Tag Archives: kabita

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बाह्र बज्यो

~शिरिष लामिछाने~   घण्टाघरले फेरी बजायो मध्यरातको घन्टी ट्वाङ् ट्वाङ् आवाज प्रश्टिंदै छ वरपर परपर आवाजले रानीपोखरी छचल्कियो र गर्जियो आकाश बिजुली चम्कीँदाको उजयालोमा उजिलियो रत्नपार्क आफ्नो सर्वाङग देखाउँदै मस्कियी भोटाहिटी र उत्तेजनाको पासोमा कैद भयो जमल। पवित्र प्रेम छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर सपनाको संसार

~भवानी पौडेल~ आमा तिम्रो मलिन चेहरामा लाली पोतिएको थियो तिम्रो जीर्ण र रोगी शरीरमा यौवन भरिएको थियो तिम्रा उदास आँखाहरूमा रोशनी चम्किरहेको थियो तिम्रा काला ओठहरूमा गुलाब फुलिरहेको थियो तिम्रो अँध्यारो जीवनमा जुन चम्किरहेको थियो तिम्रो घरको मझेरीमा संगीत बजिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~ जाने भए जाउ तिमी म देखि टाँढा, म तिम्रो सपनासंग बाँच्नेछु प्रिय। मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि, ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~ बीस बर्षपछि नाम्चे पुग्यो सोनम उसले हिमाल हे-यो हिमालको पयर हे-यो र धुरूधुरू रोयो ऊ सँगसँगै रोयो हिमाल उष्णाताले बाफिएर प्रदुषणले गाँजिएर रूवाइको आत्मियताले बाँधिएर उनीहरू नाङ्गा भुतुङ्गा केटाकेटीले हेरिरहे तिनको रूवाइलाई किन रोएका हँ सोनम र हिमाल? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कहा आयो र ?

~विनिता कडेल~ गोपाल रिमालकी कविताकी आमाले भनेअनुसार ऊ कहाँ आयो र ? त्यसको साटो हूलमूल र आतंक सिर्जंदै हुर्दुंगे पो आयो सत्यको हतियार टल्काएर आउनुको साटो पुरुषार्थी अरुले भिडाएको हतियार धारण गरी आतंकले उत्पात पो मच्चायो ऊ कहाँ आयो र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जोगाऔं मातृभूमि

~गोपीकृष्ण खनाल~ सुन सुन दाजु भाइ म केही भन्छु , जालि र फटाहाको फट्यायीँ कहन्छु । पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्, जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।। कानुन र नियम जति पाखा लगाई दिए, घुसखोरी र चाप्लुसीलाई काखी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन यहाँ

~शम्भुशरण भुजेल~ नव परिवर्तन यहाँ जब आयो त स्थानीयहरुकन लुप्पा ख्वायो आशेपासे सबलाई छकायो असह्य महँगी चर्कायो । अन्तैको धाक लगायो ढाँट र छलले जिल्लायो नव परिवर्तन यहाँ जब आयो त अपरिचितताको ढव देखायो । नक्कल झक्कल खुब बढायो स्वाँंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ह्रिदय

~आभास~ प्रिय मान्छे ! म तिम्रा सामु सपथ खान्छु लिएर जाऊ मेरो फुलको हृदय नचुँड्दै यसको एक पत्र पनि पर……. जहाँ तिनीहरु छन् कामदारहरु असल कामदारहरु बनाऊ यसलाई हतियार प्रिय मान्छे ! लिएर जाऊ यसलाई मुर्दाहरुको बस्तीभन्दा बाहिर पर……. टाढा

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिले

~त्रिशंकु~ स्थिति खलबलिई नै रहेको कुरा बताइन्छ अहिले एउटाले अर्कोलाई छकाउन खोज्दा एउटाले अर्कोलाई रिंगाउन खोज्दा मति अलमलिई नै रहेको कुरा सुनाइन्छ अहिले । अर्काको सापटी सिद्धान्त अँगाल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म आतंकवादी

~यतिराज अजनबी~ मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी गर्दै सेलोको मेरो अनभिज्ञता प्रकट

Posted in कविता | Tagged | Leave a comment

कविता : युगान्तकारी प्रेम

~ज्यो. कुबेरनाथ भट्टराई~ मर्छु र मार्छुको दोसाँधमा तड्पिएको छु म तिमीमा ख्यालठट्टाको यो बात होइन तिमी बिना मेरो जीवन चल्दैन । हरघडीको प्रयत्न यो छ तिम्रै प्रतीक्षामा मन अडेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आज घटेका घटना राख

~युद्धप्रसाद मिश्र~ बस्ती जलेको कोलाहलमा बलात्कारीको हाहाकार गर्भवतीका गर्भ गर्भमा संगीनका छन् क्रूर प्रहार दियौ गौण गरी लेख्न सकेनौ उग्र ब्यग्र यो अत्याचार सुन्न सकेनौ किन हो तिमीले आर्तितहरूको आर्त पुकार

Posted in कविता | Tagged | Leave a comment

कविता : म चाहन्छु !

~शिरिष पराजुली~ म चाहन्छु, वैभव यश आराम जीवनको सम्पूर्ण परिभाषा अर्थ भित्रको अर्थ मूल्य र मान्यता केवल भानमा सिमित रहेछन् अनि रहन्छ खोक्रो अस्तित्व देश संग सामन्जस्यता म चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : के नै लछार्यो ?

~झग्गुराम झर्बरासी~ त्यतिका मान्छे आन्दोलनमा मारेर के नै पो लछा¥यो खै ? जब कि अनियन्त्रित महँगीको मारमा जनता परिरहेछन् भविष्य अनिश्चित देखिरहेछन् कविहरुले सडकमा वेद पाठ गर्दैमा के नै पो लछार्यो खै ? जब कि हुल्याहा र फटाहाले

Posted in कविता | Tagged | Leave a comment

कविता : केही विम्बमा रत्नपार्क

~योगेन्द्र राज शर्मा~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो, अनिश्चित जीवनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भूपिले उसै भनेका हुन् र

~टेकब कोइराला~ “हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त वीर छौं” भूपिले उसै भनेका हुन् र ! वीर र बुद्धू दुवै हुनु हाम्रो वाध्यता वीर हुनु विगतको वाध्यता कहिले ‘विश्वयुद्ध’ भन्दै वीरत्व प्राप्त गर्यौं कहिले ‘अंग्रेजसंगको … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : स्थिर

~जुनिता सुब्बा~ स्थिर बस्तुलाई दौडिएको मेरो सोचबाट दौडिरहेको म भन्दिन बिज्ञान र प्रविधिको विकास मिसायल तोप रोबोटलाई अन्तर हृदयको खोज म भन्दिन घटित र घटनाको प्रमाण यहाँ फेला पर्छनै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो असफल प्रयत्न

~संघर्ष पुन~ शायद निसंकोच खिस्स हाँस्दा हौ ठूलो जमातको हुलभित्रबाट सानो तर कसिलो आवाज सुनेर र भन्दा हौ कठैबरा । शायद निस्पि्कक्री अचम्म मान्दा हौ जान अन्जान भेल बनी बगिरहँदा ऊ एक्लै भेललाई नै रोक्न खोज्दा शायद अर्धमनलेे बेवास्ता गर्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरी मायालु

~सुकुम शर्मा~ मेरी मायालु मसँग उपहार लिएर अरुलाई दिन्छिन् मसँग पैसा लिएर अरुका लागि किन्छिन् मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन् मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् । मेरी मायालु मसँग बनावटी हाँसो अरुसँग मसक्क मस्किन्छिन् मसँग आएझैं गरी फुत्त … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

कविता : कलम र मेरो जिन्दगी

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ कलम तेरो मसीसँगै बगिरहेछ मेरो आँसु अबिरल नदीसरी केबल, तलतलै कहिल्यै नफर्कने गरी कोही बुझ्दैनन् हाम्रो भावना । सत्य र शान्तिका निम्ति, सुख र सुविधाका निम्ति हामी किन जुटिरहेका छौँ किन उठिरहेका छौँ हाम्रो केही सीप लाग्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य र भाषा

~शिरीष~ साहित्य नै धर्ती, साहित्य नै आकाश हो आफ्नो मनको भावना निकाल्ने प्रयास हो आफ्नो मनमा रहेको भावुकताको तलाश हो त्यसैलाई शब्दमा ढाल्ने कलाको अभ्यास हो भाषा कविता हैन, सिर्फ एक माध्यम हो र यदि कवि कुनै भाषा चुन्नमा बाध्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो क्यालेण्डर

~बासु श्रेष्ठ~ नयाँ वर्षको आगमन र पुरानो वर्षको अवसान सँगै आज मैले क्यालेण्डर फेरेँ । यो क्यालेण्डर जसले वितेको वर्ष योजना दियो परियोजना र कल्पना दियो वर्षभरिकोलागी मार्गचित्र दियो समय तालिका दियो र अगाडि बढ्न वर्षभरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपी ! म मानुषी

~मनिषा गौचन~ चुपचाप चुपचाप घण्टाघरको फेदमा बस्तै टोलाएकी म मानुषी अचेल रित्तो रानी पोखरी हेरेर एक्लै बरबराउन थालेकी छु । तिम्रो घण्टाघरले अझै माछा फेला पारेको छैन रानीपोखरी त रित्तिइसक्यो… उ आफैपनि समय नचिन्ने भइसक्यो समय त उल्टिरहेको छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मित्र

~जीवन शाही~ युग परिर्वतनको दायित्व बोकेका सुनौलो भविष्य निर्माणको दिशामा लागिपरेका महान युद्धका तिमी योद्धाहरू तिम्रो दुःख लाग्दो वर्तमान उराठ लाग्दा, दिक्क लाग्दा क्षणहरू सँग घम्सा घम्सी खेल्दै संघर्षको इतिहास रच्न प्रतिवद्ध ति तिम्रा छात्तीहरू जीवनका ति कठिन घडीहरू, सवै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टि

~तारा ज्ञवाली~ झ्याल छ, पर्दा छ, दृश्य छ, दृष्टि छ, अपार सृष्टि छ, हेर्दैछन् फैलावट यो सौन्दर्यको यी नीलिमा नयन आभाष छ, अभ्यास छ, आशातित आनन्द बैभव छ, वैशिष्टयता

Posted in कविता | Tagged | Leave a comment

छोक : सलाई

~आर. आर. चौलागाईं~ मैले तिमीलाई सलाई दिएँ अँध्यारो छ कोर उज्यालो पार र भोकै पनि छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : अखबारमा एकाबिहानै

~साम्ब ढकाल~ चराहरूको चिरबिर कलरव कोलाजले घरकरेसा नसजिँदै आँगनको धुलोमाथि लुरे हक्करले ताजा अखबार फ्यात्त हुत्याउँछ। अखबारमा त छिरोलिएका आँसु ओभाएकै रहेनछ अखबारमा त आततायीले बगाएको आलो रगत सुकेकै रहेनछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हास्य पात्र !

~उत्तम कृष्ण मज्गैंया~ नृप फालेर के नौला बनेका भूप हौ तिमी ? यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी ! गरेनौ काम क्यै मौका तिमीसंग थियो जब भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ? योग्यता भन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा आँखा

~दिपा एवाई राई~ अन्धकार रातमा माधुर्य छर्ने जुन झै दिनको प्रतिनिधित्वमा उदाउने सूर्य झै कलाका सृजनाका मायाका आँखाहरुमा म खोजि रहेछु एउटा आँखा जसले देख्नेछ बुझ्नेछ र परिभाषा गर्ने छ मलाई जो म यहाँ सदियौदेखि मानवबिच हराई रहेकी छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी गॉऊकी ठुली

~विनय गौतम~ मेरो गॉउको सम्झनामा हराएकी ठुली मलाई गॉउको खबर सोध्छे। गॉउमा बालाई कस्तो छ? आमा आरामै हो? अनि चौतारीको पिपल ? पंधेरामा पानी? हामीले पढेको स्कुल? बाटाका छेऊमा गाडेका बिजुलीका पोल? म स्तब्ध हुन्छु। के जवाफ दिऊं, सत्य सधै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लोक गान

~लोककवि बिरुबाबु~ जान्नेभन्दा तान्ने मान्छे बढ्न गए यहाँ धेरै धेरै छाडापनले घर जमाउँदा साँढा बढ्न गए धेरै धेरै । न भूतकालको ज्ञान छ यस्तालाई न छ भविष्यको चिन्ता पात पातमा नाची केवल बोल्छन् बनेर फिरन्ता ।

Posted in कविता | Tagged | Leave a comment