व्यङ्ग्य निबन्ध : चुरोट : केही झिलिमिली संस्मरण

~भैरब अर्याल~Bhairab Aryal

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ? Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेता नम्बर एक सय एक

~भैरब अर्याल~Bhairab Aryal

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : विकृति प्रतियोगिताको आयोजक समिति

~भैरब अर्याल~Bhairab Aryal

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई‘नेपाल-सुन्दरी’ बनाउन पाए आफू पनि ‘नेपाल-सुन्दर’ भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पा Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाहुरेको यात्रासंस्मरण

~भैरब अर्याल~Bhairab Aryal

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन रे ! प्रायः सबको भनाइ छ, नेपाल मात्र विश्‍वमा त्यो देश हो, जहाँ हृयासिसको विक्रयमा कुनै प्रतिबन्ध छैन । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~

माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।
Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एब्स्ट्रयाक्ट चिन्तनः प्याज

~शङ्कर लामिछाने~

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।”
“कस्तो लाग्यो ?”
” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।”

“एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।”
” होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।” Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

“हिम-स्तनी ए ! हिउँमा टेकी,
किन आ’की ?”
“दिवस-ज्वरको ज्वलनको आगो
निभा’की ! ” Continue reading

Posted in कविता | Tagged | Leave a comment

Essay : We think of ourselves first

~Laxmi Prasad Devkota~Laxmi_prasad_devkota_1

This morning a young writer came to me and expressed his eager desire to go into Rapti Valley where the Government of Nepal has been perfunctorily implementing a grand agricultural project. He said he had adventured into that valley in pursuance of my own suggestions. I recalled the day on which I had suggested Agriculture as the best possible course for us people here who wished to earn some honey- money without the magnetising capital necessary to attract it into out empty pockets. The majority of valley gentlemen, I Continue reading

Posted in English article Nepali Writer, Essay | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~Siddhicharan Shrestha

जब म चढेर भावको डुंगा
सयर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा ! Continue reading

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~

Parijaat

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~

Parijaat

धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गीत : चुलेसीले रेटे हुन्छ

~डा.भोला रिजाल~Dr. Bhola Rijal

चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो
किन भयो जिन्दगानी आज बगर जस्तो
सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैना ए मैना

~डा.भोला रिजाल~Dr. Bhola Rijal

मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको

मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक गीत

~गोपाल प्रसाद रिमाल~Gopal Prasad Rimal

हिजोसम्म रोईरोई बाँचिरहेका थिए ।
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।

हिजोसम्म जसको बोलीमा केही थिएन;
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन;
केवल शब्द थियो, अर्थ थिएन; Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

के बोल्छे यो जुरेली ?
सगरभरभुवा आँसुका बान्किला छन् !
राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं
भङ्गिला छन् !
रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर !
चिर्छे एकान्तलाई पिउ पिउ स्वरले,
गीतले चित्त चोर ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल !
मौरी गुनगुन खग चञ्चल !
स्नायु चपल औ मुटु खलबल ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~बाल कृष्ण सम~

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~

अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।।

कुन हो सदा बन्धनमा पर्याको ?
जस्ले छ यो मन् सुखमा धर्याको ।
मुक्ती भन्याको त पदार्थ कुन् हो ?
वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : These days

~Sunny Gurung~

With misery as a milestone between
every yesterdays and todays,
Tomorrow is a trail but barred
with no route to forge ahead nor recede back
Because, if light is meant for a fugutive
and darkness to an elusive,
It’s hard to predict the predator and prey here
for the world is too undercover
with almost men in disguise,
Venturing in vain toward a Mayday
into the flight of Twenty-first Century. Continue reading

Posted in Poem | Tagged | Leave a comment

लेख : नेपाली खेलीगीत – एक अध्ययन

~तुलसी प्रवास~Tulasi Prawas

१. पृष्ठभूमि:

लोकगीतका विभिन्न प्रकारहरूमध्ये एउटा महत्वपूर्ण गीत खेली हो । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो (खनाल, २०६० ः १२) । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ । Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

गजल : वतासले श्वास थुनेर गयो

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

वतासले श्वास थुनेर गयो
विहान सवेरै व्यँुझेर गयो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाएर तिमी

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

रिसाएर तिमी जति टाढा हुँदै गयौ
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ
Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : खडेरी र हावा उस्तै छ

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

चैतमास खडेरी र हावा उस्तै छ
तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा अनौठो कहानी भो

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

एउटा अनौठो कहानी भो
पत्थरको पग्लिने बानी भो

माथिल्लो ओठ उचाली हास्यौँ
बलेको आगोनि पानी भो Continue reading

Posted in गजल | Tagged | Leave a comment

प्रकाश आङ्‍देम्बेका ४८ रुबाईहरु

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

कमिला यत्रतत्र हात्ती सिक्रिमा छ
असिमित चाहनाहरु दिनरात फिक्रीमा छ

आउनोस सस्तो मै मिलाएर लानोस
आजभोलि यो ज्यान पनि बिक्रिमा छ।

******************************************

बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर
भ्रष्ट तस्करहरुलाई अतिथि पाल्नोस हजुर

किन गुनासो गर्नुहुन्छ महल पजेरो छैन भनेर
बरु तँपाई पनि आजै देखि राजनीति थाल्नोस हजुर Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कथा : चिप्लिएको समय

~तृष्णा राज्यश्री कुँवर~Trishna Kuwar

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक भोलिहरू आजै बनिरहेका हुन्छन् । हिजो, आज र भोलिका बीच म रिङ्गरिहन्छु ।

पूर्वी पाल्पाको एउटा पहाडी गाउँ मिदिममा म चिप्लिरहेछु । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीलाई पत्र लेख्दैछु

~कमला सरुप~Kamala Sarup

देश,
भन्ज्याङ भरि भरि
सयपत्री फुल्न म संघारमा उभिएर
सपनाभरि र तिम्रा पोल्टा भरि भरि
शान्ति पस्किन हतारिएकी छु…………….. बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : गंगा सम्झेर गंगाको किनारमा

~मनप्रसाद सुब्बा~Man prasad subba

आफ्ना पापहरू जे जति छन्
(अञ्जानमै गरिएका भएतापनि)
पखालेर यति सहजै मुक्त हुन चाहन्न म Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : गोरेटो त्यो गाउँको

गोरेटो त्यो गाउँको लौन आज
खोजी खोजी थाके नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घुम्तीमा नआऊ है

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : छुटेका छन्द

~रूपेश आचार्य~

‘ए कान्छा… ठट्टैमा यो बैंस जान लाग्यो।’
तारादेवी र नारायणगोपालको यो कालजयी गीत रेकर्ड भएदेखि २०५० सालसम्म झन्डै १० हजार पटक बज्यो। गीतकार रत्‍नशमशेर थापालाई रेडियो नेपालका कार्यक्रम सञ्‍चालकले श्रोताबाट सर्वाधिक ‘फर्माइस’ यही गीतका लागि आउने बताएका थिए। Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment