Tag Archives: kabita

कविता : तिमी गलत छौ

~सन्दिप बडाल~ तिमीले सोच्यौ होला, तिम्रो प्रेममा म बिक्षिप्त भएको छु तिमीले दिएको धोकाले मुर्छित भएको छु र ढलिरहेको छु ओछ्यानमा एउटा जिउँदो लाश बनेर पौडिन नसकी डुबिरहेछु आफ्नै आँशुको बिशाल सागरमा तर तिमी गलत छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको सुरक्षा

~सुरञ्जन घिमिरे~ देशको सीमा सुरक्षार्थ सुगठित शरीरलाई खाकी कपडाले छोपेर काँधमा बन्दुक भिरिरहेकी तिमीलाई बन्दुक पट्काउन डर लाग्दैन ? गाजल पोतिएका आँखा कञ्चन हिमालझैं टल्किने दाँत मन्द गुलाबी रङ्ग पोतिएको ओठ तिमीमा पक्कै एउटा कोमल मन त छ नै तर, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजार सूर्योदयको बिहानी !!

~बलदेव भट्ट “बिहानी”~ रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल जितका रेखा कोर्ने हाम्रो चलन नालापानी देखि रंगशाला सम्म जीवित छ ! रक्तिम उमंग आजको साँझ उनिहरु माझ चेतनाको दियो बाली आउछ बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !! एकताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ १. मलाई आस्थाका बिम्बहरु मन पर्छ फूलका पत्र-पत्रहरु, त्यहाँ अडिएका शितका थोपाहरु, बिहान उदाउने घाम र त्यही शितको ऐनामा त्यसको प्रतिबिम्ब ! मलाई प्रतिबिम्बहरुमा विश्वास छ केही बिम्बहरु भयानक हुन्छन् के भयानक हुँदैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~ फेरीएको शब्दको परिभाषा , सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा मानवमा मानवता स्खलन हुँदा अराजकताले प्रश्रय पाईरहेछ सुशासनको सुगा रटाईमा सेवा प्रदायको नशा नशामा कुशासनले आवास बनाई सकेछ शब्दजालमा रमाउने प्रहरले आफ्नो जवानी छताछुल्ल पार्दै शब्द शब्दले शब्दलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली ! केवल तिम्रा निम्ति

~पवन भण्डारी ‘किरण’~ व्यभिचारको चौघेरामा घेरिएकी विवश नारी। तिम्रो क्रन्दनमा असह्य चिच्च्याहटमा मृत्युको एक गुहार सुनें नौली बुहारी बनेर भित्रिएको घरमा अलच्छिनी पद पाएको देखें बालविवाहको पींडा खप्न नसकी प्रसुतिगृहमा लास भेंटे। तिम्रो अत्यास, प्यास र भोकलाई तृप्तिमा बदल्न चाहें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर जा पर जा

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन पर जा पर जा रक्त क्रान्तिको घन्क्यो बाजा उठ्यो बबण्डर हुँदै सशक्त महल अटारी अस्तब्यस्त सामन्तीले संगीन रोप्यो जनजागृतिले दुनियाँ छोप्यो झुपडी भन्दछ शहरै घेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्त

~गोविन्द प्रसाद आचार्य~ जो यो देशको पानी खान्न देशभक्त बनिरहेछ जसलाई हैरानीको छिटो पर्दैन हैरानी हटाउने प्रतिज्ञा गरिरहेछ छि किन सुसेल्छन् नक्कली सुस्केराहरू ! नजोडिने हृदय साइनो बिनाको नाता जोडेर गाँस्न खोजिरहेछ न तडि्पएकाहरूबाट तड्पाएका ढ्वाङ् फुकिरहेछ माटोमा एक थोपा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मासिन्छ कि देश मेरो

~बासु ढकाल~ बन्दैछ कि धुजा धुजा आजभोलि देश मेरो मासिन्छ कि डर लाग्छ त्यों नेपाली भेष मेरो बाँड्नै परे नेपालीको मन बाँडे हुन्थ्यो शीप रुपी पौरखको धन बाँडे हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले के, कहिले के

~बिनिता कपाली~ दुःखले ‘सुख’ सम्झाउँछ र कहिले कहिले सुख दुःखको याद गराउँछ अन्धकार र उज्यालोको खेल समयले हामीमा देखाउँछ । दिनको उज्यालोले कहिले ‘रात’ निम्त्याएको पनि देख्छौं ‘रात’ काटेपछि सूर्यकिरण धरतीमा विस्तारित पनि पाउँछौं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सलहको सभा

~गोविन्दप्रसाद आचार्य~ सलहका हुलले माटो पनि राख्दैनन्। सिर्जनाका बोट बिऊ पनि जाग्दैनन्।। सलहको सम्मेलनमा राम्रा कुरा हुँदैनन्। माटो खाने सलहले काम गर्र्दैनन्।। सलहका हुलले फुलका पात खाइसके। फूल फुल्ने बसन्तमा आगो लाइसके।। सलहका हुलले हरियो त हरियो। भोकाएका सलहका फेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम याचना

~ज्यो. कुबेरनाथ भट्टराई~ खोज्दा खोज्दै रोज्दा रोज्दै ढलेछ वसन्त त्यो ध्वाँसी, थेप्ची, पुड्की, काली प्नि पाउन कठिन भो । सधैं सधैं जवानीमा म इन्द्रधनु पनि बसमा पार्छु भन्थें

Posted in कविता | Tagged | Leave a comment

कविता : घामको प्रतिविम्ब

~श्याम रेग्मी~ झुपडीको छिद्रबाट पसेको घामले मेरो घरको भित्तामा जब एउटा आँखा बनायो, त्यही दिन देखेको हुँ- दुनियाँ रंगीन छ । त्यही दिन बुझेको हुँ, उकाली ओराली गर्दा बाले नाम्लो लगाएर पिठ्यूँमा भारी होइन, मलाई बोकेका रहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्बहारा

~रामचन्द्र ज्ञवाली~ आङ ढाक्न लाई कोरा छैन बिछ्याउन बोरा छैन मल्मल को के कुरा । सिङो संसार मा केही छैन सुकुम्बासी हामि हामी महल केकुरा ।। सुतेर नाङो ध्रर्ती यो माटो माथि हेर्दाइ छौ तस्बिर ति बिरहरुको । केयस्तै थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घाम उदायो

~रुपेश श्रेष्ठ~ फेरी घाम उदायो अनाहकमा मेरो वस्तीको नग्नता उदाङो हुने भो । रात ओढेर बल्ल बल्ल निदाएको वस्ती जाग्ने भो फेरी अब कता लुक्ला यो ? अब के मात्र छोप्ला यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका प्यासा लाशहरु

~सुशिल गौतम~ सुन्दर बिहानीको कल्पना गर्दा गर्दै फिस्स उडेको मांसपिण्डका आशहरु कल्पना कै भग्नावशेषले थिचेर गतिहिन ढलिरहेका यि हुन भोका प्यासा लाशहरु । बाचुन्जेल चिच्याएका भोका क्रन्दनमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता भित्रको जीवन

~रोशन राउत~ एउटा शुन्य,अन्धकार भित्र कोर्दै छु जीवनको रङ्गिन चित्र मिथ्या यो संसार,मिथ्यै हो जानी तैपनि बुन्दै छु स्वपनको खानी भोलिको सुखको झिनो छ आस बित्दैछ आजको सुमधुर मधुमास

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो छोरो

~जनक दाहाल~ थोरै धुवा धेरै आगो जस्तो जीवन उस्तै फोटो एकैछिन पहेलो, त्यसपछी मोटो खुब गरेउ भगवान! पुग्यो होला नि धोको? तल शितल माथि आगो जस्तो स्वरूप उस्तै चालो शरण पाउन भनेर ॐ शान्ती जप्यो खुब गरेउ भगवान! बिथैमा तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्ताउनै लागेको सुर्य

~दिपक अधिकारी~ अस्ताउनै लागेको सुर्य झैं, घरले जा-जा र बनले आ-आ भनिरहेपनी, मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन, फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी, मेरो मन चाँहीँ फुस्रिएको छैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो इतिहास

~बुद्धीलाल तमाङ~ मेरो इतिहास, बीरहरुको बिरताको इतिहास थियो बलिदानका कथाहरुको इतिहास थियो त्याग र समर्पणका गाथाहरुको इतिहास थियो जिउदा र जाग्दाहरुको इतिहास थियो अखंड जितहरुको इतहास थियो जितै जितको इतिहास थियो अहा! मेरो इतिहास!

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~संजीव चापागाईं~ आमा रहेछ शक्ति ,आमा रहेछ माया , जिबन्तता त्यो भर्ने ,आमा रहेछ छाँया , आमा रहेछ धर्ती, बांच्ने त्यो मौनता मा , आमा रहेछ पुष्प ,फक्रन्छ श्रीजनामा। …………………. खोजेर वा नखोजी ,माया अनेक भेट्छु , आमा त्यो तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सातो

~कला अनुरागी~ तिमी चढेको विमानजस्तै फुत्त उड्यो मेरो मुटु र, गयो सातो तिमीसँगै । त्यही दिनदेखि एउटै दृश्य आइरहन्छ आँखामा- तिमी बिस्तारै छुटाउँछौ अँगालो समाउँछौ चपक्क हात अनि, छाड्छौ बिस्तारै र, बढ्छौ मैले जुनीभर नदेखेको अनकन्टारतिर । आत्तिरहन्छ मन

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रतिको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरु

~संगीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधेँ- बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? मेरो ठाड्ठाडो प्रश्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ

~अनमोल मणी~ बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न! फेरि यस्तै दिन नहुन सक्छ नवहन सक्छ यस्तै हावा पहिरो जान सक्छ लेउ लागेको प्राचीन बाटो कुनै शासक

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~शिरिष पराजुली~ जब हामी दुई भयौ; मौनता र आँसुमा आधा भाँचिएको मन वर्षौं देखि मर्मतको खोजिमा । बिहानीको शीत; मेरा ओसिला परेलामा म सम्झन्छु चेतावनी जो म सोचिरहेको हुन्थे । सबै टुक्रिएझै; कतै तिम्रो नाम गुन्जाएमान हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको गती

~दुर्गा राइ~ मेरो देशको गती अनी यो साइकिल एउटै एउटै पारीबेश मा छ, साइकिल लाई चाढ्ने को भार दुबै लाई फेरी अर्काकै सार, देशलाई दिशा दिनेहारु धेरै आए

Posted in कविता | Tagged | Leave a comment

कविता : युगल जोडी

~कञ्चन पौडेल~ रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक प्रेमले मगन भएर कस्तो बसेका नजिक । सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हौसला

~ध्रुव पन्थी~ मलाई थाहा छ, हिसाब खोज्न थालेँ भने मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन सरले त पढाउनुभएको थियो – ‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’ तर जतिपल्ट गणना दोहोर्‍याए पनि त्यो बराबरी भेटिने छैन ‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रिवेणी दोभान

~अमर नेम्बाङ लिम्बू~ वर्षौँ पहिले श्रावण महिनाको एक दिन स्थानीय त्रिवेणी दोभानमा जलाएको थियौँ हामीले मेरी स्वर्गीय मुमाको लाश । मुमालाई दोभानमा झार्दा कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको बेला

~रमेश गौतम~ उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याकहोल र मेरो देश

~पीताम्बर भट्टराई~ मेरो देश परिवेश तिरै बहुला दौडे जस्तै र्‍याल बगाउँदै पुच्छर लुकाउँदै अनाहारी शिशु माथि सिंहराजले झम्टे जस्तै झम्टिने योजना बोकेर दिन दोब्बर रात चौब्बर ब्लेक होल दौडिरहेछ मेरै देशतिर मेरै परिवेश तिर खै प्रतिवादको फर्मुला त्वम शरंणं प्रार्थना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू के थियो त्यो?

~मुक्ति गौतम~ मृत्यू के थियो त्यो? तिमीले जित्नसक्ने हाँसेर बरण गर्यौ तिमीले, कायर थिए उनिहरु जो हारे रेटेर गए तिम्रो घाँटी। डरपोकहरु, निशस्त्र तिमीसंग भय र त्राशले

Posted in कविता | Tagged | Leave a comment