कथा : एउटा अर्को कथा

~सुषमा मानन्धर~Shushma Manandhar

“मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए।

“चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै रोष देखिन थालेको थियो। “के तिमीसँग पनि झुट बोलुँला? तिमीलाई त्यही सब Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको लोग्ने

~सुनिल सङ्गम~

आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘सीते’ – एक यथार्थ!

~सुरेश ‘समान’~

मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती” अस्ती भर्खर भन्नुभयो। Continue reading →

Posted in नेपाली कथा, संस्मरण | Tagged | Leave a comment

कविता : समयलाई प्रश्न

~दीपा राई पुन~Deepa Rai Pun

पीडासंग मितेरी बोल्दा
म आफ्नै हुन्छु
चोटसंग साइनो केलाउँदा
म उसको हुन्छु
ब्यथा उम्लेर घोप्टिदा
मुस्कानले छोप्नु दौडन्छ
म उसको झन कसरी होइन
म मेरो आफ्नो हू कि हुइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~दीपा राई पुन~Deepa Rai Pun

समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो सपना

~राजन~

टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्रोइलर – लोकल संवाद

~रोहिणीशुक्र~

नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

~अजय प्रधान~
अनुवादक : शशांक लामा

आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : चक्रव्युह

~प्रदिप सुबेदी~

मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रिडम टु डाइ

~निर्मल ज्ञवाली~

“नमस्कार! म पत्रकार खुशी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !”

“नमस्ते! हजुर मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउदै भन्यो “बस्नोस न।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा बिछोड यस्तो पनि

~झलक पौडेल~

मैले फेरि निद्रामा बोनितालाई भेटेँ।
रातको दश बजेर सोह्र मिनेट।
चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आदिकवि भानुभक्त आचार्यलाई चिठी

~राजकुमार लामिछाने~

आदरणीय कवि ज्यू
साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना,

मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : सत्तारुढ नग्नता

~राजेश नतांश~

बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ। मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा लागेको थिएँ। त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई कसरी समाहित गर्छ अनि उसका दैत्य Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिलो प्रेम

~विवेकराज श्रेष्ठ~

एस.एल.सी पास गरेपछि पहिलो दिन कलेज जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। भक्तपुरदेखि बानेश्वर सम्म को बाटो सधै जाम नै हुन्थ्यो। जाममा खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर अहँ कलेजको पहिलो दिन समेत समयमा पुग्न सकिएन। बाटोमा तेर्सिएका हजारौं गाडीको लाममा त्यो १५ मिनेट समयको मार्जिन त्यसै कतै बिलिन भएको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड सुगन्धा

~दीपेन्द्र दोङ तामा~

ढक्ढक……ढकढक……………।

अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भ्यागुताको धार्नी

~सुषमा पाठक थापा~

“हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।”
“मर्निङ वाक जाने गर न”
“यसो एक्सरसाइज गर्नु नि”
“डाइटिङ गर डाइटिङ” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुकुटी

~जयराज भट्टराई~Jayraj Bhattarai

लेबरहरुको इलाका सनैया–८ पुगेको दिपेन्द्रले फोनमा सुनायो—‘रतन ! मान्छे भेटेँ। सुकुटी लिएर आउँदैछु।’

खबर सुन्नासाथ अलखोर भनिने ठाउँमा बेचैनीका साथ पर्खिरहेको रतनको मुख केही उज्यालो भयो । त्यसपछि उसलाई घेरेर बसेका अरु पाँचजना पनि उज्यालिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरोत्तर स्खलन

~हरि घिमिरे~

ऊ नेपालको विशुद्ध गाउँमा जन्म्यो। गाउँकै वातावरणमा हुर्क्यो। त्यहाँको प्राकृतिक सुन्दरतामा रमायो। भीर-पाखा,खोल्सा-झर्ना,वन-जङ्गल,उकाली-ओराली,भञ्ज्याङ्-चौतारी,टार-बेंसी,लेक-खर्क,यिनै हुन्-पहाडीजीवनका सुन्दर पक्षहरु! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : लालटिन

~लियो टल्सटाय~
अनुवादक : प्रतिभा

अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री।

बाटोमा एक बटुवाले सोध्यो, Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : दैवी इच्छा

~चिनियाँ लघुकथाबाट भावानुवाद~
अनुवादक : प्रतिभा

एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको भिसा लाग्छ कि लाग्दैन भन्ने उनीहरुको मूल जिज्ञासा थियो। Continue reading →

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

कथा : पहुँच

~ अतुल पोखरेल~

बिराट राजाको पालाको कुरा हो, चारकोशे झाडीको एकछेउ जब मानिसको बस्ती शुरु हुन्थ्यो त्यहाँ एक जना जमिन्दारको बिशाल महल परिसरको एउटा लामो पर्खाल देखापर्थ्यो। सिर्फ एउटा आराम गर्न बनाइएको अग्लो मचान बाहेक त्यस पर्खाल भित्रको संरचना वा गतिबिधि बाहिरबाट खासै केही देखिदैनथ्यो। पर्खाल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलाको विश्वविद्यालय

~गौतम “उदय”~Gautam 'Uday'

त्यति परसम्म जानै पर्दैन, हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन। उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर Continue reading →

Posted in नेपाली कथा | Tagged | 3 Comments

गल्ति भए देऊ माफ ।

~विकाश सापकोटा~

किन छाडी गयौ टाढा मैले के गरेको थ्ये र पाप
निष्ठूरीको जसरी माया मोड्यौ मलाई भोगाई कुन जन्मको पाप ?
जिवनका मोडमा आएका बाधाहरुलाई गर्ने भन्थ्यौ मिलिजुली साफ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु

~सप्रेम अर्चना~Saprem Archana

यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु ।
सम्झेर साथ तिम्रो हिम्मत बढाउँदैछु ।

आकाशमाथि हेर्दा ताराहरू नियाल्दा
बुझ्नू तिमी इशारा माया पठाउँदैछु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दिक्क लाग्छ

~कृष्णहरि बराल~Krishnahari Baral

सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ
जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ

धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो
हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सरुभक्त का मुक्तकहरु

~ सरुभक्त~

प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

(श्रोत:-अन्तर्जाल)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु

~सरुभक्त~Sarubhakta

ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु
विशालताको कण हुँ ठान्न चाहन्छु
के छान्नु र पोखरीको जीवनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आज किन किन

~विवश सापकोटा~

आज किन किन मुटु दुखेजस्तो लाग्यो।
पीडाका ती गाँठाहरु फुकेजस्तो लाग्यो।
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हुन्न धर्म अडेको

~विवश सापकेाटा~

एकदुई दिनमै चुँडिने, काँधको त्यो धागोमा हुन्न धर्म अडेको।
वली दिन ठीकपारेको विचरा त्यो राँगोमा हुन्न धर्म अडेको।
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

आयु छोटो भयो हजुर

~विवश सापकेाटा~

आयु छोटो भयो हजुर, देशको इज्जत पनि घट्यो
तर पनि सामानको मुल्य चाहीँ बढिरह्यो।
समानताका कुराहरु मात्र नारा हुन् है हजुर
बाहिर नारा लगाएनी भित्रभित्रै लडीरह्यो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अँध्यारोमा बाँच्नेहरु

~विवश सापकेाटा~

अँध्यारोमा बाँच्नेहरु अंधकारमै बाँचिराख
सत्यतालाई बिर्सिएर अज्ञानतामै हाँसिराख।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आज मैले देखेँ

~विवश सापकेाटा~

आज मैले मान्छेको रगतले माटो मुछिएको देखेँ।
लाखौँ महिलाको सिउँदोबाट सिन्दुर पुछिएको देखेँ।
नेताहरुद्वारा देश लुछिएको देखेँ।
आज मैले देखेँ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment