Tag Archives: kabita

कविता : घाइते सिपाही

~अप्जसे कान्छा~ अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन बाँकी जीवन भर्ने बुट्‍टा छैन देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन संसार हेर्ने तिम्रो दृष्टि छैन फेरि पैला जस्तो हुने सृष्टि छैन देशको आँखा जोगाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काटमार र डलर

~गोविन्दप्रसाद आचार्य~ हाम्रो दरो विचार सँग, डलर अतालियो डलरले हार खायो हिंसा बाटो लियो डलरसँग डराउँदैनौं वर्ग युद्ध लड्छौं डलरका भुसे विचारसँग डराउँदैनौं विदेशीले कान फुकेका कन्सुत्ला कराउने कन्सुत्लालाई देखेर किन डराउने पूर्वमेची, काली, हिंड्छन् हाम्रो बाटोमा डलरका दासको आशा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओइ मान्छे

~विश्व राज भेटुवाल~ ओइ मान्छे आउ यहाँ खन्न एक खाडल आफ्नो लागी । उठाउँ बेल्चा चलाउ साबेल् बगाउ पसिना खन भुमी बनाउ खाडल लुकाउन आफुलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाँ हामी

~केशर थुलुङ~ यो माटो हाम्रो हो पसिना बगाउनुपर्छ यो ढुङ्गा हाम्रो हो पौरखी बनेर फोड्नुपर्छ मिलाएर राख्नुपर्छ अनि मूल फुटाउनुपर्छ उर्वरताको यहाँ दुःख छ, पीडा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त समय र सपनाको तलतल

~शकुन्तला जोशी~ झरी थामिएपछिको झिसमिसे पीडाको धराप साँघु बिछ्याएर छातीमा निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा कोही फर्केर आउने आशाको साँघुरो गल्छेडीतिर उन्मत्त वैंश उम्लिएको घोडा युगलाई कोर्रा मार्दै आगोका झरिला कोइला चबाउने तरुनी अनुहारहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी

~ठाकुर मान लामा~ कसले लेख्यो यो कबिता खोज्दैछ यो संसार बाँच्दा कसैले वास्ता गरेन बिचित्र छ यो संसार कति हर्षका शब्द लेखे स्वीकारेन यो संसारले कति पिडाका अक्षर कोरे बुझेन यो संसारले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजयोत्सव

~दीपेन्द्र के.सी.~ फाँटभरि सुलीहरु छरेर फैलिएको गन्ध, असीमित कुखुराका; सुँघेर ह्वाँस्स अनौठो मादमा, उर्लिएका हुँइयाहरु झर्दैछन शहरमा । परिवर्तनका झण्डाहरुले छोपिदै छिर्छन चोक, गल्लीहरुमा घोकाइएका नाराहरु उराल्दै उफ्रीन्छन्, वजारिन्छन्, थचारिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु साइकल

~निर्भीक रार्इ~ (गुनिलो साइकल तर हेला भएको) आत्मनिर्भरताको नीति लागु गर्दा खुट्टाले बाटो वा सडक नाप्दै हिँड्नु उचित हुने । तर त्यो अतिवाद ठहरिने । साँगुरो वा अप्ठेरो बाटो र एकल वा नजिकको यात्राको लागि सबभन्दा गुनिलो बाहन साइकल हुने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~हस्त गौतम मृदुल~ पूर्णिमाको जुनले पनि दिन छाडयो शितल सुनौलो बिहानी सुन भन्थे रैछत नी पितल के के नै परिवर्तन हुन्छ भनी बलिदान गरे आज तिनै महान शहिदहरु ओझेलमा परे

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासी जीवन

~प्रेम पाख्रीन~ फुले होलान सयपत्री र गदावरी दसैंलाई स्वागत गर्न आफ्नो भने थालइसकेको छ खुशीका पालुवहाँरु मर्न ।। बसेका होलान सबै नेपाली टिका र कानमा जमारा सिउरेर आफु भने बस्दैछु प्रबाशमा गह भरी आँशु झार्दै निहुरिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा नयाँ यात्रा

~यशोदा अधिकारी~ गणतन्त्रको ओछ्यानबाट उठेर एउटा विहानी खाजा सामलको कुम्लो च्यापेर असजिलो भर्‍याङ् उक्लँदैछ आकाशमा फुलेको गणतन्को फूल टिपेर कपालमा सिउरिनु विहानीको लक्ष्य । हतारमा देखिने त्यो विहानीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा दृष्टि

~लोक सिंगक~ रेखा दृष्टिहरु उभिएका छन् यथार्थ रेखीय भुगोलमा खोल्न- क्षितिजहरुको वास्तविक प्रतिवेदनहरु बादलको रंगिन इतिहासहरु अहोरात्रिका यथार्थ कथाहरु बत्तिमुनि अध्याराका झंकारहरु त्यस्तैं दृष्टि रेखाहरु पुगेका छन यद्घ बिभिसिका- हैटिहरुमा, काबुलहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रण

~टोपबहादुर रार्इ~ पग्लिएर हिमाल झैं हाँस्दिन म मेरो देश दुख्दा काले र कात्तिके झैं लडि्दन म देशको शिर झुक्दा । बोकेर गन्ध वाग्मती झैं बग्दिन म त्यो श्वार्थी शहरमा लुटिएर सप्तकोशी झैं सुसाउदिन म त्यो लहरमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म त त्यहि हुँ फरक तिमीमै छ

~रोशन राउत~ म त त्यहि बिहानि हुँ, फरक तिम्रो उमंगमा छ म त त्यहि साँझ हुँ, फरक तिम्रो तरंगमा छ । म त त्यहि दिन हुँ, फरक तिम्रो स्मिर्तिमा छ म त त्यहि रात हुँ,फरक तिम्रो सुषुप्तिमा छ । म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : इस्पातका मुटु भिरेकाहरू

~पवन भण्डारी “किरण”~ पूर्वमा रक्तिम लालिमा रक्तरन्जित आभा पोख्दै मेरो धर्तीमा टेक्दै थियो। सयपत्री र लालुपातेसँ, साइनो तोड्दै मैले माधवी उद्यानमा भर्तीको रसिद काटें। म सधै अज्ञात रहें, उद्यान भुसुना र उडुसले तृप्त थियो, कमजोर र सीधा पालुवालाई निमोठिन्थ्यो, लाचार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वस्मृति

~कवी शिरोमणी लेखनाथ पौड्याल~ हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर । ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’ जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।। पैह्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दासको सपना

~भरत बागलुङे~ हिजो जहाँ थियो आज पनि उहिं छ हिजो जस्तो थियो आज पनि उस्तै छ मालिकको हुकुम विना पृथ्वी घुम्न सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सोंच

~मुक्ता सापकोटा~ अजिव छ समयचक्र,अनौठो खेल सोचाई, बुझाई, गराईमा छैन मेल म के सोच्दछु भैदिन्छ अरुनै केहि मैले नै पो बुझ्न नसकेको होकी झै पानीसरि छर्लङ्ग कुरालाई केको बुझाई

Posted in कविता | Tagged | Leave a comment

कविता : केही यक्ष प्रश्नहरु ?

~जे.बी. शेर्पा ~ ड्रग्स को लत झैं , चिया , र कफीसंगै , नयाँ , ताज़ा र रक्ताम्मे ख़बरहरुले , स्वागत गर्छ अचेल , पिपासु आँखा र कानहरुलाई , मानिस हरुको हरेक सुनौलो बिहानीहरु मा ! हरेक सुमधूर साँझहरुमा !!! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा घर बनाउनुस्

~यम बहादुर किसान~ मेचीबाट बालुवा ल्याउनुस् महाकालीबाट पानी ल्याउनुस् माने-भञ्ज्याङबाट ढुङ्गा र ल्याउनुस् सुस्त-महेशपुरबाट माटो ल्याउनुस् राष्ट्रियता भन्ने कुरा तेस्तै हो राजधानीमा एउटा घर ठड्याउनुस् गजबको एउटा घर बनाउनुस् । – १ – सरीया पनि चाहिएला हगि?

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे नै मान्छेको यो शहर

~तीर्थ संगम राई~ अरव महासागरको बिचमा रेगिस्थानको यो धरातलमा घामको तातो राप खपेर शिशिरको चिसो सिरेटो सहेर कयौंको सपनाहरु पुरा गर्दै समुन्द्रि छालसँग बयेली खेल्छ मान्छे नै मान्छेको यो शहर टाउकै टाउकाले भरिएको भीडहरु तरवार गेट को वारी पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : हेर तमासा

~सुमी गौचन~ हेर तमासा स्वतन्त्रताको एउटाले अर्को भन्दैनन् एउटाले अर्को गन्दैनन् जालझेलमा प्रवृत्त दलको चाल छ यता न उताको (हेर तमासा स्वतन्त्रताको) पसले मनपरी भाउ गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्षको शुभकामना !

~उत्तम कृष्ण मज्गैंया~ नववर्ष निकै सुखसंग बितोस् तकरार विवाद कुनै नरहोस् भय कष्टहरू सब दूर रहून् मनका दुविधा अनि भ्रान्ति हटून् ! युगकै प्रिय गीत बजून् लयमा जयकार पुकार रहोस् जगमा रचनात्मक भै शुभ काम बनोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : शोषणैशोषण

~रस्मी शिवाकोटी~ सर्वत्र व्याप्त भएझैँ लाग्छ यसबेला शोषणैशोषण शिक्षामा हे-यो शिक्षामा शोषण बजारमा गयो बजारमै शोषण होटल, क्लब अनि क्लिनिकमा पनि देखिन्छ चलेको शोषणकै रण । उद्धार र उपकारको भाव हरायो सर्वत्र क्षणिक रमझमले खायो

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो चरा

~बिटु केसी बराल~ कतैबाट उडी आउछ स्वतन्त्र भई मेरै मझेरीमा डुल्छ उसको रोजाइको यो मेरो सानो कटेरो हेरेर म मनमनै मुस्कुराउछु निलो रङ्गको जादुले मंत्रमुग्ध हुन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~कृष्ण कुमारी पौडेल~ संसारमा सबै भन्दा आमा नै हुन जाती दिन रात तडपिएकी हुन्छिन सन्तान माथि । निथ्रिएर आँफै उनी पियाउछिन छाती जिन्दगीनै समर्पित गर्छिन सन्तान माथि । करुणा कि सागर उनी ममता कि खानि सधैं निस्छल माया दिने आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बखतबहादुर र देश

~भक्तराज न्यौपाने~ बखतबहादुर निद्रामा बरबराउादै किन सम्झन्छ बरोबर यो टाढा दूरदेशमा बसेर देशको नाम ? बिर्सन चाहेर बिर्सन नसकेको मनको एउटा कुनाभरि पसारिएको यो देश र गाउाका यादहरु किन झिकेर मिल्काउन सक्दैन हा ! बखतबहादुर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकादेशमा…

~शिरिष लामिछाने~ बिहान उठ्ने बित्तिकै पोखराका मान्छेले कञ्चन माछापुछ्रेलाई हेरेझैँ म झुलुक्क उसलाई एक नजर हेर्थेँ माथीदेखी, तलसम्म अनी फेरी तलदेखी माथीसम्म केही नयाँ नदेखेपनि उसको स्वाभाविक आक्रितीलाई हृदयदेखी अँगाल्न पुग्थेँ ७ बर्ष लामो हाम्रो प्रेम दिन-प्रतिदिन गाढिदैँ गएकोमा मेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टुडिखेलका भाषाण हरु मेरो गीत अनी मेरो यथार्त —-

~बिन्दु प्याकुरेल ‘लुना’~ यो यही हो चौर टुडिखेल जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु अभिलाषाका रथमा चढेर आउछन उही मन्त्र दोर्याउछन बारम्बार जनता ! जनता ! जनता ! अनी फूल स्बरुप पर्चाहरु छर्दै हामीलाई पूजा गर्दै जान्छन पर्चा हेर्दै म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मृत्यु हो !!

~दुर्गा राइ~ मलाई डर लाग्दैन, त्यो मृत्यु साच्चो हो मैले बाचेको पनि अनी तिमीले बाचेको पनि केवल मृत्यु हो ! त्यो मृत्यु हो !! जन्म यो शब्द मा अपुरो अर्थ छ मृत्यु ले नै यस्लाई पुरा बनाउछ, त्यसैले मैले मृत्यु … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : सातो उडेका वैंशहरु

~दीपक जडित~ रात ओढेर अँध्यारो कसरी निदाउने हुन् खै यि सुकुमार वैंशहरु ? हेर त निष्ठुरी समय उल्टो फर्किरहेछ फिँजाएर क्रुर हत्केलाहरु । के ठेगान् कहाँ कतिबेला निमोठ्ने हो यस्ले किशोर रहरहरुको घाँटी चुक भरेर रात जस्तै ह्रदयको मानोभरी फैलिइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment