एउटी विवश महिला

~महेन्द्र चालिसे~

म यहाँ अहिले तपाईंहरूसामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु सुनिसकेपछि तपाईंहरूले मेरो र मजस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शब्द निश्शब्द कोलाज

~तुल्सी थापा~

पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन केही क्षणः निश्शब्द

शब्द प्रस्तावः Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू-

लक्ष्मीः एक अधबैँसे युवती
नरनाथः एक अधबैँसे युवक
रञ्जनाः एक ठिटी
पुष्पकमलः एक बालक Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

खोजपत्र : नेपाली नाटकमा महिलालेखन

~लीला लुइटेल~

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ । यसपछि नेपाली नाटक/एकाङ्कीमा महिला सहभागिता अत्यन्त धीमा गतिमा भएको स्थिति रहेको छ । नेपाली एकाङ्की/नाटकका क्षेत्रमा महिला लेखनको सङ्क्षिप्त विवरण कालक्रमिकरूपमा तल उल्लेख गरिन्छः

राधिका राया (१९८८)

सन् १९५४ को भारतीमा प्रकाशित ‘जीवनको इच्छा’ शीर्षक एकाङ्कीबाट नेपाली नाटक/एकाङ्की क्षेत्रमा प्रवेश गरेकी राधिका रायाको जीवनको इच्छा (२०५९) नामक एकाङ्की सङ्ग्रह प्रकाशित छ । यसमा ‘जीवनको इच्छा’, ‘प्रेमको प्रतीक’, ‘प्रतिशोध’, ‘अधुरो कहानी’, ‘मुरली’, ‘म र्फकेर आएँ’, ‘आदर्श प्रेम’, मैले भूल गरेँ गरी ८ Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment

नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~

बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि लगाउँदै गरौँला । अहिले मैले डाक्टर मास्केलाई इमेल गर्नु छ । Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

कविता : यो दलन

~भुपी शेरचन~

माथि माथि अरूहरू
तल म छु छायाँ एक्लै
जन्म उस्तै, मृत्यु उस्तै
बाँच्नुपर्ने ढङ्ग बेग्लै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भुपी शेरचन~

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भैरहवा

~भुपी शेरचन~

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~भुपी शेरचन~

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चोक

~भुपी शेरचन~

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

दुःखको लामो सडकमा
पीरको केही छडकमा
चल्दथे ‘टुक टुक टुकू !’
आफूजस्तै लाख हेरी
बेला-बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु । Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : घाँसी

~भानुभक्त आचार्य~

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि ।

मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : गाई

~शिवगोपाल रिसाल~

गाई हाम्रो पशुधन, गोठको शोभा गाई
गाईजस्तो अरू छैन गाउँघरलाई
गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ
वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : रमाइलो धर्ती

~कृष्णप्रसाद पराजुली~

हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो
घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो
धर्तीभरि रमाइला कुरा धेरै हुन्छन्
पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन् Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिहानीको गीत

~गणेश ‘विषम’~

चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा
फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा
हाम्रा राम्रा वनचरी बिहानी पो डाक है
आजभन्दा भोलि झन् अझ राम्रो पार है Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कानाकाना कुर्र

~दैवज्ञराज न्यौपाने~daibgya-raj-neupane

कानाकाना कुर्र
नानी दौड्यो खुर्र
चरी उड्यो भुर्र
कानाकाना कुर्र Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिचरी चरी

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

वर्षा याम एक दिन ठुलो पानी पर्‍यो
काला-काला बादलुले सेता गेडी झार्‍यो
Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

मेरो सानो खरायो

~कल्पना प्रधान~

मेरो सानो खरायो
आज कता हरायो।

हिजो सँगै खेलेथ्यौँ
घर भित्रै भुलेथ्यौँ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कमिलाको ताँती

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~

हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो

एउटा साथी आएर दिन्छ केको खबर Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : टालाटुली बटुली

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~

टालाटुली बटुली –
टालाटुली बटुली
कति राम्री पुतली Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खोल

~भैरब अर्याल~Bhairab Aryal

अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपीभित्रको शैय्या जस्तो । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कारिन्दा

~भैरब अर्याल~Bhairab Aryal

उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चरिचुच्चे ‘च’

~भैरब अर्याल~Bhairab Aryal

हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं हामीजस्ता फुच्चालाई घुच्चा ख्वाउन तम्सिरहेका हुन्छन् । हुदाँहुदाँ छुच्याइँ र लुच्याइँ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘उडाउनु’ सित एकछिन उड्दा

~भैरब अर्याल~Bhairab Aryal

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तर बिरालालाई Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही राष्ट्रिय रोग : एक अनुसन्धान

~भैरब अर्याल~Bhairab Aryal

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नाम फर्ने धुनमा

~भैरब अर्याल~Bhairab Aryal

…धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेलकसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

कोही राख्ने नाउँलाई फार्ने गराउँछन्, कोही फार्नेला Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भोलि !

~भैरब अर्याल~Bhairab Aryal

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : भान्सा भो हजुर ?

~भैरब अर्याल~Bhairab Aryal

“भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment