कथा : एक्लो यात्री

~सिता बराल~

आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा काममा भएको हुनु पर्ने…..। नियम अनुसार कामदारलाई लागेको कर तिरेकाहरु र उनीहरुको नियमको परिधि भित्र परिसकेकाहरुलाई त खुरुखुरु फिंगर लिनु नि….। दिनै पर्ने भएपछि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

म एक्लो छैन

~अधिकारी स्मित ~

सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । त्यो त्यस्तो आकृति जो मेरो अतितमा पि्रय थियो र अब Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्जुस

~विमल मित्र~

एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ कहाँ जानुहुन्छ ?”

“विलासपुर”– मैले छोटो उत्तर दिएँ ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~Illya Bhattarai_1

देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै दियो । तिनीलाई म सधैँ देख्थें । कहिले बाटामा हिँडिरहेकी, कहिले ट्याक्सीको प्रतीक्षामा रहेकी, कहिले ट्याक्सीमा वा कहिले निजी गाडीमा । तिनी उच्च कूलकी,उच्च मध्यमवर्गीय आर्थिक स्तर भएको परिवारकी बुहारी हुन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाटो म्याद

~युवराज नयाँघरे~Yubaraj Nayaghare

घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !
मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरा निम्ति ।
यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो ।
मैले बाटो छुटाउनै पर्छ अन्यथा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छे

गोपालचन्द्र भट्टराई~

“यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।”

“अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि मैला भएछन्, धुन थालाँै कि ? भान्सामा जुठो भाडाहरू होलान्, कि ती पनि माझ्न थालौँ ?”

“हैन त्यो सबै त Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तृष्णा

~गंगा सुवेदी~

‘दाइ, डी.भी. पर्‍यो रे ?’

‘हो ।’ अनन्तले सहजै जानकारी दिए ।

‘अब कहिले जानुहुन्छ ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो खुसी मोमिला

~इन्दिरा प्रसाई~Indira Prasai

गर्भाधानपूर्वको कथा

हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि – त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन नहुने जे पनि हुने समय बितिरहेका बेला जे पनि हुन सक्छ । प्रसङ्ग यस बेला एउटा कथा लेख्ने हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एैचोपैचो

~ठाकुर मान लामा~Thakur Man Lama

शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -“दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … “”अलि भाउ घटाइदेउन भाई । धेरै लैजान्छु नि । “”ल १० रुपैया घटाईदिन्छु । त्यो भन्दा बढि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कान्छी

~बद्रीनाथ भट्टराई ~

टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको एउटा मनले भन्यो, भत्केको घरले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~माया ठकुरी~

विकास छिटोछिटो अघि बढिरहेको थियो । ऊ असनचोक निस्कियो । त्यसपछि ऊ पश्चिमतिरको बाटो हुँदै उग्रतारा माई स्वर्ण मन्दिरको अघि पुग्यो र टक्क अडियो अनि उसले मन्दिरतिर फर्केर टाउको निहुन्यराएर हात जोड्यो । त्यसपछि ऊ फेरि अघि बढ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फूलको आँखामा

~दुर्गालाल श्रेष्ठ~

फूलको आँखामा फूलै संसार
काँढाको आँखामा काँढै संसार
झुल्किन्छ है छाँया बस्तु अनुसार Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रित्ता गाग्राको रुक्खो स्वर

~दुर्गालाल श्रेष्ठ~

आज सखारै रित्तो गाग्रो
देख्छु रुँदै भौँतारिरहेको !
हुन्छु म जति पर उति नै त्यो स्वर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म ध्वनि

~दुर्गालाल श्रेष्ठ~

धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !
विश्व नै ढकमक्क पारी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सफल प्रहसन

~दुर्गालाल श्रेष्ठ~

स्वागतनिम्ति उभेकाहरूको
फूल हातका वैलिसके ।

फूर्तिवाज आयोजकहरूको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खीर

~इन्द्रबहादुर राई~

Indra Bahadur Rai

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…….. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! जानुहोस

~माया ठकुरी~

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा-नचाहँदै पनि म आमातिर हेरेर भन्दछु- “आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।” मेरो कुरो टुङ्कनिासाथ मानवी कुरो थप्दै भन्छिन्- Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~सुबिसुधा आचार्य~

शान्त – सुललीत अनि सौम्य बगिरहेकी वाग्मती नदी, जसको किनारामा मृत शरीर जलाएर खाक पारिन्छ÷अस्तित्व समाप्त पारिन्छ । अघिल्लो दिनको वर्षाद्को पिटाइले धमिलो भएकी वाग्मतीको पानीलाई पेटीमा बसेर खुट्टाले खेलाउदै थिई ऊ । पुरानो भएर मक्किने अवस्थामा पुगेको सलले झुम्लुङ्ग टाउको ढाकेकी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहि निर्णय

~माया ठकुरी~

शालिग्रामले पचहत्तर वर्षको उमरमा सोह्र वर्षीया सुमित्रालाई आफ्नो दोस्रो पत्नीको रुपमा भित्र्याए । “घरभित्र यतिका मानिसहरु तपाईको सेवा गर्नको लागि हुँदा हुँदै पनि यस्तो बृद्ध अवस्थामा आफ्नी नातिनीकी उमेरकी केटिलाई पत्नी बनाएर भित्राउनु भनेको एकदमै लज्जाजनक कार्य हो । तपाईले गर्दा आज हामी सबैको शिर निहँुरिएको छ ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो मन

~धुव थापा~

बिहानको शर्योदयमा खै किनहो
म सधै सुर्यग्रह०ा लागेको देख्५ु
चैत बैशाखको ३ामले पिल्सिएको
नांगो ८ा८ाझै, यो मन,
खै किन हो उजा९ र बन्जर बनेको ५
जता ततै सिमसारमा उम्रेका लेउ जस्तै
कले६ी परेका अबोध ओ७हरु
कुनै रौनकता बिहिन बाचेको देख्५ु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~Padam Bhandari

नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर दौडिए । अपरेशन थिएटरको ढोकासम्म मेरी श्रीमती पनि संगसंगै दौडिई तर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लटरम्म फलेका रहरहरू

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ”
ऊ सुडकेस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किन कि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । तर ऊ आएर थचक्क बस्छ, म अक्क न बक्क हुन्छु नबस्नु पनि भन्न सक्दिन भने बस्न दिन पनि बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टोकियोमा सानु बुद्ध

~परशु प्रधान~Parashu Pradhan

टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टि.भी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैं लाग्यो । उसले टिभी बन्द गर्यो।

त्यहां भनेको पाल्देनको जन्मेको गाउं सोलु र यहां भनेको संसारको अति महङ्गो सहर टोकियो । टोकियोको सुरुङ्गमुनिको रेलसंग जोडिएको यौटा सानु गाउं । त्यस गाउंको यौटा घर र त्यसभित्रको यौटा कोठामा पाल्देनलाई बस्न मन लागेन । ऊ बाहिर निस्क्यो । सडकसम्म आयो । धेरै हिउं र हुस्सु छ हुस्सुसंगै गांसिएको सिमसिमे पानी छ । दिनको दुइ बजे नै सांझ पर्न लागेको निर्रथकता छ । यस निर्रथकताभित्र पाल्देन आंफैलाई सोध्छ- तं किन र केका लागि टोकियोमा आइस् हं – Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ५

~परशु प्रधान~Parashu Pradhan

“बुबा आमालाई तुलसीको मठमा निकालेका छौँ, उहाँको अन्तिम अवस्था छ ।” म पीडापूर्ण स्वरमा बालाई भन्छु । बुबा पलङमाथि बसेर कुनै मोटो अङ्ग्रेजी पुस्तक पढ्न लाग्नुभएको छ । मेरो आवाज सुनेर एकपटक टाउको उठाएर मतिर हेर्नुहुन्छ अनि फेरि पुस्तकका पानामा नै ध्यान दिनुहुन्छ ।

“बा सुन्नुभएन – आमा जान लाग्नुभयो …,” मेरो स्वर काँपेको छ ।तर, उहाँमा कुनै प्रतिक्रिया पाउँदिन । “बा… बा… सुन्नुभएन ” म आफ्नो आवाज बढाउन बाध्य हुन्छु । तर, कुनै रेस्पोन्स पाउँदिन । मलाई लाग्छ, त्यो पुस्तक पढिरहने मेरा बा होइनन्, कुनै जीवित प्राणी होइनन् । कुनै ढुङ्गाका मर्ूर्ति हुन् । मलाई डाँको छाडेर रुन मन लाग्छ तर सक्तिन । बाको अनुहार हेर्छु, कुनै क्रिया-प्रतिक्रिया छैन, केही नलेखिएको खाली कागजजस्तो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ‘मधुपर्क’मा मेरियाको कथा

~परशु प्रधान~Parashu Pradhan

“म आफूलाई खोज्न हिँड्न लागेकी ।”

“आफूलाई खोज्नको अर्थ ?….”

“मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे ।

यही सानो संवादबाट म ‘मधुपर्क’ लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’ को प्रारम्भ-महिनाहरूमा यो कथा प्रकाशित छ । र, यस कथासँगै म २०२४-२०२५ को काठमाडौँका सम्झनाहरूलाई आफूभित्र नवीकरण गर्ने प्रयासमा छु । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : घर-१८

~परशु प्रधान~Parashu Pradhan

अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले शून्यलाई राम्ररी नै बिथोल्यो- ‘आज म यो घर सधँैका लागि छाडेर जाँदैछु ।तिमीहरू राजीखुसीसँग बस । तिमीहरूलाई भगवान्ले सधैँ हेरून् । म बूढो यो घरको बूढो कुकुरलाई लिएर जाँदैछु साथीका रूपमा । मलाई सोध्ने र बुझ्ने काम छैन ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर-१७

~परशु प्रधान~Parashu Pradhan

उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला ।

यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । म भने बाँध फुटेको पोखरीजस्तै भएँ । अब के कसो गर्ने हो ? म सोच्न बाध्य छु । किन मेरो जीवनमा यस्तै आँधीहुरी आउँछ र मलाई अप्रत्यासित मोडमा पुर्‍याउँछ – त्यसैलाई मान्छेहरू आ-आफ्नो भाग्य भन्छन् होला । कोठामा धुमधुमती एक्लै छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~परशु प्रधान~Parashu Pradhan

पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ – हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ – एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो ।

उसले मलाई हेरिन् र विस्तारै भनिन् म प्रमिला नै हुँ ।

‘मलाई चिन्छ्यौ ? म को हूँ ?….’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा

~परशु प्रधान~Parashu Pradhan

कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छुअध्यारो उस्तै छ, शून्य उस्तै छ र बाहिर केही परिवर्तन छैन। जाडो भने आफ्नै किसिमले बढ्दै छ। जाडो आइरहेछ र म अनुभव गर्छु – यसपालिको जाडो म सायद सहन सक्तिन। यो चिसो सिरेटो र ठण्डीले म भित्र काडा उम्रन्छन्। म काडैकाडाको एउटा नाङ्गो रुख भएको अनुभव गर्छु। जो हिउाको बीच उम्रेको हुन्छ, जसलाई रातभरिको तुसारो र दिनभरिको हुस्सुले कोतरेको हुन्छ। केटो अघि नै निदाइसकेको छ। दिउसो त्यो बूढी आएकी थिई। बूढी सम्झादा जीउ मेरो फेरि एकतमासको भएर आउाछ। आफै भित्र लोलाएर आउाछ। मेरा आाखाहरु बन्द हुन खोज्छन्। तर मैले बाध्य भएर स्वीकार्नु पर्छ। हो त्यो बूढी आएकी थिई सधैको जस्तो आखाभरि विवशता बोकेर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ७

~परशु प्रधान~Parashu Pradhan

विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा मैले उनीसमक्ष जिज्ञासा राख्दा उनले अत्यन्त सहज जवाफ दिइन्, दाइको प्रश्नको जवाफ निर्गमनभित्रै छ । त्यहाँ नै खोजी गर्नूस् Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरु – २३

~परशु प्रधान~Parashu Pradhan

केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरू-१६

~परशु प्रधान~Parashu Pradhan

आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माझयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो- चिया पाक्यो – आज ढिला भइसक्यो । उसले हातको घडी हेरेर भन्यो- Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment