Tag Archives: nepali sahitya

कविता : भेट र पृथकता

~हेम प्रभास~ फूलसँग रङ र सौन्दर्य चोरेर मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा तिमीले गाली गर्यौ र, पो म फर्किएँ। तिमी जङ्गलैजङ्गल दौडँदा जङ्गलका काँडाहरूलाई फकाएँ र, तिम्रा पाउहरूमा नबिझ्नू भनेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलादाइ

~दिलिप योन्जन~ आफ्नै पीडाका गीत गुन्गुनाउदै उकालो ओरालो अनि चौतरीमा ख्वाक ख्वाक खोक्दै थुक्दै स्वाँ स्वाँ गर्दै ठेला ठेलिरहन्छ जाडोमा गर्मीमा एकनासले गन्तब्यको खोजीमा |

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बोल्ने भगवान !

~सजना गुरुङ~ ” छोरी ! छोरी ! ! ” आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ ! ” हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! ” सिरकले अनुहार छोप्दै जवाफ दिए ! सिरक तान्दै बोल्नु भयो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेपत्ताको आत्मा

~हेमन यात्री~ बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरू सँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम धनिमाया थारु — वर्ष चौरासी

~रमेश सायन~ म धनिमाया थारु आगनमा चलिरहे छ मेरै चौरासी पुजा अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु । देउतालाइ सुहाउँछ सुहाउँदैन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी म नेपाली माटो मन-वचनले धारण गरूँ ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।। शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा दिऊन् विद्या अग्ला हिमगिरि “हिराका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : हूलिया हराइरहेछ

~उदय निरौला~ पातको नाद–कानपात नाप्दै–नाप्दै वेगले हानिरहेछ हातको हात– दिनदहाडै– दिन तम्तम्याईलो पल्टिरहेछ पेटीको वास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ माथि लक्ष्यको ताँदो नउठ्दै झ्वाट्ट चुँडिरहेछ । गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-साथी

~भिमा राई ‘तोलाछा’~ असिम दुरत्वको क्षितिजलाई सम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो ठुलो साँझ पर्न अघि चरीहरू चिरबिऱ्याई रहेको बेला एकतमासको भावबोधसित टोल्याईरहने जीवनका पलहरू आज अचानक त्यै क्षितिजको लालिमामा भष्म भएझैं लाग्छ तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद आइरह्यो

~प्रवीण खालिङ~ तिमी घुम्तिदेखि उता गएपछि सम्झना मात्रै राख्न सकें बाटो भरि पैयुँको फुलहरूमा माया हाँसिरह्यो सारंगीले मुटु रेटेको धुन गाइरह्यो साँच्चै तिम्रो याद आइरह्यो। हिमालको मुन्तिर उभिएर खाएको कसम

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : परिणाम

~होम सुवेदी~ उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : कमरेड पुस्तकहरू

~कुमार काफ्ले~ एउटा पुस्तक फगत खाली कागजमा कोरिएको कलमको निर्जीव मसीमात्र हैन लक्ष्य भेदन गर्ने अचुक अस्त्र हो हामी बाँचिरहेको युगको दर्पण हो,यथार्थ हो। प्रकृतिको,मानव मनको इतिहास हो,भूगोल हो दर्शन हो,सिद्धान्त हो

Posted in कविता | Tagged | Leave a comment

गजल : आतङ्कको राग सधै

~अमर त्यागी~ सुनाउछ समयले आतङ्कको राग सधै लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै रेटिदैछ प्रतिदिन चेतनाको घाटी यहा लागेको छ चरित्रमा कलुषित दाग सधै

Posted in गजल | Tagged | Leave a comment

सूत्रकथा : मौका

~दिलीप आचार्य~ त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) दशै,तिहार धर्म सहिस्णुताको मिठो प्रेरणा। (ii) आरती गरें शान्तिको दिप बाल्दै लक्ष्मी पूजामा।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : पुरा गर्न नसकेको मेरी हजुरआमाको रहर

~नोगेन हांग~ अझै गर्छु अझै बाँच्छु संसार हर्छु भने पनि यो मृत्यु भन्ने अन्तिम घडी आए पछि त जानै पर्छ । तर यी बाँचुन्जेलका अधकल्चो प्राप्तीहरु संग दिक्कदारी को छताछुल्ल संबेगमा पनि भ्रामक दुरबिनहरुले कहिल्यै नभरिएको आशाका खड्कुँडो भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अवश्य आउनेछ

~दामोदर नेपाल~ त्यो भञ्ज्याङमाथिको क्षितिजबाट सधैँ घाम झुल्किन्छ तर मेरो बाबु अझै झुल्किएन आशा मरेको छैन तृष्णालाई बुढ्यौली लागेको छैन त्यसैले त नियाल्दैछु उसको बाटो अनि वर्षौम्म नियालीरहनेछु जबसम्म ऊ आउँदैन

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : प्रभु, सर्कार, तपाईं, तिमी र तँ

~मदनमणि दीक्षित~ बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच. सुहरवर्दीको समयमा “डाइरेक्ट याक्सन” चलाइएको थियो । त्यो घटनामा ब्रिटिस सरकारले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : देश-द्रोहीहरू

~कात्यायन~ – ऊनीहरूलाई देश टुक्राउने भाषण गर्न आउँदैन | खोला-नाला बेच्न जान्दैनन् | आन्दोलनको नाममा हिंसा पनि गर्दैनन् | चेली-बेटी ओसार-पसार गर्न पनि आउंदैन | तस्कर गर्दैनन् | अमूल्य जडिबूटी, प्राचिन मूर्तिहरू, कलाकृतिहरू पनि बेच्दैनन् | – मित्र-राष्ट्रहरूलाई गालीगलौज पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : डायस्पोरिक उपन्यास “मोटेल अमेरिका”

~शार्दूल भट्टराई~ हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सिक्रेट सल्काइदेऊ थापा दाइ !

~मीन बहादुर विष्ट~ ‘सिक्रेट सल्काइदेऊ थापा दाइ चाँदीको कुल्पीमा’ सल्काइदिनोस्, थापा दाइ जरुर सल्काइदिनोस् हजुरको हजुरलाई अम्मल बसेको छ सिक्रेटको तसर्थ सल्काइदिनोस् सिक्रेट चाँदीको कुल्पीमा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैको नाम भएन

~ज्ञानुवाकर पौडेल~ मेट्न कसैले यहाँ कसैको नाम भएन गतिलो तिम्ले’नि गरेको कुनै काम भएन जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै सीतालाई बचाउन यहाँ एउटा राम भएन

Posted in गजल | Tagged | Leave a comment

कविता : वैचारिक युद्ध लडौँ

~प्रतिमा विवश राई~ म प्रेमको कुरा गर्छु तिमी युद्धको विपरीत ध्रुवमा उभिएका हामी कसरी एउटै विन्दुमा उभिन सक्छौँ ? मसँग प्रेम गर्ने मुटु छ तिमी भन्छौ, मसँग युद्ध गर्ने हतियार छ अब भन मुटु र हतियारलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : छटपटीमा रात बित्यो

~डा. दुबसु क्षेत्री~ छटपटी छटपटीमा रात बित्यो कुतकुती कुतकुतीमा बात बित्यो आँखामा आँखा ओठमा ओठ एकै झमटमा यौवनको बात बित्यो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : गर्व

~रवीन्द्र समीर~ विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्। भव्य हलको एउटा कुनामा चालु मदिरा बहसः “हामी के कुरामा कमी छौं?” “तिमीहरू हाम्रा लागि मगन्ते … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कामरेड क्रान्ति !!!

~गोकर्ण भट्ट~ स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’। उसले आफ्नो असली नाम कहिल्यै सुन्न पाएन। बोलाउने मान्छेपिच्छे उसको नाम फरक पर्ने। भट्ट, जोशी, पाण्डे, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आकंक्षाहरु

~रुपेश श्रेष्ठ~ छितिज बादलका छिर्काहरु सपना र शाहसहरु। अनाकार आकाशको मुन्तिर वादलुको फेदसम्म उक्ली उक्ली चुलिएर अनाकार अदम्य शाहसले अनाकार सपनाका

Posted in कविता | Tagged | Leave a comment

कथा : एक्सपेरिमेन्ट

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन,खायो कि वाकवाकी गर्छ। चांडै थाक्छ। धेरै सुस्त भैसक्यो। के भएको हो राम्ररी हेरिदिनुस् न है।” बुध्दवीर थचक्क मेचमा बस्यो। उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो छैन। विरामी भएको भनेर त्यसो त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बोक्सी

~कल्पना चिलुवाल~ उनीहरूले बोक्सी करार गरिदिएकै रात झाँको फिजाएर बोक्सी खोज्न ऊ निस्किएकी हो कस्ता कस्ता हुन्छन् बोक्सी सम्प्रदायका अनुहारहरू बोक्सी रीतिरिवजहरू बोक्सी नृत्य र गायनहरू बोक्सी बुझ्नकै लागि यो मध्यरात

Posted in कविता | Tagged | Leave a comment

‎कविता : भारी

~यल्जी विवश~ उफ्… सि..sss,औ..स्…sss- यो पसिना पनि कति आएको हो, मैले त सोचेको पनि थिईन- बाह्र बर्ष पछि त खोला पनि फर्किन्छ, भनेझै बर्सौपछि अचानक यहि चौतारीमा यसरी तिमिसँग भेट हुन्छ भनेर, यहि चौतारी हो, जहाँ हामी गुराँसको ईन्द्रेणी बनाउथ्यौँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सिको पिडा

~हरि अधिकारी~ त्यो कालो कुर्सि त्यो सेतो मान्छे, वा तर त्यो सेतो मान्छे पातलो मान्छे, त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ तर त्यो पातलो मान्छे मोटाउदै छ, अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि तर

Posted in कविता | Tagged | Leave a comment

छोक : थाना

~बिमल गुरुङ~ अपशब्दका डंगुर लात/घुस्सी/थप्पड डण्डा/लठ्ठी/करेण्ट

Posted in कविता | Tagged | Leave a comment

चिन्तन : आत्मसंयम

~अज्ञात~ हामीलाई हाम्रा अभिभावकहरूले नियन्त्रण गर्छन् भने अभिभावकले आफूलाई आफैले नियन्त्रण गर्छन् । निश्चित अनुशासन वा निर्धारित नियमहरूको अधीनमा रहन जोकसैलाई पनि निकै गाह्रो हुन्छ । नियन्त्रणभन्दा बाहिर हुँदा स्वतन्त्रता त प्राप्त हुन्छ तर त्यसले स्वच्छन्दता निम्त्याउँछ । स्वच्छन्दताको हुरीले … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment