कथा : नीलो तृष्णा

~विद्या सापकोटा ~Bidya Sapkota

म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र सानाठूला बोटबुट्यानहरु । हरबिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानि थिएन/छैन,झण्डै एक चिया बसाइमा मै शीतले सफा पारेका चुत्राका पातहरु आफ्ना रङ्ग बदल्थे, त्यो कुनै जादू थिएन सिवाय चराचुरुङ्गीको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक युग

~राजन थपलिया~Rajan Thapaliya

उमेर को हिसाब गर्दा, उमेर ले भर्खर ३० लागे पनि एक युग बाचे जस्तो लाग्छ । जब जिन्दगी को कठिन पाना हरु पढ्न थालेको अनुभव हुन्छ तब एकान्तमा टोलाई रहदा कता कता कसै लाई माया साचे जस्तो लाग्छ । सबनम मेरो हरेक धड्कनमा धड्किने गित संगीतको धुन हो । जस्लाई म दिन रात गाइ रहन्छु । बच्चामा कयौ दिन घर बाट भागी-भागी टाढा-टाढा खेल्न जान्थ्यौं, कयौ दिन बगर-बगर दौडदै नांगै पौडी पनि खेलियो । हामी लाई खोज्न भनेर आमा बुवा हरु कहाँ-कहाँ सम्म पुग्नु हुन्थ्यो। ति बल्याकाल को सम्झना आज पनि उस्तै छ । अनि उनि प्रती मेरो व्यबहार आज पनि उस्तै छ, जस्तो हामी हिजो थियौ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा प्रेमकथा

~बसन्त गौतम~

प्रियतम,
तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँचेको मान्छे

~बसन्त गौतम~

आज पनि बाऊले गाली गरे।

सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रष्ट मनहरु 

~राजन थपलिया~Rajan Thapaliya

चुरोट धेरै नखा मर्लास भन्दा ऊ भन्थ्यो-त्यसो भए संसारमा मर्ने जती सबै चुरोट खाएर को भएरै मरे का हुन त रु यो सिक्षा प्राणाली नै गलत हो भन्दै, सर हरु सँग घन्टौ चर्को बहस गर्थ्यो । कक्षा ८ म पढ्दा पढदै उसलाई शिक्षा प्राणाली मा निकै खराबि छ, भन्ने लाग्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छनौट

~रत्नमणि नेपाल~

एउटा त्यसप्रकारको घटना घटेको थियो । त्यो देशका महाराजलाई त्यो घटनाले ठुलो चिन्तामा पारिरहेको थियो । देशको सम्पूर्ण शान्ति सुरक्षा मिलाउनु पर्ने । जनताका उर्लदा चाहना पूरा गर्नुपर्ने । विकास निर्माण, शिक्षा, स्वास्थ लगायतका दीर्घकालीन योजना तय गर्नुपर्ने । यी सबै प्रशासनिक कामहरूको अलवा भर्खरैमात्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ले र डल्ली

~बिजु सुवेदी “विजय”~

१
डल्ले र डल्ली श्रीमान् श्रीमती थिए । उनीहरु एकदमै मिल्थे । उनीहरु एकदमै गरिब पनि थिए । तर काम गर्नमा उनीहरु ज्यादै अल्छी थिए त्यसैले उनीहरुले एकदिन विराएर घरको काम गर्ने गर्दथे । उनीहरुको एकदम नराम्रो बानी पनि थियो त्यो थियो सुत्ने । उनीहरुले धेरैजसो समय सुतेरै खेर फाल्थे । एकदिन एकजनाले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : एउटा अत्यन्तै पुरानो चिनीयाँ कथा

संकलक :- बिजु सुवेदी “विजय”

एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको थिएँ । अब
तपाइँको शरणमा आएको छु । मेरो प्रार्थना हो कि यो मेरो लक्ष्य हो । कहीँ अर्कोतर्फजान नपरोस् । Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनामा साइकल

~सि.पी. अर्याल~

“ट्रिङ ! ट्रिङ ! ट्रिङ”
दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म ।
“हरे ! आज नि केटोले साइकिल लेर हिँड्यो !” खाना खान भान्सामा पस्नुभएको बुवाले मम्मीसँग भनेको सुन्थेँ, “होमक गरेन होला अनि भाग्यो । साह्रै दुख दियो । येल्लाई क्यार्नी होला हँ ?” उहाँ अफिस जाने बेला साइकल आफ्नो कब्जामा पारेर म दुख दिन्थेँ बुवालाई । तर, Continue reading →
Posted in संस्मरण | Tagged | Leave a comment

बाल कथा : जूनटिकी

~सबिना सिन्धु~

मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको पछाडि पट्टी ब्याट्री राख्ने ठाउँ थियो । त्यसमा ब्याट्री राखेपछि म Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~

अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई ‘ब्रेन बल’ भनियो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनुष्काले नबुझेको कुरा

~सबिना सिन्धु~

अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुवाले उसलाई Nursery क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले आफूलाई ऐनामा हेरी । ऊ स्कुल पढ्ने अरू केटाकेटी जस्तै देखिएकी थिई । तर Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हजुरआमा र बाह्रखरी

~सबिना सिन्धु~

हजुरआमाले आकृतिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरू सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ हजुरआमालाई नै सोध्न आउँथी । हजुरआमालाई अक्षर पढ्न आउँदैनथ्यो तर लय हालेर Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्ततः तिमी मेरो कथाको पात्र

~निलम कार्की ‘निहारिका’~

म कथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस् कथा ?
म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ ।
उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् नि । साथी हो १ यो सँग डराउनु पर्छ है । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भूत

~पदम भण्डारी~Padam Bhandari

मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू घुम्न निस्कियौं । घुम्न निंस्किंदा दिन घर्किसकेको थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

वाल कथा : स्याल र मृग

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

एउटा रमणीय घना जङ्गल थियो । जहाँ स्याल, मृग, सिंह, भालु, बाघ, चितुवा, जरायो आदि इत्यादि जनावरहरू बस्थे ।

एकपटक चार-पाँचजना मृगहरू मिलेर जङ्गली फलफूल टिपी जङ्गलको खुला ठाउँमा बसेर बाँडीचुँडी खान लागेका थिए । त्यही बेला एउटा चतुर र धूर्त स्याल घुमिफिरी त्यहाँ आइपुग्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : जाल

~हरिश कल्पित~

तिनी अचम्म पर्छिन् मेल बक्समा आएको नयाँ इमेलको नाउँ देखेर, एकैछिन, घोरिन्छिन्, अनि उक्त नामको इमेल किल्क गर्छिन् । इमेल पढेर झनै छक्क पर्छिन् । मन एकतमासले धड्किरहेको हुन्छ । एक एक शब्दमा घोरिन्छिन् । ‘डियर अनु धेरै पछि इमेल गर्दैछु , Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे

~हरिश कल्पित~

“अमिनाको त कुरो छिनिने भयो नि थाहा पाउनु भो तपाईले -“असिमा खुशीले प्रफुल्ल हुँदै भन्छे ।

ए हो र ! कहिले – आर्श्चर्यको भाव ब्यक्त गर्दे रन्जन भन्छ- “कसले भनेको – तिमीले थाहा पायौ त – “स्वास्नीको मुखमा पुलुक्क हेछ ।

– “आज दिउँसो भाई आ’थ्यो- उसैले भनेको ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्ती

~ सुन्दर जोशी~Sundar Raj joshi

त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन।

एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् “आज गोथे इन्स्टीच्चुटमा एउटा फ्रेन्च फिल्म प्रदर्शन हुँदैछ ,मैले तिम्रोलागी पनि टिकट किनिसकेकी छुँ।”  अनि उ यसरी हाँसी कि उसको के तागत नाई भन्नलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिमल दा

~सुषमा मानन्धर~Shushma Manandhar

ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै पढ्ने साथी अस्मिताको मावली दाजु हुनुहुन्थ्यो । बेलाबेलामा वहाँ अस्मिताको घर आइरहनु हुन्थ्यो र म प्रायः वहाँलाई देखिरहन्थेँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी दुर्गीका कुरा

~रवि भट्ट रोषी~

चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । “बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको चौपारीमा राना बूढाको छोरासँग Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सहर, स्वास्नी र सुलसुले

~मानसी~

घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो ।
“होइन, किन यसरी कानमा तेल हालेर बसेको होला ? कत्ति पनि चिन्ता छैन है तपाईंलाई ! जिम्मेवारी र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुप

~प्रकाश अविनाश~

श्रीमान्,
विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन पराएँ। विगत दुई महिनादेखि आजका दिनसम्म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराधबोध

~ललिता दोषी~

सधैँझैँ राम चौधरीका आँखामा आज निद्रादेवीले बास गर्न सक्दिनन् । ऊ बगरमा फ्याँकिएको माछोझैँ छटपटाइरहन्छ । उफ् ! लामो सास फेर्छ चौधरी । सधैँ श्रीमतीलाई अङ्कमाल गर्ने उसका हातहरू आज थरथराउँछन् । एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि उसलाई बिरानोझैँ लाग्छ । आफ्नै सुन्दर संसारमा यसरी चट्याङ पर्ला भन्ने कुरा कुनै क्षण कल्पनासम्म गरेको हुँदैन चौधरीले , गरोस् पनि कसरी ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तर्क

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

“मलाई पुरूष मान्छे भन्नासाथ भित्रैदेखि वाक्क लागेर आउँछ। घिन र घृणा त झन कति लाग्छ-लाग्छ” यो कुरा एउटा विचार गोष्ठी समाप्त भएर दमक नगरपालिकाको हल बाहिर निस्केपछि पिंकीले मलाई अलग्गै लगेर भनेकी थिइन्।

“यही कुरा फेरि किन पुरुषलाई नै सुनाएकी त” मैले मुसुमुसु हाँस्दै सोधेँ।

“जुन कुरा जसलाई आवश्यक छ त्यसैलाई नै सुनाउनु पर्छ” उनले औंला मेरो नाकको सामु ठड्याउँदै भनिन्। यो उनको स्वावभाव नै थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्यासँग बिताएको एक साँझ

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ, त्यसैले उल्लेख गरिन । सर्सर्ती कथा मात्र अगाडि बढाउन चाहान्छु ।

म बसेको होटल सायदै त्यहाँको होटलहरू मध्ये सबैभन्दा महङ्गो हुनुपर्छ । कारण एउटा कोकको दाम मात्र २५ रूपैयाँ (वि.सं.२०६० सालमा) पर्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : साला पहाडमे क्या है

~नारायण श्रेष्ठ~

‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस अहिले चर्चामा छ । राजनीति अप्ठ्यारोमा परेका बेला यो विषयले मानिसको ध्यान सजिलै तान्छ भन्ने नेताहरूलाई थाहा हुन्छ । त्यसैले ‘चलाख’ नेताहरू अप्ठ्यारो पर्दा ‘राष्ट्रियता’को तुरूप फाल्छन् । र यो विषयले जोशिलो रगत भएका तन्नेरी अलि बढी भावुक र देशप्रेमको Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लेख : आँधीखोले रोइला – एक परिचय

~भीमनारायण रेग्मी~

१ पृष्ठभूमि

नेपाल अर्थात् पश्चिमाञ्चल विकासक्षेत्रस्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरूमध्ये एक हो। आँधीखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) बन्नुअघि आँधीखोलाको किनार पोखरादेखि बुटवल (बटौली) सम्मको व्यापारिक मार्गको एउटा खण्ड थियो। लोकगीतको मुख्य क्षेत्र हुनु र व्यापारिक मार्गमा हुनु यी दुई कारणबाट निश्चित रूपमा लोकगीतको प्रसारमा यस क्षेत्रको भूमिका उल्लेख्य छ भन्ने प्रस्टिन्छ। Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

जीवन–गुरु जो गुलाब रोपिरहन्छ

~मिनु श्रेष्ठ~

‘जब यी फूलहरू फुल्लान् तब मलाई सम्झिनू र केटाकेटीहरूलाई सुनाइदिनू कि फूल जीवनको प्रतीक हो । भनिदिनू जीवन फूलजस्तै हुनुपर्छ । यसका लागि लागूपदार्थबाट टाढै बस ।’

नारायणम्ले लेखेका यी हरफ पढिरहँदा बाहिर सिमसिम पानी पर्दै थियो । आकासमा बादल थिएन । कञ्चनजंघाको काख अर्धगोलाकार सप्तरंगी ईन्द्रेणीले मोहक देखिन्थ्यो । लाग्छ, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशा दिदी

~रजित ओझा~Rajit Ojha

म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~

उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै–

प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यत्रो वर्ष बन्दुक बोकियो, अहिले क्यै न क्यै

~दीपेन्द्र ठकुरी~

‘दाजु तमी पनि! त्यो मु** को घर हेरी मलाई क्या निको हुन्या हो र?’

‘उ हेर सन्तोषको घर,’ नेपालगन्ज न्युरोडको आधाआधी पुगेपछि सेतु बिकचोकको छेउपट्टीको तीनतले घर मैले वीरेलाई देखाउनुअघि नै उ आक्रोशमा आइहाल्यो।

म मौन रहेँ, म अनविज्ञ छैन उसको वास्तविकता र बाध्यताका उपजसँग। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment