~हरिभक्त कटुवाल~
आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो
म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो ।
मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ,
सृष्टिको बीच फुलेको फूल अोइलिन नदिऊँ ।
सके त तिमी रोएको बेला म पनि रोइदिन्थेँ
छातीको तिम्रो परेको घाउ आँसुले धोइदिन्थेँ
सृष्टिको बीच फुलेकी तिमी मायालु जुहार,
सम्हार बिना अोइलेछ तिम्रो हँसिलो मुहार ।
(श्रोत:- छात्र प्रभा, वाराणसी वर्ष ६ अंक ४-२०२२)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.