Tag Archives: kabita

कविता : सावधान ! कुकुर वहुलाएको छ।

~राजन काफ्ले~ नवोदित सूर्यले हिमालमा फ्याँकेको रोशनी परावर्तित भएर उजेलिएको एउटा शान्त, सुन्दर गाउँ थियो त्यो हिमालको फेंदिमा नौरङ्गी डाँफे मोहनी लालिगुराँस

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश हराइसकेको छ

~रवि प्राञ्जल~ थुप्रै आवाजहरू कोठाभित्र छरिएका छन् म टिप्न सक्दिन यी आवाजहरूलाई लौन कोहि आई टिपिदेऊ यी आवाजहरू म आवाजभित्र बोल्नै नसक्ने भइसकेको छु मेरो भित्रको आवाज हराइसकेको छ । दिन बदलिसकेको छ रुन्चे साँझ बनेर साँझ पनि अब ढल्नेछ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विविधता मेरो देशको…

~मेघ बस्नेत~ जहाँ प्रेमलापमा व्यस्त हुन्छन् सूर्यकिरण र हिमात्रामा चुली अनि पारी हिमालबाट गिज्ज्याउछन् गुराँस राता निला फुली।। जहाँ मध्यरातमा चन्द्रमा र विशाल धर्तीको क्रीडा अनि अती प्रसन्न भई वृक्ष बजाउँछन् माधुरी विणा।।

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

~ध्रुव पन्थी~ धेरैले भनेजस्तै, धर्तिको यो कुनामा धेरै चिज बदलियो अन्धकार वस्ती र बञ्जर खेतहरुबीच बग्ने यहाँका नदीहरुमा पानी मात्र बगेन थुप्रै नेपालीको रगत र आँशु पनि बग्यो पानी, रगत र आँशुभन्दा वेगले शायद समय बग्यो समयले धेरै चिज लछारेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रनायकको आवश्यकता

भीमबहादुर कँडेल आउनैपर्ने भो राजा ल्याउनैपर्ने भो हिन्दू राष्ट्र जोगाइराख्न ल्याउनैपर्ने भो विश्व चर्चित हिन्दू राष्ट्र हाम्रै नेपाल हो उठ जाग राष्ट्रभक्ति देशका सपुत हो । पृथ्वी ती नारायणले सब्को भलो गर्दै टुक्रा टुक्रा राज्य थिए एकीकरण गर्दै आउनुस् राजा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मुसुक्क हाँसेको देख्नुछ यो चुनावमा

~यज्ञराज पकुवाल ~ नेपाली जनता हिजो आज भोलि विचार्दछ नयाँ चुनाव हेरेर देशले सास फेर्दछ पाउला फेर्न पाओस गरिब देशले अब स्वयम्भु हेर्न चाहन्छ झुपडीभित्र दीपक ।१। नयाँ नेपालको नारा व्यर्थमा खेर गो अब परिवर्तनको अर्थ भ्रष्टाचार भयो सब हेर्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जताततै

~आकृति शाक्य~ बर्बादीको हालै अहिले जताततै निष्ठाको ख्यालै नगरिएको पाइन्छ अहिले जताततै स्वतन्त्रताको विशेषता नारीले नांगिनु हुन गएझैँ छ मनपरी मूल्य असुलेर उता व्यापारी मोटाइनु भएझैंछ दलहरुबीच अवगालै हावी भएझैँं छ अहिले जताततै अदक्षहरुको भरपत्यारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : चार मण्डली

~बिच्छिमान नकर्मी~ व्यापक भएझैँ लाग्छ अहिले दलीय रुपमो चार मण्डली यद्यपि भन्न सकिन्न यिनलाई उपद्र रच्ने गैभार मण्डली । मुखले यता देश र जनताको हितको कुरा गर्ने कामले भने देश र जनहितविरुद्ध लाग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : जीत भन्नु नै हार हो

~तीर्थ संगम राई~ चार आँखा जुधे पछि किरे कशम पनि खायौ र_िक्स बोकि मेरो आगन धेरै पटक तिमी धायौ धरो धर्म तिम्रो कशम तिमी बिना मरी हाल्छु भन्दै तिमी रहेक रातमा चाँदनीको कुरा गथ्र्यौ तर अचम्म ! बिहे गरेको पहिलो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गको खोजी

~राकेश कार्की~ सगरमाथाको टोपी थाम्न सकिन दौरा सुरूवालभित्र अटाउन सकिन बुद्वको दृष्टिले हेर्न सकिन मादलको भाका बुझ्न सकिन ढुङ्गेधाराको चिसो पानीले पनि मन भित्रको तीर्खा मेट्न सकिन शितल चौतारीमा मायालुसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : कपासको बोझ

~सुधीर ख्वबि~ (जीवनको यात्रामा) गर्भबाट संसार चियाउँदा आँकुरा कोमल र अबोध अनि कपास जस्तै हलुका हुन्छ। (आमाले ) त्यो कपासलाई कैयन रात परेली खोलेरै बाटेर धागो काट्छिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के नै पो लछा-यो ?

~बिकुबाबु खत्री~ त्यत्तिका मान्छे सहिद भएर पनि के नै पो लछा-यो ? जबकि अनियन्त्रित महँगीको सिकार जनता भइरहेछन् र भविष्य अनिश्चित देखिरहेछन् कल्ले के पो सुधा-यो ? कविहरु तम्सिएर सडकमा कविता वाचन गर्दैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शिमल

~गोविन्दप्रसाद आचार्य ~ शिमल जति बढे पनि घमन्डले चढे पनि शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि अलि बढेर के भायो भुवा उडेर के भयो सेतै फुलेर के भयो, सेतै झरेर के भयो (१) गुलाब मानको हुने शिमल फुलेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त तिर्खा

~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाललाई पत्र

~सिर्जना वि.क.~ प्यारो हिमाल कस्तेा छ तिमीलाई? मत ज्यूँदै मरेतुल्य भएर बाँचेरहेकी छु ! तिमीले थाहा पाएकै हौला मेरो छाती दुखिरहेछ, मेरा बारहरू ढलिरहेका छन् मैले गरिखाने बारी खोसिएको छ, मेरो झुक्दै नझुक्ने शिर लाजले रातोपिरो भएको छ वीर पूर्खाको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल साइरन बजेको छैन

~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु

~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोकोम्हेँदो, भूइँचालो र राहत

~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको कथा

~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~ पद र प्रतिष्ठाको लोभले मान्छेलाई कपटी बनाइरहेछ एउटाले अर्कोलाई गिराउने अनेक जुक्ति सिकाइरहेछ । सिद्धान्त त यस्ताको गुमिसक्यो केवल छ बहानामा मात्र आफू असल भनाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~ गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान । अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।। भनेर साध्य भएन ब्यथा आशु त पानि भो । सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~ बट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गुँड सारेको चरी

~मेघ बस्नेत~ प्रकोपले उदासिन उसको मन सायद गुँड पनि भत्कियो होला अनि पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन। गुँड सार्ने तयारीमा जुटेकी छे चरी जति उजाड उसको वन देख्छे उति रून थाल्छे बेसरी। बिचरा चरो छोड्न मान्दैन घर

Posted in कविता | Tagged | Leave a comment

कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~ जसले हितचिन्तक सज्जनहरुको पर्वाह नगरी दुष्ट र भुच्चुकहरुलाई उकास्यो तोडफोड र उपद्र गराई बने बनाएको सबै बिनास्यो त्यस्ताबाट स्वदेशको हित होला भनी के आशा गर्ने ? कसरी यिनको भर पर्ने ? स्वाधीन बनेर उन्नतितिर लम्कन चाहनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~ सायद रति रहिछन् क्यारे उनी रातो रंग प्यारो मानी रात मन पराउन पुगिछन् समष्टि कि होलिन् भन्ठानेको त दलीय घेरामा बेरिन गइछन् उनी त राति पो भइछन् नारी अधिकारको उदाहरणमा अद्र्धनग्न बनाउने प्रचलनबीच

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो रगत

~देवी उपरकोटी~ मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन उसको पनि रातो रगत मेरो जस्तै हेर कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~ समयलाई थाम्न सकिएन; अतः समयलाई लगाम लगाउन सक्ने सारथीहरूको खोजी भइरहेछ । एउटा समय थियो जहाँ समय नै थिएन, अर्थात् असमय थियो, समयका पारखीहरूले रगत-पसिनासँग खेलेर समय आयात गरे – आज तिनै पारखीहरूमाथि पोखिएर पशुत्व र पापको दहमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र उसको स्थिति

~कुसुम खवास~ दुःख आइपर्दा सुख सम्झी दिन कटाउँदो रहेछ मान्छेले सुख आइपर्दा दुःख बिर्सी प्छिको ख्याल गर्दो रहेनछ मान्छेले । यसै कारण नै दिन पछि रात आउने गरेको हो, भन्छन् यहाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अलमस्ती भई बस्नु भएन

~सिम्रिका घले~ नेपाली हुँ भन्ने जतिले अलमस्ती भई बस्नु भएन हिम्मत हारी कहिले पनि लाचारीमा फस्नु भएन । हुर्दुंगेहरुको क्रियाकलापले पराश्रयी बनाउँदैछ हामीलाई असन्तोषको पेसाले पनि हैरान गराउँदैछ हामीलाई ।

Posted in कविता | Tagged | Leave a comment