Tag Archives: kabita

कविता : प्रेम सम्वेग

~शिरिष लामिछाने~ फर्कि आयो त्यही ऋतु जुनमा म कामेको थिएँ कठयाङ्रिएका औँलाले तिम्रो तातो चुम्बन थापेको थिएँ जिउभरी उम्रेका काँडा डेरै जमाएर बसेका थिए तिम्रो हातको एक स्पर्षले सबै शर्माएर लुकेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध रोएका छन

~विन्दु प्यकुरेल ‘लुना’~ आज बैशाख पुर्णिमाको दिन अहिसा का अनुयायी शान्तिका दूत सिदार्थ गौतम बुद्दको जन्म दिन कसरी प्रस्फुटन गरु शब्दहरु ! — आँफैलाई ढाटेर या आँफैलाई शान्ताबना दिएर — ढाटेर कालो रङ्ग सेतो देखिने भए देखी — अशान्ती शान्तिमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दुरी

~अमर भाट~ तिम्रो मेरो बिचको दुरी घट्ने दिन आउला कि ? तिमि जस्तै सुग्घर ठाउँमा बस्न मैले पाउँला कि ? भारी बोकी उकाली चढ्दा सवारीमा तिमी झर्छौ मेरो तनमा गन्ध आउछ तिमीले पो अत्तर छर्छौ तिम्रो जस्तै जिन्दगीमा बास्ना मेरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको आभाष र उत्प्रेरणा

~कृष्णकला वनेम ‘करिना’~ शून्य अनि अन्धकार झैं लाग्थ्यो यो संसार यो सारा जीवन किनकी उजाड लाग्थ्यो वनजंगल काहाली लाग्थ्यो औसीका अधेरी रातहरु विना रङगको लाग्थ्यो फूलहरु देवता विनाको लाग्थ्यो मन्दिर किनभने वाञ्चित थिए म मायाँबाट साथमा भएर पनि पाएकी थिइन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको पीरले

~रेशम बि.सी.~ नेपाल आमाको पीरले, आमाको पीरले पुछिदिन आँसु आमाको आज कस्सिनु छ हेर यी सपुत वीरले सेताम्म फुलेको यो हिमाल हाम्रो बचाई राख्नु छ नेपाली हाम्रँे वीरताको गाथा सधै उँचो राख्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी घाम नै हौ

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लाग्छ, धेरै ताराहरु मिलेर तिमी बनेकी हौ तिम्रो अनुहारमा म रातको आकाश देख्छु लाग्छ, तिमी घाम हौ तिम्रो उज्यालोमा मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~आभास~ यो काँशको कचौरा भोड्का र उर्वशीले टन्न छ यसलाई रित्याउन प्रत्येक साँझ कोही मासङ्गल्ली छिर्छन् र आफैंलाई रित्याउन थाल्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँद

~उमेश राई ‘अकिञ्चन’~ दिनको आयु छोटिएर क्रुसमा प्रस्तरको समाधिस्थ छानामाथि उदाउँछ रातको लकेट क्रिसमसको पाइलामुनि फुल्छन् हिउँका फूलहरू बाँडेर शीतको दाह्री हराउँछ कतै सान्तक्लज हुस्सुको सेतो सिरकभित्र चोइटिएर फप्लेटा घाम शीतको चश्माले हेर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बढ्दै जाओ बढ्दै जाओ

~युद्धप्रसाद मिश्र~ नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो दलित गलित हुन बाध्य भएका जनमानसका राजा हो तिम्रा जयकार विक्रमतामा देशवासीका लोलुप आँखा हाम्रा झुपडी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवास र आइमाइ मान्छे

~पञ्च विस्मृत~ भुत्रोको मोलमोलाइमा अल्झिएका यी कदम धुमिल बन्दैगएछन् लक्ष्य, गन्तव्य र सपनाहरु प्रत्येक स्पर्श प्रत्येक चुम्वन प्रत्येक आरोह अवरोह

Posted in कविता | Tagged | Leave a comment

कविता : सनाखत

~बिमल गिरी~ अतित भन्नु मात्र हो समय त बगिरहेछ निरन्तर अनौठो अनुभुति बर्तमानको थालनीमा आएर बगेको नदी फर्कदैन समयले पर्खदैन एक धर्सो गल्तिहरुमा बिगतका काला भित्ताहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : समर्पण

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ शहरमा, चेतना बन्धकी छ तिमीले देखिनौ ? आर्यघाटमा मात्र खरानी हुँदो रहेनछ जीवन । शहरमा, अनौठो छटपटी छ म संसारको सबैभन्दा धेरै पर्यटक हुँ त्यहीं त हो नि -लण्डन हिजै त हो गाडी चढेर गएको

Posted in कविता | Tagged | Leave a comment

कविता : म जङ्गली बन्न चाहन्छु!

~यज्ञेश~ ईश्वरको सृष्टिमा मानिसले टाङ् अडाएकोले वसुदेवझैँ जीवनको कैदी बनेको छु, आधुनिक्ता मेरो थुनुवा हो, सभ्यता मेरो कंश हो, मानिस मेरा दूारपाल हुन्, त्यसैले मुक्तिको खोजिमा म जङ्गली बन्न चाहन्छु! आफ्नो देशको एक मुट्ठी माटो हातमा खेलाउन चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ खेलौँ होली

~राकेश कार्की~ देश विदेश जताततै यो कस्तो उमंग आयो फागुन होलीको थरिथरिको रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्देश हामी सबैलाई

~गणेश पुर्बछाने मगर~ उठ जाग सबै नेपाली दीदी बहिनी दाजू भाई यो सन्देश हामी आम नेपाली जति सबैलाई आखिर किन हामी बस्छौ सबै यँहा डराई? आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्र तिमी दलित कसरी भयौ ?

~सुरज दाहाल~ मित्र मैले समानता लेख्दै लेखिन हामीमा भिन्नता देख्दै देखिन तिमी भोकमा थियौ तर मान्छेको मासु खाएनौ तिमी शोकमा थियौ तर कसैको लासमा रमाएनौ मित्र, तिमी नग्न थियौ तर कसैलाई निर्वस्त्र बनाएनौ !

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सीको झगडा

~डा तारानाथ शर्मा~ कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो -१- कुर्सी, गाई दुवै म धान्दछु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिज आयो

~शरद लामा~ तीज को बेला नाचेको मेला हेर्न लाई आयको, केहि कुरा भन्छु हे बुढी आमा मनमा लायको !! *********************************** मेरो त माइती दैब ले लग्यो अचाक्ली भयको, तिमीलाई देख्दा याद आयो आमा माइत मा गयको !! **************************************

Posted in कविता | Tagged | Leave a comment

कविता : जयजयकार गरौं

~त्रिशंकु~ भुच्चुक कोर्कालीहरु सन्काएर तिनबाट अनेक उपद्र गराएर जे जति गडबड गरियो यहाँ त्यसको निम्ति जयजयकार गरौं । निर्घिनी देश भँडुवाहरुको अनेकतन्त्रको नाम लिएर भ्रमपूर्ण विविध षड्यन्त्र रचेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अब जीत यो थीर रहला

~पुरुशोत्तम बाबु~ जितै को उत्सब्को बिजय घडीको आश खुशीको बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला देखी रहुँ मैले जीत अब नेपाली सुख पला उतै हेर्छन आँखाहरु सब पनि आश गरदै खुशी छन ति सारा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोधुली क्षितिज र डायनोसर नियति

~टेकेन्द्र अधिकारी~ हामी जहां छौं हामीले पाइला टेकेको धर्ती यही हो हामी लडेको माटो यही हो पूर्खाले प्राणको बाजी लगाएर जोगाएको अस्तित्व पनि यही हो सुदूर क्षितिजमा चम्केको जून देखेर आशाको तन्द्रामा जीवन काट्दै हामीले हेरेको क्षितिज त्यही हो मुटुभन्दा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : फरक

~सुरञ्जन घिमिरे~ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको भित्तामा टाँगिएको फोटो फ्रेम ठीक छ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको घडी ठीकसँग चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्को मध्यान्न

~सुविद गुरागाई~ २०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे यो त्यही बेला हो जतिबेला तिमीलाई आभास थिएन कुनै प्रलयको तिम्रो बलौटे विश्वासमाथि एउटा थोपा पहिलो धक्का दिन उत्तेजित भइसकेको थियो रति विश्वास थिएन तिमीलाई तित्रीगाछी भङ्गालोले नाघ्ने बेला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथ छिन मेरी आफ्नै आभा

~सन्दिप बडाल~ मेरो साथ छिन मेरी आफ्नै आभा त्यो सुर्य निदाए मलाई के भो र? शितल शान्त शशी मेरै हृदय नभमा घटीबढि उदाए त्यो चन्द्रमा के भो र? चमचम मेरी रत्न मेरै आँखा-नानी भित्र टिमटिम तारा गगनमा जगमगाए के भो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुत्नु मेरो नियती

~हस्त गौतम मृदुल~ सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु। निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु। खै कहाँ छन मैले उठाएका ति मान्छेहरु खै कता थन्किएका छन मेरा ति सृजनाहरु खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा बाध्यताले सुत्नु परेको … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : बा ले घडी किनेका छैनन् !!

~समर्पण श्री~ कयौँ साल भो बा ले घडी किनेका छैनन् फाटेको सुरुवाल पनि टाल्दै टाल्दै इज्जत धानेका छन् ***** बा टोपी महिलियो मैले भने छाड् “यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु” **** बा स्वाभिमान को प्रतिक हुन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी मेरो

~जानकी घिमिरे~ मेहनत गर्ने उद्धोगको खोजी मेरो हा, बाँझो चउरको छेउ भेटेको छु । वर पिपल रोपेर चौतारीमा लेट्नु पर्ने हातैले छेकी घाम सियालको रहर मेटेको छु। कर्ममा व्यस्त जीन्दगी जीउने सपना थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मन र मैन जल्दा

~मिना नेपाल~ धेरै खुशी लाग्नु पर्ने खुशी धेरै लाग्या छैन् सयौं मैन बाल्दा पनि कालो किन भाग्या छैन् ? मैन जलि राख भए अँध्यारोले छोप्ने डर छ सिधा–साधा जनताको मनभित्र अन्योलको घर छ । तराई जल्दा पहाडमा लप्का आउँछन् हेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘घाँसी’ एक बिम्ब

~शिरिष पराजुली~ ‘साहित्य’ सुन्दैमा गह्रौं शब्द, भन्छन् साहित्य बिजुलीको चम्काइ होइन काँडा बिच फूल्ने फूल हो जुन फूल ठालूको भयो साना त सधैं काँडा भए । म सोच्छु भानुभक्तलाई, र मनमा प्रेम जाग्छ रामायण, बधुशिक्षा उनकै देन उनी सर्वत्र मानिएका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यार मण्डली

~श्यामदास वैष्णव~ व्याप्त भएझै लाग्छ अहिले जताततै नै यार मण्डली यद्यपि भन्न उचित नहोला काम नलाग्ने सञ्चार मण्डली ।। मुखले देश र जनहितको कुरा गरी टोपल्ने कामले भने देश र जनहित विपरीत लाग्ने देखिन लागेका छन् यसबेला अनेकौं अनेक अवतार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : बाध्यता

~ज्ञानेन्द्र स्थापित~ बाध्यता ले भरिएको यो जिन्दगिमा बाँच्नु पनि एक बाध्यता अनि दुइ मुखे र दुइ जिब्रेहरु लाई बिश्वास गर्नु पर्ने बाध्यता

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसो वर्तमान

~आजाद अजनवी~ फेसबुक एक डबका जाँड र लोडसेडिङ उस्तै नै छन् दिनहरू छैन केही फरक उस्तै नै छ बाटो नेताहरूको भाषण महँगी र र्सर्टिफिकेटको फोटोकपी पछाडि सक्कलबमोजिम नक्कल ठीक छ सबै ठीकै देखिरहेछु ममाथिको सिङ्गै आकाश उडिरहेका चराहरू अनि पल्लो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment