Tag Archives: nepali sahitya

लघुकथा : काउछो

~निरा शर्मा~ रातको १२.२० भएको छ । मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ । यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो … सँधै त आमालाई मेरो समयको असाध्यै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कहाँ होला सपनाको फूलबारी ?

~मणि भट्टराई~ म किन हराएँ यसरी ? कसरी कहाँ हराएँ ? जीवन खोज्न भनेर जीवनको जंगलमा कता पुगिरहेछु म ? के होला उदेश्य यसरी दौडनुको ? के होला रहस्य यसरी भौतारिनुको ? कहाँ होला उपलब्धीको शिखर जहाँ पुग्न कुदिरहेछ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : पाठ २ – मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर

~करूण थापा~ पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर शब्दका मात्रा या वजन (उर्दू वज्न) हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । … Continue reading

Posted in लेख | Tagged | Leave a comment

संस्मरणात्मक कथा : कुरो मिल्यो !!

~पौल भाट~ कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कृष्ण पौड्यालका ३१ मुक्तकहरु

~कृष्ण पौड्याल~ मुर्झिएको फुल झरेर के हुन्छ र। जिउदो लाश मरेर के हुन्छ र॥ गन्तव्यमा नपुग्दै साथ छुटेपछी। नाना भाती बयान गरेर के हुन्छ र॥ मुस्कान लुछ्ने ति हात नदेखाऊ। कुवेच्छिद नारिको जात नदेखाऊ॥ टाढिन्छन स्वार्थ पुरा गरे पछी। भो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

~गजेन्द्र बुढाथोकी~ श्री श्री श्री गभर्नर महाराज नेपाल राष्ट्र ब्यांक बालुवाटार दरबार । विषयः वंशावली पेश गरेको बारे । उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश … Continue reading

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : झुप्राको अगेनामा बलेनन् आगो

~वैरागी जेठा~ मेरो खरको झुप्राको अँगेनामा कुनै आगाका लप्काहरू छैनन् क्रान्ति स्थापना भएपछि मेरो खरको झुप्रामा छिरेको छु वर्दीधारीहरूको एक्कासी हमलाले मेरो घाउ बल्झिएको छ मूर्ख मानिसहरू आमालाई वदनाम गर्न भोटहाल्न दगुरिरहेछन् हाम्रा तन्नेरीहरू बाटो रोक्न आरनको ज्वालाझैँ उठिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कथा : काँटीमा झुण्डिएको जनै

~सन्तोष चिमरिया~ बिबाहको अघिल्लो दिन बडो हतारमा उसको  उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आफ्नै प्यारो गाउँ

~शशीकला थापा सुब्बा~ आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा परदेशमा छु कहिले काही भोकै पनि हुन्छु मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु कहिले आऊ दु:ख बिसाउन तिम्रो कोमल पाउमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~ भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?

Posted in रुबाई | Tagged | Leave a comment

गजल : दिलमा बिषादि भरेकोछ

~तिलक अनुरागी~ कसम तिम्रो दिलमा बिषादि भरेकोछ कोमल मुटुको पथमा काँडा छरेकोछ! पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ भन अपराध त्यस्तो मैले के गरेकोछ!

Posted in गजल | Tagged | Leave a comment

गजल : पत्थर बनि गई बिर्सिएर

~उद्धब ओझा~ मन कठोर पारी पत्थर बनि गई बिर्सिएर जुनीभरी साथ् दिउला भानि गई बिर्सिएर जिउला तिमी संगै बरु मर्नु परे मरिदिउला भन्नेलेनै कसम तोडी अनि गई बिर्सिएर

Posted in गजल | Tagged | Leave a comment

गजल : धुजाधुजा फाटिदिएँ

~नगेन्द्र ईङ्नाम “आठराईली”~ पीरति त नशा भन्थे यै नशामा लठ्ठै मातिदिएँ तिम्रो प्रेमको नशासँग मैले जीऊज्यानै साटिदिएँ पीरतिको नाममा तिमीबाट जब मैले धोखा पाएँ मनलाई सिउने ठाउँ नै रहेन धुजाधुजा फाटिदिएँ

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवन हो कि सुरुङ

~तिपाहाङ्ग फियाक~ ‘सर आज पढाइ भएन नि? किन?’ ‘कस्ले भन्यो? म क्लास सकाएर आउँदैछु।’ ‘अनि म पनि त क्लासमानै एक घण्टा एक्लै बसेर फिरेको?’ ‘आज देखि विद्यार्थी धेरै भएर अर्कै कोठामा पढाउन थालेको हो। शुरुमा त सबैलाई सदाकै कोठामा पढाउन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म कठोर कवि

~आभास~ मन धराप भएपछि यसमा केही अट्दैन तिमी प्रेमको प्रश्न गर्छौ ? यहाँ त घृणा पनि अट्दैन म त्यही धराप मन बोकेर हिँडेको एउटा भरिया म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : जिजीबिषाको लडाइँ

~आचार्य प्रभा~ ढुङ्गाको मन बोकेर पर्देशिएका हामी बाध्यताको बन्धनले बाँधिएका छौं , भन्छन, भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ पैसाको मोहमा फँस्यौ त र….. त्यसो हैन, केवल जिजीबिषाको लडाइँ लड्न मात्र हामी पर्देशिएका छौं

Posted in कविता | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार

~नारायण गडतौला~ १. समालोचनाको स्वरूप ‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~ गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन् नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन् ** प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : निन्द्रा लाग्दैन

~मनोज न्यौपाने~ साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन मेरै घरमा हो धमिरा लागेको जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~ ‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो । ‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्यामश्वेत जीवनका कथा

~जीवा लामिछाने~ पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~ कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : बिरामी हो विवेकताको।

~दिवाकर स्वप्नील~ रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको। घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको। भरौटे ती बिचाराले, सुनाए रे उही नारा.. उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको।

Posted in गजल | Tagged | Leave a comment

कविता : रित्ताघरहरु

~लोक राज भट्ट~ मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु अनी कहिलेकाही आगन्तुकले झै कसैले बजाइदिन्छ घाँट र घुमुराहरु तर भडारहरुमा राखेका दाइना र दुमाउहरु मुसाले चोट्याइ सक्यो ईतिहाँसलाइ चिथोरे झै गरी धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : मावाखोलाको मन

~प्रथा~ वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला– छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेर युगौँदेखि निदाइरहेको यो नदीले– जीवनको गति हालेछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~ उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो । उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सोचेजस्तो हुन्न जीबन !

~सजना गुरुङ~ हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर ! तर आज सजाय जस्तै आभास भैरहेछ डलर ! तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर ! दु:खको मुहान होउकी सुखको किरण ? बुझेरै नसकिने तिमी के हौ डलर ? … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अंगार

~यल्जी विवश~ हो, मेरो जीवन त्यही दिन सकिएको थियो जुन दिन समयको धारले मलाई काठ बनायो ! मेरो अस्तित्व र पहिचान फेरिएर म त्यही दिनदेखि अर्कै नामले बोलाइए, भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् ! अहिले त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तस्बिर जलाई गयौ किन ?

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ चिठी च्याती गयौ किन ? तस्बिर जलाई गयौ किन ? मेरो सुन्दर सपनाको , महल ढलाई गयौ किन ? बाचा तोड्यौ कसम तोड्यौ, दुइटा मुटु साटी जिउने , निस्ठुरी भै धेरै टाढा, छाडी मलाई गयौ किन ?

Posted in गजल | Tagged | Leave a comment

कविता : पिंजडा भित्रका कबिता

~प्रकाश सुनुवार ‘निराकार’~ नेलकडी ठोकेर पिंजडा भित्र बन्दी बनाइएको शताब्दीयौं भयो – मेरो कबिता ! पिंजडा – दन्तेकथाको एकिकरणको, अन्धा/ बहिरा/ लाटा राजतन्त्रको, पञ्चायत नामको, झुक्याउने प्रजातन्त्रको, फोस्रो लोकतन्त्रको, प्रमाणीत हुन नसकेको गणतन्त्रको । पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने कबिताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध जित्ने हरु लाई एक सानो सन्देश

~सन्जीव बंकिम~ भनिरहनु पर्दैन युद्ध आँफै मा एक घ्रिणित फोहोरी खेल हो जहाँ हामी अहमता का हुन्कार भरी रहेका हुन्छौ दुश्मन हरु लाई नस्तनाबुद पारी रहेको चर्चा गरी रहेका हुन्छौ हामी कति असत्य बोली रहेका छौ कि फँला फँला युद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~ रात भरी भरी गल्ली गल्ली बाट भुस्याहा कुकुरहरुको अट्टहासले मेरो निदलाई तर्साउँछ खै सुन्तली, त्यो स्याल कराएको आवाज ? झिस्मिसे हुनु धेरै पहिले देखि रातको प्रथम प्रहर सम्म मोटरगाडीको कोलाहलले

Posted in कविता | Tagged | Leave a comment