Tag Archives: kabita

कविता : बेकार छ

~शुभ बोहोरा~ हरामहरुको रजाइँ चलेको बेला रामको ‘नाउ’ बेकार छ बर्बरहरुको कजाइँ चलेको स्थानमा बुद्धको उपदेश बेकार छ विवेकहीनको मनपरी गराइमा शिवको चेत बेकार छ । यहाँ जुनसुकै वादको पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : अगडम बगडमहरु

~सुगम शाही~ रातो वस्त्र लगाएर सोझासाझाकन तर्साएर बर्बरहरुलाई उकासी रजाइँ गर्न खोजिरहेछन् धूर्त अधमहरु लुट खसौटको नीति खोज्छ तोड्न संयमको रीति

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरूको साम्राज्यमा तिम्रो बिराट कालीरुप दुई हातमा चम्चमाइरहेको त्रिशूल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घाँडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जीउ ! बालखैदेखि देखेकी हुँ दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्याति कमाउन

~बिकुबाबु प्रजापति~ ख्याति कमाउन सगबगाइरहेका पाइन्छन् आजभोलि बहु अवतारीहरु उल्टो सुल्टो जुनसुकै चाल चलेर होस् या सक्कली नक्कली जुनसुकै माल बेचेर होस् ‘जाति भनाउन छटपटाइरहेका देखिन आउँछन् अव्यवहारीहरु स्वदेशको धज्जी उडाएर होस् या विदेशको गुन गाएर होस् । संगाती बढाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोल

~अमन महर्जन~ भन्न त सबै पृथ्बी गोल छ नै भन्छन, त्येसैले होला मान्छे भन्नेहरु सुखको खोजिमै बिलाउँछन सदा बिचरित मनहरू यदि ताँतिमै टुंगिँछन भने कसले पो सोच्छ र आजको पराई कुन आफन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : नातावादको अङ्कगणित !

~शिरिष पराजुली~ सर नमस्ते ! ‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए, मैले आफैंलाई सुघें– कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ । सोचें, सर मबाट किन टाढिए ? अनि मनमा नानाथरी अङ्कगणित खेल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेस

~नारायण तिवारी~ मधेसले मलाई गाली गर्छ म भन्छु- जसले सधैँ अँगालोमा राख्यो उसलाई किन गाली जसले गर्छ तिमीलाई गाली उसलाई पो गर्नुपर्ने हो तिमीले गाली सायद मधेसलाई थाहा छैन उसलाई र मलाई एकैपटक सराप्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : छौं हामी बदमास

~युद्धप्रसाद मिश्र~ व्यथा दूर भई निम्न वर्गमा शान्तिको लिन सास आयो क्रान्ति ठूला-ठालुको उडे होस हवास लाखौं झुपडीका प्रगतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै बेश

~विचित्र मुल्मी~ मीठो मसिनो कुरा बकेर राष्ट्रिय व्यक्तित्व कहाइनुभन्दा विकार र विकृति विरुद्ध लडेर अप्रिय व्यक्ति भनाइनु नै अहिलेका लागि धेरै बेस । तारिफजीवी त यहाँ निकै नै देखिन आउँछन् शण्ड मुशण्ड बनी जो देखाप-यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जो पनि

~विचित्रा रार्इ~ जो पनि झिट्नै खोज्ने बा ! ढाँटी, छली, तर्साइ धम्कार्इ आफ्‍नो विशेषता देखार्इ जो पनि रेट्‍नै खोज्ने बा ! नैतिकता पुरानो आदर्श भइसक्यो भनेर म्याद पनि गइसक्यो मानेर स्वतन्त्रता निर्लज्जता

Posted in कविता | Tagged | Leave a comment

कविता : रीत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एकजोर चरासँग तिमीले जवानी साट्यौ चरा भएर उड्ने बेला बचेराहरुले केही छाडेर गए तिम्रो काखमा । जब तिमी सुक्यौ उनीहरु उड्ने बेला तिम्रो पतझर हाँगामा यौटा पुरानो गुँड थियो ती तिम्रै छातीको प्वालमा बस्थे त्यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन अस्तित्व

~कुमार सिंखडा~ मेरो माया देउरालीमा कुरिराखेकी छ हजुर कुरिराखेकी छ सपनाहरू आकासमा बुनिराखेकी छ हजुर बुनिराखेकी छ कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा निकास खोज्दै चालिराछु पाइला अन्धकारमा ओइलिएको फूल जस्तै झरिजान सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~बासुदेव अधिकारी~ चरनमा जडीबुटी खाएको गाई र शहरमा दाना खाएको गाईमा कसको दूध मीठो? कसको मुत्र स्वादिलो? यही भेद हो शहर र गाउँको गाउँ र शहरको। गाउँमा असङ्ख्य रूखपात असङ्ख्य डाँडाकाँडा सबैको नाउँ सबैको परिचय

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~नवराज लम्साल~ आज पनि बिहानै यात्राको एउटा बस घुम्न नपाउदै घामको कलिलो चुम्बन धुँवाधुँवा भएछ ! डढेको दुवै हर चिस्याउदै दुधे बालिका फूलमा अडेस लागेकी छिन् ढुंगा भएको छ उनकी आमाको मन

Posted in कविता | Tagged | Leave a comment

कविता : लोडसेडिङ

~प्रेम ओली~ लोडसेडिङ्गले आजभोलि उल्का उल्का ल्या’को छ मैन बत्ती बाल्दा खल्ती पनि ख्या’को छ जादा सुटुक्क गए पनि आउँदा ठुलै पुरुस्कार पा’को जस्तो केटाकेटी पनि सिट्ठी फुक्दै होहल्ला नै मच्चाउछन बाउ लाहुरबाट आ’को जस्तो । राइस कुकरमा भात बसाल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~मदास~ अरुले खाए लाएको देखी भित्र असह्य हुनु, हाम्रो बाध्यता बर्बर कोर्कालीहरुमाझ प्रतिष्ठित हुन खोज्नु हाम्रो खाद्यता । असल भनाइन खोज्दा खोज्दै खराब बन्न जानु असाध्यता शान्तिको नाममा अशान्ति सिर्जनु हाम्रो आराध्यता (बाध्यता)

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका जोगी

~यज्ञेश~ मलाई छोटा कपडाभन्दा छोटा विचारसँग सरम लाग्छ, मूर्खको बातभन्दा महापण्डितको उपदेश झिज्यार लाग्छ! बहिरालाई मुस्कुराएको वचन सब मिठो हुन्छ, बेवाकूफ दर्शकलाई बकबके लवारपाँडे विद्धवान हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : सिगानेकी अामा

~ध्रुव रिजाल~ खैरो छानोबाट उछिट्टिएका पहेला बाछिटाहरूको संग्रह पिएर उसले आफ्नो प्यास मेटायो उस्को तृप्ती भित्र खडेरिले खण्डहर बनेका पहेला गहुँका बोटले पाएको शीत तृप्तीको प्रतिविम्ब विम्वित हुन्छ गरिविको चित्र कोर्ने एक चित्रकारले उसको प्रतिविम्बलाई असभ्य देख्छ हो उ एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~ धुपि सल्लाको बोटहरुमा बशन्तले हात हल्लाई रहदा लाली गुराँसहरु मुस्कुराई रहेका छन् । तर राष्ट्रिय बिभूति बोकेको लाली गुराँस हिजो आज दन्त्य कथाको पात्र बनेर किराँत प्रदेसका पाखाहरुमा पाठ्क्रमका पानाहरुमा चिप्किएर ईतिहास बनेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भाग्य

~जीवन्त रुकु~ मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्, पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस् वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई, तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस् फुल फूलने बोट हैन काँडे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रा प्रेमगीतहरु

~मनोज न्यौपाने~ वर्षौवर्ष अघि मैले मनलाई मैन बनाएँ र, लेखेँ त्यसमाथि तिम्रो नाम मैन न हो, पग्लियो र, मेटियो तिम्रो नाम । त्यसपछि मैले मनलाई पत्थर बनाएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : दौंतरी

~टेकब कोइराला~ बुटो–बुटोमा चाहार्दै कट्मेरो बेलौती टोकेर आधा तिमी खान्थ्यौ आधा म खान्थें ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै ऐंसेलुको मसिना टोपी टिपेर कसको सोली ठूलो प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ म हारिदिने गर्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्ख

~सुरेम देशार~ एउटा सुदिनसम्म पर्ख एउटा प्रगतिशिल दिनसम्म हाम्रा भावनाहरूबाट सृजित परिवर्तनका वाहवसम्म पर्ख अन्धकारमा उदाउने चन्द्रमासम्म युगौयुगदेखी लेऊ परेका नदीसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको आवाज

~युद्धप्रसाद मिश्र~ भावना बलिदानकोले देश भै बिध्वंशकारी रक्त क्रान्तिका बबण्डर आउँदैछन् वेग मारी नीच हत्याराहरूका भावनामाथि चढी

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचे भने भगवान मर्छ

~उमेश राई ‘अकिञ्चन’~ एक हरफ शब्दले संसार जित्न खोज्ने ए कवि ! कोर एउटा नानी रोएको आवाजजस्तो कविता छापामारको कैमोफ्लेज लुगाजस्तो टाटे पाङग्रे विश्वको नक्सामा ए भिक्षु ! विपरित बहिरहेछ हावा

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको नोस्टाल्जिया

~गोपाल पराजुली~ युग समय दिनेछ र नयाँ दिनको प्रारम्भ हुनेछ सपनाहरूले दृश्य पाउनेछन् द्वन्द्वको तस्बिरमा देखिएको देश हराएर नयाँ इतिहास बनेपछि देश अर्को तस्बिरमा आउनेछ बालकहरू आफ्ना बाबुको हत्याको खबर सुनेर आमाहरूसँग प्रश्न सोध्ने छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बुँख्याचा

~बिमल रेग्मी~ खेतबारीको बीचमा ठिङ्ग उभिएर बसेको छ बुँख्याचा लाग्छ बुँख्याचा बच्चा र बटुवाहरूलाई तर्साउन बसेको भुत हो हात फिजारेर उभिएको छ बुँख्याचा आफ्ना मालिकको बाली जोगाउन थोत्रो मैलो लुगा लगाएर एउटा डरलाग्दो रूपमा छन् बुँख्याचाहरू। बुँख्याचा आज पनि उभिरहेकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे कठोर आत्मा

~मणि बनबासी~ सपना धेरै देखायौ तिमीले बिपना मारेर। कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।। मीठो बोली र मुस्कान दिन्छौ खुकुरी धारेर। फोगटाहरु बनाउदैछौ रे गह्राचाहि खारेर।। दुनियादारी फकाउछौ तिमी फुल बुट्टा भरेर। घरभित्र स्वागत गर्‍याछु भन्छौ ढोका नै बारेर।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाऊं, बसन्त र नयाँ बर्ष

~भुवनेश्वर शर्मा~ कौडेको लेकमुनी मेरो सानो गाऊं छ | डांडामथिको मेरो गाऊंबाट सेताम्य हिमाल देखिन्छ | बिहानीको नीलो आकाशमुनि पहिलो घामको किरनले,

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे, मान्छेजस्तो छैन

~शिव प्रकाश~ अभिशाप तँलाई त्यो ईश्वरको कुकुर ! विष्टा खान्छस् तँ मान्छेको तँलाई त्यही ईश्वरको वरदान धन्य तँ, त्यो मान्छेभन्दा महान छस् गुनी छस् ईमानी छस् विष्टा खान्छस् त के भयो ? निष्ठा छ तँभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो कर्णाली

~आयाम फुयाल~ नेपाल दुख्यो, भूमि काँप्यो आर्तनाद पोखियो खै, खै मेरो अस्तित्व?? खै मेरो सार्थकता?? खै मेरो स्वाधीनता?? अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो… झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले देख्छन्- बन्दुकको नालले गरेको राजनीति

Posted in कविता | Tagged | Leave a comment

छोक : लालसा

~तीर्थराज अधिकारी~ पढेर सचिवसम्म भएकाहरु नपढेरै पनि मन्त्री भएकाहरुको कारिन्दा बन्ने तीव्र लालसाले

Posted in कविता | Leave a comment