Tag Archives: kabita

कविता : अन्तर्व्यथाको तूफान

~युद्धप्रसाद मिश्र~ र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन ताता खून उठी सजीव बदला आए हिजोका लिन जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै आए केश खुला भएर युवती हातमा हँसिया लिदै पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो शोषणको प्रक्रिया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोनु मैन बत्ती निभ्ला है

~आभास~ आकाशले भरखर घुम्टो खोलेको छ क्षितिजबाट भरखर बास्ना ओर्लेको छ म गोधूलिको यात्रामा निस्कँदै छु सोनु कोठाको मैनबत्ती निभ्ला है मैले मैन नजिकै सपनाको फाइल राखेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

~अमर नेम्बाङ लिम्बू~ द्वन्दकालको एक भयानक रातमा सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई अतिक्रमण गर्दै सर्वस्वसहित अस्मिता लुटिएको थियो हाम्रो प्यारो घरको। जुन घटनाको छाल-उपछालमा हुत्तिएर जिउनपुगेका छौँ आज हामी, टाढो भूगोलको एक कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : जागृति आयो

~युद्धप्रसाद मिश्र~ भोका नांगा पीडितहरूको पीडाको अब आयो आँधी महल अटारी हल्लिन लागे हिमगिरिको पनि टुट्यो समाधी विलासितामा हुन गो हलचल श्री सम्पत्तिकन लाग्यो ब्याधी

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल, समुद्र र घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ बादल भुईंबाटै उडेर आकाश जान्छ आकाश जाँदा बादलले सिङ्गो समुद्र पिएर जान्छ सिङ्गो समुद्र लिएर जान्छ ! बादल पहाडसँग प्रीत लाउँछ जब बादल बिस्तारै झर्छ तल पहाडमा ठोक्किएर समुद्र छाद्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फागु

~“जीवन्त ” रुकु~ रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि? सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ? पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ? हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म्हाबरको कार्साङले धोका खाँदैन

~मुक्तान थेबा~ तिमी लक्ष्मी मानेर दौलतको भिख माग या माता मानेर ढोग त्यो तिम्रो मनुले अह्राएको गरे हुन्छ म मेरो आख्खेले सुम्पेको रिति समात्छु आख्खेले त लुकिलुकि ढाल्नु भो म ढाल्छु- खुल्ला चौरिमा तिमी मलाई पापी भन्छौ होला भन राक्षस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव अस्तीत्व

~तीर्थ संगम राई~ मेरो शीर माथिको सुन्यता मेरो पैतला मुनिको भू-गर्भ मैले टेकेको यो सुन्दर धर्ति मानव सभ्यता सगै जीवन उत्पतिका क्रमहरु राम पिथेकसका सन्तानहरु यो धर्ति भरी छरीएका अस्तीत्व मेरो लागि सोच्ने बिषय बनेको छ । मेरो लागि अनुसन्धानको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साथीलाई सघाउने प्रण

~आर. आर. चौलागाईं~ तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ म पालैसित सङ्गीत भर्दै जान्छु तिमी हतियारमा साँध लगाउँदै जाऊ म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु । तिमी खाँटी मटितेल खन्याउँदै जाऊ म सलाईका काँटीहरू कोर्दै जान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रगोल स्थिति

~विनिता स्वधर्मी~ भद्रगोल छ अहिले यहाँको स्थिति हाटहुट लाटलुट चाटचुटले बिगारिरहेझैँ लाग्छ मति ऊभन्दा ऊ जान्ने हुँदा भोगिरहेछन् जनता दुर्गति । जो पनि शोषणै गर्न खोज्ने जो पनि घोषणै गर्न रोज्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : उपद्र सिवाय

~टिमुरमान लामा~ केही रच्न सकेको पाइन्न दलहरुले हैरानी सिवाय केही भोगाएको पाइन्न छलेहरुले । उपद्र.. मुखले जनताको नाम लिने कामले भने तिनलाई दुःख दिने बेइमानी सिवाय केही बर्तेको पाइन्न कचिंगलेहरुले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बांगे कलमका कुरा

~प्रेम ओली~ औठ्याँ बौठ्याँ कुरा खोजी खोजी झिरिप्प खायो रोजी रोजी त्यस्तै शब्द रौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयो छोरादेखि बाउसम्म छोरीदेखि माउसम्म शिरदेखि पाउसम्म सरक्क हेฅयो तितो, कोक्याउने, टर्रो पिरो, चिलाउने, झर्रो

Posted in कविता | Tagged | Leave a comment

कविता : सिनु र मान्छे

~रवि प्राञ्जल~ सिनु गनाउँछ मरेको शरीर को सिनु । तर सिनु त्यति गनाउँदैन जति गनाउँछ मान्छे, जिउँदै मरेको मान्छे हर क्षण गनाउँछ डुंगडुंग । मान्छेको बिचार गनाउँछ मान्छेको चेतना गनाउँछ मान्छेको बिबेक गनाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टी

~आभास~ मैले टोपी फेरेँ र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू सम्यक् भएर यात्रामा निस्केँ सोचेँ— मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन् म विलकुल

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रै सम्झना

~कल्पना तुम्रोक~ तिमी आउछौ भन्ने आशमा चौतारीमा एक्लै कुर्न सकिन नयाँ बाटो रोजेर चौतारिलाई छोड्न पनि सकिन । छल्किएका नयनहरु, भिजेका परेलीहरु एक्लै एक्लै हिडि रछु बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-प्रस्थान

~जोतारे धाइबा~ मनतातो हाउभाउसहित एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा, ताप्नु छ आफैँलाई भरदिन हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो यसरी नै त जिउनु छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : भविष्यवक्तासँग

~टेकब कोइराला~ तिमीले मेरो अतीतलाई पढ्यौ मैले कुनै प्रतिवाद गरिन तिमीले मेरो वर्तमानलाई पढ्यौ मैले कुनै प्रतिकि्रया गरिन तर मेरो भविष्य थाहा पाउन मलाई कुनै उत्सुकता छैन किनभने

Posted in कविता | Tagged | Leave a comment

कविता : बादशाहको मृत्यु

~अनमोल मणी~ जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु होस गर छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु र खुले आम मारिने छ यौटा निरंकुश राजा । पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै हातमा निर्दोष आफन्तका तस्वीर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतियोगी कविलाई सुझाव

~निर्भीक रार्इ~ (खेलकुदको जस्तो कविताको प्रतियोगिता नहुने) पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस् वाचन गर्ने मौकाको आसले पनि कविता प्रतियोगितामा तिमीले कविता नभिडाउनु । निर्णायक मण्डलको आँखाहरुले कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा कविता भिडाउनु सम्म ठीकै हुने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घरमा एउटी परी आएकी छ

~सन्दिप बडाल~ सजिएको मुलढोका नाघी, ऊ भित्र आउँदा सजाएर राखेको कोक्रोमा सुस्तरी सुस्ताउँदा बिस्तारै आँखा खोली, मलाई हेर्दै मुस्काउँदा, मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ उसले आफुसँगै मेरा, खुशी बोकी ल्याएकी छ ऊसँगै हर समय बिताउन पाउँदा उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साथ दिने कसम

~सार्थक सिम्खडा~ तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो बरपिपलको चौतारीमा घन्टौ मलाई तिमी कुर्दा बाध्यतामै भएपनी हात समाइ हिडिदिएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झोला

~संगीतश्रोता~ झम्के साँझमा ढकढक्यायो कसैले मेरो डेराको ढोका चुकुल खोलेर हेरेँ सँघारछेउमै देखियो एउटा अनौठो झोला र भन्यो- ‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ ‘ देखेँ, त्यो झोलामा थियो चे ग्वेभाराको रातो तारा अंकित टोपी त्यही झोलामा थियो महात्मा गान्धीको चस्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरोको माखेसाङ्लो

~ठाकुर बेलवासे~ पहिरोको माखेसाङ्लो रहेछ मान्छे पहिरोको मध्यभागबाट यात्रा गरेर पहिरोमै अडेको बासमा पुग्नु छ । जीवनको यति लामो यात्रामा नभेटिने होइनन् सहयात्रीहरू सबैको मन कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने । जीवन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदी नं २१

~राजु स्याङ्तान~ वर्षौं पुरानो बार्दलीको डिलमा बसेर एउटा पन्छी कराइरहेको छ गोपीकृष्ण कहु पट्टु गोपीकृष्ण कहु पट्टु । उसको आफ्नै सुनको दरबार छ चाँदीको थाली छ र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि । हुरीमा, धूपमा, झरीमा, निष्पट्ट रातमा, उजाड बिहानीहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शैलेश

~शिरिष लामिछाने~ घडीको टिकटिक अनि रातको रमझम विदेशको बसाइँ अनि गाउँको घरजम आफ्नो साइकल घनश्यामको गाडी बैकुन्ठेको रोलेक्स आफ्नो खाली नाडी! रामेकी बुढी आफ्नो रित्तो भुँडी

Posted in कविता | Tagged | Leave a comment

छोक : के यो वैदिक धर्म हो ?

~शिवगोपाल रिसाल~ बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए बगरेजति धर्मात्मा धर्मवान हुने थिए बोको, खसी र च्याङ्ग्रादि बिरालो पनि हैन रे

Posted in कविता | Tagged | Leave a comment

कविता : हरियो मरुभूमि

~प्रकाश थाम्सुहाङ~ टङ टङ टङ टङ सखारै कारखानाबाट बज्छ घण्टी आओ आओ तिमीहरु एउटा सायरन सूचना सँधै हतारमा हुन्छिन् उनी टायममै पुग्नु छ कमान । कम्मरमुनी बेरेर प्लाष्टिक ओढेर बर्षादी पिठ्यूँमा बोकेर टोकरी टिप्दै साथीहरुको पछि–पछि जस्तो लस्करै हिंडदैछ कमिलाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले गर्दो हो त्यत्ति?

~भरत पोखरेल~ आमाले संतानको माया गर्दछिन जत्ति, कसले गर्दो हो त्यत्ति? कसले गर्दो हो त्यत्ति? मन रुंदामा पनि तिनी दुनियाँको सामु हास्दछिन, मनमा उर्लेका रहर मनभित्रै दबाई राख्दछिन, संतानको निकोमा नै आफ्नो भविष्य देख्दछिन, तिनको उन्नति खातिर सब सुख सयल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युगमा एक दिन

~सुविद गुरागाई~ आधा गिलास भरियो आधा बाँकी छ आधा माग पूरा भो आधा सङ्घीयता आयो आधा गणतन्त्र संस्थागत भो आधा मधेस आयो आधा लिम्बुवान पाइयो आधा थरुहट हुने भो आधा मगरात मिल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : अचानक उर्लेका हृदयका भावना..

~सन्दिप बडाल~ अचानक उर्लेका हृदयका भावनालाई, रोक्न असक्षम भएझैं लाग्छ अनायासै बढेको मनको उष्णतामा, विस्तारै पग्लिंदै गएझैं लाग्छ खै कहाँ हरायो मेरो अटलता, मेरो अडिगता? हृदयको अस्तित्व बदलिँदै गएझैं लाग्छ विस्तारै पग्लिंदै गएझैँ लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा बाँचीरहोस्

~सार्थक सिम्खडा~ नाङगै आयौ नाङगै गयौ रुँदै आयौ रुवाएर गयौ छाडेर आकृति नजरमा आँखामा आसुँ दिलाएर गयौ न रुँदै गयौ न हाँस्दै गयौ देखिन मैले खै कसरी गयौ

Posted in कविता | Tagged | Leave a comment