~लीला लुइटेल~
नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ । यसपछि नेपाली नाटक/एकाङ्कीमा महिला सहभागिता अत्यन्त धीमा गतिमा भएको स्थिति रहेको छ । नेपाली एकाङ्की/नाटकका क्षेत्रमा महिला लेखनको सङ्क्षिप्त विवरण कालक्रमिकरूपमा तल उल्लेख गरिन्छः
राधिका राया (१९८८)
सन् १९५४ को भारतीमा प्रकाशित ‘जीवनको इच्छा’ शीर्षक एकाङ्कीबाट नेपाली नाटक/एकाङ्की क्षेत्रमा प्रवेश गरेकी राधिका रायाको जीवनको इच्छा (२०५९) नामक एकाङ्की सङ्ग्रह प्रकाशित छ । यसमा ‘जीवनको इच्छा’, ‘प्रेमको प्रतीक’, ‘प्रतिशोध’, ‘अधुरो कहानी’, ‘मुरली’, ‘म र्फकेर आएँ’, ‘आदर्श प्रेम’, मैले भूल गरेँ गरी ८ Continue reading →