गजल : गासौँ म कसरी

~तिलाचन चापागाईं~

गासौँला माया टुटेर जाला, गासौँ म कसरी
जोडेको मुटु फुटेर जाला, हासौँ म कसरी।।

मन भरी माया वोकेर आऊँला,तिमीलाइ सम्झेर
मन भित्रै माया अोइलाइ जाला,साचौँ म कसरी।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : महाबुद्ध यसोधरा

~सिन्धु रिजाल~

लाउँला र खाँउला
बैसालु उमेरकी
मलाई चटक्क छोडेर
ज्ञानको खोजीमा भौतारिने
घोर अज्ञानी युवक,
तिमीलाई धेरै पछि
ज्ञान प्राप्त भई
बुध्द भयौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~

छन्द : शार्दुलविक्रीडित

मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता
यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता
खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित
यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक ।

धेरै कारणले त रक्त छरियो मागेर संङ्घीयता
पैलो कारणमा विभेद गरियो जातीय सम्मानता Continue reading

Posted in छन्द कविता | Tagged , | Leave a comment

गजल : भन्न सकिएन मजबुरिले

~धनबहादुर बिष्ट~

झुटलाइ झुट भन्न सकिएन मजबुरिले
म तिमी जस्तो बन्न सकिएन मजबुरिले

मेरो देशले दुई थरिको शिक्षा बनायको छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

Micro Story : Without Husband

~Eagam Khaling~

Sabitri has been shouting at her five years old son, “Why did you accept the sweets from that man? From today onwards, if you accept any money and sweet from him, I shall punish you badly!” Today, Sabitri’s face is reflecting more frustration than usual. She walks grumbling here and there, and in that way that single day also passes off.

Next day, she wakes up early in the morning, and investigates her naked body on the Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

कविता : गुनासो

~बिमल गिरी~

समय एकनास नहुदो रहेछ
अन्तर बिरोधहरुको भिडमा
आज कताकता
स्वाभिमानमा
अचानक
बिना बर्षा Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्कर लोहनीका बत्तीस सेन्र्यू

~पुष्कर लोहनी~Pushkar Lohani

१.
भीडभाडमा
च्यातिएकी रे तिमी
बैंस गनायो ।
२.
आँखा नै लाग्यो
खतरा नै खतरा
मज्जाकै पोका ।
३.
बोसो लागेछ।
डरलाग्दो भैरव
कालो पोखरी । Continue reading

Posted in सेन्र्यू | Tagged | Leave a comment

समालोचना : हायमनदास राई “किरात”का कथाहरूको कथ्य र शिल्प-विन्यास

~डा.राजकुमार छेत्री~

हायमनदास राई किरातका कथायात्रा

कथाकार हाइमनदास राई ‘किरात’का सर्वप्रथम प्रकाशित कथा सुरवीर हो, जुन कथा काठमाण्डौबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको थियो । हालसम्म किरातका जम्मा दसवटा कथाकृतिहरू
१.चौकिदार(सन्१९५३),
२.अभागिनीकोसाथी(सन्१९५५),
३.विनायो(सन्१९५६),
४.विजय(सन्१९६५),
५.बटुवा(सन्१९५७),
६.आँधीबेहरी(सन्१९६१),
७.पंखी(सन्२०००),
८.तह नमिलेका रेखाहरू(भाग-१, सन्२००६),
९. तह नमिलेका रेखाहरू(भाग-२,सन्२००७),
१०.हाइकिंग(सन् २०१०) Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : भावनी भिक्षुको ‘मैया साहेव’

~अज्ञात~

मैया साहेब कथाको कथाबस्तु :-

मैया साहेव कथाकार भावनी भिक्षुका उत्कृष्ट मनोवैग्यानिक कथा हो ! यस कथाको मुख्य नायिका मैया साहेव हुन् ! उनको नामकरणमा कथाको शीर्षक राखिएको छ ! यस कथामा राणा परिवारकी छोरी मैया साहेव र त्यसघरमा काम गर्ने अधिकारीका छोरा पात्रको नाम अजय अव्यक्त प्रेम कथा पाइन्छ ! यस कथामा मैया साहेव र अजय दुवैले एक -अर्कामा आन्तरिक ह्रदयवाट चाहे पनि उनीहरुका माझमा वर्ग र स्थरको ठूलो पर्खाल थियो र जसलाई नाङघनु सम्भावत थिएन ! यस कथामा मैया साहेवको कृलिष्ट मनोवृती पाइन्छ ! Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : रातभरि हुरी चल्यो

~इन्द्रबहादुर राई~

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ ।

घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे । दाउरा बालेको धूवाँले रङ्गिएका काला टिनहरू, ऐले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आएका झैं देखिन्छन् । धूर्पिस र पिपलीको जस्तै काला भाटाहरूले चारपाटे टिनका ती ८०–९० टुक्राहरूलाई हावादेखि पक्रिराखेको छ ।

“हावा पनि यै डाँडामा चैं कत्ति चलेको ! त्यसको सास !” अलिक हावा मत्थर भएर टिन बज्न छोडेपछि कालेकी आमाले भनी अनि अँगेनामा आगो जोर्न लागी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सानो साथी

~डा. विष्णु सिम्खडा~

मेरो सानो साथी ,
समय को नियति नि
रह्यो कस्तो।
तिमी माथि बस्न गयो
माया मेरो यस्तो।।

तिम्रो हाँसो सुन्दाखेरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बुख्याचाको प्रेम

~भूवन तामाङ~

सरोजले निकैबेर आँखा बिछ्यायो सुमतीको दर्शन पाउन । सुमती घरको अगाडिभन्दा पछाडि धेरै निस्कने गर्छे । घर अगाडि त ट्याक्टर धुलो उडाउँदै कर्कस आवाजमा दौडन्छ । त्यसैले ऊ घरपछाडिको एकान्त मन पराउँछे । घरपछाडि भाँडावर्तन माभ्mन, लुगाफाटो धुन, नुहाउन धारामा निस्कने गर्छे । कपाल कोर्न, जुम्रा हेर्न, घाममा जिउ सेकाउन र आँपको रुखको सँयलमा बस्न ऊ घरपछाडि निस्कने गर्छे । उसको लोग्ने तातो बालुवा र तेलको देशतिर पैसा कमाउन भनेर गएको छ । लोग्ने सम्झेर के के कल्पेर मन बहलाउन पनि घरपछाडि निस्कन्छे । कहिले मुडामा त कहिले पिरामा बसेकी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आफ्नै छाती भएपछि

~जीतु खड्का गाउँले~

जवानीको दुश्मन आफ्नै छाती भएपछि
किन हिँड्नु अँध्यारोमा राती भएपछि !!

घाउ हुँदा मल्हम दल्ने यिनै मान्छेहरू
कोट्याउँछन् उही घाऊ जाती भएपछि !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : उखेल्नुपर्ने उखानहरु

~नगेन्द्र शर्मा~

नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला आएको छ । राष्ट्रिय र जातीय एकीकरण प्रत्येक समाजको उद्देश्य हुनुपर्छ । उखान, आहान अनि लोककथाहरुको पनि यही उद्देश्य हुनुपर्छ । उदारता नै प्रकृति होस्, सङ्कीर्णता होइन ।

हालै मेरो एक जना साथीले जाडो दिनमा एउटा घटना सुनाउँदा एक ठाउँमा भने, ‘बिहानपख घाँसपातमा तुसारो परेको…’

मैले आधा ठट्टामा आधा गम्भीरतामा, बीचैमा कुरा काटेर सोधेँ, ‘तुसारो पनि पर्छ र ? जम्छ पो त ।‘ Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका पाँच हाइकु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

मुहार खोल,
आफैलाई हेरेर
माया कोर्नुछ ।१।

मन तराजुमा
तिमी अट्न सके
गार्‌हो हुन्न है ।२। Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

Poem : Silence…

~Pooja Nepal~

Often i stand and stare
into the diminishing light of the day
horizon gradually fading into nothingness
willow and pine piercing the night
the earth ruptures into a song;
accompanied with shrill whistles in the dark
the howling of the wolves and brisk blaring of the wind
Silence enters into the serene beauty of the dusk. Continue reading

Posted in Poem | Tagged | Leave a comment

रामकुमार पाँडेका पाँच हाइकु

~रामकुमार पाँडे~

आनन्द होला
पहाड चढेपछि
समुद्र झर्दा

मङ्गल ग्रह
नजिक आयो कि क्या
पृथ्बी हल्लियो Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

कविता : म ध्रुब तारा

~दयाकृष्ण राई~Dayakrishna Rai

निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट
पृथ्बीतिर फर्केर हेर्दा
ग्यालिलियोले भनेको गोलो पृथ्बी
च्याप्टो नभएर गोलो नै देखेका थियौ
तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !
Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लयमा नेपाली गजल

~रवि प्राञ्जल~

फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै आधा शताब्दीपश्चात् पुनर्जागृत भएको नेपाली गजलको आरम्भ भने परम्परागत शास्त्रीय छन्द तथा बहरको आधारमा नभई स्वनिर्मित छन्दका गजलहरूको निर्माणबाट भएको देखिन्छ । चालीसको दशकको पूर्व सन्ध्याबाट सुरु भएको पुनर्जागृत नेपाली गजलले स्वनिर्मित छन्दका अतिरिक्त परम्परित तथा नेपाली माटो सुहाउँदो विभिन्न लोक लयलाई समेत आधार बनाएर आफ्नो लयगत स्वरूपको निर्माण गरिसकेको छ। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : ध्यान होस् नेपालको

~शम्भुप्रसाद ढुङ्गेल~

हर्वखत हर्एक कुरामा ध्यान होस् नेपालको
जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको

जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हिंसा

~सुनील पुरी~

उसले प्रेम गर्यो ।
एकछिन पछि
उसको मन बदलियो
र बन्यो हत्यारा ।
हत्याराले न कसैलाई माया गर्यो
न कसैलाई दया गर्यो
न गर्यो आफैलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो सुल्टो

~विक्रम सुब्बा~

म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु

त्यसपछि म मेरो मुलुक बदल्नेछु

अनि म मेरो समाज बदल्नेछु

लगत्तै म मेरो घर बदल्नेछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्तरञ्जित फूलहरू

~सुमिना अभिलाषी~

चरम यातनामा
चरम सन्तुष्टिको खोजी गरिरहेका ,
हृदय गुमाएका ए निर्दयी भीडहरू हो !

मान्छेभित्रै मानवता उदाङ्गै पारेका
नङ्ग्न मानसिकताहरू हो !

सत्यलाई बहिस्कार गरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि टीएच भारिएरको संस्मरण एक पिताका सम्झनाहरू । सत्यजित रेका कथाहरू पनि उनकै करकमलबाट नेपालीमा आयो । Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : माैन पहाडकाे कथा

~हिमाेढ पहाडी~

हरेक बिहानीकाे सूर्याेदयसँगै
जब म ब्युँझिन्छु
खाल्डाेबाट दुर चिहाउँछु
क्षितिज अङ्गालेर
ऊ मुस्कुराइ रहन्छ
र केवल मुस्कुराइ रहन्छ
मलाई स्वाभिमान सिकाउने
त्याे माैन पहाड । Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आफ्नै इच्छापत्र

~अमृता प्रीतम~Amrita Pritam
अनु : सारिका श्री

आफ्नो पूरा होसहवासमा
लेखिरहेको छु म आज
इच्छापत्र आफ्नै !

म मरेपछी,
खङ्ग्राल्नु मेरा कोठा Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : आकाशमा फाइट

~ब्रजेश~Brajesh Khanal

सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क बनाएर लगाएका थिए । तर, सूर्यबहादुर थापालाई गलत प्रमाणित गर्नचाहिँ होइन । उनीहरूले त कसैले चिन्ला भनेर मुख छोपेका थिए । किनभने उनीहरू स्कुल छोडेर भागेका थिए, एउटा महत्त्वपूर्ण खोजीमा । त्यति महत्त्वपूर्ण खोजी मानव सभ्यतामा अर्को दुईपटक मात्र भएको हुनुपर्छ । त्यसअघि कोलम्बसले अमेरिका खोज्दा अनि, अहिले नेपालीले समृद्धि र सुशासन खोज्दा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खप्पर र आस्थाहरुको मुटु

~देवेन्द्र खेरेस~

बुद्विमा राँको बालेर
एकपल्ट
खप्परमा विचारले झोस्दा
उछिटिएका अटोमेटिक छिटाहरु
हिजो
आज
र…॥
नसा-नसामा बगेर
थेम्स नदी Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~

‘यस्तो पो स्वागत !’

मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ ।

घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै वाक्क पारेका थिए । म जतिसक्दो चाँडो अलि पर पुग्न चाहन्थेँ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~

सबै यसै भन्छन्
छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो
त्यसो हो भने
हावालाई रोक्न सम्भव छ ?

यसै भन्थिन् आमा
मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई
म हुर्किंदै गएँ
सँगै आमाको सपना पनि । Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पहाड़े साथीबाट चिठ्ठी

~विपुल चक्रवर्ती~
अनुवाद : संगीता खेवा

यस वर्ष बर्खामा पहाड़ नआउनु होस्
यस बर्ष पहाड़ भयङ्कर छ चारैतर्फ
खोला र झोड़ाहरू पागल सरह कुदिरहेका छन्
र के आश्चर्य
तिनीहरूको पक्षबाट रातो रगतको भल बगिरहेको छ।

यस बर्ष बर्खामा पहाड़ नआउनु होस् Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

समीक्षा : मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

~गोपाल विरही~

मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले वि.सं. २००४ तिर हरिहर संस्कृत पाठशाला खिदिम अर्घाखाँचीबाट औपचारिक शिक्षारम्भ गरेका हुन् । उनले वि.सं. २०१६ मा हरिहर संस्कृत पाठशालाबाट स्व. गुरु महापण्डित दधिराम मरासिनी (१९३१–२०२०) का समीपमा रही वि.सं. २०१६ मा पूर्वमध्यमा र वि.सं. २०१८ मा उत्तरमध्यमासम्मको अध्ययन पूरा गरे । वि.सं. २०२० मा वाराणसेय संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment