलाई संसारभरिको बगैंचा प्रिय लाग्छ । खै, कहाँ छ यिनीहरुको घर ? कस्ले दिएको छ यिनीहरुलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठेसमा प्रेरणा

~भुवनहरि सिग्देल~ बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न।

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~ गुड मर्निङ सबैलाई ! सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आत्माघोषणा

~बिमल गुरुङ~ अब म घोर तपस्या गर्छु म सोच्न थाल्नेछु कि मैले धेरै-धेरै महिनाहरु शुन्यमा बिताएँछु म सोच्न थालेको छु चल्न सक्दैन यसरी काम अब म घोर तपस्या गर्छु अब मेरो तपस्यालाई कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभाउले भङ्ग गर्न सक्दैन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुन कमाउने धुन

~हरिकला उप्रेती~ सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै प¥यो । विचार गरेँ, मान्छे कि त गुनले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कुन्दिनी

~लक्ष्मण घमाल~ पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दिल जल्ने देखोस् संसार

~भिम बहादुर थापा~ आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार ** दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार

Posted in गजल | Tagged | Leave a comment

मनाेवाद : सपनाको न्यायाधीश

~महेन्द्र पौडेल ~ बुबाले मुक्तिनाथ दर्शन गर्न जाँदा कालीगण्डकी तीरमा एउटा शिला भेटेर ल्याउनु भएछ । त्यो सुदर्शन चक्र जस्तो देखिएको कालो शिला थियो । सुदर्शन चक्रका आधारमा आस्था जगाउँदै विष्णु भगवानको साक्षात रुप मानेर उहाँले मलाई भन्नुभयो– ‘बाबु यसलाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : भुसको आगो

~अतित मुखिया~ आत्मिय मित्र, तिमीमा भुसको आगो भित्र भित्रै सल्किएछ मैले तिम्रो ब्यवहारमा धुवाँ उठेको यादै गरिन । अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री तिम्रै प्रगतिमा रमईरहे म तिम्रो सफलतामा आनन्दित भैरहे म तर त्यो आनन्दमा उल्टै

Posted in कविता | Tagged | Leave a comment

आचार्य प्रभाका बाह्र हाइकुहरु

~आचार्य प्रभा~ मनमा रोपेँ मेहेनतले माया ढुङ्गा फलेछ । ऊ बर्षियो र आवेशमा म पनि निथ्रुक्क भिजेँ ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन

~बासु शर्मा~ माटोको सुगन्धमा हरेक बिहान ब्युँझने मेरो देश अचेल माटो दुखेको पीडाले छट्पटाइरहेको देख्छु चेतनाका ब्यापारीहरुको बिगबिगी बढेर सगरमाथा पुड्किन थालेको देख्छु तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो ट्युब !!

~पौल भाट~ भाट जी , भाट जी … हाम्रो ढोकामा बिहानै साउती मारे जस्तो गरि .. एक जना करायो !! को भण्डारी चौकीदार ?? हजुर … मुनुवा ठाडा मा … बर्दिया का हुने लठा काट्न लाग्या छन् …. १५ -२० … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सिमानाको सास्ती

~टंक वनेम~ जिम्मेवारीको आरानमा बसेर शक्तिको धारमा धार नअर्जापे पछि बाँधले पानी बाँधेको बाँध्यै छ पानी उधोँबाट उभोँ बगेको बग्यै छ राप्तिको जलकुण्डमा निराशाको कमल फुलेको फुल्यै छ कोसीले धार फेरेको फे-यै छ लक्ष्मण बाँधको पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वसन्ध्या

~अभय श्रेष्ठ~ खच्चरको पिठ्युँझैँ दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन । दुःखको बेहिसाब भारी बोकेर हृदयको रगत कटकटिँदा जब जब सुस्ताउन उभिन्थेँ खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा । मेरो विशाल र लाटो हृदयमा हरेक कारबाहीपछि

Posted in कविता | Tagged | Leave a comment

गजल : यादमा भुलेर

~सुनिता सापकोटा~ गरेर प्रेमको उदय यादमा भुलेर बिताउदै छु समय यादमा भुलेर आफ्नो अवस्था थाहा पाउन गाह्रो हुन थाल्यो महासय यादमा भुलेर

Posted in गजल | Tagged | Leave a comment

कथा : गुमनाम आप्रवासी

~लेखनाथ काफ्ले~ टोक्यो, जापान आगत खाटमा पल्टेर बाहिर हेरिराखेको छ, सानो झ्यालबाट। त्यो कोठाको झ्याल भन्नु नै त्यही एउटा सानो प्वाल हो, सालाखाला २ फीट चौडाई र ३ फीट लम्बाइको। खै के जस्तो डिजाइन हो, बाहिरबाट जाली लगाएको छ, दुइवटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : साहित्य

~मुक्तिनाथ शर्मा~ पाकेका स्याउका दानाभित्रको रसमाधुरी काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।। के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ क्रोधको बेग जो रोक्छ सभ्य शान्त … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : रोजगार

~रामचन्द्र खतिवडा~ अहिलेका युवालाई वैदेशिक रोजगारले खूब तानेको छ । उनीहरू ठूलै सपना बोकेर खाडी मुलुक जान्छन् । नरे पनि यस्तै सपना बोकेर साउदी अरब गयो । दस वर्ष त्यहाँ बस्दा पनि उसले केही कमाएन । त्यहाँ उसले कुकुरले नपाएको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य कथा : सरकारी जागिर

~चिरञ्जीवी ढकाल~ ५ वर्षमा २५ चाेटी लाेकसेवा/ निगम/ बैँक/संस्थान अादिकाे परीक्षा दिइयाे, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने अाश मारेकाे थिएँ, २६ अाैँ पटकमा कताबाट फ्याट्ट न्याय सेवा काे  डिठ्ठामा लिखितमा नाम निस्केछ । अागनका डिलाँ गएर सात … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : प्रिय मार्क्स

~राजव~ प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्विर टोलाइरहेछु

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘माधवी’को महिमा

~कनकमणि दीक्षित~ यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको ‘रूपमती’ र गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन ‘माधवी’। ‘माधवी’ पौराणिक कथा हो। त्यस हिसाबले यो हामीहरूका लागि नौलो पुस्तक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : निराशा

~पुष्पा खनाल~ पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : माया भन्दै धड्किने दिल

~शेर्पीनी कान्छी ‘निम’~ माया भन्दै धडकीने दिल दुखीरहने ठाउ भयो तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।। क्षितिज पारि टोलाईरहेँ रात हुदै गयो चोखो माया फूल्ने बागमा घात हुदै गयो बादलको घुम्टो भीत्र पृयसीको गाऊँ भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रातो अक्षता

~क्षेत्र प्रताप अधिकारी~ यसपालि पनि मान्छेको रगतमा मुछेर लगाउने हो कि क्या हो दशैंको रातो अक्षता? कस्तो नन्सेन्स प्रश्न! देशमा जुठो परेको बेला टीको लाउनेलगाउनेहरु काजकिरिया बसेको बेला रातो अक्षता सजाउने भाग्यमानी निधार खोइ?

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

~कृष्णप्रसाद पराजुली~ म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : स्तब्ध आशक्ती

~आचार्य प्रभा~ शालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा म यसै हराएछु कि …….., आजकल म आफैभित्र आफैलाई पाउन असमर्थ छु , हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ ऊ पनि कता कता हराए झैं छ शायद……. हामीबिच अल्पपरिचिताको तगारो भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : अब त यो जिन्दगानी

~सिमूल~ अब त यो जिन्दगानी रोई रोई बित्ने भो कसरी म बाँच्ने होला आफ्नै माया बिझ्ने भो सडक गल्ली बिरानो भो तिमीसँग एक्लेपछि ढुकढुकी नै निस्सासियो तिम्रो साथ छुटेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : सम्बाद उतै भो

~दिवाकर स्वप्नील~ छ आखा यता फेरि सम्बाद उतै भो । भजी देव ऐश्वर्य सौगात उतै भो । जगाएर आशा उठाएर चाहा म सोच्थे चुमौला दुवैहात उतै भो

Posted in गजल | Tagged | Leave a comment

कविता : विवेकशील बीपीको सम्झना

~डा बमबहादुर थापा ‘जिताली’~ साहित्य र समाजवादी विचारको मर्म सय वर्ष बाँचेका छन् तिम्रा दुवै कर्म आज तिम्रो सम्झनामा बत्ती बालिदिन्छु विसङ्गति, विकृतिको हात्ती फालिदिन्छु । विवेकी ती विचार छन् आजभोलि लुला आफैं मात्र धनी बन्ने नेता भए ठूला दुवै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : नयाँ नयाँ घामको किरण

~नरदेन रुम्वा~ नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो नयाँ अब जिन्दगीको मिठो सुरुवात यो बुटा बुटा चिया बारी आङ्गन यो अजम्बरी फुलेका ति पसिना मोती दाना वरी परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आबेग

~सोम खनाल~ गजल, गीत, कबिता केही लेख्दिन आज यौटा अठोट लेख्छु लेख्दिन दया\अभिलाषाका याचनाहरू आज बिपद र क्रोध लेख्छु । हेर्दिन बगैचामा फूलहरू छुदिन घण्ट र त्रीशूलहरू सुन्दिन कुनै आग्याहरू तोडिदिन्छु सबै प्रतिग्याहरू ।

Posted in कविता | Tagged | Leave a comment

गजल : र त स्वार्थी भनें

~कृष्ण पौड्याल~ पुरानो सम्बन्ध तोड्यौ र त स्वार्थी भनें। पाईला अर्कै तिर मौड्यौ र त स्वार्थी भनें॥ सँगै बाच्ने मर्ने बाचा कसम खाएको हो। घुम्टो पराईको ओड्यौ र त स्वार्थी भनें॥

Posted in गजल | Tagged | Leave a comment