कविता : मेरी माया ठूली

~माधव घिमिरे~

यसै राम्रो हिमचुली-सुनपानीमा चोपली
बिहानीमा उचाली
त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली ।
कति राम्रो हिमचुली घामको रेखी हाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रत्‍न शमशेर थापाको मुक्तक

~रत्‍न शमशेर थापा~

१. 
कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

रत्नशमशेर थापाका ८ हाइकु

~रत्न शमशेर थापा~

१)
नाङ्गिदै छन्,
हिउँको अभावमा
हिमालहरू । Continue reading →

Posted in हाइकु | Tagged | 1 Comment

कथा : मन उदास छ

~प्रतिमा बाँस्कोटा~

“ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ ।
गर्मीका यी उखरमाउला रातहरू जबजब छटपटीमा अनिँदै बित्छन्, तब मनमा अनेकौँ उडन्ते कल्पनाले डेरा जमाउँछन् । अचेल म यस्तै मनोदशाबाट गुजि्ररहेकी छु । ऊसँगको एसएमएस संवादले रातलाई अलिक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकी छोरी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र वास्तविकता कतै पर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : देउताहरू कस्ता कस्ता

~चट्याङ् मास्टर~Chatyang Master

बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि  Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : वनै खायो डँढेलोले

~कालीप्रसाद रिजाल~

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

वनै खायो डँढेलोले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Protected: The Phone

This content is password-protected. To view it, please enter the password below.

Posted in Story | Tagged | Enter your password to view comments.

कथा : अब यहाँ बस्न सकिंदैन

~रत्नमणि नेपाल~

म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग स्वाभिमानको दलाली र चाकडी गर्न नसकेर मैले त्यो जागिर दाउमा राखेको थिएँ । राजिनामा नदिएको र विदाको निवेदन पनि स्वीकृत नभएको अवस्थामा मैले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साहित्यकारको बिग्बिगी

~आहत श्रेष्ठ~

राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच ! पाँच वर्ष भयो, उ आई.ए ब्याक पढ्नमै तल्लीन छ । चिन्ता कुनै कुराको छैन, साथीसंगीहरू प्रशस्त छन् । त्यसैले पनि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~कुमार ज्ञवाली~

फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका थिए । प्राण फुस्कन लाग्दाको तनाउ भन्दा चर्को हुन पुगेको थियो नातेदारहरूको आपसी ईष्र्या, घृणा तथा लोभले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीलाई देख्दा सम्झिन पुग्छु

~प्रकट पंगेनी ‘शिवा’~Prakat Pageni Shiva

थाकेको बेला उकालो बाटो चौतारी टेके झैं
तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : ह्याप्पी न्यू यर !

~चट्याङ मुरारि (चट्याङ माष्टर)~Chatyang Master

पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई
आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : संकल्प पुनरुक्ति

~रमेश खकुरेल~Ramesh Khakurel

सर्पको धर्म हो डस्नु धामीको धर्म औषधि
दया सज्जनको कर्म दुष्टको कर्म दुष्कृति ।

आगो लगाउने आफैं सक्तैनन् त्यो निभाउन
तर निर्माण गर्नेले गर्दछन् नव–सिर्जन ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पाहुना नआए अनिष्ट हुन्छ

~ज्ञानेन्द्र विवश~

जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको गाउँ पनि पछौटेपनले ग्रस्त । सरकारी सेवा र सुविधा रत्तिभर पनि छैन । सरकारी विकासले मुगेलीको मुहार Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दावली

~तेजेश्वरबाबु ग्वंगः~

यात्रामय जीवनका सबै संसाधनहरू पनि यात्रा भर्छन् । मानव जीवनको सबैभन्दा ठूलो संसाधन भाषा हो भन्ने धारणा मेरो छ । भाषाले जव यात्रा गर्छ मात्रा पु¥याएर गर्छ । भाषिक यात्रा, संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको आधारमा हुने गर्दछ । जहाँ आपसी संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको मात्रा बढ्न थाल्छ त्यहाँ भाषिक यात्रा हुन थाल्छ । नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दहरूले Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथको काख र साङ्ग्रिलाको खोजी

~विजय चालिसे~Vijay Chalise

“यी मैले नरिवल पाएँ !” एकजना धर्मभीरु महिलाको सन्तुष्टीमा सरावर स्वरले हामी सबैको ध्यान आकृष्ट गरेको थियो । हाम्रो टोलीका सदस्यका साथै अरू पनि धेरै दर्शनार्थीहरू मुक्तिनाथको दर्शन गर्दै थियौं । मुक्तिनाथको मूर्तिको काखै मुनिको सानो खोपिल्टोबाट बाहिर निस्केको हातसँगै निस्केको महिलाको त्यो उद्गारले सबैका आँखामा कौतूहल जन्माउनु स्वाभाविक थियो । त्यसैले सबैका जिज्ञासापूर्ण दृष्टिहरू तिनै
Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जंगल महोत्सवको चटक

~मुन पौडेल~

जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मेरो विश्वास

~कमल दीक्षित~

कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म उनको एकजना प्रशंसक हुँ । नेपाली भाषाका लेखक Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : मेरो डेराबास

~डा. ध्रुवचन्द्र गौतम~

परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्‍यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा जीवनले छाडेन मलाई । डेरा जीवनका दुःखदायी र रोमाञ्चक अनुभव सबै बटुलेको छु मैले । नेपाली साहित्यमा डेरा जीवनबारे सबभन्दा बढी लेख्ने लेखक भन्छन् मलाई । खासमा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

स्रष्टा जीवनी : हरिभक्त कटुवाल

~नरेन्द्रराज प्रसाई~

Haribhakta Katuwal

हरिभक्त कटुवाल

कतिकति आँखाहरु
बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न
कति आँखा धाँउछन् ।

हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : पं.धरणीधर शर्मा

~नरेन्द्रराज प्रसाई~

Pt. Dharanidhar Sharma

पं.धरणीधर शर्मा

नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा, Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

Story : The Second State

~Indira Prasai~
Translated by Dr.Anita Dhungel

“Amita, What is this you have done? Not even in my dreams had I envisaged you would disgrace me in my old age. What is lacking in Sambeg Babu? Why are you nurturing dishonorable relationships with Anuttarit and Anawarat ? What about your two innocent Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

Poetic Novel : MUNA MADAN

~लक्ष्मीप्रसाद देवकोटा~

[Muna]
Fire,
a fire burns in my mind.
Don’t leave, my life,
don’t leave. Continue reading →

Posted in Translated Poetic Novel | Tagged | Leave a comment

अनूदित कविता : म तिमीलाई फेरि भेट्नेछु

~अमृता प्रीतम~Amrita Pritam

म तिमीलाई फेरि भेट्नेछु

कहाँ ? कसरी ? त्यो त थाहाछैन

म तिमीलाई फेरि भेट्नेछु Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

गीत : हाँगा हाँगा वनभरि चैत फुलेछ

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

हाँगा हाँगा वनभरि चैत फुलेछ

थाहा नपाई मनभित्र बैंस फुलेछ ।

कता कता कसैलाई भेटे भेटे झैँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

न सम्झुँ भन्छु तिमीलाई

नसम्झी बस्न के सक्थें ?

नहेरूँ भन्छु तिमीलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उनलाई पीर परेको बेलामा

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो

म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो ।

मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : मेरी प्रेयसीका आँखा घामजस्ता छैनन्

~विलियम शेक्स्पेयर~William shakespeare
– अनुवाद: विभोर  बराल

मेरी प्रेयसीका आँखा
घामजस्ता छँदैछैनन्
न त उनको ओठको लाली
सिपीको जस्तो रातो छ
हिउँलाई सेतो मान्ने हो भने Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मेरो मन खुसीले उफ्रन्छ

~विलियम वर्डस्वर्थ~William Wordsworth

मेरो मन खुसीले उफ्रन्छ
जब म आकासको छातीमा इन्द्रेणी देख्छु ;
जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ; Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

कथा : हवाइजहाजको गर्भ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् । कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कताबाट फेरि यो सुनामी आयो

~कृष्णहरी बराल~

थिए शिरमाथि हजार दु:ख आफ्नै,
कताबाट फेरि यो सुनामी आयो।
लियो ज्यान धेरै, पियो बस्ती सारा, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment