Tag Archives: nepali sahitya

कथा : संयोग

~गोविन्द श्रृङ्खला~ अहो कस्तो अनौठो संयोग ! कल्पना सम्म नगरिएको परिघटना !  कहिं कतै कुनै संभावना नै नरहेको अप्रत्याशित अनुपम संयोग ! त्यस्तो संयोग जसको कहिं कतै कल्पना सम्म गरिएको थिएन । यस्तै संयोग रचितका सामु परिलक्षित भएको छ ।  … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्ध

~खेम थपलिया~ लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

गजल : आँशुको मूल रै’छ

~पलपल मोक्तान~ साँच्चै जिन्दगी त एउटा आँशुको मूल रै’छ । सबैलाई आफ्नो सम्झी मन साट्नु भुल रै’छै उसैलाई आफ्नो सम्झी मनको कुरा साटें त्यहीकुरालाई चिरोफारो गर्ने उसको हुल रै’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मजबुरी

~दिपेन्द्र खड्का~ फोन बज्यो हत्तारमा फोन उठाएँ ,साउदी अरबबाट साथीले रहेछ । खबर सोध्न थाल्यो मैले पनि भन्दै गएँ । उसले अाफ्नो कम्पनीको बारेमा पनि सबै जानकारी दियो । ५ महिना तलब न दिएको कुरा पनि गर्यो । मैले देशमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : झ्याल

~प्रविण अर्याल~ झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : बोलेरै याँ खायौ जेठा

~भिम बहादुर थापा~ दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा ** गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा

Posted in गजल | Tagged | Leave a comment

गीत : माया म किन्न चाहन्न

~आचार्य प्रभा~ भो पैसामा माया म किन्न चाहन्न मन नभएको निष्ठुरिलाई चिन्न चाहन्न … म त भावनामा सधैं हराउने मान्छे परेँ त्यसैले माया मैले अबिस्वाशिलाइ गरें …

Posted in नेपाली गीत | Tagged | Leave a comment

लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~ १ रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, यौवन र नजन्मिएको म

~प्रदीप गौतम “अंकित”~ “Hi! I’m Shaurav, Good to see You.” “Me, Juna! Good to see You too.” “जुना …..नेपाली हो?” “हो नि! अनि आफू पनि नेपाली हो?” “ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~ पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : जिल्ल परे मान्छे

~धनराज गिरी~ के भो के भो हिजोसम्म जिल्ल परे मान्छे छैन गीत छैन साज जिल्ल परे मान्छे बन्छौ हामी ढुकुरझैं कैले परेवाझैं उतिखेरै बन्छौ बाज जिल्ल परे मान्छे

Posted in गजल | Tagged | Leave a comment

गीत : यी हल्लाहरु हुन् तिमीले सुनेका

~कृष्णहरि बराल~ यी हल्लाहरु हुन् तिमीले सुनेका कसैसँग मैले मुटु साट्या छैन नपत्याए हेर चिरेर यो छाति तिमीलाई कहिले मैले ढाँट्या छैन यो मनमा तिमी छौ बचनमा तिमी छौ तिमी स्वप्न बन्दै सजेकी नयनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायामाथि सन्देह नगर

~नेत्र कोइराला~ मेरो मायामाथि सन्देह नगर म त जुनीजुनी तिमीसँगै हुन्छु एकै थोपा आँसु तिमी रोए पनि हजार आँसु रुँदै हजार मृत्यु मर्छु आफ्नो भन्दा पनि तिम्रो माया गर्ने सधैं सँगै बाँच्ने सँगसँगै मर्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : धरतीको छाती

~लक्ष्मण लोहनी~ धरतीको छाती ज्योतिले पोती म भेट्न आउँला सगरका तारा आँगनमा झारी दोहोरी खेलौंला दसशय खोला नौडाँडा जम्मै सेरो र फेरो यो पसिना झारी पूर्खाले तिम्रै बाउसे गरेको

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : खाना लिएर आउनु

~प्रकाश पौडेल ‘माइला’~ आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु लालाबाला काप्न थाले नाना लिएर आउनु । दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : ग्रे-कोटभित्रको मान्छे

~दिनेश अधिकारी~ केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ र, म अनुभव गरिरहेछु- ग्रे-कोट लगाउन थालेपछि उसको मुटु हराउन थालेको छ मान्छे उही हो पहिले पहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो साथ

~अरुणबहादुर खत्री “नदी”~ तिमीसित मैले भेट्दाखेरीको खास बन्न सकेनछ तिमीलाई सम्झेर मैले जीवन धाउन गाह्रो भो पाउन्जेल र खाउनजेलका तिमीसितको साथहरू नदीका छालजस्तै क्षण बनेर गए

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रता

~मणिराज सिंह~ जीवनको आरम्भ जसरी गर्दा पनि हुन्छ, क,ख,ग – ए, बी, सी –अथवा वन, टू, थ्री तर, यही आकाश, धर्ती र समुद्र नाघेर गन्तव्य पहिल्याउन सक्नुपर्छ जाँगरमा इन्द्रेणी उनेर । डाँडाहरु सम्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका चन्द्रमा हेर्दा

~निर्मोही व्यास~ उक्लिइन् नभमा धर्ती, धर्तीमा नभ ओर्लियो, यी दुईमाझको मानौं आज अन्तर मेटियो अथवा बिपनामै म कि पुगें स्वप्नलोकमा या कुनै पुण्यले ज्यूँदै म पुगेँ स्वर्गलोकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तेन्जिङ्गहरू सडकमा ओर्लेका छन्

~मणिराज सिंह~ पौरखी मन उचालेर स्वाभिमानी आस्था संगालेर घोडचढीहरू युद्धमा होमिएको बेला मुकुण्डो भिरेका जोकरहरू बाटो चौबाटो ढुकेर नौटङ्की गरिरहेको देखेर कुण्ठा र निराशाका चट्टानहरू खोपेर हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिक्षा

~आस्था के.सी.~ तिम्रो प्रतिक्षा गर्दागर्दै बगेर गयो बैंशालु उमेर । जमे आँशुका दहहरु, म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु ।।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘नमेटिएका चित्रहरू’मा मरुभूमिका सुखदुःख

~गोविन्द लुइँटेल~ यात्राले मानिसलाई ऊर्जा र ज्ञान दिन्छ। जीवन र जगत चिनाउँदै मान्छेलाई खुशी पनि बनाउँछ। त्यही कारण मानिसहरू काम थाती राखेर अनि पैसा खर्चेर भए पनि देश–विदेश घुमफिर गर्न निस्कन्छन्। महालेखा परीक्षकको कार्यालयमा निर्देशक रहेका दामोदर पुडासैनी ‘किशोर’ले भने … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भारतमा लेखिएका नेपाली गजल परम्परा : सर्वेक्षण एवं प्रवृत्तिगत अध्ययन

~नवीन पौड्याल~ क)आमुख: मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

स्रष्टा जीवनी : आदिकवि भानुभक्त आचार्य

~विजय सागर~ वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

लघुकथा : नेपाली नर्कालयमा यहाँलाइ स्वागत छ

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : पश्चाताप

~कुमार काफ्ले~ •सीताले छोरो नपाएको झोकमा रामले कान्छी श्रीमती भित्र्याउँछ। •नभन्दै कान्छीले घोर्ले छोरो पाउँछे। •छोरो अत्यन्त लाडप्यारमा हुर्कन्छ। •अचानक फैलिएको महामारीले कान्छीको ज्यान जान्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : गणतान्त्रिक माछा

~ध्रुब सापकोटा~ स्कुलको आडमा मञ्च देखियो । पृष्ठभागमा तालहरू थिए : रारा, फेवा, फोक्सुन्डो र घोडाघोडी । नीलो पानी । कञ्चन पानी । ती तालहरूको तल एक्युरयिम देखियो । एक्युरयिममा सप्तरंगी गणतान्त्रिक माछा सलबलाइरहेका । बूढो रमायो । मञ्चमा ऊ एक्लै उभिएको थियो । चौरमा हेर्‍यो । चौर खाली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढोयो

~सूर्य सुवेदी~ बिर्खबहादुर लामिछानेलाई सबैले चिन्दछन् गाउँभरि नै । उसकी आमा मरेपछि बाबुले अर्की आमा अर्थात् सौतेनी आमा भित्र्याएपछि बिर्खेलाई छुट्टिएर गरिखाओस् भन्ने बिर्खेका बाबुको इच्छा छ। बिर्खेकी आमापट्टिबाट बिर्खेका दुइटी दिदीहरू पनि छन्, जो विवाह भैसकेर आआफ्नै घर गरेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : पुराणको अन्यायमा परेका इन्द्र

~प्रदीप नेपाल~ हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : जापान जाने धुन

~मधुवन पौडेल~ मेरो डेरा अगाडि एउटा सानो घर थियो चिटिक्क परेको। त्यो सानो घरमा दुई जोईपोइ र उनीहरूका दुई वर्षकी छोरी बस्थे। एक्कासी लोग्नेलाई धेरै पैसा कमाउने धुन चल्यो। स्वास्नी भन्ने गर्थी, ‘धेरै पैसा भएर के गर्नु? दुई जनाको जागिरले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भित्तामा टाँगिएको तेलचित्र

~पद्मावती सिंह~ कम्पाउन्डको अग्रभागको एक टुक्रामा लहरै रोपिएका गुलाफका बोटहरूमा कैँचीले एकनाससित जथाभावी सुनाराजाले गुलाफका कोपिलायुक्त हाँगाहरू काटिरहेको हुन्छ। प्रत्येक कोपिलायुक्त हाँगा काटेपछि उसको ओठका किनारहरू कुटिल मुस्कानका साथ मुस्कुराउँछन्। सबै हाँगाहरू काट्न भियाएपछि उसले चोर दृष्टिले चारैतिर हेरेर सन्तोषको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment