गजल : मनु' बमभोला जस्तो लाग्छ

~मनु ब्राजाकि~

‘मनु’ बमभोला जस्तो लाग्छ
आज केही होला जस्तो लाग्छ
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : ऐना हेरी कराउन थाले मान्छे

~मनु ब्राजाकि~

ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माया भन्ने तिम्रो नासो

~मनु ब्राजाकि~

माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ
एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकि~

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले
त्यसैमाथि आफ्नो नाम लेखेँ मैले
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गएपछि आउँदैन कोही फर्केर

~मनु ब्राजाकि~

गएपछि आउँदैन कोही फर्केर
नजानु है कसैसित पनि झर्केर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मेरो जून सिर्फ तिमी र म

~सुषमा मानन्धर ~Shushma Manandhar

माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ ।

जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो आ–आफ्नो । देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्, कतिले कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुरेन्द्र, उसकी सिरु र सानो संसार

~प्रदीप गौतम “अंकित”~

“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,”
दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो।
“हैन के भो, को आयो टिभीमा?”
“हेर्नु न पहिले” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेहा

~श्यामु बस्नेत~

हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’।

‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ भनी। मैले श्यामु भने। उसको जिब्रोले मानेन र ‘सामु’ उच्चारण गरी। म हाँसे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~भोजराज दाहाल~

सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। यो भीडमा एक्लै बस्ने त म मात्रै पो रहेछु। भीड बिस्तारै बढ्दैछ कफी हाउसमा। मैले घडी हेरेँ – साँझको सात बजेछ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरी, सरुमा!

~जगत नवोदित~

मलाई माफ गर, सरुमा। माफ गर ।

शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै पछी छोडि सकेको छु। तैपनी म सक्दो आफ्नो पाइलालाई अघी सारिरहेछु। Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आवरण

~सुषमा मानन्धर~Shushma Manandhar

ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्।

पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो बजेको हुन्थ्यो, अर्कोतिर टिभी अनि दुबै जनाको कहिल्यै नटुँगिने वार्तालाप। कोठा मानौं जिउँदो महसूस हुन्थ्यो र रमाइलो पनि लाग्थ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल, मेसेज र मिस्अन्डरस्टायण्डिङ

~सुषमा मानन्धर~Shushma Manandhar

नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले श्रीमानलाई सोध्दा अनभिज्ञता जनाएपछि, उसले उक्त मिसकल आएको नम्बरमा डायल गरी। निकै लामो रिङ गएपछि उताबाट कुनै महिलाले फोन उठाइन्। त्यो कुन ठाउँ हो भन्ने प्रश्न गर्न नपाउँदै उनले लाइन डिस्कनेक्ट गरिन्। कौतुहलतावश पुनः डायल गरिंदा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~भक्त गुरुङ~

रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के
बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र कुकुरहरु भुकी रहेको एकोहोरो आवाज मेरो कानमा परि रहेको थियो! म नजिकै, मेरी प्राण भन्दा प्यारी पत्नी स्वाँ स्वाँ निन्द्रामा थिइन् । लाग्थ्यो, म उनको साथमा रहंदा तिनलाई कुनै भय थिएन, न त त्रास चिन्ता नै …।पूर्ण संरक्षणको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बेपत्ताको सूचीमा संग्रौला

~बेनुप भट्टराई~

‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’

‘बिहे गर्‍या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त सम्पति जोगाउन।’ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यो झरी र त्यो झरी

~जनकराज भट्ट~

आज फेरि दर्केर झरी पर्‍यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो।

सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिठ्ठा परेको जागीर

~सीता बराल~Sita Baral

रश्मीका आँखाबाट आँसु बगेर हातमा भएका कागजपत्रहरुमा पर्दछन । थाहा पाएर पनि उनले ति कागजहरुलाई अन्तै ठाँउमा राख्न खोजीनन न आँखाका आँसुहरु नै रोक्न सकिन । वितेका दिनका यादहरुले आँसु झन बर्बर झरिरहेका थिए । यति लामो समय सम्मको रश्मीका बाबाको लगानी र उनको मेहनतको फलस्वरुप प्राप्त गरेका चारित्रिक, योग्यता र अनुभवका प्रमाणपत्रहरुका चाङ्ग नै लागेका थिए । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलम्वित प्रायश्चित

~विशाल बी बस्नेत~

“डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ”

यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्‍है परिचित झैं थियो। जति पढ्दै गएँ मलाई आफु २२-२४ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीर्षक आफै राख्‍नुस्

~सुषमा मानन्धर~Shushma Manandhar

प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु।

रातभरि निद्रा परेको थिएन। मनमा उठिरहेका अनेक तरङ्ग र तर्कनावीच सायद झिसमिसेतिर मात्र आँखा लाग्यो। त्यो मनकै उदवेग थियो , मेरो आसक्ति। एकछिन निदाउँदा पनि टुक्रा टुक्रामा थुप्रै रङ्गिन कलेवरहरुसँग गाँसिएका सपना मानौँ ससाना सिरियलहरु थिए। बिहान उठ्दा असिनापसिना स्खलित म, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~Shushma Manandhar

जिन्दगी
अब एउटा इनबक्स
दिनहुँ आउने कैयन् इमेलहरू
परिचित/अपरिचित   ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ङार ङार ङुर ङुर

~सुषमा मानन्धर~Shushma Manandhar

घर अगाडि सडकमा
शायद भतेर थियो अबेरसम्म
रछ्यानमा फालिएका
रहलपहलमा
रातभरि  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साइबर नशा

~सुषमा मानन्धर~Shushma Manandhar

“तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले ‘हुन्छ’ त भनेँ, स्क्यान गर्न नजिकैको साइबर बन्द थियो। खोज्दै जाँदा अलिपर मोडमा अर्को साइबर भेटेँ तर त्यहाँ निकै भीड थियो। भर्खरका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिस्नोपानी नेपालको देउसी भैलो

आहै भन भन भाइ हो – सहमति
आहै भन भन बैनी हो – सहमति
आहै देउसिरे भन – भन्दैनौ
आहै भनेको मान – मान्दैनौ Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : युद्ध सधैँ दुख्छ

~सुषमा मानन्धर~Shushma Manandhar

चाहे भूगोलको कुनै पनि कुनामा
हतियार चलोस्,
हतियार मर्दैन
मारिने सधैँ एउटै हुन्छ
मान्छे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हत्यारा

~सुषमा मानन्धर~Shushma Manandhar

समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए । नाना थरी मानिसका नाना भांतिका कुरा । नचाहंदा नचाहंदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुझबुझ

~सुषमा मानन्धर~Shushma Manandhar

“बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे पायो त्यही किनेर खादिनँ पनि, तैपनि उहाँ सधैँ म स्कूल हिँड्नुअघि यस्ता नसिहत दिन बिर्सनु हुन्न । “हुन्छ ममी ।” म आफ्नो ब्याग लिएर घरबाट निस्किएँ । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्तिम तुफानी रात

~वीनु डुम्रे~

एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको दोस्रो तलामा छु म । एक रोपनी जमिनमा त घरै छ । बाँकी जमिनमा आकर्षक बगैँचा छ, देशी/विदेशी विभिन्न जातका ठूलाठूला वृक्षहरू छन् । बीचमा सानो तर आकर्षक नीलो स्विमिङ पुल छ । एघार फिट अग्लो पर्खालले घेरिएको यो महल हत्तपत्त बाहिरबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोग

~सुषमा मानन्धर~Shushma Manandhar

“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो थिएन । बिरामी भएको भनेर त्यसो त बच्चो ओछ्यानमै थला परेको थिएन तर अरू बच्चाहरूले जस्तो चुलबुल गर्न भने छाडेको थियो । अघिपछि त खरायोझैँ घरभरि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~घनश्याम शर्मा~Ghanashyam Sharma

कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए ।

जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा बुझ्न गार्‍हो भएन जोनलाई । आˆना नीलो नानी भएका आँखाले उसले पनि जेनीको अनुहारमा एकटक हेरिरहृयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~

“तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।”

तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन । खानलाउन पुग्दैन भन्नु छैन । ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन । काठमाडौँको मुटुभित्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

 ~अनुपम रोशी~Anupam Roshi

भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र अन्त्य हो अस्तित्वको ।

मृत्यु विनाश मात्रै हो मानव सभ्यताको, जवान श्रीमती र साना छोराछोरीको दर्दनाक पीडा हो । बूढा Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : त्यो विचरो !

~सुषमा मानन्धर~Shushma Manandhar

दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल खोल्न जानुपरेको छ । त्यही बिचार्दै म कौसीको गमलाको कापकापमा कुचो छिराउँदै बढार्दै थिएँ, छेवैबाट चिर्चिर कराएको सुनेर आवाजतिर विस्तारै चियाएँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनालिसा

~सुषमा मानन्धर~Shushma Manandhar

मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। यतिबेलासम्ममा उसले छोराछोरीलाई ख्वाइवरी भान्छाको धन्दा सकाइसकेकी होली। मजाले विछ्यौनामा पल्टेर रेडियोमा गीत सुन्दै निँद कुर्नुको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment