Tag Archives: kabita

कविता : विजय

~पारिजात~ जीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छ नेपाल राम्रो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ छ नेपाल राम्रो अरू देश भन्दा गरौं आज सारा यहाँ काम धन्दा उकाली चढौं है अगाडि बढौं है छ यो देश प्यारो र माया गरौं है बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ बलौ दीप जस्तै र हामी रमाऊँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : दोष कसको?

~तीर्थराज अधिकारी~ गर्मी छल्न बटुवाले छाता उघार्दा आसपासका कोही तर्सिन्छन् भने दोष कसको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शालीन प्रेम र परेवाहरू

~भावना पोखरेल~ प्रकृतिका शालीन सिमाहरू नाघेर कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो परेवाले कब्जा गर्दैनन् अर्काको आकास र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : उमङ्ग

~गोपाल पौड्याल ‘अकिन्चन’~ रातासारी हरिया पोते हातभरी चुरा छन् पोख चेली तीजको दिन जति मनमा पिडा छन् आफ्नै चाड आफ्नै संस्कार दिल खोलेर हासी देऔ आफ्नै भाका आफ्नै ताल छम छम नाचिदेउ जति सक्छौ सजाउ आज पहिरन र श्रिगार नदेखाउनु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

~भोगेन एक्ले~ तनावमा छु आजको अस्त भोलिको उदय या भनौं बिपना र सपनाको ठीक बिच उभिएर खुब तनावमा छु विगतको समीक्षा आगतको सम्भाबीयताको अध्ययन वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ यथार्थमा आदर्श गल्ने पो हो कि खसेर भीरबाट सुन्दर कल्पनाहरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हजार सपना र मनमाया

~विमला तुम्खेवा~ यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै स्याल, कुखुराको काल

~अजम्वरध्वज खाती~ दुष्ट भाषा क्लिष्ट भाषा, अश्लिल भाषा भाषाहरू कपट दिलका भाषाहरू, जहर हुन् यी जहर बोल्छन् व्यभिचारी हुन्छन् बोलीहरू। (१) यी भाषाहरूमा अनुहारहरू लुकाइएका हुन्छन् बोलीहरू चपाइएका हुन्छन् ढाँटेर आफ्नै मुटुलाई कुराहरू देखाइएका हुन्छन् अनौठा बोल्छन् अनौठा विषय छल, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिक टाढा

~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती

Posted in कविता | Tagged | Leave a comment

कविता : आराधना

~युद्धप्रसाद मिश्र~ आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : गैरी गाउँ

~आभास~ मेरो गाउँको नाउँ गैरी गाउँ यहाँ सूर्य उदाउँछ आँगन लिप्न तर गहिरा छन् अझै रातहरु यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तको संभावना

~बलदेव भट्ट “बिहानी”~ पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि भालुवांग का भोको बजार राप्तिको किनार लाइ दोषारोपण गर्छ मध्य दिनको बादलमाथि आगलागी भएपछि मैले, मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !! सुस्ता तीरबाट पिडाएको मेरो बस्ती काली र सेतीसंगै बेचिएर पश्चिमतीर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो रूप

~बसन्त थापा~ हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी

Posted in कविता | Tagged | Leave a comment

कविता : म दिलबहादुर लिम्बु

~किराँती भोगेन एक्ले~ हजुर म दिलबहादुर लिम्बु जिन्दगीदेखि आजित खुल्ला आकाशमुनि ओतिएको म आज शिकार भएको छु एउटा सनकी सिपाहीको यो सम्पतिले पुरिएको सहरमा सयौँ तले खण्डहरहरुको घुइँचोभित्र मेरोलागि खाली मात्र म अटाउने एउटा छिँडी नमिल्दा हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशीको संसार

~मिलन आचार्य~ खुशीको संसार, हजुरवा बितेसी मिठो पाकोस भनेर भविष्य पाक्ने चुलामा बाले मलाई धेरै बेर भस्र्याउनु भयो जब हजुरबा जीवित हुनु हुन्थ्यो जगेर्ना गरेर राखि दिनु हुन्थ्यो भोग्न नपाएको आफ्नो सुन्दर अतित

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा तन नेपाल मै छुट्यो मन

~जीवन्त रुकु~ उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो । बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।। घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म । मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगहरुविरुद्ध

~ईश्वरी कार्की “वर्षा”~ सर्वत्र सुहाएको यो शान्त स्निग्ध रंग मेरी आमाको शरीरमा किन सुहाएन ? किन ऐँठन हुन्छ आमालाई देख्दा ? बुबासँगै जलेर खरानी भए आमाका रंगीन सपना आमा अचेल सेताम्य देख्छिन् सपना आफूजस्तै उदास र शून्य । यी धर्म-संस्कारका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के म चुप बस्न सकूँला ?

~ईन्द्र नारथुङ्गे~ म जन्मिएको साल पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम सरकारको बहिखातामा र, तीन बर्षसम्म बेखबर हुर्किरहें । चार बर्षको उमेरमा पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि

Posted in कविता | Tagged | Leave a comment

छोक : हलेदो र हात

~तीर्थराज अधिकारी~ हलेदो भनेर चिन्दा–चिन्दै कोट्याउन थालेपछि पहेँलपुर बनेको हातलाई फेरि पखालेर पूर्ववत् तुल्याउन

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको सीमान्त

~सुविद गुरागाई~ थपक्क सडकमा सुतेको थियो उत्तानो परेर मरेको मान्छे अनुहारमा रातो पोतिएको थियो आफू जितेर आएको योद्धाको नासिका वरपर च्यापच्याप आलो रगत कसैले दलेको होइन आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा कमिला आएर लत्पतिन बाँकी थियो नापिरहेका थिए नीला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक

~मुक्तान थेबा~ यो सिङ्गै आकाश ओढ्छु धर्ती ओछ्याउँछु र, एक ढोक्रो सपनाको शिरानी लाएर निस्फिक्री निदाउँछु- एउटा अनागरिक निन्द्रा ! हो, म अनागरिक हुँ यो राज्यको अबैध गर्भबाट जन्मिएको न्वारनबिनाको एउटा अनाम मान्छे हुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी अर्को युद्ध र क्रान्ति..!

~तीर्थ संगम राई~ रात क्रमश ढल्दै गयो, हुल मच्छडहरु, एक हुल हुच्चिलहरु, अनि…….., ब्यासोका बथानहरु बिस्तारै मानवहरुका शिकार , तछाड मछाड गर्दै गठ बन्धन गर्दै अराजकताको साजाल लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : नमूना

~भिम बहादुर थापा~ पछुतो भुलेर प्रहर काटेकैले बेदना बिर्सेर बिन्दास बाँचेकैले सबै माझ- नमूना बन्छन् परेवा प्रशंसा गन्छन् परेवा। ** जिन्दगी विधामा नौरस नापेकैले हर रात, बिहानी

Posted in कविता | Tagged | Leave a comment

कविता : अबला नारी

~चम्पा देवी खड्का~ बिचरी ति अबला नारी झुकाई सिर घुडामा राखिछन मनको पिर बेदना कसलाई पोखुन बिलह भाकीछन पिरले बिलह भएको बेला एक हातमा राखी एक हातको छाहारि सबै पात झरी उजाडभएको जिन्दगीमा केही थाहा छैन आशु छ गहभरी नारी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्ता र चिन्तन !

~उत्तम कृष्ण मज्गैंया~ बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो भोकभोकै लडेका हुन्, मरेका कति हुन् कति समर्पित थिए सच्चा क्रान्तिकारीहरू जति ! तर हिंसा र पैसा औ विदेशी-शक्तिसामुमा बिकेका ती सबैको भो प्रवेश राजनीतिमा स्वार्थी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुने भएको छ

~माइलाकाजी कोर्काली~ भद्रगोलतन्त्र चलेको बेला जसले जे गरे पनि हुने भएको छ । शिक्षालयलाई मदिरालय मदिरालयलाई शिक्षालय कसैले गराए पनि हुन्न भनी कसैले नरोक्ने भएको छ जसले जे गरे पनि हुने भएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुख्यो

~बिटु केसी बराल~ देश दुख्यो बन्द बाकस भित्र खाडी देशबाट आएका लासका कोसेली देख्दा देख्दै , जान्दा जान्दै तछाड मछाडको लामो लाइन फेरि उही सपना देख्ने विवश आँखाहरू कठै मेरो देश ! न शान्ति दिन सक्यौ न विकास

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कुलचन्द्र वाग्ले~ मेरो गाउँ जसले सहरमा हिँड्न सिकायो, जो स्वयं हिँड्न सक्थेन लडीबुडी खेलाउँदै उसले मलाई हिँड्न सिकायो, तातेताते गर्दै उभिन लगायो दरो खुट्टा टेक्न सिकायो, बर्खामा हिलो हिउँदमा धेरै बेर कुहिरोको चिसो ओढ्ने गर्मीको तातोमा फुस्रोधुस्रो तर बर्खादेखि हिउँदसम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देख्छु देख्दिनँ

~शिरिष पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो । सगरमाथा माथि बसेर कविता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यकता

~तिलविक्रम थेवे ‘लुंगेली मगर’~ दुर्जन, दुच्छर र दुराचारीहरु समजमा यदि नहुँदा हुन् त सुधारवादीका आवश्यकता पर्ने नै थिएन होला कि सायद ? पतनोन्मुखी कार्य अधमहरुले यदि नगर्दा हुन् त कहीँ पुरुषार्थीको आवश्यकता पर्ने नै थिएन होला कि सायद ? द्रोही … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमौजी स्वतन्त्रता

~पुन्टु पण्डित~ स्वतन्त्रता यहाँ मनमोजी भो नकचरोको भरिभराउ गोजी भो नेताको चालढाल पनि पोजी भो । जेसुझ जसको समझमा आउँछ उसले त्यही नै गर्ने भयो हिंसा, हत्या, लुटपाटले उपद्रव गर्नेलाई तुर्ने भयो । व्यर्थैमा शान्तिको खोजी भो

Posted in कविता | Tagged | Leave a comment

कविता : हनोई, २०१४

~अमर शाह~ अग्ला महलले घाम छेकेर उज्याला छैनन्, सडक-पेटीहरु जहाँ बसेर केही बेरपछि साँझमा पिउनेछ बियर मात्तिने गरी स्वतन्त्र भियतनामको नयाँ पुस्ता । खडा छ, लामो युद्धको साक्षी लेनिनको अग्लो सालिक सैनिक संग्रहालय सामुन्ने र, प्रमाण छन् संग्रहालय परिसरका

Posted in कविता | Tagged | Leave a comment