कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~Stephen Longstreet

अनुवादकः परशु प्रधान

”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे ।
”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ दियो । Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

विवाह

~उमेश धिताल~

गोरखा बजारसम्मको टिकट लिएर गाडीमा उक्लेको थिएँ । बर्खाको समय, गाउँमा काम भ्याईनभ्याई थियो, यता म भर्खरै परीक्षा सकेर फुर्सदमा थिएँ ।
‘दाइ, टिकट हो ?’
पत्रिकाबाट आँखा नहटाएरै टिकट देखाइदिएँ ।
‘झ्यालतिर बस्नु पाए हुने नि ।’
म आज्ञाकारी भएर उठिदिएँ, केटी रहिछ भर्खरकी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएको सपना

~सुबिसुधा आचार्य~

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि त काम अधुरो भएको हुनुपर्छ र मेरो मन साँघुराउन उसले वास्तविकता ओकल्न चाहेन अथवा सुनेर पनि बुझ पचाउँदै छ । त्यसो त कहिले पो राम्रो मिजासिलो बोलिले नजरमा नजर जुधाएर बोलेको थियो र मसँग । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको वास्तविक फेस

~राजेश नतांश~Rajesh Natamsha

कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मित्रता

~निरा शर्मा~

फेसबुक आजकल नशा भएको छ । कुनै पत्रिकमा एउटा कार्टून पनि देखेथे यहि फेस बुकको भित्तोमा – मर्नु अघिको अन्तिम इच्छा के छ भन्दा फेसबुक स्टाटस अपडेट गर्ने रे । आखिर संसारलाईनै गाजेको यो फेसबुकको जालोबाट म मात्रै कसरि अछुतो बस्न सक्थे र ? त्यो पनि भर्खर अमेरिका छिरेर काम खोज्दै भौतारिदा पनि दिन काट्न कठीन भएको बेला । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

~बी पी बजगाईं~

कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु म,   टक्…, टक्…, टक्…, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~

हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी । Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : हिंसाको मौनता

~पद्मावती सिंह~

चकमन्न छ रात
चकमन्नताले भयको ओढनी ओढोको छ
भय, संत्रास तथा दुश्चिन्तताले आक्रान्त निरमाया
सम्झिरहेकी छिन् आफ्नो पतिलाई राखी हृदयमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~

हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो ।

यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले नै जिम्मा लिएको थिएँ । मेरो संयोजनमा पोहर १२ जना कविहरूको चयनबाट आयोजकहरू अत्यन्तै प्रशन्न भएका थिए भने सहभागी कविहरू पनि सन्तुष्ट भई फर्केकमा थिए । आयोजकहरूले देखाएका सदभावना र अतिथ्य सत्कारबाट मलाई जाँगर चल्यो कविहरू जुटाउन यसपालि पनि । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डाँडा, भञ्ज्यांग, चौतारा अनि आरूघाट

~पद्मावती सिंह~

कार्यवश गोरखा जिल्लाको आरूचनौटे पंचायतको मुख्य बजार आरूघाट जानु पर्यो । आवश्यक तयारी सकेपछि फागुन २१ गतेका दिन आरूघाटतर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार एक महिमा सहयोगीका साथ त्यसतर्फ प्रस्थान गरें ।

गोरखा बजारबाट करीब आधा घण्टाको उकालो चढी बाबा गोरखनाथ र कालिकाको दर्शन गरी Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आकाशदीप

~सरुभक्त~Sarubhakta

जीवन अटोप्सी
त्रासद समयका गाथाहरु
प्रत्येक दिन प्रत्येक रात
विग ब्याङ घोषणाहरुको देशमा
बोक्सी घोषित आमाहरु
छोराहरुबाट गु-मुत ख्वाइएका छन्

ब्लेकहोलका आलोक
बिचरी श्रीषाहरु हराए साता गुरुत्वाकर्षणका
साना पृथ्वीहरुझैं
हेर! एड्सग्रस्त सूर्यहरु सेता/काला
ड्वार्फहरुमा परिवर्तित हुँदैछन्

हाइपोथर्मिया: जीवनका गीतहरु
वदिनी पीडा विहिन पुङमाङ कान्छाहरु
सधैं विदेशी पर्वतमहोत्सवहरुमा व्यस्त छन्

कोरा गर! कोरा गर!
डोल्मा भाज्याङ पार
क्याथल्यावका सम्प्रतिहरुमा ओहोरदोहोर छन्
मौन हत्याराहरु

बबलगम एले
जीवनका प्याङहरुमा कता हराए
हाम्रा स्पाइडरम्यानहरु
आजभोलि डाँफेबूढाहरु
सिसायाङमा हिमालहरुतिर वसाईसराईमा छन्

आह! अल्पाइन शैलीका हातमोलाईहरु
भूगोलको एउटा मृतदेश
सम्बैधानिक व्याख्याहरुमा अलमलिएका छन् मलामीहरु

मेथमेटआ-पानी हुँडार
प्रतिगमनका सन्त्रासहरु
खोई कुन क्षेप्यास्त्रवादीलाई सोधुँ
शान्तिको रंग कस्तो हुन्छ

क्रायोनिक्स-सामुन्द्रिक ग्वालाहरु
गाँजाखेतीमा व्यस्त छन्
हेर! लुब्रका जियोकोन्डाहरु सधै
वाङदेलप्रजातिका प्रतीक्षामा छन्

समय: कर्फ्यु आदेश व्यस्त छ
म छातीमा जमरा उमारेर
कुन सिरेटो स्वप्नभरी आकाशदीप वलिरहेछु?

(स्रोत : सरुभक्तको “इतर-समय” कविता संग्रहबाट सभार)

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : पाठक

~म्याक्सिम गोर्की~Maxim Gorki

रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन्। म मग्न भावमा शनैः शनैः पाइला वढाइरहेको थिएँ। हृदय पुलकित र आनन्दविभोर थियो अनि आफूले पहिले कहिल्यै नपाएको खुसीको अनुभूति भइरहेको पनि थियो। Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : कोल्यूशा

म्याक्सिम गोर्की~Maxim Gorki

उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा तेर्स्या ई निहुरिइरहिन्।
मैले उनलाई अभिवादन गरें र सोधें, Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : छेपारो

~एन्टोन चेखब~Anton Chekhov

नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं वरिपरिका पसल र भट्टीका खुला ढोकाहरुले ईश्वरीय श्रृष्टिलाई उदास नजर लगाइरहेका थिए, यतिसम्मकी आसपास कोहि मगन्ते समेत देखा परिरहेको Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : कथा

~विश्वेश्वरप्रसाद कोइराला ~B P Koirala

धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~Sindhu Gautam

गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू स्वामी खोज्न र स्वामी हुन त्यहाँ जाने गर्दथे । यस्ता केही न केही उद्देश्य लिएर मानिस त्यहाँ जाने गर्दथे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

इन्द्रसुर बेल्टारेका पाँच ताङ्का

~इन्द्रसुर बेल्टारे~

(१)

साल्पा पोखरी

मनमा सल्बलायो

निर्मल पानी

प्रकृति धरोहर

स्वर्गको अनुभूति ।।। Continue reading

Posted in ताङ्का | Tagged , | Leave a comment

ट्राफिक जाम !

~साधना प्रतीक्षा~

पात्र-एक

गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो यो । गाडीलाई बस भन्न रुचाउँदैन ऊ । ऊ त त्यसलाई ‘उठ’ को संज्ञा दिन्छ । सधैँ उठेरै यात्रा गर्नुपर्ने, फेरि बस्नेहरूभन्दा उठ्नेहरूकै सङ्ख्या बढी यस्तै ‘उठ’ भित्र कोच्चिएर ऊ यात्रा गर्दै छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

टुहुरो केटो र पशु बोली

~तेजप्रकाश श्रेष्ठ~

एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । टुहुरो छोरो चाहिँ चौरमा गाई र गोरुहरू लगेर चराउँथ्यो ।

”मलाई मुरली फुक्नु मन लाग्यो आमा मुरली बनाउन बाँस मागिदिनोस् न” टुहुरो छोरोले आमालाई भन्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर ९

~परशु प्रधान~Parashu Pradhan

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।

अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?.. । तँ मूर्ख होस् अझ तँ पागल होस् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित

~दिनमान गुर्मछान~Din man Gumachan

ऊ आफ्नै ओछ्यानमा छटपटिरहेको छ। छटपटिनु उसको पीडा हो। उसले बुझेको छ। यो छटपटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो।

ओछ्यानमा ऊ सुतिरहेको त थियो तर उसका आँखा आधा खुलेकै थिए। ऊ सिलिङ्मा झुन्डिरहेको पंखालाई ताकिरहेको थियो। पंखा स्थिर थियो, कारण बिजुली माइत गएको थियो। ऊ किन हो, एकनासले हेररिहेको थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजेको बाँसुरी

~बुद्धमणि ढकाल~

 गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको बाँसुरीमा जादू थियो रे । “ल गजेले त सबै वस्तु फर्कायो, हाम्राचाहिं कहिले आउने हुन् साँढे”, अनिश्चित व्यक्त गर्थे गोठालाहरु ।  Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शताब्दी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा खुबै आनन्द आउँछ । बिहेअघि मेरा उनीले मलाई देउरालीबाटै सुसेलेर डाक्थे । म एकैसासमा उनलाई भेट्न पुग्थेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुनी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो!

सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ।

‘मैले कालो-चिया भनेको थिएँ,’ वेटरलाई सम्झाएँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।

प्रायः मैले यो समाज र सभ्यताले दिएको आफ्नो जातलाई बिर्सन्छु । जुन मेरा लागि एउटा रोग बनेको छ । रोगले कुनै न कुनै पीडा दिन्छन् नै । मलाई यो जात बिर्सने रोगले पनि पीडा दिँदै आएको छ ।

जब यो रोग लाग्छ, तब आफूलाई केवल मान्छे पाउँछु- कुनै जात, धर्म, वर्ग, क्षेत्रको नभएर । र, अरूलाई पनि आफूजस्तै मान्छे देख्छु । चाहन्छु, यही रोगमै बाँचू, यही रोगले मरूँ । तर, यसो नहुने भएर नै यो मेरा लागि रोग बनेको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नान्दी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।

‘तिमी को हौ? के गर्छ्यौ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

ब्राह्मीको हीराको औँठी चोरी भयो ।

शिव ब्राह्मण र गोमा ब्राह्मणीको एक मात्र सन्तान ब्राह्मी, बिछट्टै सुन्दरी थिइन् ।

उनको सुन्दरतासँग जून, तारा, सूर्यले हार मान्थे, लजाउँथे । एकपटक शिव ब्राह्मणले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै थिए । पहाडको खोँचबाट आधा मात्र उदाएको सूर्य धेरैबेरसम्म आधाको आधा रहिरह्यो ।
सूर्यदेवको गति किन रोकियो ? अब कस्तो अशुभ हुने हो † ठूलो सन्तापले शिव ब्राह्मण छट्पटाउन थाले । यसो पछाडि हेर्छन् त ब्राह्मीले सूर्यलाई नमस्कार गरिरहेकी थिइन् । ब्राह्मीको मुहारमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिद्धहस्त म

~फिरन्ते काइलो~

एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ कताकता मदन भण्डारी जस्तो लाग्यो । जे होस् मलाई लाग्यो
म एक प्रतिभाशाली राजनीतिकर्मी, लेखक, कवि, गायक, निबन्धकार, समाजसेवी हुँ । प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद,प्रचण्डपथ यी सब दुनियाँलाई उल्लु बनाउने लफडा हुन् भन्ने लागे पनि मैले ती वादहरुलाई यथासम्भव सम्मानित गर्ने त गरेकै छु ।  Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अप्ठेरो चोर

~लक्ष्मण देवकोटा~

रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए
ए चोर आयो । चोर । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~घनश्याम ढकाल~ghanashyam-dhakal

घनश्याम ढकाल, मध्यरातमा अस्पतालमा सातजना माओवादीहरुको लास ल्याइएको छ भन्ने कुरा बिहान भइसक्दा सदरमुकामभरि फैलिइसकेको थियो । लास हेर्न मानिसहरुको घुइँचो लाग्यो । सबै सन्न र स्तब्ध थिए । चारैतिर भय र क्षोभ मडारिएका थिए । मृतकहरु कहाँबाट ल्याइएका थिए र को थिए भन्ने तथ्यलाई गोप्य राखिएको थियो । कसैलाई हेर्न दिइएको थिएन । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेच

~विश्वम्भर चन्चल~

अफिसमा निकै गाइँगुइँ चल्न थालेको छ आफु आफुमा र सबै आश्चर्यचकित छन् वातावरणदेखि । “के हुन लाग्यो यो अचम्म !” सबैको मुखबाट यही सुनिन्छ । बूढो कारिन्दा रामशरण आएर भन्छ, “होइन हजूर, कतैको भूतसुत पो आएर बसेको छ कि यहाँ ! नत्र त……,” उसले कुरा लम्ब्याउँछ, “कति हाकिमको सेवा पुर्याइसक्यो हजूर यस ज्यानले । कस्ता कस्ता अनुहार भएका र कति असल असल हाकिम फेरिए हजूर यस अफिसमा तर जो आए पनि…. ।” रामशरणले कुरा टुङ््ग्याउन पाएको हुँदैन हरिशरण नामको पिउन दौडिदै आउँछ र एकै सासमा भन्छ, “हजूर….हजूर…. आज पनि हाकिम साबले मान्छे चिन्नु भएन । उहाँको पुरानो साथी रे, धेरै मिल्तिको रे । ‘एक पटक गएर मेरो नाम मात्र लिइद्यौ’ भनेर कराउनुभयो । मैले त हाकिम साबले अहिले कसैलाई पनि भेट्नु हुन्न’ भनेर भन्दै थिएँ । मान्नु भएन । गएर हाकिम साबलाई भनिदिएँ । ‘बोलाऊ भित्र’ त भन्नुभयो हाकिम साबले । तर जब त्यो मान्छे भित्र गयो, हाकिम साबले उसँलाई चिन्नु नै भएन । के रोग होला हजूर यस्तो ? उहाँ हाकिम साबको साथी पनि ‘हरे ! कस्तो रोग लागेछ मेरो साथीलाई’ भन्दै दुःखमनाउ गर्दै जानुभयो ।

बूढो रामशरण फेरि भन्न शुरु गर्छ– “राती राती आँखा नदेख्नेलाई त रतन्धो भनिन्छ क्यारे होइन हजूर ? यो दिउँसै आँखा नदेख्ने रोग के होला ? खोइ, आज भोलि त अनेकन विद्या छन्, शास्त्र छन् । के के शास्त्रले के के भन्छन् होला । आफु त न त्यति पढेको, न त्यति गुनेको मान्छे परियो । खालि हजूरहरू जस्ताको संगतले मात्र यो आज भोलिका एक दुई कुरा जानिएको छ ।”

उता हरिशरण दुई हतकेलालाई दुइटा गालामा थिचेर मेरो सामुन्ने उभिइरहन्छ र सुनाउँछ, “हाकिम साब आँखा नै नदेख्ने पनि होइन । सबै काम गर्नुहुन्छ अफिसको जति । बिहानको काम बेलुका केही राख्नु हुन्न । एउटा त्यति मसिनो आल्पीन पनि आल्पीनदानीबाट छानी छानी झिक्नुहुन्छ । कहाँ कुन फाइल छ हात पसार्दासाथ आफुलाई चाहिएको फाइल झिक्नुहुन्छ । खालि मेचमा मात्रै बस्यो कि मान्छे मात्रै चिन्नु हुन्न । क्या हो क्या हो ए बाबा…. !” ऊ सुस्केरा हाल्छ र भन्छ, “कस्तो प्रकारको रोग रहेछ यो ! नाम पनि के होला यस रोगको ?”

“त्यही त…. यो अफिस नै यहाँबाट सर्ने हो कि हजूर, माथि भनेर,” बूढो कारिन्दा रामशरण भन्छ ।”
पिउन हरिशरण कुरा थप्छ, “बरु हजूर ! अफिस नै सर्न नसके हाकिम साब बस्ने कोठा फेरिदिउँ । साँच्चि नै ! यस कोठामा त भूत–प्रेत कै आँखा लागेको छ कि जस्तो लाग्छ मलाई पनि । नत्र त यस्तो हुनु नपर्ने । बरु एक चोटि पूजा–आजा नै पनि गरिदिने हो कि यस कोठामा, ए कारिन्दा बाजे ?”

“मलाई पनि त्यसै गरुँ जस्तो लाग्छ” रामशरण जवाफ दिन्छ र मलाई सोध्छ, “हुन्न हजूर ?”

म त यसै नयाँ मानिस थिएँ यस अफिसमा भर्खरै सरुवा भै आएको– एउटा साधारण सेक्सन अफिसर । नानाथरीका मानिसले नानाथरीका कुराहरू सुनाउँथे यो अफिस र त्यो कोठाबारे, तर केही गर्ने शक्ति ममा थिएन न त अधिकार नै । केवल सोच्थेँ– यदि कुनै घरमा भूतले वास गरेको भए वा कुनै ठाउँमा भूत–पिचासको सन्धि–सर्पण परेको भए मात्रै पनि तिनीहरूले दु:ख दिन्छन् भनेर । तर पनि यही काठमाडौँको एउटा प्रशिध्द भूत वंगला भनी कहलिएको भवनमा पनि आज भोलि कुनै अफिस समेत बसिसकेकोले भूत–पिचासमाथिको हराइसकेको विश्वास पनि यस अफिसमा आएपछि पल्हाउन थाल्नु चाहिँ मेरो लागि एउटा स्वभाविक प्रकृया बन्न पुगेको छ । रामशरण होस् या हरिशरण, शिव वहादुर होस् या गणेश थापा मगर सबै सबैले त यही भन्छन्– यस अफिसको त्यस कोठामा अवश्य केहीले वास गरेको छ भनेर । तर मैले राम्रो अध्ययन गर्न पाएको थिइन– कुन रोगले हाकिमलाई मान्छे नचिन्ने बनाउँछ भनेर । किनभने एक त म नयाँ मानिस यस अफिसको । दोश्रो, हाकिमकै पुरानो साथी उनीकहाँ गइरहनु पनि अप्ठेरो लाग्थ्यो ।

जुन दिन रामशरण र हरिशरणले ती कुरा सुनाए मलाई पनि यस रोगबारे जानकारी प्राप्त गर्न मन लाग्छ । म त्यस दिन हाकिमको कोठातिर लाग्छु । हाकिमको कोठा र मेरो कोठाको बीच बरण्डामा लक्ष्मी श्रेष्ठ  भेटिन्छन् । उनको दाहिने काखमुनि एउटा फाइल हुन्छ तर अनुहारमा विषाक्तता । उनले मनजीकै आएर बिस्तारै कानमा भन्छन्, “हाकिम साबको मेच काम्छ…. ।”

म झन आश्चर्यचकित हुन्छु, “हँ…. अब मान्छे नचिन्ने मात्र होइन बसेको मेच नै काम्न थाल्यो ?”

“होइन, पहिले मेच काम्छ । त्यो संकेत हो उनको रोगको । अनि मात्र मान्छे नचिन्ने बन्छन….” लक्ष्मी श्रेष्ठ  मलाई सम्झाउँछन् ।

“तर यो मेच काम्ने कुरा त कसैले पनि भनेका थिएनन् अहिलेसम्म,” म जिज्ञासा प्रकट गर्छु ।

“हो भनेका थिएनन् होला….,” लक्ष्मी श्रेष्ट बुझाउँछन्, “जसले पनि रोग नै देख्ने हो खूद लागेको । तर रोग कसरी लाग्छ त्यो धेरैले बुझेका हुँदैनन् र मानिसको ध्यान त्यतापट्टि बढी जाने होइन ।”

“हो ठीक भन्नुभयो,” म सहि थाप्छु र हाकिमको रोगको कारण पत्ता लगाउन उनको कोठातिर लाग्छु । ढोका जब उघार्छु हाकिमले सोध्छन्, “को आउनुभो ?”

“नमस्ते हजूर….म….,” हात जोड्दै उनको अगाडि उभिन पुग्छु ।
“नाम के रे तपाईँको ?” उनले मलाई टुलुटुलु हेरेर सोध्छन् । म चाहिँ नजीकको सम्बन्ध जोड्न खाज्दै ‘उही….म नि हजूर…. राम प्रसाद शमा’ भन्दै उानलाई सुनाउँछु र उनीनजीकैको बायाँपट्टिको मेचमा गएर बस्दै उनी बसेको मेचलाई नियालिरहन्छु । मेच कामरिहेको छ भूइँचालोले कमाए जस्तै । म आत्तिन्छु र कराउँछु, “हजूर, मेच….मेच…. ।”

“के मेच….मेच….. भनेर कराइरहनुहुन्छ तपाईँ, बौलाउनु त भएन ?” हाकिमले सोध्छन् ।

“मेच हजूर…..काम्यो….,” मेरो जवाफमा हाकिम अकस्मात् हाँस्छन् र भन्छन्, “मेच घुम्छ, काम्दैन बुभ्mनुभो ? यो घुम्ने मेच हो,” भन्दै मेचलाई उनले एक पटक फनक्क घुमाउँछन् र मलाई सोध्छन्,

“भन्नोस् के कामले आउनुभयो ?”

म त्यसै अकमकिन्छु र भन्छु, “त्यसै…. । हजूर यहाँ हाजिर भएपछि हजूरसँग पहिलो दिन मात्रै भेट भएथ्यो, अनि…. ।”

“ए ! तपाईँ नयाँ आउनुभएको हगि लोकसेवाले पोष्टिङ् गरेर । के रे तपाईँको नाम ?”

“रामप्रसाद नि हजूर…. । हजूरले कस्तो नचिनिबक्सेको….,” म पूरै स्पष्टिकरण दिन थाल्छु हाम्रो पुरानो मित्रताको, “….हामी झण्डै एकै चोटि जागिरे थियौँ– हजूर स्कूलमा, म विभागमा । हाम्रो पद पनि एउटै थियो । हामी सँगै पप्लु खेल्थ्यौँ बिदामा, कतै बारमा गएर रक्सी खान्थ्यौँ, रमाइला गफ गथ्र्यौँ, हाँस्थ्यौँ, हाम्रो जमातमा हजूर नै सबभन्दा रमाइलो मानिस होइबक्सिन्थ्यो । मिलनसार पनि, दयालु पनि । सब थोक ।”

“भएँ होला…. खोइ म चाहिँ तपाईलई चिन्दिनँ,” हाकिम भन्छन्, “म अनुभव गर्छु– उनले मेरो भनौँ एउटा कर्मचारीको हैसियतले त्यहाँको मेरो उपस्थितिलाई राम्रै गरी थाहा पाइसकेका छन् र देखिरहेका छन् । तर पनि उनले मलाई पुरानो साथी रामप्रसादको रूपमा भने चिनिरहेका छैनन् । म मनोविज्ञानको शब्दकोष खोतल्न थाल्छु, यस प्रकारको रोगलाई के नाम दिइएको छ भनेर, तर सम्झन सकिरहेको हुन्न । त्यसै बखत लक्ष्मी श्रेष्ट फेरि एउटा फाइललाई काखी च्यापेर हाकिमको कोठाभित्र पस्छन् र उनको अगाडि परेर के फाइललाई टेबुलमा राख्न खोज्छन् हाकिम सोध्छन्, “के फाइल यो ? कसको ?”

“हजूर….त्यही विष्णुहरिको,” लक्ष्मी श्रेष्ट सुनाउँछन् । तर हाकिमले त्यो फाइल पर हुत्याइदिन्छन् एकदम रिसाएर । लक्ष्मी श्रेष्टले विष्णुहरिको लागि प्रतिवाद गर्छन्, “होइन हजूर, त्यसको त जागिर नै उड्छ । चार पाँच जना केटाकेटी छन् घरमा । अन्याय नै हुन्छ हजूर यो त !”

हाकिम जङ्गिन्छन्, “के न्याय र अन्यायको ठेक्का तपाईँले लिनुभएको छ ? जानोस्, उसको केटाकेटकिो माया लागे तपाईँले माना पाथी भरेर दया गर्नोस् ।”

“त्यो त कहाँ सकिन्छ र हजूर,” लक्ष्मी श्रेष्ट नमीठो अनुहार लगाएर भन्छन् ।

“उसो भए जानेस् त यो फाइल लिएर । फेरि कहिल्यै यसको बारे कुरा नगर्नुहोला ।”

“एउटा गरीबको जागिर नउडोस् भनेर मात्र हो हजूर । नत्र मेरो लागि के थियो र ?” यस पटक लक्ष्मी श्रेष्ट पनि केही रिसाएर बाहिर निस्कन्छन् । म हाकिमको मेचतिर हेरेको हेर्यै हुन्छु । मेच झन झन कामिरहेको हुन्छ । हाकिमको रोग बढ्दै जान्छ । म अब त्यसै फेरि हेरिरहन मात्र सक्दिन । मैले उनलाई पुनः संकेत दिन खोज्छु, “मेच हजूर…. ।”

“के त मेच फेरि…. ?” हाकिम कुर्लिन्छन् ।

“मेच कामेको काम्यै छ हजूर ।”

“के कुरा गर्नुहुन्छ तपाईँ ? मेच कसरी काम्छ ? मेच घुम्छ पो त अघि नै भनेको होइन तपाईँलाई ?” हाकिमले रातो मुख लगाएर मेचलाई यस पटक पनि फनक्क घुमाएर मलाई चेतावनि दिए जस्तै गरी बोल्छन्, “तपाईँलाई लोकसेवाले कसरी पास गर्यो कुन्नि यस बुध्दिले ?”

“खोइ हजूर त्यो त थाहा छैन । तर पास भएँ….,” मैले नम्र भएरै सुनाउँछु र कपाल कन्याउँदै सोध्छु, “हजूरले सााच्चिकै मलाई नचिनिबक्सेको त ?”

“अँ रामप्रसाद भन्नुभएको होइन तपाईँको नाम, चिनिहालेँ नि….,” उनी भन्छन् ।

यसै बखत विष्णुहरि भित्र पस्छ र सर्वप्रथम हनुमान रूपमा हाकिमलाई ढोग पुर्याउँदै कोठाको एक छेउमा उभिइरहन्छ । तर हाकिमलाई उसको उपस्थितिको कुनै माने रहँदैन । अब विष्णुहरि त्यसै नबोली बसिरहन पनि सक्दैन । झण्डै रुञ्चे आवाजमा दुवै हात जोड्दै भन्छ, “हजूरले मलाई पहिले पहिले कस्तो मायाँ गरिबक्सिन्थ्यो, आफ्नै  देखिबक्सिन्थ्यो । यहाँ जागिर खान पनि हजूरकै कृपाले भएको हो….,”

विष्णुहरिले आप्mनो कुरा टुङ्ग्याउन पाउँदैन हाकिम एकदमै क्रूर बन्छन्, “के वाहियात् कुरा गरेको तिमीले ? तिम्रो जिन्दगीभरिको ठेक्का म लिन सक्छु ? जाऊ यहाँबाट, गइहाल ।”

विष्णुहरि डराउँछ र नजानिदो चालाले खुट्टा पछिपछि सार्दै जान्छ । तर फेरि सम्झन्छ– चार पाँच जना केटाकेटी, स्वास्नी, आपूm । यी सबको पछाडि यही नै त हो एउटा सानु जागिर जसले केही न केही भए पनि भरथेग गरिरहेको छ ! यसैले ढोकानेर पुगेर पनि उसका खुट्टा फेरि थामिन्छन् र हात जोडेर नै उभिरहन्छ । तर हाकिमको आँखामा ऊ पर्दैन । हाकिम केही खोजे झैँ  अगाडि टेबुलमा यताउति हात लगिरहन्छन् र कहिले टेबुलको घर्रा पनि उघार्न पुग्छन् । म चाहिँ उठूँ, जाऊँ कि त्यसै बसिराखौँ भने भैmँ अन्यौलमा नै मेचमा यताउति चल्मलाइरहन्छु तापनि विष्णुहरिको त्यो अवस्थाको उभयाइलाई सहन पनि सक्दिन । हाकिमलाई सुनाउँछु, “हजूर ! विष्णुहरि त उभिएको उभियै छ…. ।”

“को विष्णुहरि, खोइ ?” उनी विष्णुहरिको उपस्थितिलाई ठम्याउन सक्दैनन् । किनकि यस बखत पनि उनको मेच कामिरहेकै हुन्छ र उनी चुरोट सल्काएर मेच घुमाइरहन्छन् ।

अकस्मात् अफिसको घडिले पाँच बजाउँछ । हाकिम साबले आप्mनो घडि पनि हेर्छन् र टोपि तहलाउँदै मेचबाट उठ्छन् । मेच ठ्याम्मै काम्न छोडेको छ । हाकिम मान्छे नचिन्ने रोगबाट मुक्त भएका छन् । अफिस बाहिर निस्केपछि उनले मलाई अँगालो मारेर सुनाउँछन्, “हाम्रो मित्रता धेरै अघिदेखि हगि…. ?”
विष्णुहरि पछि लाग्दै निवेदन गर्छ, “हजूर ! त्यो फाइल भोलि…. ।”

“हुन्छ, ” उनी भन्छन् ।

– शुक्रबार,  २ चैत्र, २०६९

(श्रोत:- अन्तर्जाल )

Posted in नेपाली कथा | Tagged | Leave a comment