~माधव घिमिरे~
यसै राम्रो हिमचुली-सुनपानीमा चोपली
बिहानीमा उचाली
त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली ।
कति राम्रो हिमचुली घामको रेखी हाली Continue reading
~माधव घिमिरे~
यसै राम्रो हिमचुली-सुनपानीमा चोपली
बिहानीमा उचाली
त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली ।
कति राम्रो हिमचुली घामको रेखी हाली Continue reading
~रत्न शमशेर थापा~
१.
कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो ! Continue reading
~रत्न शमशेर थापा~
१)
नाङ्गिदै छन्,
हिउँको अभावमा
हिमालहरू । Continue reading
~प्रतिमा बाँस्कोटा~
“ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ ।
गर्मीका यी उखरमाउला रातहरू जबजब छटपटीमा अनिँदै बित्छन्, तब मनमा अनेकौँ उडन्ते कल्पनाले डेरा जमाउँछन् । अचेल म यस्तै मनोदशाबाट गुजि्ररहेकी छु । ऊसँगको एसएमएस संवादले रातलाई अलिक Continue reading
~ध्रुवसत्य परियार~
बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र वास्तविकता कतै पर Continue reading
बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि Continue reading
~कालीप्रसाद रिजाल~
वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले
वनै खायो डँढेलोले Continue reading
~रत्नमणि नेपाल~
म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग स्वाभिमानको दलाली र चाकडी गर्न नसकेर मैले त्यो जागिर दाउमा राखेको थिएँ । राजिनामा नदिएको र विदाको निवेदन पनि स्वीकृत नभएको अवस्थामा मैले Continue reading
~आहत श्रेष्ठ~
राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच ! पाँच वर्ष भयो, उ आई.ए ब्याक पढ्नमै तल्लीन छ । चिन्ता कुनै कुराको छैन, साथीसंगीहरू प्रशस्त छन् । त्यसैले पनि Continue reading
~कुमार ज्ञवाली~
फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका थिए । प्राण फुस्कन लाग्दाको तनाउ भन्दा चर्को हुन पुगेको थियो नातेदारहरूको आपसी ईष्र्या, घृणा तथा लोभले Continue reading
थाकेको बेला उकालो बाटो चौतारी टेके झैं
तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं Continue reading
~चट्याङ मुरारि (चट्याङ माष्टर)~
पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई
आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई Continue reading
सर्पको धर्म हो डस्नु धामीको धर्म औषधि
दया सज्जनको कर्म दुष्टको कर्म दुष्कृति ।
आगो लगाउने आफैं सक्तैनन् त्यो निभाउन
तर निर्माण गर्नेले गर्दछन् नव–सिर्जन ।
Continue reading
~ज्ञानेन्द्र विवश~
जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको गाउँ पनि पछौटेपनले ग्रस्त । सरकारी सेवा र सुविधा रत्तिभर पनि छैन । सरकारी विकासले मुगेलीको मुहार Continue reading
~तेजेश्वरबाबु ग्वंगः~
यात्रामय जीवनका सबै संसाधनहरू पनि यात्रा भर्छन् । मानव जीवनको सबैभन्दा ठूलो संसाधन भाषा हो भन्ने धारणा मेरो छ । भाषाले जव यात्रा गर्छ मात्रा पु¥याएर गर्छ । भाषिक यात्रा, संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको आधारमा हुने गर्दछ । जहाँ आपसी संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको मात्रा बढ्न थाल्छ त्यहाँ भाषिक यात्रा हुन थाल्छ । नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दहरूले Continue reading
“यी मैले नरिवल पाएँ !” एकजना धर्मभीरु महिलाको सन्तुष्टीमा सरावर स्वरले हामी सबैको ध्यान आकृष्ट गरेको थियो । हाम्रो टोलीका सदस्यका साथै अरू पनि धेरै दर्शनार्थीहरू मुक्तिनाथको दर्शन गर्दै थियौं । मुक्तिनाथको मूर्तिको काखै मुनिको सानो खोपिल्टोबाट बाहिर निस्केको हातसँगै निस्केको महिलाको त्यो उद्गारले सबैका आँखामा कौतूहल जन्माउनु स्वाभाविक थियो । त्यसैले सबैका जिज्ञासापूर्ण दृष्टिहरू तिनै
Continue reading
~मुन पौडेल~
जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ । Continue reading
~कमल दीक्षित~
कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म उनको एकजना प्रशंसक हुँ । नेपाली भाषाका लेखक Continue reading
~डा. ध्रुवचन्द्र गौतम~
परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा जीवनले छाडेन मलाई । डेरा जीवनका दुःखदायी र रोमाञ्चक अनुभव सबै बटुलेको छु मैले । नेपाली साहित्यमा डेरा जीवनबारे सबभन्दा बढी लेख्ने लेखक भन्छन् मलाई । खासमा Continue reading
~नरेन्द्रराज प्रसाई~
कतिकति आँखाहरु
बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न
कति आँखा धाँउछन् ।
हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । Continue reading
~नरेन्द्रराज प्रसाई~
नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा, Continue reading
~Indira Prasai~
Translated by Dr.Anita Dhungel
“Amita, What is this you have done? Not even in my dreams had I envisaged you would disgrace me in my old age. What is lacking in Sambeg Babu? Why are you nurturing dishonorable relationships with Anuttarit and Anawarat ? What about your two innocent Continue reading
[Muna]
Fire,
a fire burns in my mind.
Don’t leave, my life,
don’t leave. Continue reading
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ ।
कता कता कसैलाई भेटे भेटे झैँ Continue reading
आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो
म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो ।
मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ, Continue reading
मेरो मन खुसीले उफ्रन्छ
जब म आकासको छातीमा इन्द्रेणी देख्छु ;
जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ; Continue reading
हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् । कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न Continue reading