Tag Archives: nepali sahitya

गजल : ब्यूँतिने सपना हुँदैन

~कमल संघर्ष~ मूर्दाहरूमा पो ब्यूँतिने सपना हुँदैन मान्छे हुन मान्छेमा किन बेदना हुँदैन। उत्तेजित बनाइरहन्छन् मन्दिरहरूले तैपनि टुँडालहरूमा उत्तेजना हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विचारको रङ

~असिम सागर~ पहिले पहिले स्कुलमा कालो पाटी हुन्थ्यो जसमा सेता अक्षरले लेखेर गुरुबाहरू कखरा सिकाउनुहुन्थ्यो त्यसेले हाम्रा बाबुबाजेका विचार पनि ती अक्षर जस्तै सेता थिए सफा थिए। अचेल स्कुलमा सेतो पाटी हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : यथार्थ भ्रम

~रामलाल जोशी~ सल्लाघारीको बीचबाट गाडी हुइँकिएर गएको उसले हेरिरह्यो। सेतीको नागबेली नियालिरहेको यो डाँडाको छातीमा कुनै दिन गाडी हुइँकिएर जाला भन्ने उसले सोचेकै थिएन। पहाडमा मोटर गाडी पुगे। बिजुली बत्ती पुग्यो। मोबाइल फोन पुग्यो। अब त पहाडका गाउँ पनि अर्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गुन कस्तो हुन्छ !

~मनु ब्राजाकी~ थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ ! थाहा भयो चामलसँग घुन कस्तो हुन्छ ! आफ्नै मित्रसँग पनि लड्नुपरेको छ थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथ्वी / अपृथ्वी

~मनप्रसाद सुब्बा~ उनीहरूले एक दिन मलाई विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर यौटा यस्तो ठाउँमा पुर्‍याए जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लालसेना  

~घनेन्द्र ओझा~ यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर। ‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’ ‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू जीवनहरू गिल्ला गर्दै छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : अनिन्द्राका पात्रहरू

~सन्तोष चिमरिया~ पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समस्या र जीवन

~मणि भट्टराई~ समस्याहरुले मलाई आफ्नो बनाउँदै लागेका छन् अनेक बहानामा तिनले पुरानो जमानाकी बधुलाई जस्तो ब्यबहार गर्न खोजेका छन् राति तीन बजे उठाएर तीनले जिन्दगीको जाँतो घुमाउन भनेका छन् | समस्याहरूले मलाई भारी माथि भारी थपिदिएका छन्

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै गल्ती थियाे

~रुमानी राई~ मलाई मनपराउनु तिम्रै गल्ती थियाे केही दाेष छैन मेराे अाफ्नै संसार थियाे । धाेकेवाज अनि निष्ठूरी ठान्याै कि मेरो अस्वीकृतीलाई तिरस्कार मान्याै कि तिम्राे स्वाभिमानकाे अपमान हाेइन याे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूल नफुलेपछि

~नवीन प्यासी~ तिमी निष्ठुरी बनेपछि समय पनि निष्ठुर बनेको छ अचेल । भन त लालीगुराँस ! यसपालीको चैतमा किन नफुलेको तिमी ? तिमी नफुलेपछि पुतलीले जुनी फेर्न छोडेको छ डालीले सुकेनासको सिकार हुनु परेको छ र भमराले च्यात्नु परेको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेला, बाटो अनि हामी

~लेखनाथ छेत्री~ वास्तवमा हामीले हिँडिरहेको यो बाटो, यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा धेरै छोटो छ । यो बाटो अन्ततिर हामीलाई छेकेर बसेको हुनेछ एउटा कोलाहल, जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई, अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~ एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~ आँखामा धुलो पर्नसक्छ भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल सडक हो कसले भन्छ दुर्घटना हुँदैन दुर्घटना हो कसले भन्छ यो विनाश होइन आँखामा धुलो पर्नसक्छ म्याराथन गन्तब्य रोकिए पनि सडकमा खेल्ने ए नानीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : अब सगर जोतिन्छ !

~पूर्ण ओली~ कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर ! ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई रछ्यानमा मिल्काएर जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~ रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पिपल बोटको चटपटे

~अंकुर अधिकारी~ मेरो छहारीको सित्तल सित्तैमा ग्रहण गर्दै हज्जारौ जिब्राहरुलाई उन्माद को दिशा तर्फ धकेल्ने, नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ समाजका रसिला पिंढीहरुलाई स्वादको ईमान्दारीतामा समेट्ने पिपल बोटको चटपटे ।

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~ विषय प्रवेश समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : सरे जस्तो छ

~वियोगी बुढाथोकी~ भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ फुल्न नपाई मनको फूल झरे जस्तो छ वालुवाझैं सुख्खा थियो मनको मझेरी कालो मैलो वादल वर्षा टरे जस्तो छ

Posted in गजल | Tagged | Leave a comment

कथा : गिदी कीरा

~मोहनराज शर्मा~ बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : थामेर किन छोड्यौ हातहरू

~सुरेन्द्र राना~ थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

चलचित्र गीत : कसरी सम्झाई बुझाऊँ

~कुसुम गजमेर~ यो मुटुलाई कसरी सम्झाई बुझाऊँ पीर यो जिन्दगानीको साहरा एउटै भयो बिरानो यो रात सम्झना भई जाने हो दुई मुट्ठी सास कहिले छोडी जाने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : कथा, हाङखिम र सुनपसिना

~निरज थापा~ नेपाली कथाको इतिहासमा परिचित नाम हुन् प्रकाश हाङखिम । सुनचरी प्रकाशनकालदेखि नै लघुकथा लेखेर नेपाली कथाका प्रशंसकहरूप्रति आफ्नो स्थान बनाइसकेका छन् ।‘निर्वासित जिन्दगीहरू ‘ (2002 ) कथासङ्ग्रह अगावै हामीले पाएका छौं । ‘लता तिमी कस्ती छ्यौ ?’  कथाको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : हाइकू हाइ-जीन र पूर्वााचल

~दिपक सुवेदी~ १. परिचय  : जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : साझा फूल बनेको छ “माला”

~त्रिलोचन कोइराला~ पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~ नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य

~बिमल गुरुङ~ असंख्य मान्छेका असंख्य कुर्सीहरुमा म पनि बांच्दै लंगडो एउटा पँखा करैकरमा नृत्य प्रदर्सन गरिरहेछ भत्किएको सौन्दर्यमा विहुल बाँधेर धरहराबाट हामफाल्न आँटेकी कुनै शोकाकुलग्रस्त कुनै स्वस्नीमान्छे झैं आँखामा ‘बैकाल’ सजाएर

Posted in कविता | Tagged | Leave a comment