व्यङ्ग्य कथा : ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

~डा. सुमन राज ताम्राकार~Dr Suman Raj Tamrakar

म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ, अर्थात् हुँदैछ । हाम्रो त्यस्तो चलन छ क्या ? मरेको मान्छेले मुख खोल्दैन भन्ने थाहा हुँदाहुँदै पनि खाए खा नखाए घिचको स्टाइलले पानी ख्वाउने क्रम जारी छ । पानी ख्वाउन आउने थुप्रै थिए, लाम त लामै रहेछ । लामै भन्या सिमकार्डको लाइन, कोरिया Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आज कति सस्तो भएँ

~गौतम “उदय”~Gautam 'Uday'

आज कति सस्तो भएँ!

हुरी आयो उडाई लग्यो बाढी आयो बगाई लग्यो
अनमोल जीवन मेरो आज धेरै सस्तो लाग्यो,

दुइ मुटु एउटै थियो निस्ठुरिले चुडाई गयो
खुसी सारा संगै लग्यो मेरो भन्नु पीडा रह्यो
छाडी जाने छाडी गयो मुटु मेरो चीरा भयो
हाँसो सबै उतै गयो आँसु मात्र मलाई रह्यो.. | Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रूर मान्छे

~विना तामाङ ‘सुनगाभा’~

अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेभैंm पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरा सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शून्यतालाई चिर्दै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निरु अभागीका २ रुबाईहरु

~निरु अभागी~

मेरो हत्केलामा फूल्ने फूल बसाइँ सरेपछि
जँघार बीचै छाडी खोली तार्ने एक्लै तरेपछि
सम्झी बस्नु के अर्थ भो ? उही फूल दिनरात
पराई हातमा सुवास छर्न फूल आफैं झरेपछि । Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कथा : बाध्यता र परिणाम

~नगेन्द्र इङगनम ‘आठराइली’~

एउटा सुखी परिवारको शान्त वातावरणमा पढाइ । हर सफलताका खुड्किलाहरु चढ्दै पवन दशौं कक्षामा पुगेको थियो । दैवको रचना या भाग्यको भनौं– पोखराबाट दार्जिलिङसम्मको यात्रामा रहेका उसका बुबाआमा अचानक दुर्घटनामा परेर बुबाको देहावसान भयो भने आमा सख्त घाइते भएर अस्पतालमा पु¥याएको थियो । समयले यसरी धोका दिएकोले पवनलाई उसको शिरमाथि कर्तव्यको एउटा गह्रौं भारले थिचो दियो । परिस्थितिबस उसले भाइबहिनीको रेखदेख गर्ने र घरव्यवहार सञ्चालन गर्नुपर्ने बाध्यतामा बाँधिनु पर्ने भयो ।

यिनै घरायसी कारणहरुले गर्दा पढाइमा पछि पर्नु त स्वाभाविक नै थियो । एवं रीतले विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उचित समय दिन नसकेको कारण उसका साथीहरु पनि ऊबाट बिस्तारै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एम्बुसमा जाकिएको सपना

~खगेन्द्र पन्धाक लिम्बू~Khagendra Prandhak Limbu

यो अफगानिस्तानको रिफ्युजी क्याम्प । खाना छैन । पैसा छैन । पासपोर्ट पनि छैन । आफन्त त हुने कुरै भएन । छ त केवल मानसिकतामा युद्ध भैरहेछ । उसैगरी अहिले यहाँ युद्ध चकिर्एको छ । जीवनको चारैतिर खतरा नै खतरा छ । बाहिर निस्किने कुनै सम्भावना छैन । विश्वास गरेको दलाललाई मनभरि सराप्नुबाहेक केही गर्न सकिने स्थिति थिएन । ज्यान सुकेर जाँदो थियो ।
एक्कासि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हराएको सानो साथी

~खगेन्द्र पन्धाक लिम्बू~
Khagendra Prandhak Limbu
बैंककको विश्वस्तरीय सुपर मार्केट अघिको आकाशेपुलमा बिहान–साँझ हिंड्दा देखिने विरक्तलाग्दो करिब चार वर्षको बालमगन्ते बच्चाको रुवाइले हत्तु बनेको छु । त्यै बच्चाको रुवाइले अफिस जाँदा मूड बिग्रिने र घर फर्किंदा झन् थकित हुने समस्या बढेर गएको छ । यद्यपी, त्यै बाटो मलाई हिंड्नै पर्ने ! सायद, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिदा

~जनार्दन दाहाल~

बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तीमा बिदा भयो, क्रिसमसमा क्रिश्चियनहरुलाई बिदा भयो । शिवरात्रिमा हिन्दूहरुलाई बिदा भयो, इदमा  मुसलमानहरुलाई ।
विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी सबैले बिदा पाए । यतिमात्र होइन, बिदाका स्वरुपअनुसार दसैँ–तिहार, हिउँदे, वर्षे, तलबी–बेतलबी सबैले बिदा पाए ।
कहिल्यै र केहीमा बिदा नपाउने वीरबहादुर भरिया सारङ्गीजस्तो पेट लिएर बन्दको दिन सडकमै सुतिदियो र सोच्यो–
“म जस्ता भरियालाई बिदा त छैन–छैन, काम गर्नचाहिँ किन नदिएका होलान् ?”

(श्रोत :- Chitwanpost )

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मसला

~लक्ष्मी गाइजू~Laxmi Gaiju

मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर आगो ताप्न नै ।

मनोहरलाई भ्याइनभ्याई थियो व्यापार गर्दैमा । पिठो बिकाउने बोलीले व्यापार पनि खूब चलेकै थियो र फाइदा पनि दिन दुई गुणा रात चौगुणा हुँदै थियो । ऊ मोहनलाई पनि आफ्नै व्यापार व्यवसायमा लगाउन चाहन्थ्यो । त्यसैले, ऊ जहिले पनि छोरालाई किचकिच गरिरहन्थ्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मज्जा

~धनराज गिरी~

एउटै लाम्टो चुस्न पर्ने रहेनछ दाइ र भाइ हुन । एउटै बुटामा फल्नु पर्ने रहेनछ दुवैको स्वाद एउटै हुन । अलग–अलग डालीमा फुलेका फूलहरु हुन्, गौरव र गम्भीर । गौरव नामै गौरव, कामै गौरव । गम्भीरको परिचय पनि नामअनुसारै छ । साइनो केही पनि पर्दैन । एउटाको पुर्खेउली गुल्मी, अर्काको पाँचथर । भेट भयो मकवानपुरमा । भेट पनि अचम्मसित भयो, नचिताएको ठाउँमा । एउटा सानो गाउँमा, हटिया दाबिलेमा । त्यो ठाउँमा गौरवको बालसखा गोविन्द सञ्जेल बस्दथे, मावि शिक्षक । गौरव जिल्ला शिक्षा कार्यालयमा अधिकारी । थुप्रै जिल्ला घुमेर मकवानपुर आइपुगेको शैक्षिक हाकिम, साहित्यमा रूचि । गम्भीर छापाखानाको मालिक, ऊ पनि शब्द संसारमा हराउन पाउँदा रमाउने मान्छे । हेटौँडाको साहित्यिक माहौल निकै उर्वर । जाम्ब रखाल, एन.सी. रिसाल, पिपी हौलागाईं पीपल पापा, भयग्रीव गुरूवाचार्य, झिमेष तिखिल, एक से एक । ‘शब्द’ र ‘पितृभूमि’ दुई बेजोड साहित्यिक पत्रिकाहरु । नयाँ पुस्ता भर्भराउँदा । नरोत्तम, श्याम विकास, धर्तीमा बनिता, भूत झस्के निधन, कुरुप नायक आदि इत्यादि ।

यी सबै साहित्यिक कलाकारहरु पुगे दाबिले । गुम्बा डाँडाको कलाकृति अवलोकन गरे । भवि नित्यले भव्य स्वागत गरे । के.एन. नेपालको उद्घोषण गज्जब । धर्तीमा लेखक नानीले गजल दोहोरी जमाइन् । एउटा ५५ वर्षे युवा गजलकारसित रमाइन् । गौरव र गम्भीरको त्यहीँ परिचय भयो ।
सबैसित मिल्ने गौरव, एकान्तमा रमाउने गम्भीर । दुवैको मित्रता देखेर दुनियाँ जिल्ल !
‘दाइ, मेरो भन्नु तपाईं मात्रै हो’– गम्भीरको गम्भीर कुरा ।
‘एउटा मान्छेको मायाले…’, गम्भीरको कुरालाई हास्यरसमा अनुवाद गर्न गौरव माहिर ।
‘यो मान्छे चितामा चढेको बेलामा पनि हाँस्ने छ’, एक जना प्रौढ गीतकारको स्नेहपूर्ण मूल्याङ्कन ।
छापाखाना चलाउने गम्भीर र छापामा आइरहने गौरवबीच दिनमा प्रायः एक पटक टेलिफोन वार्ता हुन थाल्यो ।
‘दाइ, जीवनमा खास केही गर्न सकिएन । यही छापाखानामै सडियो’– गम्भीरको असन्तुष्टि ।
‘भाइ, मान्छे जहाँ छ, त्यहाँ रमाउन जान्नुपर्छ । कामलाई बोझ मान्नुहुँदैन । मनमा नकारात्मक भावलाई प्रवेश नै दिनुहुँदैन । आफ्नै धारणा, मान्यता र विचारका कारणले मान्छे सुखी र दुःखी हुने हो । सकारात्मक सोच भएन भने स्वपीडक बनिन्छ, भाइ’, गौरव जो सयौँ शिक्षकहरुलाई तालिम दिएको मान्छे हो, यहाँ पनि प्रशिक्षक बन्दछ ।
‘खोइ दाइ, म त जता पनि अन्धकार मात्रै देख्दछु ।’
‘सम्यक दृष्टि, सम्यक सृष्टि । आफ्नो हेराइ बदलौँ भाइ ।’
मलाई पनि थाहा छ, पढेको छु कर्ण शाक्यको ‘सोच’ । पढेको छु, ‘वल्र्ड म्यान एण्ड दी सी’ जस्तो सकारात्मक उपन्यास । दाइको संगतमा छु । तर, म निराश मात्र हुन्छु ।’
‘काममा मन लगाऊ । सिर्जना गर । मनको निराशालाई शब्दद्वारा विरेचन गर । गीत सुन । सङ्गीतको आयाम धेरै फराकिलो छ ।’
‘एउटा गज्जबको मान्छेको फेला परेँ दाइ । मज्जा आयो । यस्ता भलामानुष पनि रहेछन्, पृथ्वीमा ।’
‘कुरा प्रस्ट भन ।’
‘भन्दैछु, उनी एउटा कवितासंग्रह निकाल्दै रहेछन् । मेरो भाषिक दक्षतामाथि विश्वास लागेछ, मेरा रचनाहरु पढेर । भाषासम्पादनको जिम्मेवारी मलाई दिए । मेरै सम्पादनमा त्यो किताव छापियो । एक दिन मलाई बोलाए । म गएँ । एउटा कपडा पसलमा लगेर मलाई झन्डै रू. ३००० बराबरको कपडा हालिदिए । अचम्म लाग्यो मलाई ! अत्यधिक श्रमको शोषण हुने यो पापी युगमा यस्ता मान्छे पनि जन्मिँदा रहेछन् । म त छक्क परेँ ! पत्याउनुभयो नि ?’
‘कस्तो अनौठो मान्छे रहेछ’, गौरव पनि दंग ! थप्छ– ए साँच्ची, हाम्रो परिचय भएको दिनको कार्यक्रम र रातको बसाइ भाइलाई कस्तो लाग्यो ? दाबिलेमा ।’
मलाई जीवनमा पहिलो पटक सारै मन परेको साहित्यिक कार्यक्रम त्यही हो’, मुसुक्क हाँस्छ गम्भीर, दुर्लभ मुस्कान ।
‘त्यसको कारण ?’, जिज्ञासु बन्दछ गौरव ।
‘दाइ, हरेक रात्रिकालीन बसाइ चुरोटको धूवाँ र मदिराको बाढीले कुरुप हुन्छ । साहित्यको नाममा ठिटाहरु भित्रभित्र आत्महत्या गरिरहेका हुन्छन् । तर त्यहाँ त्यस्तो देखिएन । सारै मज्जा आयो । कोही पनि अराजक बनेनन् ।’
‘थाहा छ भाइ ? यो सबै कुराको प्रबन्ध चितवन सौराहाबाट आएको एक जना गोपी भन्ने मान्छेले गरेका हुन् । ‘चुरोट–मदिरारहित साहित्य’ उनको अभियान । मलाई मीतज्यू भन्थे ।
‘त्यसो भए, चितवन सौराहाबाट गोपीको साथमा अर्का विख्यात कवि उपेन्द्रनाथ अधिकारी पनि आएको हुनुपर्छ ।’
‘हो–हो, भाइजस्तै एउटा सारै गम्भीर पात्र देखेको थिएँ, गोपीको साथमा ।
‘दाइ, यसैगरी हरेक साहित्यिक कार्यक्रम दाबिलेकै जस्तो हुने हो भने प्रत्येक साहित्यकार विशिष्ट श्रेणीको उमेरसम्म आरामले पुग्नेथिए । राष्ट्रकविलाई हेरौँ त, कति बोतल बियर पिउँछन् हँ बूढा ?’
‘भाइको विचार मानवतावादी छ । मानवतालाई जोगाउने भनेको मानवलाई नै जोगाउने हो । अनि मात्र मज्जा आउँछ ।’
‘दाइ, जीवनमा के भयो भने मज्जा आउँछ ?’
गौरव आफूले जीवनमा भोगेको अनि भोग्दा मज्जा र नमज्जा भएको केही अनुभव र अनुभूतिहरु सुनाउँछ ।
पहिलो मज्जा ः
विष्णु पाठक, गौरवको नयाँ मित्र । पश्चिम सुर्खेतको घटना । विष्णु त्यो ठाउँमा बिल्कुलै नयाँ । ऊ अर्थात्, गौरव केही वर्ष बिताएर पुरानिएको मान्छे । विष्णुले एउटी बालालाई मन पराउँछ । गौरवले सेना समायोजन गर्दछ । लमी बन्दछ । विष्णुलाई भन्दछ–
यार पाठक, यहाँ तिम्रो सबैथोक मैँ हु । अब यो लगनगाँठो कस्न केही नगदनारायण त चाहिन्छ नै । मसित कति आश गरेका छौ ?’ भन्नुपर्ला, तर कसरी भन्ने ? ‘छैन’ भनेर उम्कने पो हो कि ? अनेक बहाना बनाउने पो हो कि ? यस्तै–यस्तै दोधारमा थियो पाठक ।
यो सम्बोधनले ऊ राम्रैसित पग्लियो । गहभरि दह भए । बडो भावुक भएर बोल्यो पाठक–
‘गौरव सर, तपाईं त मेरो लागि भगवानै हो । आज जीवनमा पहिलोचोटि मज्जा अनुभूत गर्दैछु । मलाई रू. १०,००० दिनुभए हुन्छ । अलिकता रकम काम गरेको ठाउँबाट पनि आउँछ । गर्जो टर्छ । जनवादी हुन्छ हाम्रो विवाह । लक्ष्मीका अभिभावकहरु राजी छन् ।’
‘ढुक्क हुनू, भोलि नै म चेक दिन्छु । सकेको बेलामा आरामसित हिसाब मिलाउनू ।’
‘अहा, कति मज्जा आयो सुन्दा पनि ! दाइ यो त भयो मज्जा आउने कथा । अब नमज्जाको अनुभव पनि सुनौँ न’, गम्भीर अझै उत्साहित हुन्छ । सधैँ अलि बेग्लै देखिने उसको अनुहार आज उज्यालो छ ।
‘यो कथा मेरो होइन । पाल्पा जिल्लामा एउटा झोडी र विद्रोही मान्छे मेरो मित्र बन्यो । ऊ क्याम्पसमा पढाउँथ्यो । फुर्सदमा मेरो क्वाटरमा आउँथ्यो । कहिलेकाहीँ म्यारिज खेलिन्थ्यो । डिएसपी र न्यायाधीशहरु पनि आउँथे । उसको क्याम्पसमा उसलाई दिक्क बनाइएछ । ऊभन्दा कान्छा र जुनियर चकरीवाजहरु पदोन्नति हुँदै रिडर बन्न पुग्दा त्यो झोडी आफ्ना चेलाहरुसरह उपप्रध्यापक । निर्णायकहरुले ‘पखम्, पखम्, पखम्’ भन्दै २२ महिना झुलाएछन् ।
‘२०६९ साल साउन एक गतेबाट लागू हुनेगरी उसको पनि पदोन्नति गर्ने सल्लाह भएछ र उसलाई बचन दिइएछ । झोडी मित्र लहडी पनि । ३९ वर्ष पढाइसकेको । विद्यार्थी जीवनमा अत्यन्त प्रतिभाशाली । विद्यार्थी र अभिभावकहरुको पनि अति प्रिय पात्र । तर, प्रशासनसित सधैँ ३६ । भाइ, त्यो विद्रोहीले के ग¥यो थाहा छ ?’
‘दाइले नभनी कसरी थाहा पाउने ?’
‘समिति र क्याम्पसप्रमुखसित गर्जेछ । म मात्र होइन, अन्यायमा परेका यी ९ भाइहरुको पनि पदोन्नति हुन्छ भने मलाई पनि गर्नू, होइन भने चाहिने यो साथीहरुको बीचमा फाटो ल्याउने शुभ–लाभ । म जीवनभरि द्वितीय श्रेणी नै हुन्छु ।’
‘त्यसपछि के भयो त ?’ अझै जिज्ञासु बन्दछ गम्भीर ।
‘धेरै पापड बेलेपछि, धेरै उतारचढाव भएपछि समिति राजी भएछ, त्यो पनि अड्को थापेर ।’
‘किन त्यस्तो गरिएछ ?’
‘चाकरी पुगेन, कस्तो छ यो देश ? यहाँ योग्यता होइन, भाटगिरी र दासहरु चाहिन्छ, शक्तिपीठहरुलाई ।’
‘यो त सारै नमज्जा भो दाइ । त्यो झोडीले पदोन्नति पायो त ?’
‘२०६९ साल असार मसान्तका दिन राजीनामा दिएर हिँड्यो ।’
‘यो त एउटा रूसी कथा ‘बाजी’जस्तै भएछ हगि !’
‘त्यो त कथा थियो, यो त भोगिएको यथार्थ हो ।’
‘त्यसपछि त्यो झोडी कहाँ गयो, के ग¥यो ?’
‘क्यानडामा छ, नातिनीहरुसित रमाएर बसेको छ । अन्तर्राष्ट्रिय साहित्य समाज क्यानडा च्याप्टरको अध्यक्ष उही हो । उपन्यास लेख्छ । गजलकार पनि हो । पाल्पाली गजलकार विवेकानन्द गिरोपाध्याय, बूँद रानाको परममित्र भाइ । झोडी भए पनि सारै रमाइलो मान्छे ।’
‘दाइ, गिरोपाध्यायको भोगाइ सुन्दा सारै नमज्जा लाग्यो । पक्कै पनि उनको क्याम्पसमा विवेकको हत्या भएको हुनुपर्छ ।’ अगाडि भन्दछ गम्भीर– ‘दाइ, अब अलि मज्जा लाग्ने अनुभवहरु सुनौँ । यो त सारै नमज्जा लाग्यो ।’
‘सुन भाइ, तिमी पनि साहित्यकार र म पनि साहित्यकार । अचानक थाहा नै नभइकन कतैबाट सम्मान अथवा पुरस्कारको खबर आयो भने कस्तो लाग्छ ?’
‘मज्जा लाग्छ । यहाँ त पुरस्कार र सम्मानहरु नै बद्नाम भएका छन् । सम्मान भनेको पर्म लगाउनु हो । पुरस्कार भनेको दया गर्नु हो । अपवादलाई छाडेर हरेक निर्णयहरु विवादमा परेका छन् दाइ । मलाई त यो सम्मान र पुरस्कारको कुरा सुनेपछि चक्कर आउँछ ।’
‘त्यही भएर सर्जकहरु आफ्नै सिर्जनामा रमाउनुपर्छ । सम्मान र पुरस्कारलाई गौण ठान्नुपर्छ । सिर्जनाको गुणवत्ता र पाठकको सन्तुष्टि नै सबैभन्दा ठूलो सम्मान अनि पुरस्कार हो ।’
‘दाइले ‘लू’ र ‘प्रेतकल्प’को सम्झना गराइदिनुभयो ।’
‘हो त ! हाम्रो देशमा केही ऐतिहासिक भूलहरु भएका छन् ।’
तर, ‘सेतो धरती’को कुरा पनि पहिल्यै प्रायोजित गरिएको भनिन्छ नि ?’
‘शङ्का गर्न त सकिन्छ, तर होइन होला ।’
त्यसपछि गम्भीरलाई आफ्नै कथा सुनाउँछ गौरव ।
‘भाइ, म पनि नाम्चेबजारबाट बिस्तारै उकालो लागेको मान्छे हुँ । अहिले प्रथम श्रेणीको जिल्ला शिक्षा अधिकारी भएको छु । एक पटक रू. ७ लाखमा एउटा घर किनेँ, २० वर्षअघि । एक जना क्षेत्री साथीले एकान्तमा बोलाएर भने– ‘गौरव सर, तपाईंले घर किन्नुभएछ । म पनि यो अनुष्ठानमा तपाईंलाई रू. २५,००० सहयोग गर्न चाहन्छु ।’ उनले त्यो रकम सापटी खोजेर ल्याएका रहेछन् । उनको हृदयको आयाम कति होला भाइ ?’ पुलुक्क गौरवको मुखमा हेर्छ गम्भीर ।
‘यो संसार कति विचित्रको छ ! दधीचि र राधेयहरु पटकपटक आइरहेछन्, पृथ्वीमा । दानीहरुको कमी छैन । लोभीपापी पनि त्यत्तिकै । यहीँ अमृत छ, यहीँ विष छ । यहीँ जीवन छ, यहीँ मृत्यु छ ।’
अझ गम्भीर हुन्छ गम्भीर । मनमनै भन्दछ– ‘प्रथम श्रेणीका हाकिम । यिनको मातहतमा कति शिक्षक र कर्मचारी छन् ? कति चेलाचेलीहरु, जनताको सन्तानको भविष्य निर्माणको जिम्मेवारी छ । दायित्व गहन छ । तर, म एउटा सामान्य लेखक र छापाखानाको मालिकलाई यति धेरै मह¤व दिएका छन् । धन्य हुन् यिनी ! धन्य हुन् ती कवि, जसले मलाई जेठ महिनामै दसैँ मनाइदिए । यस्ता मान्छेहरु मात्रै हुने भए यो पृथ्वी स्वर्ग बन्नेथियो होला ।’
‘भाइ, धेरै गम्भीर भइयो, के सोच्न थालियो ?’
‘मेरो नामै गम्भीर ।’
‘हो त, म पनि कस्तो भुलक्कड ।’
‘दाइ, आज सारै मज्जा आयो । अब साउन महिनामा हुने पितृभूमि साहित्य समाजको कार्यक्रममा भेट हुनुपर्छ । बेलामौकामा दर्शन पाइरहूँ है !’
‘हुन्छ भाइ, हुन्छ । म आफ्नो आमाको कान्छो सन्तान । बाबुलाई देखेपछि भाइको रहर मेटिन्छ ।’
‘दाइको यो कुरा सुनेर पनि मज्जा आयो ।’
‘लौ त भाइ, आजलाई ओझेल परौँ ।’
फर्कियो गौरव क्वाटरमा । श्रीमती विष्णुमाया रिजाल उनकै प्रतीक्षामा ।
भोलिपल्ट यसो घुम्न भनेर निस्कँदा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारी फेला परे । शिष्टाचार आदानप्रदान भयो ।
‘बच्चु सर, १४ गते असार जिल्लाबाहिर जान्छु भन्नुभएको थियो । कहाँ थियो र हौ गन्तव्य ?’ झापा जिल्लामा पाँच वर्ष बिताएको हुनाले गौरवको बोलीको टोनमा पूर्वेली सुगन्ध आउँछ ।
‘ए ! अधिकारी सर, एउटा नाटकमा अभिनय गरेर आइयो ।’
‘तपाईं थरले अधिकारी, म पदले अधिकारी ।’
‘सरलाई पनि ठट्टा गर्न आउँछ हगि !’ बच्चुराम ।
‘बच्चु सर जिन्दगी एउटा ठट्टा नै होइन र ?’
‘हो सर ! ‘हिजो १४ गते छिमेकी जिल्लाको एउटा क्याम्पसमा राम्रै ठट्टा गरेर आइयो । मज्जा आयो ।
‘अलि खुलाएर भन्नुहोस् न । यो अदक्ष गुरूले अंग्रेजी साहित्य पढाएजस्तो भयो ।’
पदोन्नतिको इन्टरभ्यू लिनुथियो । एउटा पात्र देखेपछि म त बच्चुरामबाट ठन्डाराम । मैले उनको अन्तर्वार्ता लिएँ कि उनले मेरो अन्तर्वार्ता लिए, थाहा भएन । तर, उनीसित गफ गर्दा सारै मज्जा आयो । ४१ वर्ष पढाएका गुरूको अन्तर्वार्ता म १४ वर्ष पढाएको शिष्यले लिने अरे, विडम्बना ! अभिमन्युले भीष्मपितामहको कापी जाँचेजस्तो लाग्यो । म त नतमस्तक भएँ उनको बोली र व्यक्तित्व देखेर । त्यस्ता मान्छेलाई ९ वर्षसम्म पदोन्नति नगरीकन झुलाएर राख्ने निर्णायकहरु देख्दा टीठ लाग्यो ।’
‘कतै तपाईं गजलकार दयानन्द भारतीको कुरा त गर्दै हुनुहन्न ?’
‘आम्मै, हो सर । कसरी चिन्नुभयो ?’
‘त्यो मोरो मेरै मीतज्यू हो । ज्यादा स्वाभिमानी बन्नुहुँदैन, धेरै सत्यवादी बन्नुहुँदैन भनेर धेरै पटक सम्झाएँ, त्यो जिल्लामा रहँदा तर मानेन । त्यस्तो मान्छेले भोग्ने त्यस्तै हो । भीमसेन थापा सेरिएको मुलुक होइन यो, बच्चु सर ?’
‘जे होस्, भारती सरसित भेट भएर सारै मज्जा आयो ।’
बच्चुराम क्याम्पसतिर र गौरव क्वाटरतिर लागे ।

(श्रोत :- Chitwanpost )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नोस्टालजिक इमेल

~सुमन घिमिरे~Suman Ghimire

‘ज्या, नामै बिग्रेछ कार्डमा’ भन्दै रानी हस्याङफस्याङ गर्दै आई सुयोग भएको ठाउँमा ।

‘कता बिगे्रको ? भित्र कि बाहिर ?’– सुयोगले सोध्यो ।

‘बाहिरै हो, तिम्रो नाममा । सुयोग संगीत हुनुपर्नेमा संगीता भएछ ।’

‘ठिकै छ, निम्तो पाएँ । नाम नमिलेर के भयो र ?’ सुयोगले रानीलाई भन्यो ।

माघको महिना । बिहेको सिजन । लगन थोरै छ । त्यही भएर होला लगन गाँठो कस्न होडबाजी नै चलेको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लोक कथा : इनारको भ्यागुतो

~चिनी लोककथा~

छिपछिपे पानी समेत नभएको एउटा इनारमा एउटा भ्यागुतो बस्दथ्यो। त्यो भ्यागुतो सधैं खुशी रहन्थ्यो। एक दिनको कुरो थियोः त्यस भ्यागुताले पूर्वी सागरबाट आएको एक स्थुलकाय कछुवालाई भन्योः “मलाई अतिशय खुशी लागेको छ, बाहिर घुमफिर गरेपछि इनारको छेउमा राखिएको बारमा उफ्रँदै रमाउँदै गर्छु, इनारमा फर्केर इनारको मक्किएको ईंटको भित्ताको प्यालमा बसेर आराम गर्नपाउँछु। इनारको हिलोमा खुटा टेक्दा मेरा दुइ खुट्टाका सतहसम्म हिलो मात्र हुन्छ। Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : याउ र सन् बीचको कथा

~चिनीयाँ लोककथा

चीनको लामो सामन्ती समाजमा सम्राट मरेपछि उसको छोरो फेरि सम्राट बन्दथ्यो। तर चीनको पौराणिक कथाअनुसार, शुरुका तीनजना सम्राट याउ, सन् र यु बीच त्यस्तो कुनै सम्बन्ध थिएन— यिनीहरु बीच कुनै नि हिसाबले पारीवारिक सम्बन्ध थिएन। Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : अधुरो

~किशोर सापकोटा ~

तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री ।

तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो ।

शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ ।

किन ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : छोटा किस्सा

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र समयको घोडदौडका कारण छोटो किस्सा टेबुलमाथिको आँपभन्दा मीठो सम्झिइन्छ । वास्तवमा छोटकरी रचना नै आजकल सच्चा साहित्य बनिरहेछ। Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ध्रुवेको डायरी

ध्रुवेको डायरी

~वसन्त बस्नेत~
सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध राष्ट्रपति फ्रास्वाँ होल्लान्ड र कृषिमन्त्रीसामू उजुरी परेको छ। उहाँ त सरकार पनि हात्तीमैत्री छ। यहाँ मेरो यो हाल छ। नेपालको गीत गाएर यो उमेरसम्म हिँडियो। बरु उहिल्यै फ्रान्समा जन्मेको भए!
मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई ‘ध्रुवे’ बनाइदियो।डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?

तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?

Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो ‘होमवर्क गर ।

टिभीमा कार्टुन नहेर, टिफिन के चाहियो?’ बाआमाले भन्ने जमना थिएन।बाल्यकाल यस्तै भो बिर्खेको। कक्षा ५ उत्तीर्णसँगै घर छोड्यो। उसो त कक्षा ५ उत्तीर्ण हुँदा लक्का जवान भएको थिएन। प्वाक्क गाला। मोटेमोटे। लखनी चप्पल, हाफ जाँगे। निलो रंगको कमिज। स्कुलको ड्रेस हो यो। जहिल्यै त्यही भिरेको भिर्यैइ। चेलपार्क मसीको सीसीमा मट्टीतेलमा बाती राखेर टुकी। त्यो सुविधा अलिक तल सानो बजार छेउमा स्कुल भएकाले। सीसीको टुकीमा सेतो कागजले बारेपछि बढि उज्यालो हुन्छ विज्ञान पढ्दा थाहा भयो। कापी च्यातेर टुकीको ज्वाला जाने ठाउँ घेरा पार्योि। टुकीको ज्वालाले कालो हुने। बेलाबेला फेर्नु पर्थ्यो।

Continue reading

Posted in नेपाली कथा | Leave a comment

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

~भीष्म उप्रेती~

विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने हो । मेरो मनमा त्यस्तो केही थिएन तर एक किसिमको संशय, त्रास र आशंका भरिएको थियो । इमिग्रेसनमा नेपाली पासपोर्टमाथि कति आशङ्का र अविश्वास गर्ने हो ! संसारभरिका मानिसहरू उभिएका हुन्छन् इमिग्रेसनको लाइनमा । उनीहरूका अघि अपमानित पनि पो हुनुपर्ने हो कि ! मनमा यस्तो भाव उत्पन्न हुनुमा नियमकानुनको एकदमै पालना गर्ने अनुशासित देश जापानमा नेपालीहरूको अवैध बसाइ, अवैध काम गराइ र अन्य कतिपय करामतहरू जिम्मेवार छन् । छापामा गैरकानुनी अभियोगमा नेपालीहरू पटकपटक समातिएका घटनाहरू बाक्लै पढेको छु । जापान पुगेर र्फकने नेपालीहरूको अनुभवबाट पनि नेपाली पासपोर्टलाई अलि बढी नै शोधपुछ र कडाइ गर्छ भन्ने बुझेको छु ।

Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

प्रिय केटा हो !

धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग जिऊभित्र घुसि्रँदैछ । आमा पनि उसरी नै लगातार खोक्तैछे । नसकी नसकी घाँसको भारी बोक्तैछे ।

तम केटाहरू त्याँ शहराँ के गर्दैर्छौ ? जिउँदै छौ कि दिनैपिच्छे मर्दैर्छौ ? जिउँदै छौ भने घर आओ, मरिसक्यौ भने जतासुकै जाओ । घरमा न भाले छ न खसी । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : लोग्ने मान्छे

~भवानी क्षेत्री~

अब बिदेस जाइन्छ, मन पर्दा लुगा लाइन्छ, पाइन्ट लगाउन पाइन्छ, साच्चै बिदेश जाइन्छ, जाइन्छ, जाइन्छ । यसरी मनमा फुरौला पाकिरहेछन् ।

भिजा लागेको दिन हो आज । यति बेला म औधि खुसि छु । मन तेसै-तेसै चरा जस्तै भएर हाँसु हाँसु नाँचु नाँचु गर्दै छ, तर मनका कुरा बाहिर ल्याउन पनि भा’छैन । एकैछिन छुटिन नचाहने मात्र होइन स्वास्नीमान्छेले बाहिर फेर निस्केर काम गर्न हुदैन भन्ने मेरा लोग्नेले बिदेस जाने अनुमति दिएका छन् । यो पनि उनमा आएको परिवर्तन र मेरो जीवनमा भएको ठुलै प्रगति हो ।

अनि एकपल्ट बिदेस गएर आएका सबैले सजिला लुगा लगाउछन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाको लाइन

~मणि लोहनी~Mani Lohani

यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा ।

लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका । म पनि मायाको लाइनमा नै छु । तर म पालो पर्खिरहेकी छैन । उनीहरु लामबद्ध भएर मसम्म आइपुग्छन् र मैले उनीहरुलाई उनीहरुको भागमा परेको माया उपलब्ध गराइ दिनु पर्छ । एक अर्थमा म माया बाँडेर बसेकी छु । कस्तो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैंसी चोर

~महेशविक्रम शाह~Mahesh Bikram Shah

हवाईजहाजको ढोकाबाट निस्केर सिंढी ओर्लदैं गर्दा उसको चालमा विजेताको आभाष पाईन्थ्यो । सिढीबाट भुँइमा खुट्टा राख्ने वित्तिकै उसले झुकेर दुवै हातले भुँई स्पर्श गर्‍यो र फेरि त्यही हातले शीरमा, छातिमा र ओठमा स्पर्श गर्दै आकाशमा हात फैलायो । उसका ओठहरु चलिरहेका थिए । सायद उ भगवानको नाम जपिरहेको थियो । उसले अर्को पाईला चाल्नै खोजेको थियो कि एक झुण्ड मान्छेहरुले उसलाई वरिपरिबाट घेरिसकेका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्यमानी

~निलम कार्की ‘निहारिका’~

’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’

न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी ।

सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झिम्केको झोला

~युवराज नयाँघरे~Yubaraj Nayaghare

एयरपोर्टको मुखैमा छ झिम्के !

दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के ।

एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।

ट्याक्सीको साना गाडीहरुको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।

झिम्के आˆनो झोला मिलाउँछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अम्मल

~डा.रवीन्द्र समीर~Dr Rabindra Sameer

‘­बा ढोग छ !’

यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो ।

– आर्शिवाद छ बाबु तलाई !’

बाबुको छाती नाङ्लोजत्रो भयो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइनबोर्ड

~डा.रवीन्द्र समीर~

Dr Rabindra Sameer

– ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ !

-’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि ।’

– ‘नाकमा एउटा गतिलो सुरक्षाकवच लगाउनुपर्‍यो ।’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपथ्य

~डा.रवीन्द्र समीर~

Dr Rabindra Sameer

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अयोग्य

~राजेन्द्र पराजुली~Rajendra Parajuli

गोधुलि साँझले त्रिशुलीको पानी सुनजस्तै टल्किरहेको थियो । हिउँदको याम, त्रिशुली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो ।

तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए । त्रिशुलीका वारीपारीका सालका बोटमा झुण्डिरहेका हरिया पातहरुलाई म कालो देख्दै थिएँ । नदीको पानी कहिले ह्वात्तै बढेर मलाई छोप्न आएजस्तो लाग्थ्यो । कहिले पानी सुकेर ढुङ्गा र बालुवामात्र बाँकी रहेको लाग्थ्यो । म फेरि आँखा मिचेर हेर्थें, शान्त त्रिशुली उस्तै थियो, सुन्दर र एकाग्र । एउटै प्रवाहमा त्रिशुली बहिरहेथ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेरणा

~हरिमाया भेटवाल~Harimaya Bhetawal

प्रेरणा ……. ।

म कहिल्यै पनि भुल्न सक्दिन उसलाई । यो नामलाई र नामरुपी अनुहारलाई । मेरा जिन्दगीका ती दिनहरु जो उसको सामिप्यतामा विते । ती अतीतहरु जो आज पनि वर्तमान झक्झाउँछन् प्रेरणा …….. । मप्रति उसको धारणा जे जस्तो भएपछि म उसलाई आज पनि प्रेम गर्छु, श्रद्धा गर्छु । उसको सम्झनाहरुबाटै मात्र भएपनि आनन्दित हुने गर्छ । त्यसैले नै होला म चाहेर पनि भुल्न सक्दिन । भुल्न त उसले पनि सकेकी रहिनछ । त्यसैले यो पत्र ……..पि.एम.ले भर्खर मात्र दिएर गएको । पत्र भित्र कौतुहल सबैलाई हुन्छ, मलाई पनि छ । त्यसैले पत्र खोलेर म पढ्न थाल्छु । पत्रमा शिष्टाचारका केही शब्दहरुको साथै आफ्नो लोग्ने पूर्ण रुपमा स्वस्थ भइसकेको खवर अनि विशेष आभार र सम्झना व्यक्त गरेकी रहिछ उसले । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आमबाग

~विमल निभा~Bimal Niva

एक

ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ । र लापरवाहीका साथ चुरोटको धुवाँ उडाउन थाल्छ ।

दुई

दुलिचन्द रुङ्गटाले मागअनुसारको रकम नदिने भएपछि ग्याङको नेता जोगिन्दर ‘आगबबुला’ भएको थियो । उसले सुकेको पहेंलो घाँसमा लहरै बसेका आफ्ना साथीहरुतिर हेरेर दिमागमा अपर्झट आएको प्लान सुनायो ‘अब दुलिचन्दको अपरहण नगरी भएन ।’

‘अपहरण……..?’ सबैले एकैसाथ दोहोर्‍याए । ‘यही उपाय बाँकी छ ।’ जोगिन्दरले भन्यो, ‘अरु केही गर्न सकिंदैन ।’

‘आजकाल पुलिसहरुका कडा पहरा छ ।’ बीरबलले केही सोचेर भन्यो ।

‘साले पुलिसहरुले हामीलाई देखेपछि छाड्दैनन् ।’ बीरवलको भनाइमा बसिरले सही थाप्यो ।

‘तिमीहरु डरपोंक हौ ।’ जोगिन्दरको स्वर कडा थियो ।

‘थोरबहुत खिलाइपिलाइ गरिदिए सब ठीक हुन्छ ।’ नवलले भन्यो ।

‘पहाडिया पुलिसहरु धेरै ठूलो मुख बाउँछन् ।’ जुमाद्दीनले मुख फटाएर अभिनयसाथ भनेकोले सबै हाँस्न थाले । बस्तीभन्दा केही टाढाको आमबागमा सबै भेला भएका थिए । यहाँ कमै मानिसको आवत-जावत हुन्थ्यो । साहेबज्यूको पुस्तैनी आमबाग केही वर्षदेखि लावारिस अवस्थामा थियो । द्वन्द्वकालमा गाउँलेहरुले कब्जा गरेका थिए । त्यसबेलादेखि हेरविचार गर्ने मानिस आउन छाडेको थियो । आवाज आएकोले सबै सावधान भएर हेर्न थाले । एउटा सानो जन्तु बगलबाट भागेको देखापर्‍यो ।

‘नेवला हो ।’ बसेसरले दाहिने आँखा झिम्क्यायो ।

‘मलाई कुनै अरु नै लाग्यो ।’ जोगीले भन्यो ।

‘होइन नेवला नै हो ।’ बसिरले जोड दियो ।

‘यतातिर गहुँवन पनि धेरै पाइन्छन् ।’ जुमाद्दीनले नयाँ कुरा झिक्यो ।

‘दुलिचन्दले कतिसम्म दिने भन्यो ?’ नवलले कुराकानीलाई मोड्न खोज्यो, ‘आधाजति होला ।’

‘आधाभन्दा धेरै कम भन्यो ।’ जोगिन्दरले मुख बिगार्‍यो ।

‘मख्खीचुस सेठ…..।’ नवल फुसफुसायो ।

‘दुलिचन्द एक नम्बरको कन्जुस हो ।’ बीरवलले नवलतिर हेरेर भन्यो, ‘कमिना हो ।’

‘सबैभन्दा मारामार चल्ने फौरेनगुड्सको पसल उसकै हो ।’ बसिरले भन्यो ।

‘ब्लेकियाहरु पालेर माल पारको धन्दा गर्छ ।’ बसेसरले मुख खोल्यो ।

‘दुलिचन्दको शमिल पनि त्यत्तिकै चल्छ ।’ जुमाद्दीनले थप्यो ।

‘यति धनी भएर पनि चुतियागिरी गर्छ ।’ जोगीको पनि चित्त बुझेको थिएन ।

आमबागको छेउ भएर कच्ची सडक जान्थ्यो । त्यहाँबाट केही बयलगाडा गुजि्ररहेका थिए । गाडावालहरु गर्मीको आलसले गर्दा निदाएका देखिन्थे । गाडामा जोतिएका थकित बयलहरु अभ्यासको भरमा अघि बढिरहेका थिए । बयलगाडा देखेर केही भन्न खोजिरहेको जोगिन्दर चुप लाग्यो ।

‘के भयो ?’ जोगीले सोध्यो ।

‘केही होइन ।’ जोगिन्दरले भन्यो ।

‘मधेसी हितका लागि व्यापारीहरुले पनि साथ दिनुपर्छ ।’ केहीबेर पछि बसेसरले भन्यो ।

‘हामी कुनै भिखारी त होइनौ ?’ बसिरले थप्यो ।

‘पैसा माग्यो कि यिनीहरुको गाँड फाट्छ ।’ जुमाद्दीनले तितो पोख्यो ।

‘हामीले त्यत्ति बढी मागेका पनि त होइनौं ।’ बीरवलले भन्यो ।

‘मधेसमुक्तिका लागि कोही पनि गम्भीर छैन ।’ बसेसरले गम्भीर भएर भन्यो, ‘यो उचित होइन ।’

‘तिमीहरु अनावश्यक कुरोको पछि नपर ।’ जोगिन्दर जङ्गयिो ।

‘के हामी मधेसीहरुका लागि लडिरहेका होइनौं ?’ बसेसर जोशियो ।

‘चुप लाग ।’ जोगिन्दरको निधार खुम्चियो, ‘दुलिचन्दको मुनिम भरताले खबर पठाएको छ ।’

सबै सजग भएर अलि उँचो ढिस्कोमा बसेको जोगिन्दरतिर हेर्न थाले । गर्मी असाध्यै बढेको थियो । चराहरुसमेत सुस्ताइरहेका लाग्थ्यो ।

कहिलेकाँही कौवाको कर्कस आवाज सुनिन्थ्यो । आमका हरिया-हरिया पात फिरफिर हल्लिरहेका थिए । त्यहाँबाट आएको हावाले थोरै राहत दिन्थ्यो । हावा तातै थियो । पसीनाले सबैका कमीजभित्रका गन्जी निथु्रक्क भिजेका थिए ।

‘भरताले के खबर पठाएको छ ?’ नवल र बसिरले एकसाथ जोगिन्दरसँग सोधें ।

‘भोलि मंगलबारका दिन कामविशेषले दुलिचन्द यतातिर आउँदैछ ।’ जोगिन्दरले साथीहरुतिर हेरेर बिस्तारै भन्यो, ‘यही मौकामा त्यसको अपहरण गर्नुपर्छ ।’

‘भरताको खबर पक्का हो ?’ नवलले उत्सुकता देखायो ।

‘एकदम पक्का हो ।’ जोगिन्दरले निधारको पसिना पुछ्यो, ‘ऊ पनि हाम्रो पार्टनर हुन चाहन्छ ।’

‘बढा काइँया खालको मानिस हो भरता ।’ जोगीले यो मन पराएन ।

‘ठीक छ, ठीक छ ।’ जोगिन्दरले निर्णयको स्वरमा भन्यो, ‘भोलि हामी दुलिचन्दको अपहरण गर्छौं ।’

एकाएक एउटा टिकोरा अगाडि झर्‍यो । निकै ठूलो साइजको थियो । दुई-चार अरु पनि झरे । आमबागले पनि अपरहणको प्रस्ताव मानेको ठानेर सबै दङ्ग परे । र समर्थनमा आ-आफ्ना टाउका हल्लाए । बसेसरको आँखामा अलिकति दुविधा थियो । आखिरमा दुलिचन्दको अपरहणका लागि बेलैमा जम्मा हुने अठोटका साथ सबै ग्याङका सदस्यहरु घर फर्किए ।

तीन

बिहारबाट छिरेका पेशेवर अपराधीहरुका आँखा सुनसानमा उभिएको जोगिन्दरमाथि पर्छ । केही दिनदेखि यिनीहरुले कुनै शिकार भेट्टाएका थिएनन् । एउटा मालदार देहाती बनियाजस्तो लाग्ने मोटोघाटो जोगिन्दरलाई देखेर सबैका अनुहार चम्किन्छन् । त्यसपछि चारैतिरबाट घेरेर बिहारी गिरोहले जोगिन्दरको अपहरण गर्छ ।

(श्रोत :- ‘डायनोसर जिउँदो छ’ बाट)

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

झुल

~तारिणीप्रसाद कोइराला~

मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा सानु नुनतेल-मसलाहरुको पसल थाप्ने साह्रै रहर भएकोले झट्ट एउटा तुच्छ झुलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन । तीनपल्ट हीरा साहुको पसलसम्मन् पुगेँ र थरी थरीका झुलहरु हेरेँ । एक दिन एउटा झुल मन पनि पर्‍यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्म पुर्‍याएँ पनि । थैलीबाट सिङ्गो एक कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भने -”मन परेन ।”

मारवाडी भाषामा के के सराप्यो मैले केही बुझिनँ । कसुर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ । जब राती टुवीँई … ञ … ट्वींई … ञ गर्दै लामखुट्टे कानमा कराउन लागे अनि झुल नकिनेकोमा पछुतो हुन लाग्यो ! आफैँलाई धिक्कार्दै बिहान भयो । रातभरि नसुतेकोले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टार लागी हाईहाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।

दिनभरि त लामखुट्टेको विचारै आउँदैनथ्यो, तर रात के पर्‍यो गाला बजायो, कान पिटयो, एउटा कोल्टेबाट अर्को कोल्टे पर्‍यो र बिहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बितीदनँ भन्थ्यो । एक त वीरगञ्जको लामखुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो गन्हाउने छिँडीको डेरा, बितोस् पनि कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्यो । बाँसको पङ्खा घुमाउँदै घुमाउँदै आँखा लठ्ठिनु के थियो लामखुट्टेको खुट्टीको प्रहार र विनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ – एउटा बगैँचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्ना सुकुमार, सुकिला नाङ्गा गोडा बिस्तार बिस्तार बढाउँदै मधुरो स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् । तर अकस्मात् तीनी थामिइन् । म झल्याँस्स बिउँझे । युवतीको बिहाग त लामखुट्टेको सूर पो रहेछ । गर्मीले खल्खली पसिना आयो, लामखुट्टेहरुले टोक्न लागे, रछानको गन्धले बस्न मुश्किल पर्‍यो । तर के गर्नु, हवादार बङ्गला, बाबरलेटको ठूलो झुल, फूलको सुगन्ध, बिजुली पङ्खाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई सम्झनुपर्छ – फेरि पङ्खा घुमाउन थालेँ । अकस्मात् झुल किन्ने विचार आयो-भोलि त अवश्य किन्छु, रुपियाँ भईभईकन किन दुःख भोग्नु ! ब्याहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झुल किन्ने निश्चय गरेँ । तर विहान त हुनै खोज्दैनथ्यो !

भोलिपल्ट उठ्नासाथ हीरा साहुको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरो बिर्सेछ । ठीक भयो नत्र … !

मैले झुल देखाउनलाई भनेँ । एकै छिनमा मेरो अघिल्तिर थरीथरीका झुलहरुको थुप्रो भयो । तर मलाई त छान्नु थिएन ! चार महिनापहिले नै छानिसकेको थिएँ । त्यसकारण अरु झुलहरुलाई पन्छाउँदै उही “सत्र आने” झुल खोज्न लागेँ । एक्कासि मनमा शङ्का उठयो -”कहीं त्यो झुल बिक्री भइसकेको भए !” मन मनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झुलको मोल गराउनुपर्‍यो । एउटा निकै राम्रो झुल थियो, गौरसँग हेरेँ र दाम सोधेँ । एक रुपियाँ ६ आना भन्यो । तर धेरै बेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम दुई रुपियाँ । पहिलोभन्दा यो नै राम्रो र मजबूत थियो । यही किन नल्यूँ ६ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेरै असल । हुँदा हुँदा बाबरलेटको झुलको दाम सोधेँ, सात रुपियाँ भन्यो । पहिले हेरेको मामूली कपडाको झुलभन्दा यो बाबरलेटको झुलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरु थपेर बाबरलेटको नै नलिनू ? सुनेको थिएँ, बाबरलेटको झुल धेरै वर्ष खप्छ ।

मैले पसलेलाई सोधेँ – “सातभन्दा घट्दैन ?”

उसले भन्यो – “अँहँ ।”

यसरी टाउको हल्लाउँदै उसले यो ‘अँहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्लाझैँ लाग्यो । तर मसँग सात थिएन, मैले साँढे पाँच भनेँ । धेरै मोलतोल हुँदा हुँदा अन्तमा ६ मा मञ्जुर भयो । तर थैली निकाल्दा मेरो हात काम्यो । एउटा झुलको ६ रुपियाँ ! किनुँ कि नकिनुँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लामखुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले टयाप्पटयाप्प पिटेको याद आयो । नाकको टुप्पोमा लामखुट्टे बस्तथेँ ! अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा तीन-चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि ! – तर ६ रुपियाँ किन खर्च गर्नु ?-लामखुट्टेको डरले ? मुटुमा ढ्याङग्रो बज्यो, तर मनलाई दरो बनाई रुपियाँ मारवाडीको हातमा राखिदिएँ, एक किसिमले दान दिएँ-पाँच ओटालाई त उसले हातमा राती हेर्‍यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन्, कहिले आँखानजिकै टाँसी र कहिले कोटयाई कोटयाई हेर्न लाग्यो । केही गरी चलेन भने ? म डराएँ । तर हैन, चल्यो ! भुईँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।

त्यस दिन केही काम गरीनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्‍याउने र पसल थाप्ने विचार, कहाँ एउटा झुल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झुललाई दिनभरी छिँडीमा बसी हेरिरहे । यसका एकनासका साना साना प्वाल, बकुल्लाभन्दा पनि सुकिलो कपडा-हेर्दाहेर्दै मन फेरि रसायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि ! मामूली कपडाको किनेको भए दुवै वर्षमा धूजा धूजा हुन्थ्यो ।

साँझ पर्‍यो-छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगञ्जमा झमक्क साँझ पर्‍यो । अब झुल कस्ने सारसूर गर्नुपर्छ भनी फरियाको पारी खोज्न छिँडीबाट बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यापेर चारोटा लामा लामा त्यान्द्रा बनाई झुल कस्न थालेँ । सक्ला त थिएन, त्यस कारण एकातीरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई लुगा टाँग्ने डोरीमा र अर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटमा बसी रामायण बाच्न थालेँ – “एक दिन नारद सत्योलोक् पुगिगया … ।” झुलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो-टाउको निहुराइरहनुपर्ने । तपाईँहरु भन्नुहोला ६-६ रुपियाँ हालेको झुल पनि कहीँ सानु हुन्छ ? र मेरो पनि त सुन्नुहोस् । झुल सानु थिएन, असाध्य ठूलो थियो ! त्यस कारण ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईँहरुले मेरो छिँडीको कोठा देख्नु नै भएको छेन । देखेको भए भन्नुपथ्र्यो- “तारे ठीक भन्छ ।” झुल त कोठाभरीलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानु । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झुल तपाईँहरुमध्ये पनि धेरै काम मानिसको छ । मलाई एक दिन मालको सुब्बा कहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तो कहाँ पनि मामुली कपडैको झुल देखेँ ।

रामायण बाचीवरी, ढिँडो ओडाली, एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झुल खोली जतनसँग खाटमा लडेँ । लामखुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानु आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् । खल्खली पसिना आयो । पङ्खा हम्केँ । तर कतीबेर सम्मन् हम्किरहनू ? यताउती कोल्टे परेँ । फेरि पङ्खा हम्के । नींद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यही झुलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झुल उठाउनुपर्‍यो । ६ रुपियाँ हालेको झुलले केही काम दिएन । झुल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लामखुट्टेको उपद्रव-कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा–लुगा फुकाली सुतेको थिएँ) । एक घण्टापछि फेरि झुल कसेँ, फेरि उकुसमुकुस, फेरि खल्खली पसिना, थाहा नै पाइएन कैले भुसुक्क निदाएछु ।

भोलिपल्ट राती

झुल ठूलो थियो, खाटमा बस्यो कि माथिको झुलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचेँ ! तर केही बुझिनँ, किनभने टाउकोमा र झुलमा नै मेरो मन अल्झिएको थियो । हातले कतीपल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठयारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा ६ रुपियाँ गाँठमा थियो तर पनि यही नाथे झुलमा फ्याँके । मन मनै झुलदेखि रिस उठयो । एक पटक त जोरसँग माथि फ्याँकेँ पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख र दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ ! एउटा हलुको झुलले छुँदा कन्सिरी तातेर आउँछ ।

रामायणनजिकै मुख लगी पढ्न थालेँ । झुलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्‍यो, फेरि झुल । “धिक्कार यस्तो जीवनलाई”-मैले झोंक्किएर एकपल्ट चिच्याएँ । चिच्याएर के हुन्थ्यो ! झुल माथि उठेन । अनि फेरि झुलको प्रतीक्रोध, जीवनको प्रतीघृणा र गरिबीको प्रतीआँसु जोरले बढ्न थाल्यो । हन त एउटा मामुली झुलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो भनूँ झुल मलाई गिज्याउँदैछ । जस्तो मानिसको टाउकोमा एकएक बूँद धेरैबेर खसालिरहृयो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झुलले बहुलाहा बनायो । एकपल्ट फेरि भएभरको जोरले झुललाई माथि हुत्याएँ । एकातीरको डोरी चुँडियो र सारा झुलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झुल पन्छाइवरी हत्तपत्त खाटबाट ओर्लेर सारा झुललाई अँगालो हाली आफूतीर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।

म क्रोधले बुहलाहाझैँ भएको थिएँ । झुलैको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झुल ! मनमा केही शान्ति भयो ! तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झुलर्ला झट्ट चोकमा लगेर थुप्र्‍याएँ । धुँवाले सारा घर रङ्गमगियो । के के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुत्रुक्क बसेर बल्दो बाबरलेटको झुललाई हेर्दै थिएँ । माथिका मानिसहरुले पनि केही बोलेनन् । ६ रुपियाँको झुलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ । खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरि बिस्तार बिस्तार आफ्नो धुँवा र लामखुट्टेले रङ्गमगिएको कोठातीर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?

(किरण रिमालद्वारा सम्पादित ‘नेपाली कालजयी कथा’बाट)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~

उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो । घण्टको टनटन-टनटन स्वर सुनेपछि केटाकेटीमा उसको निद्रा खुल्ने गथ्र्यो, अहिलेको उसको कोठामा राखिएको अलार्म घडीजस्तै थियो आमाले बजाउने घण्ट ।

एकपटक ऊ र उसको भाइबीच सल्लाह पनि भएको थियो बिहानको बेला उनीहरुको निद्रा खलबल्याउने आमाको त्यो घण्ट कतै लुकाइदिन पाए हुन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment