Tag Archives: nepali sahitya

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : यौवनको हिरासतबाट

~नवीन प्यासी~ यौवनको हिरासतबाट मध्यराति हावाले सुस्तरी अङ्गालो हालेपछि लामो-लामो स्वास तानिरहेकी सल्लाछेउमा बास बसेकी चखेवीलाई जीवन कस्तो लाग्दो हो! समयले दगुरिरहन नछाडेपछि वैशको सगरमाथा चढेकी फूलको छातीमाथि हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई जवानीको अत्तर कस्तो लाग्दो हो!

Posted in कविता | Tagged | Leave a comment

कविता : जात

~लेखनाथ छेत्री~ सोधिदिनु पुच्छर हराएर भर्खरै मान्छेजस्ता भएका मेरा सप्पैभन्दा पुराना पुर्वजलाई- कि कसले घोल्यो उसको रगतमा यो श्राप? जसले मसम्म आएर -मलाई बाटोतल्तिर धकेल्छ, -पानीमूनि श्वास फेर्न अह्राउँछ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : उदास थियो घरको दैलो

~बिस्नु प्रवा सापकोटा~ उदास थियो घरको दैलो रुँदै थियो खरको छाना तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।। बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

भलाकुसारी : समाजलाई हित हुने र अग्रगामी विचार दिनु साहित्यकारको जम्मेवारी हो

साहित्यमा परिचित नाम हो भुवनहरी सिग्देल । वि.सं. २००७ साल जेठ ५ गते काठमाडौंको थानकोटदेखि उत्तरतर्फ दहचोकको डाँडामा जन्मिएका कवि साहित्यकार सिग्देल पिता नन्दलाल र माता मीनकुमारीका जेठो सन्तान हुन् । विषेशतः कविताका माध्यमबाट साहित्यजगतमा परिचित सिग्देलले कथा, निवन्ध, खण्डकाव्य, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

चित्र ‘लक्ष्मी’का पन्ध्र हाइकुहरु

~चित्र ‘लक्ष्मी’~ औंसी न पूर्णे सोत्तर तोरीबारी अन्धो जवानी! जूनेली घाम चैते पवनवर्षा आहा जिन्दगी! ऊनिउँ फूल्छ रुझ्छन् ढुङ्गे परेली व्रतालु गिद्द!

Posted in हाइकु | Tagged | Leave a comment

कविता : पराग हत्याराहरु

~छविलाल कोपिला~ देश जलिरहेछ तिमी भने, प्रणय स्थलमा बसेर प्रकृतिले दिएका सृष्टिका लाखौं पराग हत्या गर्दै कलिला फूल दिएर अनि फूल लिएर प्रणय साटिरहेछौ अनि भन,

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक उत्खनन्को आख्यान

~हरि अधिकारी~ यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बर्दीको मान्छे

~प्रकाश रम्घाली~ काँडे तारको बारलाई फुत्त नाघेर जब निस्कन्छ यो फौजी केटो त्यसपछि- टक्क रोकिन्छ दौडीरहेको बादल नुन खाएको कुखुराझै झोक्राउन थाल्छ घाम बन्दुकको छर्रा लागेको चराझै छटपटाउछ जून र, तितर/बितर हुन्छन आकाशमा गट्टा खेल्दै गरेका ताराहरु प्रेम गर्न डराउछे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मबाट कविता लेखिदैन

~निश्चल काउचा~ मबाट कविता लेखिदैन देश दुखे पछि कविताबाट म लेखिदो रहेछु गणतन्त्रको कलिलो आगनमा उभिएर हेरिरहेछु मेरो देश बुद्धका आँखामा श्यामश्वेत धरहराको टुप्पोमा कठै सगरमाथाको हिउ फुल झरिसकेछ देखेथे लार्भाबाट रंगिन पुतली बनेको

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : महान् लेखक गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’

~आभा~ गोर्कीलाई पढ्ने सायद थोरैले मात्र ‘आमा’ नपढेकोहोला। गोर्कीलाई चिनाउने पुस्तक नै ‘आमा’ उपन्यासभन्दा पनि सायदै फरक पर्ला। ‘आमा’ विश्वप्रसिद्ध साहित्यमा गनिने उपन्यास हो। ‘आमा’ को पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो। यो तत्कालीन रुसी सामाजिक एवम् राजनैतिक परिवेशको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : एउटी बेश्याको प्रतिकार

~सन्जीव बंकिम~ भलै सरकार , एन. जि. ओ. , अाई. एन. जि. ओ. हरुको सहकार्य मा उसको बेश्यालय माथि प्रतिबन्ध लगाईएको थियो । बेश्याब्रित्ती एक गम्भिर अपराध हो भन्ने आशय का त्यहा थुप्रै होर्डिङ बोर्डहरु टासिएका थिए । तापनी अघोषित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाँगो भएर आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ चुँडेर फालेका थ्याै हाँगो भएर आएँ कुल्चेर थोपा हाँस्याै छाँगो भएर आँए फुकेका थ्याै उडाउनलार्इ धुलो ठानेर जनमभरि यतै बस्छु पाँगो भएर आएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : झोपडीहरू

~दिपेन घिसिङ्~ फाटेका सपनाको छाता ओढेर कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका झोपडीहरू संसार फट् फट् फट्किँदा पनि भ्रमको आगो तापेर झुक्रिएर बस्न वाध्य छन्। इच्छाहरू बाँसको खाम्बोमा सुर्काउनै सकेका छैन झोपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम : जिवनकाे यात्रामा

~मसान उपासक~ पहिलोपटक तिमिले याे मुटुमा सुम्सुम्याएर नभनि गएपछि दुखेकाे हाे देब्रेछातिकाे कुनाकाप्चामा दाेस्राे पटक तिमिले छाेडेर गएपछि

Posted in कविता | Tagged | Leave a comment

प्रहसन : सपथग्रहण

~मनोज गजुरेल~ पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख, सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव सपथ खाने (पितृभाषामा)- फोरमानन्द झा ‘म’ ‘मैं’ ‘म’ ‘मैं’ ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘ ‘मैं’

Posted in प्रहसन | Tagged , | Leave a comment

कविता : पर्ख म आउँदै छु

~मानुसी अज्ञात~ पर्ख मेरा साथी सङी म आउँदैछु बालपन लोहोरी मा मस्त नीदाउदैछु | आजको म सानी नानी भोली ठुलि हुन्छु सन्कल्प छ मेरो ठुलो सगरमाथा छुन्छु | नेपालकी छोरी हुँ म नेपाललाई पढ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : हातेमालो गरौ

~के आर शर्मा~ नौ नौ महिना आमाको कोखमा बसी एक शिशुको रुपमा पूर्ण बिकसित भइ प्रसबका अन्तरबेदनाहरु दिदै आमाको पेटमा स्वतन्त्रता खोज्दै च्या चु को आवाज संगै धर्तिमा ओर्लिएकी म नेपाल पुत्री मातृभूमीमा भर्खरै पैदा भयकी मणी दाहालकी मात्रै नभई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~ १ सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन । अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : थपक्क

~कणाद महर्षि~ ऊ यसै थपक्क बस्यो भीड बढी रहेछ, आवाज उर्लंदो छ मान्छेको सोच फरकफरक छ आˆनै समूह-स्वार्थको नगिच छ यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए कोलाहल सुनेको थिएा बाटोमा कााडाहरू छरपस्ट छन्- भन्ने पनि सुनेको थिएा अगाडि उज्यालो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चुरा खस्यो

~डा. दुबसु क्षेत्री~ जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट्न थालेपछि उनको मनको छुरा खस्यो ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : बिर्सेको कुरा

~शार्दूल भट्टराई~ म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ। दिउँसो फेरि पुगेँ। उहाँ आउनु त भएछ तर खाना खाएर फेरि निस्किसक्नु भएछ। कता जानु भएको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सराङकोटको माछापुच्छ्रे र मेरो पर्यटक मित्र

~अरुणा बैद्य~ घाम तापेर भर्खरै भित्र पसिन् माछापुच्छ्रे आजभोलिको कडा घामले सौन्दर्य बिगार्छ भनेर कपाल दुखाउंछ भनेर उनी हिमालसुन्दरी धेरैवेर वाहिर वस्नु पनि हुँदैन । तर मेरो पर्यटक मित्र टाढाटाढाको देशवाट एकाविहानै तिमी उकालै उकालो आएको जानेर, उनले सुन्दरीहरुले जस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ठूलोबाको कन्तुर

~तुलसीहरि कोइराला~ भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको अन्त्येष्टि

~विप्लव प्रतीक~ कविता मेरो हातबाट गुम्दैछ, मेरा विचार र भावसँग छुट्टिएर मेरो कविता समयको अँगालोमा मस्तसँग बाँधिएर गइरहेको छ— र, म चूपचाप, निरीह, टोलाएर यो तमाशा हेरिरहेछु । दुनियाँमा भएका असमानता, शोषण, बन्धन र अत्याचार

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : तरंग

~कात्यायन~ – “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए | – निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो | – शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जन्मदिन

~हेमन यात्री~ मैले बाँचिदिएको छु र सम्झनेलाई एउटा बहाना भएको छ आजको दिन । आमाको कोखमा छँदा म कहाँ–कहाँ पुगें हुँला ? लेकबेंसी/हाटबजार ? पँधेरो/करेसाबारी वा गौचरन ? त्योभन्दा टाढा पुगेको भए

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वच्छ मन हुनेहरू

~प्रतिमा विवश राई~ मनको मैलो फ्याँक्न सके देवता पुज्नु पर्दैन आफैंभित्रको देव चिने मन्दिर धाउनु पर्दैन । खुशी दिन नसक्नेले दुःख नदिए पुग्छ बैगुनीलाई गुन गरे उसको शिर झुक्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

किरात लोक कथा : हेङमावा (रक्सि)

~निराजन राजालिम ‘बतास’~ उहिले किराती गाउँको कुरा हो l त्यो समय एउटा गाउँमा एकजना किराती बुढी बस्थिन् l बूढीको परिवार थिएन l ति बूढी दिनहुँ हेङमावा बनाउने गर्थिन् l उनको बाँच्ने मेलो र काम भनेकोनै हेङमावा बनाउने र बाँच्ने थियो … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : जोर हात दाउँछु

~अनुकुल प्रकाश~ कर्मठ मेरा जोर हात दाउँछु परिश्रमको नै गीत म गाउँछु धेरै सुन्यौ मेरा विरताको किस्सा अब विकासको मूल उगाउँछु

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : कालजयी आख्यानकार रमेश विकल

~शार्दूल भट्टराई~ एउटा गौरवशाली नाम हो–रमेश विकल। यो नाम अत्यन्तै सम्माननीय,गरिमामय र लोकप्रिय रहेको छ नेपाली आख्यान साहित्यमा। साहित्यमा बहुविधाका सफल सर्जक हुनुहुन्छ– रमेश विकल। छ दशकभन्दा लामो सिर्जना यात्रामा उहाँ कथा,उपन्यास, नाटक,निबन्ध,यात्रा साहित्य ,बाल साहित्य तथा चित्रकलामा समेत सफलतासाथ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

पुस्तक समीक्षा : यौन मनोविज्ञानको कथा “यायावर”

~केदार शर्मा~ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?” खारिएका र संयमित राजनीतिज्ञ आचार्यले यायावर को … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment