~इल्या भट्टराई~
सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ठूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् ।
अस्तिजस्तो लाग्छ उनलाई आफूहरू यस ठाउँमा बसाइँ सरेर आएको । कति दङ्ग परेका थिए उनीहरू यहाँ आउन पाउँदा । श्रीमान्ले पीएचडी गर्नका लागि यो देशको एउटा �� ूलो विश्वविद्यालयमा छात्रवृत्तिपाउँदा उनीहरू कति खुसी भएका थिए । छात्रवृत्ति श्रीमान्ले पाएका थिए तर पनि किनकिन सुमित्राका खुट्टाले भुइँमा टेक्न छाडेका थिए । उनले खोइ किन हो, आफूलाई अरूभन्दा विशेष �� ान्न थालेकी थिइन् । अहम्ले उनको शिर उचालिँदै गएको थियो, “अरू भन्या त्यस्तै हो, अब मेरा छोराछोरीको पढाइ राम्रो हुने भयो । उनीहरूको भविष्य बन्ने भो । त्यहाँको पढाइ त के पढाइ र ! त्यस्तो पढाइले के हुनु ! मेरा छोराछोरी मान्छे बन्ने भए !” त्यतिखेर उनले बिर्सिएकी थिइन्, उनका श्रीमान्ले यही देशमा पढेर पनि नाम र इज्जत कमाएका थिए । Continue reading →