कथा : कुटिरो

~दिलीप शाह~Dilip Shah

‘छोरा ! मेरो अन्तिम समय आएजस्तो छ । वर्षौदेखि जप गर्दै आएको दुर्गा कवच पनि आज बिहान जति गर्दा पनि सम्झिनै सकिन । नाडी अति मन्द गतिमा चल्दैछन् । दृष्टि एकदमै धमिलो छ ।’ बूढाले ठस्ठस्ती कन्दै तर स्पष्ट शब्दमा आफ्नो मनको बह पोखे ।

‘चाम्रो सास यति छिट्टै कहाँ जाला ? गए त हुन्थ्यो नि । मर्ने स्वाङ्ग रचेको यही महिनामा चौथो पटक हो । नाटक पनि कति गर्न सकेको होला । मर्ने बेला त यस्तो कलाकार छ । जवानीमा कस्तो कलाकार थियो होला । नौटङ्कविाज !’ छोरालाई टेप खोलेजस्तो भ…र…र…र भन्न मन लागेको थियो तर घाँटीमा आएको बोली खकारसँगै उसले भित्र निल्यो र भरसक रुन्चे स्वर बनाउने प्रयत्न गर्दै भन्यो -’हिम्मत नहार्नुहोस्, बुवा । तपाईका चेत हराएका छैनन् । स्मरण शक्ति गएको छैन । बूढो भएपछि आक्कल झुक्कल यस्तो त भइहाल्छ । म भोलि बिहानै तपाईलाई अस्पताल लैजान्छु । सब ठीक हुन्छ ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : संवेदना

~श्रीओम श्रेष्ठ ‘रोदन ‘~Shree Om Shrestha Rodan

वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो ।

समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो । त्यसमा पनि छोरा हराएकाहरु नै बढी थिए ।

युवकको लास भएको कोठामा पुगिनसकेका आमाबाबुहरु अत्यन्त बिलौना गरिरहेका थिए । हेर्न आउनेहरु रुँदै विलौना गर्दै थिए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सङ्घर्षमय सफल जीवन

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

घटना हो संवत २०३३ को फागुन ।

पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो । त्यो अपराहृनकालमा मैले डा. केशरजंघ रायमाझीलाई “जनतासित पार्टीको सम्बन्ध विचलित हुँदै जान लागेको छ । नेपाल सरकारले गाउँदेखि नगर, जिल्ला, अञ्चलस्तरका निर्वाचनहरू गराउने घोषणा गरिसकेको छ । यो अवसरलाई आफ्नो पार्टीका कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार बनाएर जनसम्पर्क शुरु गर्ने र आफू निर्वाचित भएको पञ्चायत एकाइका क्रियाकलापलाई जनहितको स्वार्थमा संलग्न गराउनेतर्फ क्रियाशील तुल्याउनु वेश होला” भनी सुझाउ दिएँ । उहाँले स्वीकार गर्नुभयो र साँझमा ७ बजे आफ्नो घरमा मलाई बोलाउनुभयो र शैयद कमर शाहलाई समेत भरे साँझ बोलाई पठाउनेछु भन्नुभयो । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्ला एक्ला लाशहरु

~सन्तोष खतिवडा~Santosh Khatiwada

म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो स्कुल र फेरी स्कुलबाट फर्किएपछि कहिले स्कुल ड्रेसमा नै अनि कहिले ड्रेस फेरेर पानीको गाग्री काखी च्याप्दै घर पुग्ने, मेरा दिनहरु यसैगरि बित्थे ।म आफू राम्री थिएँ या थिइँन त्यो मलाई थाहा छैन । मेरो बालसुलभ चञ्चलतामा राम्रोको परिभाषा पनि अटेकै थिएन । तर घर आउने, चिनेका अनि नचिनेकाले कति राम्री भएकी, हलक्क बढिछ, आँखा पनि कति राम्रा, दाँत कति मिलेका भन्दै मेरो प्रशंसा गर्नुले मलाई कता कता काउकुती लाग्दथ्यो । गालाको माथीको टुप्पो रातो हुन्थ्यो अनि म सहजै हाँसिदिन्थेँ अबुझ भएर तर मैले बुझ्न थालेथेँ म राम्रोको परिभाषा भित्र अटाउने रहेछु । मलाई राम्री भनिने रहेछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोर

~श्याम साह~

मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो ।

बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन थाले । पहिलो थोपा उसको निधारमा खस्यो । त्यसले उसको मस्त निंद्रालाई खलवल्याएको थियो । उसले वेवास्ता गर्दै टाउको अन्तै सार्यो । तर पानी एक ठाउँ मात्र परेको थिएन । पानी लगातार उसको सम्पूर्ण शरीरमा पर्न थाले पछि ऊ जुरुक्क उठ्यो ।

निष्पट्ट अन्धकारमा उसले कालो मात्र देख्यो । ओछ्यान छाम्यो, छोरा वीरबहादुर अझै निन्द्रामा मस्त थियो । छोरालाई पानीले नउठाओस भनरे ओछ्याएको तन्ना पनि उसको शरीरमा ओढ्याइदियो । त्यस पछि उसले अगाडी छाम्यो । तर सीता त्यहाँ थिइनन् ।

‘वीरेकी आमा ?’

” हजुर ! “

सीताको आवाज खाटको कुना तिरबाट आयो । तिनको आवाज टड्कारै थियो । सायद तिनी सुतेकै थिइनन् ।

‘के भो ? किन नसुतेकी ?’

तिनी केही वोलिनन् । निष्पट्ट अन्धकारमा केही पनि देखिन्नथ्यो । सीता ओछ्यानवाट तल झरेको उसले सुन्यो । फेरी उसले पाइला चालेको पनि सुन्यो । तिनले सलाई झिकिन् । छुस्स आवाज निकालेर सलाइको काटी वल्यो । तिनले अगेना छेउको टुकी झिकिन् र बालिन् । फेरी तिनले विडी झिकिन् र टुकीमा सल्काइन् ।

टुकीको उज्यालोमा बखतबहादुरले सीताको अनुहार नियाल्यो । तिनको मलिन अनुहारमा अनौठो भाव थियो । तिनको अनुहारमा मुस्कान पनि थियो । तर तिनी डराएकी जस्ती पनि देखिन्थिन् ।

‘बीरेका बा’

तिनी सानो स्वरमा वोलिन् । तिनको आवाज कारुणिक थियो सायद आत्तिएकी थिइन् ।

‘के भयो वीरेकी आमा तिमीलाई आज ?’

तिनी मुसुक्क हाँसिन । वडो अजिव हाँसो थियो तिनको । तिनले आफ्नो ब्लाउजको कुनाबाट एउटा पोको झिकिन् ।

‘बीरेका बा, हेर्नोस न वाटोमा खसिराखेको थियो । थुप्रै पैसा जस्तो छ ।’

बखतबहादुर छक्क परयो । कति सोझी थिइन् तिनी ? ऊ हतार हतार त्यहाँ पुग्यो । उसले विस्तारै पोको फुकाल्यो । उसका दुवै आँखाहरु चम्किन थाले ।

‘वीरेकी आमा , यो हात्ती भएको पैसा त एउटै एक हजारको हुन्छ ।’

वखतबहादुरलाई अझै विश्वास लागिरहेको थिएन । सीताले अनुहार छोपिन् । तिनले अझै सम्म एकहजार नोट देखेकी थिइनन् ।

‘वीरेका वा, मलाई त डर लाग्न थाल्यो ।’

वखतबहादुरले सीताको मुहार नियाल्यो । चिसो रातमा पनि तिनको अनुहारमा पसिना थियो ।

‘ तिमी न आत्तिकन बस । मलाई गन्न देऊ । ‘

वखतबहादुर पैसा गन्न थाल्यो । हजार हजारका पचास वटा नोट रहेछ ।

” वीरेका आमा, यहाँ त पचास वटा रहेछ । पचास हजार हो यो । कहाँ भेटयौ तिमीले ?’

वखतबहादुर पनि आत्तिएको थिायो । नआत्तिनु पनि कसरी ? जीवनमा पहिलो पटक उसले त्यति धेरै पैसा गन्दै थियो ।

“वीरेका बा, त्यो पैसा जस्ताको त्यस्तै राखिदिनोस । भोली जहाँबाट भेटेको थिएँ त्यहीँ राखिदिन्छु । ‘

तिनको आवाज रुन्चे थियो । एक क्षण त बखतबहादुर पनि आत्तियो । पचास हजार । सानो रकम थिएन, त्यो तिनीहरुका निम्ती । फेरि सीताले त त्यो पैसा भेटेकी थिइन् चोरेर ल्याएको थिइनन् ।

“वीरेकी आमा , तिमीले चोरेर ल्याएकी छैनौ । किन आतिन्छौ ? हेर न हाम्रा दुःख पनि कति छ ? अव त हामी पनि खुसी सँग बाँच्ने छौँ । ‘

टुकीको मधुरो उज्यालोमा अवोध अनुहार लिएर वीरबहादुरले टुलुटुलु हेरेको थाहा पाएपछि तिनीहरु झस्के । दुवैले एक अर्कालाई हेरे ।

” बा, हामीले पैसा भेटेको हो ?’

उसले सोध्यो । एक क्षण दुवै केही वोलेन । वखतबहादरले छोराको कपाल मुसार्यो ।

‘ बाबु, तिमी अहिले सुत ।..’

‘ कसरी सुत्नु ? ओछ्यान त सवै भिजेको छ । ‘

बल्ल तिनीहरुलाई वास्तविकताको वोध भयो । सीताले छोरालाई काँखमा लिइन् । वीरबहादुर त्यहिँ निदाउन थाल्यो ।

” वीरेकी आमा, यो घरलाई भोलि नै प्लास्टिक ल्याएर छाउनु पर्छ । “

तर सीता भने केहि वोलिनन् । तिनी आफै कतै अन्तै डुवेकी थिइन् ।

” वीरेका बा, अव छोरालाई स्कुलमा हालिदिनु पर्छ है ? “

वखतबहादुरले सीताको अनुहार नियाल्यो । उदास भए पनि तिनी धिपिक्क बलेकी थिइन् । कँाखमा छोरा निदाइरहेको थियो । बखतबहादुर सीताका दुवै हात आˆनो हातमा लियो । तिनी आˆनो टाउको लोग्नेको काँधमा अड्याइन् । दुवै गफ गरिरहेका थिए । दुवैले एक अर्कालाई आˆनो सपनामा सुनकाउन थाले ।

सीताले वखतबहादुरको च्यातिएको पाइन्ट सर्ट देखिन् । अव नयाँ किन्नु पर्ने वताइन् । वखतबहादुरले सीताको च्यातिएको साडी देख्यो । त्यो पनि नयाँ किन्ने कुरा गर्यो । त्यस पछि दुवै छोरा तर्फ मोडिए । स्कुलमा भर्ना गर्ने कुरा भइसकेको थियो । अव नया लुगा किनी दिने कुरा गरे । फेरी तिनीहरु घर तर्फ फर्के । यसरी तिनीहरुले सारा रात अनिदो नै काटे ।

भोलि विहानै वखतबहादुर छोरालाई लिएर शहर हिड्यो । त्यहाँ उसले घर छाउन प्लास्टिक किन्यो । आफु , सीता र छोराका निम्ती नयाँ लुगाहरु किन्यो । छोराका लागि चाहिने रङ्गीन कितावहरु किन्यो ।

साँझ फर्किदा गाँउमा भएको हल्ला उसलाई उसलाई रत्तिभर पनि थाह थिएन । सीता निकै नै आत्तिएकी थिइन् ।

” थाह पाउनु भो हिजो राती कसैले कप्तान बाको घरबाट ताल्चा फोडेर पैसा चोर्यो रे ? “

वखतबहादुर पनि आत्तियो । फेरि आफूलाई सम्हाल्यो । सीताले त्यो पैसा भेटेकी थिइन् । चोरेकी थिइनन् । फे पिनिर उसले सोध्यो,

” हिजो किन थाहा पाइनौ त ? ’

” कसरी थाहा पाउनु ? हजुर निस्के लगतै म पनि दाउ।रा लिन जङ्गल हिडेँ । तपाई जसरी म पनि बेलुकी मात्र फर्के । आज पो मुखिया बाकोमा भाँडा मस्काउन जाँदा थाहा पाएकी ।’

तिनी साह्रै आत्तिएकी थिइन् । त्यो पैसा कप्तान बाको हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । तर पनि तिनीहरु आत्तिए ।

” म त भन्छु जस्ताको त्यस्तै पुर्‍याइदिउ ।…..कप्तान बाको छोरा खुकुरी लिएर खाज्दैछन् रे ।’

सीता धेरै डराएकी पनि थिइन् । तिनको आवाज रुन्चे थियो । सायद रुन पनि थालेकी थिइन् । डराउन त वखतबहादुर पनि डराएको थियो । तर ऊ रुन सक्थेन ।

” तिमीहरु वस्दै गर । म थाहा पाएर आउँछु । “

वखतबहादुर निस्क्यो । अंध्यारो हुन लागेको थियो । ऊ एक तमास भएर ओरालो झर्दै थियो । एक किसिमको आँधी चलिरहेको थियो ऊ भित्र । के त्यो पैसा कप्तान बा कै होलान् त ? भए पनि दराज फोडेर लगेको पैसा सडकमा कसरी पुग्यो ?

अव उसले त्यो पैसा सडकमा भेट्यो भने पनि कसले पत्याउने ? पैसा त उसले चलाई सकेको थियो । त्यो पनि कसरी पुर्‍याउने ? फेरि उसले कप्तान बाको छोरा सम्भ्यो । ठूलो ज्यान भएको ऊ खुकुरी लिएर चोर खोज्दैछन् रे ?

” ओई वखते कता हिँडेको यो अध्ँयारोमा ? “

एक क्षण त ऊ तस्र्यो र पनि फक्र्यो । ऊ सँगैको साथी रहेछ ।

” यसो तल्तिर हिँडेको । “

ऊ नरोकिकन भन्यो । तर विस्तारै हिड्न थाल्यो ।

” अनि र्फकनु पनि त पर्ला नि ? राती हुन लाग्यो । समय सकाल राम्रो छैन है । “

ऊ बखतबहादुर नजिक पुगिसकेको थियो । विस्तारै बखतबहादुरको कानमा साउती गर्दै भन्यो,

” कप्तान बाको दराज फोडेर पैसा चोरेको थाहा पायौ ? “

बखतबहादुरको मुटु ढुकढुक गर्न थाल्यो । र पनि विस्तारै सोध्यो ,

” सुन्न त सुनेको थिएँ । साँच्चै कति पो पैसा थियो हँ ?”

” खै,पचास हजार थियो भन्छन् ।”

बखतबहादुरको शरिरमा चट्याङ परे जस्तै भयो । सीताले भेटेको पैसा पनि पचास हजार नै थियो ।

” मलाई त यो काम चोरको लाग्दैन वखते ।…त्यहाँ त पैसा बाहेक गहनाहरु पनि थिए । खै लगेन त ? अरु वेला त बुढा कै छोरा पैसा चोर हिँड्थ्यो । फरक यत्ति हो । ऊ यस पटक यहीँ छ । अझ उसैले चोर खोज्दै हिँडिरहेछ छ पनि सुनेको छु ।”

बखतबहादुरको आँखामा कप्तान बाको छोराको जण्ड अनुहार नाच्न थाल्यो । खुकुरी लिएका वडेमानको शरिर । वलियो हातमा नाङ्गो खुकुरी । ऊ अगाडी हिड्न सकेन ।

” ढिलो हेाला जस्तो छ । म यहिँवाट फर्किन्छु । “

बखतबहादुर फक्र्यो । चोरी गरेका थिएनन् उनीहरुले । फेरी पनि चोर हुँदै थिए ।

बखतबहादुर केही सोच्न सकेन । उसको आँखामा केवल कप्तानको जेठा छोरा थिए । जो नाङ्गो खुकुरी बोकेर उसैलाई झम्टन आइरहेको जस्तो थियो ।

बखतबहादुर पिँढीमा गएर थुचुक्क वस्यो । सीता उसको नजिक आइन् ।

” वीरेकी आमा त्यो त कप्तान बाकै पैसा रहेछ । “

बखतबहादुरका आवाजमा निराशा व्याप्त थियो ।

‘खै कसले हो ? कप्तान बाको पैसा चोरेको रहेछ । सायद उसले हराएपछि तिमीले भेटेको हुनु पर्छ।’

रात चकमन्न थियो । तर ताराहरु अझै देखिसकेका थिएन । तिनीहरु एकअर्का तर्फ नै फर्केका थिए । तर तिनका अनुहार भने देखिएका थिएनन् ।

” के गर्ने त वीरेका बा ? बरु सवै पैसा लगेर बुझाइदिउ। “

” कसरी बुझाउने ? पैसा त हामीले चलाइसक्यौँ । पाँचहजार जति त खर्च पनि भइसक्यो । फेरी हामीले चोरेका होइनौ भनेर कसले पत्याउने ?’

बखतबहादुर आफूलाई सवै भन्दा लाचार पायो । उसको आाखामा अझै पनि खुकुरी नचाउँदै गरेको कप्तानको छोराको तस्वीर नाचिरहेको थियो ।

” के गर्ने त वीरेका बा ? “

सीता पनि निराश देखिइन् ।

” वीरेकी आमा , यो कुरा बाहिर कसैले थाहा नपाओस । कसैले यसवारे भूलेर पनि कुरा नगर्नु । अहिले यो पैसा नचलाई लुकाएर राखिदिउँ पछि कुरा सामसुम भए पछि चलाउँला । “

तिनी केही वोल्न सकिनन् । तिनले वोलेर के नै हुन्थ्यो र ? खिन्न अनुहार लिएर तिनी भित्र पसिन् । टुकीको मधुरो उज्यालोमा छोरा अझै बाबासँग लागेर आएको रङ्गीन कितावको चित्र हेर्दै थियो ।

तिनी छोराको अनुहार नियालिन् । कसै गरि यो कुरा बाहिर थाह भयो भने तिनीहरु चोर सावित हुन्थ्यो । तिनका छोरा पनि चोरका छोरा हुन्थ्यो । त्यो निदर्।मेष अनुहार, जो टुकीको मधुरो उजयालोमा टुलुटुलु आफ्नो भविष्य खोज्दै थियो । उसको निधारमा पनि चोरका मोहर लाग्ने छ । तिनको मुटु ठूलो बोझले थिचे जस्तो भयो । तिनी त्यहाँ उभिरहन सकिनन् ।

राती तिनीहरुले बाकी पैसा प्लास्टिकमा बेरेर अगेनो छेउमा गाडे ।

विहान सदा झै बखतबहादुर काम गर्न शहर हिडेँ । घरमा सीता र छोरा बीरबहादुर मात्र भए । खाना खाए पछि वीरवहादुर पनि खेल्न भनि तल गाँउमा झरे । घरमा एक्लो सीता मात्र भइन् ।

साँझ पर्नु अगावै सीता भान्साको तयारी गर्न थालेकी थिइन् । लोग्ने र छोरा अझै फर्किसकेको थिएन । तिनले मानिसहरु हिडेको सुने पछि वाहिर निस्किन् । कप्तान बाका छोरा सहित अरु पाँच जना मानिसहरु थिए । एक क्षण त तिनको होसहवास उड्यो । तिनी डरले कालोनिलो भइन् ।

” बखतबहादुर खोई ?

एक जना कड्किदै सोधयो ।

” आउनु भएको छैन । भरै अवेर फर्किनुहुन्छ । “

” ऐ भोलि विहान कतै जानु पदैन । खुरुकक मेरो घर पठाइदिनु ।”

यस पटक कप्तान बाको छोरा आफै कड्किए । सीता केही वोल्न सकिनन् । डरले तिनको हृदयको गति बढिरहेको थियो । मुटु फुट्ला जस्तै भयो । तिन्ले पिँढीको खाम्वो समातेर त्यहिँ थुचुक्क वसिन् ।

छोरा फक्र्यो । तिनी त्यहिँ वसि रहिन् । जति वोलाउँदा पनि नवोले पछि ऊ आफै लुसुक्क घर भित्र छिर्यो । राती हुन लाग्यो । अन्धकारसँगै बखतबहादुर पनि फक्र्यो । सीता त्यसरी बसेको देखेर उसको मनमा पनि चिसो पस्यो । ऊ सीताको निधार सुमसुम्यायो । सीता डाँको छोडेर रुन थालिन् ।

“वीरेका बा तिनीहरुले सवै थाहा पाए । “

बखतबहादुर जड भएर उभिरह्यो । आमा रेाएको सुनेर छोरो पनि नजिक आयो ।

” कसरी थाहा पाए तिनीहरुले ? तिमीले कहाँ भनेकी थियौ । “

निकै वेर पछि बखतबहादुरको बोली फुट्यो । ऊ कामिरहेको थियो ।

” कहा भन्नु मैले घरबाट कहिँ निस्केको त छैन । “

तिनी रुदैँ भनिन् ।

” कसले भन्यो त्यसो भए ? “

बखतबहादुर रिसले काम्दै करायो । दुवै छोरा तर्फ फर्के । वीरबहादुर डरले रातो भएको थियो । दिउँसो वीरबहादुर मुखिया बाका नातीसँग खेल्दा उसले भेटेको पैसावारे भनेको थियो । किनकी उसले वीरबहादुरलाई उसको हजुर बासँग धेरै पैसा भएको धाक लगाएको थियो । उसले पनि उसको बुबाले पैसा भेटेको सुनाएको थियो ।

बखतबहादुर रिसको झोँकमा छोराको गालामा एक चड्कन हान्यो । ऊ रुन थाल्यो । तर उसको रिस भने अझै मरेको थिएन् । उसले अर्को पटक पनि हात उठाउदा सीता अगाडि आइन् ।

” उसलाई किन कुट्नुहुन्छ ? पैसा त मैले ल्याएकी थिएँ । “

छोरालाई अङ्गालोमा लिएर तिनी रुन थालिन् । रातको निस्तब्धतामा तिनीहरुको रुवाई झन् चर्को सुनिन्थ्यो । जुन उसको लागि झन् असहृय थियो । आˆनो दुबै हात टाउकोमा राखेर ऊ थुचुक्क बस्यो ।

” गल्ती त मेरै हो ।… “

उसको आवाज रुन्चे थियो । उसका आँखाबाट आँसु खसिरहेको थियो । आँसु पुछ्दै उसले फेरि भन्यो,

” ….. तिमीले त पैसा पुर्‍याइदिन भनेकै थियौ नि ,…मै ले लोभी भएको । “

ऊ आफैसँग बर्बराई रहेको थियो । निकै बेर सम्म उनीहरु तेसै केहि नगरि वसिरहे ।

“वीरेका बा , ” .

सीता सुस्तरी वोलिन । तिनको काँखमा वीरबहादुर अझै हिक्क हिक्क गर्दै रोइरहेको थियो ।

” …. भोली के गर्ने ? विहानै तपाइलाई आउनु भनेका छन् ।.. ” .

तिनी एक क्षण चुप लागिन् । लोग्ने तिर हेरिन् ऊ एक तमास भएर कहिँ नियालिरहेको थियो । ऊ केही नवोले पछि फेरि तिनी नै बोलिन् ,

” … जे जति छ सवै दिएर साँचो कुरा भनि दिउँ । “

बखतबहादुर अझै केहि वोलेन । सीताको काँखमा छोरा रुँदा रुँदै निदाई सकेको थियो ।

‘कसले पत्याउँछ हामीलाई ?’ बखतबहादुर निकै वेर पछि बोल्यो । त्यति बेला ऊ डराएको जस्तो थिएन । निकै कठोर देखिन्थ्यो ऊ ।

” कसले पत्याउँछ कि त्यो पैसा हामीले भेटेका हो, चोरेका होइनौ ? हामी सवै थोक बुझाएपछि पनि त्यो बुझाएको होइन, समातिएको हुनेछ । हामी त चोर भइसकेका छौँ सीता । “

सायद पहिलो पटक बखतबहादुरले तिनलाई सीता भनेर सम्वोधन गरेको थियो ।

” यो गाउँमा चोर भएर वस्न भन्दा नवस्नु वेस । “

उसले निर्णय गरिसकेको थियो । त्यति बेला अनुहार एकदमै सपाट थियो उसको । त्याहाँ हरु कुनै भाव थिएन ।

” जे जे चाहिन्छ, सवै बाँधिहाल । विहान भाले बास्नु अगावै हामी निस्कने छौँ । विहानै वजारमा सदरमुकामबाट तरकारी लिन गाडीहरु आउँछ । हामी त्यहि सँगै निस्कनुपर्ला । “

सीता पनि केही वोलिनन् । छोरालाई तिनले ओछ्यानमा सुताइन् र तिनीहरुलाई चाहिने सामान थुपार्न थालिन् । चारैतिर हेरिन् तिनले । के नै थियो र त्यहाँबाट लानका निम्ति ? अलिकति लुगा, केही भाँडाकुडा । एक्कासी तिनको ध्यान गाडिएको पैसातिर गयो ।

” वीरेका बा , त्यो पैसा चाहि के गर्ने ?”

” जस्तो छ ,त्यस्तै छोडिदेउ । त्यहिँ कुहेर बसोस् । त्यसैको कारणले यत्रो दुःख पाइँदै छ । जहाँ लगे त्यहिँ दुःख पर्छ । “

त्यस पछि तिनीहरु रातभर बोलेन । तिनीहरु सारा रात अनिदो नै काटे । भाले बास्नु अगावै बखतबहादुरले आकास नियाल्यो । तराजु तारा पुर्वतिर ढल्किन लागेको थियो । तिनीहरुको निस्कने बेला भइसकेको थियो । उसले छोरालाई पिठ्युमा बोक्यो । सीताले जम्मा पारेको पोको बोकिन् । त्यसपछि तिनीहरु घरवाट निस्के ।

रात चकमन्न थियो । आकाशमा ताराहरु पिलपिल गर्दै तिनीहरुका मुकदर्शक भएका थिए । एक्लो जून आज मलिन र उदास देखिन्थ्यो । तिनीहरु हिँडदा वाटामा एक दुई पटक कुकुरहरु पनि भुके । केहि क्षण पछि अलि माथि पुगेर तिनीहरु पछाडि फर्के । जुनेली रातको मधुरो उज्यालोमा गाँउ प्रष्ट देखिन्थ्यो । त्यसमा भन्दा अलि माथि सुनसान ठाँउमा उनीहरुको घर थियो । जुन त्यहाँवाट जुनेली रातको उज्यालोमा तिनीहरुको वियोग रोइरहेको जस्तो देखिन्थ्यो । दुवैका आँखाबाट एकैपटक आँशुका केही थोपाहरु खसे । दु्वैले एक अर्कातर्फ हेरे । आफ्रना आँखाहरु पुछे । र सरासर आफ्नो बाटोतिर लागे ।

विहानै सदरमुकामवाट तरकारी लिन आएको गाडीमा तिनीहरु चढे । हिजो दिनभर भारी बोकेर कमाएको पैसा बखतबहादुरले आˆनो सर्टको अगाडीको खल्तीमा राख्यो ।

गाडी घ्यार घ्यार गर्दै अगाडि हिड्न थाल्यो । गाडीभरि मानिसहरुको भिड थियो । गाडीको आवाज र मानिसको हल्लाले वीरबहादुर ब्युँझियो । उसलाई गाडीको त्यो वातावरण अत्यन्तै विरानो लाग्यो । अचानक उसले बुबाले थप्पड हानेको सम्भ्ःयो । त्यसपछि ऊ बुबाको काँखबाट आमाको काँखमा गएर बस्यो ।

” आमा हामी कहाँ हिडेको ? हाम्रो घर खोई ? “

बखतबहादुरको अनुहार रुन्चे भयो । सीताले उनको अनुहार नियालिन् । उसको आँखा पिलपिल गर्दै थियो । स्रीता पनि आफूलाई थाम्न सकिनन् । तिन्का आँखा पनि भरिए ।

” बाबु हामीले घर छोड्यौँ । अव हामी शहर जाने । “

तिनी अगाडी बोल्न सकिनन् । छोराको अनुहार पनि रुन्चे भयो । तिनी आफ्नो अनुहार भ्ःयालतिर फर्काइन् । चिसो हावाले तिनीहरुको मुहारमा स्पर्श गर्न थाल्यो । तिनका आँखाका आँशु पनि त्यहिँ सुक्न थाल्यो ।

तिनीहरु सदरमुकाम पुग्दा घाम लागिसकेको थियो । त्यहाँका निम्ती तिनीहरु नयाँ थिए । सवै थोक नौलो लागिरहेको थियो तिनीहरुलाई । रातीदेखि तिनीहरुले केहि पनि खाएका थिएनन् । त्यसैले भोक पनि जोडसँग लागिरहेको थियो । बखतबहादुरले नजिकैको किराना पसलबाट चिउरा किनेर ल्यायो । र छेउकै होटेलमा अलिकति नुन माग्यो । तिनीहरुले त्यहि चिउरा पानी र नुनसँग भिजाएर खाए ।

तिनीहरु त्यहाँ विल्कुल नौला थिए । के गर्ने कसैलाई थाहा थिएन । र पनि केहि त गर्नैपथ्र्यो ।

” वीरेकी आमा , तिमी छोरा लिएर यहिँ वस । होटेलकी साहुनी दयालु जस्ती छिन् । म काम खोज्न जान्छु । नआत्तिनु छोरालाई कतै जान नदिनु । म भरै साँझ तिर मात्र र्फकन्छु । “

यत्ति भनेर बखतबहादुर त्यहाँबाट हिड्यो । तिनी भने छोरालाई समातेर त्यहाँ उभिरहिन् । लोग्ने त काम खोज्न भनेर हिँडेको थियो र तिनलाई कतै नजान पनि भनेको थियो । तर तिनका अगाडि सारा दिन एउटा पाहाड वनेर तेर्सियो । त्यत्तिकै सारा दिन कसरी विताउन सक्थिन् र तिनले ?

तिनी होटेलको साहुनी कहाँ पुगिन् । खै के के कुरा गरिन् तिनले । एक क्षण पछि तिनी त्यहाँ वसेर होटेलको भाँडा मस्काउन थालिन् । छोरा भने तिनको नजिक बसिरह्यो ।

होटेल राम्ररी नै चल्थ्यो । तिनी दिनभर भाँडा मस्काइरहिन् । वीरबहादुर दिनभर आमासँगै बसिरह्यो । य एक दुई पटक होटेलकी साहुनी आफुतिर बोलायो । तर वीरबहादुर गएन ।

साँझ परिसक्दा पनि बखतबहादुर नआए पछि सीता आतिन् । दिनभर एकहोरो भाँडा माझेर होला होटेलकी साहुनी सहानुभूतिको स्वरमा भनिन् ,

” किन आत्तिन्छौ ? लोग्ने मानिस हो, कहिँ कतै भूलेको होला । नत्र कुनै काम अल्झेको होला । ढिलो चाँडो आइहाल्छ नि । आएन भने यहिँ वस । “

तर त्यसले सीतालाई सन्तोष पार्न सकेन । तिनी एकहोरो सडक तर्फ हेरिरहिन् । अन्धकारले छोपिसकेपछि बखतबहादुर फक्र्यो । वत्तीको उज्यालोमा ऊ पसिनाले भिजेको तिनले प्रष्टै देखिन् । भर्खरै काम सकेर आएको जस्तो थियो । उसको शरिर ईटाको धुलोले पुरै रातो देखिन्थ्यो ।

” पर एउटा घर बनिरहेको रहेछ । त्यहिँ इट्टा ओसार्ने काम पाएँ । पहिलो दिन भएर होला, राती सम्म आसार्न लगाए । “

एकै सासमा भन्यो उसले । अनि सीताको अनुहार हेरेर हाँस्न खोज्यो तर अहँ उसको अनुहारमा मुस्कान भने पटक्कै देखिएन । उसले छोरालाई हेरयो । उसको टाउको सुमसुम्यायो । तर छोरा भने उबाट पर सरेर आमासँग टाँसियो ।

उसले बुबाको थप्पड अझै विर्सेको रहेनछ । बखतबहादुरको मन नराम्ररी विभ्ःयो । खाना तिनीहरुले त्यहिँ खाए । सिताले दिनभर भाँडा मस्काएकी थिइन् । होटेलकी साहुनीले केहि पैसा तिनको हातमा राखि दिइन् ।

अब भने तिनीहरुलाई बासको समस्या आइ लाग्यो । तिनीहरु त्यति बेला सडकमा थिए । त्यो पनि सुनसान थियो । चारैतिर अन्धकार व्याप्त थियो ।

” हुनत हामीले काम गरेको घरमा जाँदा पनि हुन्थ्यो । तर त्यहाँ अरु काम गर्ने मानिसहरु पनि छन् । अलि पर पाटी जस्तो बस्ने ठाउँ छ । त्यहिँ जाउँ । “

तिनीहरु यात्रुहरुका लागि बनाइरहेको बस विसौनीमा पुगे । त्यो रात तिनीहरुले त्यहिँ विताउने भए । सीता आफुले ल्याएको पोको त्यहाँ विसाइन् । छोरा चाडै तिनको काँखमा सुत्यो । तिनीहरु पहिलोपटक घरबाट वाहिर रात विताउँदै थिए ।

छोरा सुतिसकेको थियो । सीता पनि निदाइसकेकी थिइन् । तर बखतबहादुर भने निदाउन सकेको थिएन । सायद ऊ तन्द्रामा थियो । गाँउका सम्झनाहरु उसको आाखा अगाडि आउँथे र जान्थे ।

प्रहरीको भ्यान तिनीहरुको अगाडि घ्याच्च रोकियो । एक्कासि परेको हेडलाइटको उज्यालोले तिनीहरुका आँखा तिरमिराए ।

” ऐ , के हो तिमीहरु ? “

एक क्षण सवै आत्तिए को हुन् तिनीहरु ? के भन्यो भने ती प्रहरीले तिनीहरुलाई चिन्लान् ? तिनीहरुका नामले ? अहँ , तिनीहरुसँग त्यस्तो कुनै परिचय नै थिएन ।

” हजुर हामी …. “

बखतबहादुरले त्यति मात्र बोल्न सक्यो । करिव १० जना जति प्रहरीहरुले उनीहरुलाई चारैतिरबाट घेरिसकेका थिए । छोरा पनि एक्कासि त्यति धेरै मानिस देखेपछि रुन थाल्यो ।

” यहाँ के गर्दै छस् ? “

” आजै गाँउबाट आएको हजुर । बस्ने कुनै ठाँउ भेटेन । “

” साला ! यत्रा लजहरु देखेनौ ? हेर्दै चोर जस्तो छ । ठोक ऐ यसलाई ।”

एकजना बोलेको के थियो, अर्कोले बखतबहादुरको कठालो जोडले समात्यो । लगत्तै उसको ढाडमा बुटले हान्न थाल्यो । अव सीता पनि रुन थालिन् ।

” चुप लाग !”

“राती यसरी बस्न कसले भन्यो ? खै कति रुपैया छ , सवै झिक ।”

अघि कै मान्छे बोल्यो । बखतबहादुर हतारहतार दिनभर कमाएको पैसा तिनीहरुको हातमा थमाइदियो ।

“साले, के हो यो ?”

उसले एक लात्ती बखतबहादुरको ढाडमा हान्यो । बखतबहादुर पर उछिट्टयिो ।

” हजुर यत्ति नै छ । “

ऊ पिडाले कराउँदै भन्यो । ऊ रुन पनि सकिरहेको थिएन ।

” अव भोलि फेरि यँहा भेटिस भने थानामा लगेर जाक दिन्छु । “

त्यति भनेर तिनीहरु हिडे । त्यसपछि तिनीहरु सुत्न सकेनन् । रातभर रोइरहे । छोरा बखतबहादुरको काँखमा बाबा भनेर टाँसियो । त्यस पछि बखतबहादुरको पनि भक्कानो छुट्यो । तिनीहरु सारा रात रुँदै काटे ।

” वीरेका बा , तपाई अव त्यहिँ वनिरहेको घरमा नै बस्नोस् । बरु म होटेलको दिदीलाई मनाउँला । “

विहान भएको थिएन । अँध्यारोमा एक्कासि सीताले बोलेकी थिइन् । छोरा रुँदारुँदै बखतबहादुरको काँखमा सुतिसकेको थियो । उसको आँखा र ढाड सुन्निएको थियो । छोराको गालाभरि आँशुको दाग थियो । उसले विस्तारै त्यसलाई पुछिदियो । तर ऊ केही वोलेन । त्यहि त एउटा विकल्प थियो तिनीहरुका लागि । त्यसपछिका केहि दिन तिनीहरुले त्यसरी नै विताए । सीता छोरालाई लिएर होटेलमा बस्न थालिन् । बखतबहादुर दिनभर काम गथ्र्यो । साँझ एकपटक होटल पुग्थ्यो । आँउदा उसको अनुहार उदास हुन्थ्यो । जाँदा प्रत्येक पटक रोएको हुन्थ्यो ऊ । भेट्दा सिता रुन्थिन् । यसरी आमाबुबा रोएको देखेर छेारा पनि रुन्थ्यो ।

त्यसदिन पनि बखतबहादुर इट्टा माथिल्लो तल्लामा ओसार्दै थियो । दिउँसोको वेला उसले एक भारी इट्टा माथि लग्यो । इट्टा विसाए पछि लामो साँस फेर्यो उसले । उसको शरिर भरि पसिना थियो । परबाट आएको एक झोका शितल बतासले उसलाई स्पर्श गर्‍यो । सारा थकान विर्सेर उसले परसम्म हेर्न थाल्यो । निकै पर एक हुल मानिसहरु आइरहेको देख्यो । सुरुमा उसले वास्ता गरेन । तर चिने जस्तो पनि लागयो उसलाई । तिनीहरु नजिकिँदै थिए । उसले नियालेर हेर्यो । दौरा सुरुवालमाथि कोट र टोपि लगाएका कप्तान बालाई उसले प्रष्टै चिन्यो । छेउमा गाँउका मुखिया पनि थिए । सँगसँगै गाँउका अरु मानिसहरु पनि थिए ।

आफुलाई गतिहिन महसुस गर्‍यो उसले । सारा संसार रोकिएको जस्तो अनुभव गर्‍यो । अव तिनीहरु आउनेछन् । चोरलाई समाते जसरी उसलाई समात्नेछन् । चोरलाई जसरी गाँउ लगनेछन् । सँगै सीता हुनेछिन् । साथ मै उसको छोरा हुनेछन् । त्यसको कल्पना मात्रले आतङ्कति भयो ऊ ।

चिसो वतासले ल्याएको सारा सितल्ता हरायो । उसको शरिर भरि पसीना आउन थाल्यो । ऊ भाग्न चाहयो । तर सकेन । अव कहाँ भागोस ? यहाँ पनि त ऊ भागेरै आएको थियो । ऊ निर्जीव खम्वा जस्तै जड्वत उभिरह्यो ।

तिनीहरु आए । उनकै नजिक आए । ऊ अझै त्यसरी नै उभिरहेको थियो, प्रतिक्रिया विहीन भएर । तर तिनीहरुले उसलाई समातेनन् । सवै उसको नजिक आएर उभिए ।

” कस्तो छ बखतबहादुर तिमीलाई ? तिम्रो जहान र छोरा खोई ? “

कप्तान बाको उदास आवाज गुञ्जियो । अलिकति पनि कठोर भावना थिएन उसको आवाजमा । त्यसको साटो त्याहाँ अपार सहानुभूति थियो । बखतबहादुरका नजर झुके । त्यो सहानुभूति उसको लागि अनपेक्षित थियो । ऊ भक्कानिएर रुन थाल्यो ।

” भयो बखत, नगरेको गल्तीको सजाय कति भोग्छौ । गल्ती त हाम्रो हो । चोर तिमी होइनौ । चोर त मेरै छोरा हो । तिमीले त केवल हराएको पैसा भेट्यौ । …. हिँड हामी त तिमीलाई लिन आएको । ‘

सवै मौन थिए । र सवैका आँखामा एउटै भाव थियो । तर बखतबहादुरको रुवाई भने अझै रोकिएन ।

” हामीले त पैसा बुझाउन खोज्यौँ ।… तर पहिल्यै चलाइसकेकोले डर लाग्यो ।…बाँकी पैसा बुझाउने साहस नै भएन ।…अनि सवै पैसा घरमा छोडेर हिड्यौँ । “

फेरि बखतबहादुरको रुवाई चर्को भयो ।

” भो बखत, फेरि त्यो पैसाको कुरा नगर । तिम्रा जहान र छोरा खोई ? “

वरपरका अरु काम गर्ने मानिसहरु पनि जम्मा भइ सकेका थिए । एउटा भिड जम्म्ाा भइसकेको थियो । त्यस पछि फेरि बखतबहादुरलाई त्याहाँ काम गर्नु परेन ।

तिनीहरु सवै होटेल गए । आफ्नो बाबालाई गाउँहरुलेसँग आएको सवैभन्दा पहिले वीरबहादुरले देख्यो । ऊ दौडेर आमा कहाँ पुग्यो । तिनी अझै भाँडा मस्काउँदै थिइन् । तिनले आफ्नो हात पनि चुठ्न पाइनन् । छोराले तिनलाई डोर्‍याउँदै वाहिर ल्यायो । सम्पूर्ण गाउँलेसँगै बखतबहादुरलाई त्यसरी देखेपछि तिनी पनि तर्सिन् । सायद तिनलाई पनि लाग्दो हो , तिनीहरु समातिए । बखतबहादुर आफै नजिक आयो ।

” वीरेकी आमा तिनीहरुले हामीलाई समात्न आएका होइनन् । लिन आएका हुन् । हिँड, अव हामी गाँउ जान्छौ । “

सीताको आाखा पनि भरियो । छोरालाई अङगालोमा लिदै तिनी रुन थालिन् । तिनी होटेल भित्र छिरिन् । होटेलकी साहुनीसँग भेटिन् । सारा कुरा थाहा पाएपछि तिनको आँखा पनि रसाए । तिनी वीरवहादुर तिर हेरिन् । यस पटक तिनले बोलाइनन । ऊ आफै तिनको नजिक आयो । तिनले उसको कपाल मुसारिन् । उसको हातमा केही पैसा राखिदिइन् । त्यति दिन काम गरेको पैसा तिनले सीताको हातमा राखिदिइन् ।

त्यसपछि सारा गाउँलेहरुसँग तिनीहरु घर फर्के । सवैथोक नौलो लागिरहेको थियो तिनीहरुलाई । छोरा त गाउलेहरुसँग खेल्दै र जिस्कँदै आए । तर बखतबहादुर र सीता भने बाटो भरि कतै हाँसेनन् । वाटोमा पनि पटक पटक आँशु पुछेका थिए । तर तिनीहरुलाई एउटा अपार शान्तिको बोध भने भएको थियो । तिनीहरु ढुक्क भएका थिए । तिनीहरु चोर होइनन् ।

(श्रोत :- Onlinekhabar )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शासन

~नयनराज पाण्डे~

हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । त्यति विशाल । त्यति गोप्य । पूरा भूकम्प प्रतिरोधक । घरअनुसार नोकरचाकर पनि थिए । सुसारे, धाइआमा र धाइबा पनि थिए । थुप्रै थिए ।

कोठा पनि थुप्रै थिए । सयौं । कुन कोठामा को बस्छ भनेर लगत नै राख्नुपथ्र्यो । भान्सेहरू दर्जनौं थिए । उनीहरू दिनभरि विभिन्न थरीका पकवान र मिष्ठान्न पकाउन व्यस्त हुन्थे । उनीहरू विशेष गरेर मासु र रगत अर्थात् रक्तिका परिकार बनाउन माहिर थिए । तिनीहरूलाई खानसामा भनिन्थ्यो । उनीहरू निकै स्वादिष्ट परिकार पकाउँथे । हामीकहाँ दिनहुँजस्तो भोज चलिरहन्थ्यो । दिनै जसो स्वदेशी विदेशी पाहुनाहरूको घुईंचो नै लाग्थ्यो । चाकडीमा आउने, उपहार नजराना चढाउन ल्याउने र भजनमण्डलीलाई पनि भोजन ख्वाएरै पठाउनुपथ्र्यो । त्यसैले भान्सा, बैठक र भोजन कक्ष सधैं भरिभराउ रहन्थ्यो ।

परिवार ठूलो थियो । सयौं सदस्य । त्यसैले आवश्यकता ठूलो थियो । चाहना पनि ठूलो थियो । आकाङ्क्षा पनि ठूलो थियो । सबैका आआफ्नै खालका महत्त्वाकाङ्क्षा ।

बगैंचा पनि ठूलो थियो । भव्य पनि थियो । मालीहरू दर्जनौं थिए । उनीहरू हरेक समय थरीथरीका फलफूलहरू रोप्न, गोडमेल गर्न, मलजल गर्न मै व्यस्त हुन्थे । बगैंचामा सयौंथरीका फूलहरू थिए, सयौंथरीका फलहरू थिए । गुलाफमात्र दर्जनौं जातका थिए । सेता, राता, काला, नीला, पहेंला गुलाफहरू । बाह्रैमास ढकमक्क फुल्थे । कतिपय बेमौसमी पनि थिए । मालीहरूले निकै मिहेनत गरेर ती बेमौसमी फूलहरूलाई फुल्न बाध्य पार्थे ।

……

सयौंथरीका पक्षीहरू पनि थिए हामीकहाँ । हाम्रो घरको डाँफे विशेष चर्चित थियो । त्यो हाम्रो घर छाडेर कतै पनि जाँदैन थियो । मुजुर पनि प्रशस्तै । मान्छेजस्तै बोल्ने तोतामैना पनि थिए । राजहाँस, सारस, लभ बर्डहरू पनि थुप्रै थिए । रातिराति कता कताबाट लाटोकोसेरो पनि आइपुग्थ्यो । सिजनमा साइबेरियातिरका पक्षी पनि आइपुग्थे । हरिण, कृष्णसार पनि थिए । चित्तल र बँदेल पनि थिए । हामीलाई तिनको मासु अत्यन्त मीठो लाग्थ्यो । हामी त्यसैले सिकार पनि गथ्र्यौं । बोराका बोरा सुकुटी हुन्थ्यो हामीकहाँ ।

हाम्रो घरमा स्विमिङ पुल पनि थियो । विशाल स्विमिङ पुल । मैले स्विमिङ सिकेकै त्यहीँ । हामी स्विमिङ गरिरहँदा हाम्रा सुसारेहरू हाम्रो जीउ पुस्न रुमाल लिएर घन्टौं उभिइरहन्थे । हामी भने दिनभरि स्विमिङ खेलेर उनीहरूलाई दिनभरि उभिइरहन बाध्य पाथ्र्यौं । बडा मजा आउँथ्यो । त्यति गर्दा पनि उनीहरू बुबाहजुरसित हाम्रो सिकायत गर्दैनथे । बडा आज्ञाकारी र अनुशासित हुन्थे हाम्रा सुसारेहरू ।

हाम्रा घरमा कुकुर पनि थुप्रै थिए । विभिन्न नश्लका कुकुरहरू । डोबरम्यान मलाई अति नै मनपर्ने । मलाई मनपर्छ भनेर बुबाहजुरले बेलायतबाट दुईवटा डोबरम्यान मगाइदिस्याथियो । पछि ती खै कुन्नि के रोग लागेर मरे । हुन त हामी हाम्रा कारिन्दाहरूलाई पनि कुकुरै भन्थ्यौं ।

……

हाम्रो घरमा तबेला पनि थियो । तबेलामा थुप्रै अरबी घोडाहरू थिए । हामी घोडामा चढेर खूब सयर गथ्र्यौं । घर वरिपरि ठूलाठूला मैदान भएकाले हामी परिवारका सदस्यहरूबीच त्यहीँ घोडादौड प्रतियोगिता पनि हुन्थ्यो । त्यस्तो प्रतियोगितामा म धेरैपटक प्रथम भएको छु । केही घोडाहरू उत्ताउला हुन्थे । दिज्यूहरूले गएर सुम्सुम्याउनु पथ्र्यो । दिज्यूहरूले नै तिनीहरूको बानी बिगारिदिएको । हामीद्वारा कैलेकाहीं बग्गी पनि चढिन्थ्यो । हात्ती पनि पालिएको थियो । हामीद्वारा हात्ती पनि चढिन्थ्यो ।

हामी विलियर्ड पनि निकै खेल्थ्यौं । हाम्रो घरमा दुई तीनवटा विलियर्ड रुमहरू थिए । विलियर्ड रुमसँगै बार रुम पनि थियो । बारमा हजारौंथरीका विदेशी रक्सीहरू थिए । स्कच । हि्वस्की । रम । वाइन । ब्राण्डीहरू । सबैका आ-आफ्नै पि्रय ब्राण्डहरू थिए । त्यसैले धेरैथरीका रक्सीहरू राख्नु जरुरी थियो ।

रक्सी खाएर हामी निकै मात्थ्यौं । त्यसपछि हतियार कक्षमा गएर बन्दुक चलाउन सिक्थ्यौं । मातेकै बेलामा मैले एकपटक गलत निशाना लगाएँछु । जगते भन्ने ढोके पुर्लुक्क ढलेछ । उसलाई घर पछाडिकै बगैंचामा खाल्टो खनेर गाडियो । कुरो सामसुम भयो । कसैलाई पत्तै भएन । तर केही सुसारे र पालेहरू बगैंचामा रातिराति जगतेको भूत देखिन्छ भनेर आपसमा कुरा गर्थे । हामी त्यस्ता कुरा सुनेर हास्थ्यौं ।

……

घरमा पुस्तकालय पनि थियो । किताबहरू प्रायः अंग्रेजीकै थिए । म अंग्रेजी साहित्य निकै रुचि साथ पढ्थें । शेक्सपियर, शेली, किट्स मेरा प्रिय लेखक हुन् । नेपालीमा सम, डायमनशमशेर पढ्या छु । माधव घिमिरे र लेखनाथ बाजेको पनि केही रचना पढ्या छु ।

हाम्रो घरको एउटा कक्ष आखेटहरूले भरिपूर्ण थियो । थरीथरीका जनावरहरूका सिङ, हाड र छालाहरू सजाएर राखिएका थिए । त्यो कक्षमा म निकै रमाउँथें । तर मेरो पि्रय कक्ष त हतियार कक्ष नै थियो । त्यहाँ गएर हामी सुटुक्क कालोपदार्थको सेवन पनि गर्दथ्यौं ।

अत्तर पनि हामीकहाँ थुप्रै थिए । हामी सबै अत्तरका सौखिन थियौं । बागबजारको जाकिर मियाँले हाम्रा लागि अत्तर सप्लाइ गथ्र्यो । कुनैकुनै अत्तर त एक सिसीको पाँच लाखसम्म पनि पथ्र्यो । उहिले बादशाह अकबरले पनि त्यस्तै अत्तर लगाउँथे रे ।

थिएटर र नाचघर पनि थियो हाम्रो घरमा । उस्तादहरू आएर विभिन्नथरीका कौव्वाली र रागहरू पनि गाउँथे । नाटक र नाच पनि हुन्थ्यो । नाचपछि नर्तकीहरू राति हामै्र घरमा बस्थे । रातभरि हाम्रै खिद््मत सेवा गर्थे । नर्तकीलाई लिएर हामीबीच कैलेकाहीँ हानथाप हुन्थ्यो ।

बिहान उठ्दा बुबाहजुरको आँखामा पनि अनिद्रा देखिन्थ्यो । एकदुई नर्तकीहरू एकाबिहानै बुबाहजुरको खोपीबाट सुटुक्क निस्कन्थे । अलैंची, सुकुमेल र दालचिनी हाम्रा प्रिय नर्तकी थिए ।

……

हाम्रो घरमा हीरा जवाहरातको त थुप्रो नै थियो । हामी सबै हीरा जवाहरातका सौखिन थियौं । थरीथरीका मोती, माणिक, पन्ना, पुष्पराजहरू पनि थिए । एकमुखे रुद्राक्ष, दाहिने शंख, श्यालसिङ, नागमणि पनि छन् भन्ने सुनेका थियौं । ती सबै मुमाहजुरले सम्हालेर राखिबक्स्या थियो रे । तर मुमाहजुर स्वर्गे भएपछि ती रत्नहरू फेला परेनन् । कसले उडायो पत्तै भएन । मलाई त मुमाहजुरको त्यो विश्वासिलो जर्नेल भीमेले उडाएको शंका लाग्छ । बुबाहजुर नभएको बेलामा मुमाहजुरको खोपीमा उही घन्टौं बस्थ्यो । साले भीमे ।

गाडी पनि कतिकति । विभिन्न थरीका । विभिन्न मोडेलका । केही त बुलेटपु्रफ पनि थिए । हामी कहाँ विश्वका महँगामहँगा कारहरूको दुर्लभ सङ्ग्रह थियो । कुनै कम्पनीले नयाँ मोडलको कार बजारमा ल्याउनासाथ हामी मगाइहाल्थ्यौं ।

महँगा पेन्टिङ पनि थिए । भनिन्थ्यो, ती पेन्टिङको मूल्य करोडौं पर्छ । पछि केही हराए पनि । हामीकहाँ वर्षमा एक दुई पटक विश्वका चर्चित चित्रकारहरू आउँथे । उनीहरू हाम्रो सुन्दर मुहार चित्र बनाउँथे । हामी तिनलाई बक्सिस पनि दिन्थ्यौं । हामी चित्रकलाका सौखिन र पारखी थियौं । कैले काहीँ हामी चित्र पनि बनाउँथ्यौं । गीत कविता पनि लेख्थ्यौं । रिजालबाजेले हाम्रा गीतहरू संशोधन गरेर मिलाएर छापिदिन्थे ।

हाम्रो घर बाहिर पनि संसार थियो रे । त्यहाँबाट लगातार रोइकराई गरेको आवाज आउँथ्यो । मैले एकपटक बुबाहजुरसित सोधें- “ती रोईकराइ गर्ने को हुन् ?” बुबाहजुरले भनिस्यो- “तिनीहरू रैती हुन् । भोका छन् ।” अनि मैले भनें- “के तिनले दूधभात पनि खान पाउँदैनन् ?”….बुबाहजुर त्यसपछि मुसुमुसु हाँस्न थालिस्यो र आफ्नो खोपीतिर प्रस्थान गरिस्यो । सुकला हुन ।

……

हाम्रो घरमा के थिएन ? सुख थियो । आराम थियो । ऐय्यासी थियो । साहित्य थियो । कला थियो । हतियार थियो । जनावरहरू थिए । कुकुरहरू थिए । तबेला थियो । भजनमण्डली थियो । दासहरू थिए । सुसारेहरू थिए ।

उफ्, त्यो महाभूकम्पमा नपुरिएको भए आज पनि हामी त्यहीँ घरमा हुने थियौं । भूकम्पमा बुबाहजुरको स्वर्गे होइबक्स्यो । हामी जसोतसो बाँच्यौं । बुबाहजुर जुत्ता नभई बाहिरै ननिस्कने । जुत्ता लगाइदिने सुसारेलाई खोज्दाखोज्दै हाम्रो घर गल्र्यामगुर्लुम ढल्यो । बुबाहजुर त्यसैमा ….

सब त्यहीं पुरिए । हाम्रो शानरवाफ । मान प्रतिष्ठा । मौसमअनुसारका पोशाकहरू । मानपदवी, अलंकार पदकहरू । सबै त्यहीं पुरिए । तबेला पनि पुरियो । नाचघर र थिएटर पनि पुरियो । भजन गर्दागर्दै भजनमण्डली पनि पुरियो । सब पुरियो । …र बाँकी रहेँ म । आफ्नो वंशको अन्तिम वारिस । अन्तिम साक्ष्य ।

……

“भाइ, एउटा चुरोट छ ? खै पाउँ न । साहै तल्तले लाग्यो । ….के गर्ने, उतिबेला हाम्रो घरमा विदेशबाट चुरोट आउँथ्यो । अहिले यो ताल छ । बाँकी कथा भोलि सुनाउँला । भोलि पनि यतिबेलै आऊ है ? जेलरले अरू बेला भेट्न दिन्न । थाछ, यो जेलर को हो ? त्यै क्या, मेरो गोली लागेर मरेको जगते भन्ने ढोके थियो नि ? हो, उसैको छोरो ।

……

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्….।”

(श्रोत :- कथासंग्रह ‘निदाएँ जगदम्बा’ बाट । )

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : लीला, मुँआ र आँपको बोट

~सीता पाण्डे~

सानै थिएँ, त्यस बेला सायद आठ-दश वर्षजतिकी ! हाम्रो घर सडकको छेउमा थियो । त्यसभन्दा केही तल बाटैमा आँपको ठूलो बोट थियो । आँपको सिजनमा आँप त खाइन्थ्यो नै त्यसबाहेक करिब-करिब दिनको सम्पूर्ण समय त्यो ठाउँ, गाउँका केटाकेटीका लागि क्रीडास्थल नै थियो । स्कुल जाने केही केटाकेटीहरू पनि त्यहाँ जम्मा हुन्थे भने केही नजानेहरू । स्कुल नजानेहरूमा झापाका आदिवासीहरू जस्तो- सतार, राजवंशी, ताजपुरिया आदि थिए ।

आँपको त्यो फेद एकप्रकारले ‘चिल्ड्रेन पार्क’जस्तै थियो भने पनि हुन्छ । हुन त भौतिक सुविधाका हिसाबले यो संज्ञा ‘त्यो’ ठाउँलाई दिन नसकिएला तर त्यस बेलाका त्यहाँका केटाकेटीका लागि त्यो ठाउँ उपयोगी र मनोरञ्जनयुक्त थियो । हुन त त्यहाँ केटाकेटीबीच कहिलेकाहीँ लडाईँ-झगडा पनि नहुने होइन । यस्तो बेला कि त ठूला मान्छेहरूले आएर छुट्याइदिनुपथ्र्यो या लडाइँ गर्दा-गर्दा उनीहरू थाक्नुपथ्र्यो । खासगरी गर्मीको समयमा (हुन त तराईमा प्रायः गर्मी नै हुन्छ) केटाकेटीहरू त्यस छहारीमा बस्न, खेल्न रुचाउँथे । म पनि प्रायः त्यहीँ हुन्थे । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मालती ! मलाई माफ नगर

~श्रीरामसिंह बस्नेत~

अचानक आज मालतीसँग जम्काभेट भयो- नेपालगन्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, आज त्यसको ठीक विपरीत उसलाई भेट्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि उससँग बिताएका क्षणहरू अहिले मेरो मानसपटलमा एक-एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु, आत्मग्लानिले पिरोलिएको छु ।

यो मालती त्यही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ- कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौनक्रियाकलापबारे केही जानकारी थिएन । त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो ग्राहकसँग ऊ निकै डराएकी थिई । डराएकी मात्र होइन, उसले त्यतिखेर मेरो खुट्टा समातेर रोएकी थिई, उसलाई केही Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मञ्जरीको मृत्यु !

~बिटु केसी बराल~Bitu KC Baral

मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे ।

स्वदेशबाट कता हो कता, धेरै टाढा सात समुन्द्रपारी अमेरिका भनिने यो ठाउँमा मलाई देशको खबरले झक्झक्याँछ । सुन्छु – त्यहाँ जाडो खप्न नसकेर न्यानो लुगा नहुनेहरू , घर नहुनेहरू , सडकमा गुजारा गर्नेहरू गरिवहरू मरेरे । मन भित्र कस्तो कस्तो आमिलो फैलिन्छ । आफ्नो लुगा बिछ्यौनाले आफैलाई गिज्याए झै लाग्छ । सडक पेटिमा हात फैलाएर बस्ने बालकहरू , पाटी पौवामा रामनाम जप्दै दिन गुजार्ने ती बुढाबुढीहरूको याद आउछ । यस्तै यादहरुमा मिस्सिएर वर्षोदेखी मेरो मष्तिस्कमा तहतह परेर बसेको मञ्जरीको यादले ३० बर्ष अगाडि को त्यो समयमा मलाई अनयासै फर्काउछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनन्त यात्रा

~सन्तोष खतिवडा~Santosh Khatiwada

शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । एक वर्ष भइसकेको थियो घर नगएको । अघिल्लो सालको यहि दशैंमा नै घर गएको थिएँ म । एक त दशैं जस्तो महान चाडले खुशी ल्याएको थियो भने संगसंगै घर जान पाउने कुराले खुशी थपेर अझै रोमाञ्चित बनाएको थियो ।

म भखरै २३ वर्ष पुगेको थिएँ । यो उमेरलाई धेरैले धेरै किसिमबाट वर्णन गर्दछन् । प्रेमको पालुवा पलाएर मौलाउने, अनि झाङ्गनि उमेर यहि हो भन्ने मान्यता मेरो पनि थियो । कलेजमा आफ्नो उमेरका सहपाठीहरु युगल जोडी बनेर प्रेमपत्र साटासाट गर्थे, कुनै बहाना बनाएर कलेज बंङ्क गर्थे, टाढा कुनै पार्कमा घुम्न जान्थे । यी सबै देख्दा र सुन्दा म रोमाञ्चित हुन्थेँ । म कल्पनाको संसारमा पुग्थें र आफ्नो जीवन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको कथा

~श्याम साह~

ऊ असफल कथाकार थियो । उसले अहिले सम्म एउटा पनि सफल कथा लेखेन । लेख्न त सकथ्यो होला, तर उसले लेखेन । त्यसो त ऊ सफल पनि कहिँ थिएन ।

उसले एउटी केटीलाई तीन बर्ष सम्म एकहोरो प्रेम गर्यो । तिनले पनि उसँग राम्रै व्यहवार गर्थिन् तर प्रेम नै गर्दिनथिन् । जव उसले तिनीसँग आफ्नो प्रेमको प्रस्ताव राख्यो , त्यस पछि तिनले उसँग बोल्न पनि छोडिन् । यसर्थ ऊ असफल प्रेमी थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पनि स्कुल जान पाउने भएँ रे !

~सुस्मिता नेपाल~

म पनि स्कुल जान पाउने भएँ रे ! मेरो शरीरभन्दा मेरो भावना जुरूक्क उठ्यो र मलाई हेर्यो । मानौ भावना ऐना हो, म भावनाको ऐनामा आफ्नो अनुहार हेर्न लजाइरहेकी थिएँ त्यतिबेला ।

स्कुल जान मेरो लागि के सम्भवको कुरा थियो र ? अहँ थिएन, यो कुरा मेरो लागि सम्भव थिएन । कतै मैले सपनामा त पाइला टेक्न खोजेकी थिइनँ ? कसरी जन्म दिने आमाको विश्वास नगरूँ मैले ? उहाँको अनुहारमा कुदेका खुसीका रेखाहरूसँग म पनि त कुदिरहेकी थिएँ नि ।

चौध वर्षपछि आमाको अनुहारमा कुदेका खुसीका रेखाहरू देख्दा यो मनमा नयाँ नयाँ आशाका किरणहरू जुरमुराएका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाता-सम्बन्ध

~एल एन सुवेदी ”हस्ती”~L N Subedi 'Hasti'

बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्खा लाग्ने संकेतहरु जताततै देखिन थालेका छन् । बनजंगल , रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको काँचुलीहरु कता कति भेटिन थालेको छ । गाई बस्तुले आंग फेरी सके । चौर , खेतबारी , खोलानालाका किनारहरु हरिया घाँसले ढाकिन लागेका छन् । पानीका मुहानहरु अलि अलि रसाउन लागि सके । चराचुरुंगीहरु पखेटा फिंजाएर भुररर्रर्रर्रर्र उडेर फेरी रुखमा आएर बस्छन् । बर्षा ऋतु लाग्नु अगाडि फूल्ने फूलहरुमा भमराले पालैपालो शेचन गरी रहेका छन् । रंगीबिरंगी पुतलीहरु एक ठाउँबाट अर्को ठाउँ आउँदै जाँदै गरेको दृश्य त झनै हेरी रहुँ जस्तो लाग्छ । पृथ्वीले मगमगाउँदो सुवास छरी सकेको छ । मानिसहरुमा के गरौँ के गरौँ जस्तो उमंग छ । यी सबै कुरा हुँदा पनि निरमणीको अनुहारमा कुनै खुशीका लहर छाएका छैनन् । उसलाई एउटै कुराले खाएको छ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको चरित्र नराम्रो होइन !!!

~गौतम “उदय”~Gautam 'Uday'

धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले । शिशिर ऋतु थियो त्यस बेला । अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन । नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत । Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

त्यो ‘नयाँ अनुहार’

~रेम बिक~

खै कुन्नि किन हो ? उसलाई हिजो त्यो ठाउँमा जान मन लागेकै थिएन । तर साथीभाइको आग्रहपछि उसले जान्न भन्न पनि सकेन । फेवातालको सिरानतिर रात कटाउने गरि जानै लाग्दा समस्या पर्‍यो पैसाको । गोजी छाम्यो, गोजीमा त पैसा थिएन । त्यसैले अलि अलि गरेर बचाएर राखेको पैसा पनि एटीएमबाट निकाल्नुपर्‍यो । ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ भनेजस्तै साथीहरुसंग हुल बाँधेर गएपछि गर्न मन नलागेका र खान मन नलागेका कुराहरु पनि सुजितले कसरी नाई भन्न सक्थ्यो र ? शुरु भयो मतवाली रात । हुलमा एउटा नयाँ अनुहार देख्यो, उसंग चिनजान पनि भयो ।

बिभिन्न खाले भेज र ननभेज जोक्स र चर्को चर्को हाँसो, अन्धकारले गाँज्दै जाँदा मात अझै चढ्दै थियो । पुराना कलेज दिनका सम्झनाहरु भए । छेऊको अर्को साथीले कलेजमा उसले मनपराएको केटीको कुरा गर्‍यो । ‘म एकदम राम्री केटीको खोजीमा थिएँ, राम्री अति राम्री शायद मोनालिसाजस्तै केटी’ कुरा सुनाउँदै ऊ हाँस्न थाल्यो । ‘यस्ती केटीको खोजीमा भौतारिरहेको बेला एउटी केटी कक्षामा अरुभन्दा केहि राम्रो लाग्यो, मलाई ऊ संग बोल्न मन लाग्यो । अनि त भैहाल्यो नी ‘के खोज्छस् कानो, आँखो भनेजस्तै’, हास्दैँ, ‘अनि त बोल्ने विभिन्न बहानाहरु खोजियो । शायद नजिकैको बेन्चमा बसेर चुँईगमको अफर गरेको थिएँ क्यारे । उनले पनि सहजै चुँईगम समाएकी थिईन्, मुस्काउँदै’ उसको मुहारमा पनि रक्सीको मात सहितको मन्द मुस्कान देखियो ।

नयाँ अनुहार भएको, अर्थात ऊ त्यो अनुहारसंग यसअघि कहिल्यै पनि बसेर रक्सी पिएको थिएन । उसको आवाज चर्किँदै गयो, अपशब्दहरुको बहार नै लाग्यो । उसलाई संगै बसेको साथीको कलेज लभस्टोरीको कुनै बाल थिएन । ‘त्यस्ता केटी त कति खेलाईयो, खेलाईयो ?’ त्यस्तै अर्कै खाले एउटा अपशब्द पनि बाक्यसंग जोडिएको थियो । अनि त माहौल एकाएक परिवर्तन । कहाँ एउटा सुन्दर प्रेमकथा सुन्नका लागि सन्नाटा छाएको ठाउँमा चर्को आवाज, पटक्कै नमिलेको । होहल्ला सुनेपछि होटलवाल्नी आईन्, ‘प्लिज तपाँईहरु रातभरी बसेर खाएपनि हुन्छ तर हल्ला चाँहि नगर्दिनुहोला है, यताउति छिमेक भोलि फेरि रिसाउँछन् ।’ सबैले सम्हालेपछि रक्सीले अनमत्त भएको नयाँ अनुहार केही मत्थर भयो । उसैलाई त्यो माहौलमा ल्याउने अर्को साथीले उसलाई अझै विशेष गरि चुप लाग्न आक्रोशयुक्त सुझाव दियो ।

‘मेरो सुझाव मान्छौ भने अबदेखि हामी संगै कलेज जाऔँ न ।’ कथा सुनाईरहेको साथीलाई मन परेकी केटीले केही दिनको निकटतापछि प्रस्ताव राखिन् अरे, ऊ भन्दैथियो,’अनि शुरु भयो संगै क्याम्पस जाने आउने दिनहरु, खुब रमाईलो लाग्थ्यो मलाई उनीसंग यसरी संगै हुन पाउँदा, विदाको दिनमा पनि क्याम्पस जान छुटाईएन, पढ्नेतिर भने ध्यान फिटिक्कै ।’ रक्सीको घुड्कीसंगै चुरोटको धुँवा कालो रातमा फुक्दै कथा अगाडि बढ्यो, ‘त्यसपछि त फोनमा रात रातभर कुराकानी, लभ यु, मिस यु जस्ता एसएमएस, डेटिङ, किसिङ अनि……….।’ माहौलमा केही रस भरियो, सबैका कान ठाडा ठाडा भए । रक्सीले मात्तिएको रातो अनुहार निस्किएको पसिनालाई हल्का पुछ्दै आफ्नो लभस्टोरी सुनाईरहेको साथी एकाएक रुन थाल्यो, अनि त सबैजना ट्ँवा ।

ठीक सही मौका छोपेर नयाँ अनुहारले प्वाक्क बोल्यो, ‘थुक्क मुला, यस्ता केटीको कुरा गरेर रुन्छस्, नामर्द’ एकाएक पहिले कहिल्यै नचिनेको मान्छेलाई रक्सीको मातमा तँ भनेर सम्बोधन गर्दा सबैले नयाँ अनुहारप्रति आँखा ठुलो बनाए । विशेष गरि नयाँ अनुहारलाई ल्याउने केटोले खुब पश्चाताप मानिरहेको थियो, ‘कुन दिनमा यसलाई यहाँ ल्याएछु नी’, यद्यपी सबै मिलेर गर्जिएको नयाँ अनुहारलाई सम्हाले । त्यति भनिसकेपछि कथा रोकियो, माहौलमा फेरी गञ्जागोल शुरु । आँशु थाम्न नसकेर प्रेमी साथी ट्वाईलेट जान्छु भन्ने वहाना बनायो, अनि गयो । रुँदै ट्वाईलेट गएपछि रक्सीको खालमा बसेका सबैजनाको अनुहार निरस देखियो, जुन अनुहारहरु एकैछिन अगाडी कथा सुन्दै गर्दा खुब रसिक भएका थिए । सुजितसंग अलि बढि नै नजिक भएकोले होला साथी रोएको उसलाई ननिको लाग्यो, अनि उसको मन दुख्नेगरि नयाँ अनुहारले बोलको शब्दले एकाएक कन्सिरी तातेर आयो, रक्सीको झोँकमा भएपनि उसले व्यवहारमा त्यस्तो केहि देखाएन । सोँच्यो, ‘संगै आएका साथीहरु संगै बसेर खाएका छन् अनि आफु आफु झगडा गरेका छन् भनेर अरुले भन्लान्, अनि रेष्टुरेन्ट पनि चिनेजानेकै मान्छेको उनीहरुले झन् के सोँच्लान्, कन्ट्रोल बाबु कन्ट्रोल ।’

सुजितलाई थाहा थियो, उसको साथीको बारेका सम्पूर्ण आन्द्राभुँडी । झन् केटीसंगको कुरा त थाहा नहुने कुरै भएन । कलेज पढ्दाताका रमेश (आफ्नो लभ स्टोरी सुनाउँदा सुनाउँदै रुँदै बाथरुम गएको उसको साथी)ले त्यो केटीको खुब गुनगान गाउँथ्यो । ‘मेरी प्रेमीका राम्री छे, उसलाई यो मन पर्छ ऊ मन पर्छ, यस्तो उस्तो, यताऊती अग्य्राङबग्य्राङ’ यस्तैयस्तै गफ लडाउँन्थ्यो ऊ खाली । पहिले पहिले सुजित र रमेश संगसंगै कलेज जान्थे तर, पछि रमेश केटीसंग जान थालेपछि ऊ एक्लै पनि कलेज जान्थ्यो । पछि आएर रमेशले प्रेम गरिराखेको केटी जापान जाने भन्ने कुरा आयो । एक्लै हिड्डुल गर्न बोर लागेपछि सुजित पनि रमेश र उसकी प्रेमीकासंगै यताउता हिँड्थ्यो । त्यसैले उनीहरुको सम्बन्धको बारेमा धेरै कुरा जान्दथ्यो । पछि गएर थाहा भयो, रमेशको प्रेमीका भनाउँदी केटी त पहिल्यै विहे भैसकेको रहिछ, उसको श्रीमान् जापानमा कार्यरत रहेकोले उसले मन वहलाउनकै लागी मात्रै रमेश संग सम्बन्ध बढाएकी रै’छ । तर रमेशले त्यो केटीलाई खुब माया गथ्र्यो । रमेशले उसको बारेमा आफ्नो घरकाहरुसंग पनि कुरा गरिसकेको थियो । त्यो केटी जापान गईसकेपछि रमेशले हरेक रक्सीको बसाँईमा उसको कुरा गरेकै हुन्थ्यो । र, कहिलेकाहीँ रुन्थ्यो पनि । त्यसयता उसले केटीहरुसंग सम्बन्ध बढाउनु भनेको धोखा खानु हो भन्दै आएको थियो ।

’आईस् हैन त ड्ँवा ड्ँवा रोएर, लाज नभएको नकचरो’ नयाँ अनुहार बाथरुमबाट आएको रमेशलाई देख्नेवित्तिकै कुर्लियो ‘तँ त यस्तै हो भने बाँच्नुको पनि कुनै अर्थ छैन, जाबो एउटी केटीसंग बिहे गर्न पाईन भनेर रुन्छ यार ।’ संगै भएका अरु तीन जनाले नयाँ अनुहारलाई पुन: ठम्ठम्याए । यसपाली उसको स्वर रोकिएन । झन् चर्को भयो । पटक पटक सम्झाउँदा पनि उसले मानेन । शायद रातको दश बजेको थियो होला घडीमा, उसको स्वरले वरिपरीको सन्नाटालाई पुरै जितेको थियो । ऊ खुबै ठुलो युद्ध जितेर खुशियाली मनाएजसरी अझै बेस्मारी चिच्याईरहेको थियो । चिच्याहटसंगै गाली र अपशब्द पनि उसले जोडेकै थियो । ‘यो खाएपछि यस्तै छ,माईन्ड नगर है केटा हो’ नयाँ अनुहारलाई साथमा ल्याउने साथीले उसको तर्फबाट माफी माग्यो । सुजितलाई भित्र भित्रै भाउन्न भैराखेको थियो, त्यत्तिकैमा प्याच्च बोल्यो नयाँ अनुहार,’त्यस्ता मुला रुन्चे, नकचरो, पानीमरुवा, नामर्दलाई साथी बनाउनेहरुले मलाई रक्सी खान बोलाउने ?’ यो सुनेपछि सुजितलाई सहिनसक्नु भयो, ऊ भित्रको रिस पोखियो, अनि रक्सीको बोतल उठाएर हान्यो नयाँ अनुहारलाई टाउको फुट्नेगरि ।

बिहान उठ्दा सुजितको टाउकोको नशा पुरै फुट्लाजसरी टनटनी दुखिराखेको थियो । ‘बेलुका धेरै भएछ क्या हो’ सुजितले मनमनै भन्यो र उठ्न खोज्यो, ‘ऐया, साले गधाले ढाडमा नराम्ररी हानेछ ।’ उठेर हेर्दा रमेश घुरिरहेको थियो । अर्को कोठामा अन्य साथीहरुलाई हेर्न जाँदा त्यहाँ कोहि थिएनन् । ‘खुब झन् राम्रा भाईहरु भनेर रातीसम्म बसेर खान दिएँ, तिमिहरुले त मेरो बेईज्जतै गर्‍यौ नी’ साउनी दिदि एकाविहानै कड्किईन्,’अबदेखि म तिमिहरुलाई कहिल्यै पनि दिन्न ।’ एकाविहानै रुखो बोलीले दिमाग झन् दुख्यो सुजितको । तर, चुपचाप वाथरुम छिर्‍यो । फ्रेश भैकन आउँदा रमेशले उठेर सिरकभित्रैबाट चुरोट उडाईरहेको थियो । अरु साथीहरु त्यहि नयाँ अनुहारसंगै राती नै निस्केको भन्ने उसले होटलवाल्नी दिदिबाट सुन्यो । तर पैसा,’पैसा तिरेका होलान् कि नहोलान्’ पुरै शंका सहित सोध्यो,’दिदि पैसा के कति भयो ?’ बिल आयो, पुरै पाँच हजार रुपैँया । सबैले बराबरी उठाउने अनि रमाईलो गर्ने भनेर गएको उसले मन अमिलो पार्दै विल बुझायो अनि रमेशको साथमा होटलबाट निस्कियो ।

नेपाल बन्दको दिन । बेलुका ट्याक्सी चढेर फेवातालको सिरान पामे पुगेका मध्ये दुई जना सुजित र रमेशलाई हिँड्नुको कुनै विकल्प रहेन । हिँड्दै हल्लनचोक आईपुग्दा पसिनाले ज्यान निथ्रुक्कै भिजेको थियो । रातभरी खाएको रक्सी शायद त्यहि पसिनाबाट बगे होलान् । मनभित्र अनेकन कुरा खेलाउँदै जाँदा सुजितले अघिल्लो रातको घटना सम्भिmयो । ‘कहिल्यै भएको थिएन यस्तो त ?’ उसले मनमनै सम्झ्यो अनि रमेशलाई हेर्‍यो, राती रोएकोले होला रमेशका आँखा राता थिए, फेरी उसले आफ्नो नजरले सुजितलाई हेर्न पनि सकेन । उसले सोच्यो,’आखिर रक्सीले त कहिल्यै पनि रमाईलो हुँदैन रै’छ, झन् साथीभाईलाई झगडा पार्नका लागी उक्साउँदो रै’छ ।’ गाउँबाट पढ्नका लागी भनेर आएको मान्छे रक्सीमा पैसा फाल्दा खान समेत अपुग हुने भविष्य सम्झिएर एकचोटी किसानी गर्दै आफुलाई दुःखसाथ खर्च पठाउने आमाबाबु सम्झियो, सुजितले । अनि निर्णय लियो,’अबदेखि कहिल्यै रक्सी खान्न, सत्ते’ तर फेरी साँझ अर्को साथीको जन्मदिन पर्‍यो ।

(श्रोत :- Onlinekhabar )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाग

~सरु पोखरेल~Saru Pokhrel

” ओ हो छपक्कै सेतो आइसकेछ । कपाल पनि सबैतिर सेतो भैसकेछ । सर्न त सर्दैन ” उसलाई देख्ने वित्तिकै आँखीभौं खुम्चयाउँदै मिराले भनी ।

“सर्दैन सर्ने भए त यसका भाइ बहिनीलाई पनि सर्दो हो नी सँगै खाने बस्ने गर्दा । ” उसकी आमाले मसिनो स्वरमा भनी ।

“अरु केही रोग त छैन नी ।” । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुङ्गेनको रङ्गीन आँगनमा

~मोहन मैनाली~

साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट एक हुल चौंरी काठ बोकेर तिब्बत जान लागेका छन् भने। हामी चौंरी हिँड्ने बेलामा आउँला भनेर छेवाङको घर फर्क्यौँ।

छेवाङको घरमा हामी समेतका लागि खान पाक्दै थियो। छेवाङ र छिमी अगेनाको डिलमा बसेर सिमी केलाउँदै थिए। ढोइमा खुर्सानी पिँध्दै थिइन्। उनले पिँधेको खुर्सानी र उनका बाबु र काकाले केलाएको सिमी झण्डै झण्डै बराबरी थियो। यतातिर पिरो तरकारी खाने चलन छ। तरकारी कति पीरो हुन्छ भने भात खाने हात समेत पोल्छ। बिहान भात खाँदा पोलेको हात अलिअलि सञ्चो हुँदा बेलुका खाने बेला भइसक्छ।

पुङ्गेन गुम्बाको आँगनमा मितेरी साइनो गाँस्दै

भात खाइसकेर हामी फेरि गाउँको दाहिने कुनामा गयौँ। हामी त्यहाँ पुग्दा चौंरीको एक हुल उकालो जाँदै थियो। सबैका ढाडमा सल्लोका काठ बोकाइएका थिए। एक पछि अर्को गरी लाममा हिँडेका चौंरीहरूको लस्कर कुइनेटोमा नछेलिउञ्जेल हामीले तिनलाई भिडियो क्यामराले खिच्यौँ।

यी चौंरी र मानिस पाँच दिनसम्म हिँडेको हिँड्यै गर्छन्। पाँचौँ दिन बल्ल तिब्बतको पहिलो बजार रिऊ आइपुग्छ। त्यहाँ उनीहरू यताबाट लगेका काठ बेच्छन् र त्यसबाट आएको पैसाले चामल र पीठो किन्छन्। एउटा चौंरीले आफ्नो शरीरको दायाँपट्टि चारवटा र बायाँपट्टि चारवटा गरी आठवटा फलेक बोक्छ। एउटा फलेक बेच्दा चार किलो पीठो अथवा चामल किन्ने पैसा आउँछ। यस हिसाबले दुई भारी काठ बेच्दा आएको पैसाले एक भारी मात्र अन्न किन्न पुग्छ।

आज हामी पनि यी चौँरी हिँडेकै बाटो हिँड्नु छ। तर हामी हिँड्ने बेला भइसकेको थिएन। छेवाङले आफ्नो घर र छिमेकमा गर्नुपर्ने काम सिध्याउन बाँकी नै थियो। हामी चौंरीलाई विदा गरेर उनको घर पुग्दा उनी त्यहाँ भेला भएका केटाकेटीलाई चकलेट बाँड्दै थिए।
तिबब्त जाँदा काठ फर्कँदा खानेकुरा

चकलेट बाँडिसकेपछि छेवाङ रक्सीको बोतल र दुईवटा खादा बोकेर छिमेकीको घरतिर लागे। आँगनमा मुहार चाउरी परेकी एक वृद्धा बसिरहेकी थिइन्। उनका लोग्ने पनि छेवैमा बसेका थिए। ती लोग्ने मानिस तन्नेरीमा रूख चढ्दा लडेर कम्मर भन्दा तलको भाग नचल्ने भएको रहेछ। छेवाङले बुढी मान्छेको टाउकोमा आफ्नो टाउको जोडेर ढोगे। उनलाई खादा लगाइदिए। हर्कले होला, बुढी मान्छे रोइन्। निकै बेरसम्म उनले छेवाङका हात छाडिनन्। बल्लबल्ल हात छुटाएर छेवाङले बटुकामा रक्सी हालिदिए। त्यसपछि लोग्नेमान्छेलाई रक्सी दिए। अनि खादा लगाइदिए।

यहाँ, आफूले मान गर्नु पर्ने मानिसलाई भेट्दा खादा र रक्सी दिने चलन छ। छेवाङ पर पुगिसक्दा पनि बुढी मान्छे भने रुँदै थिइन्।

केही वर्ष यता तिब्बतीहरूले आफूले ल्याएका सामान गाउँगाउँ डुलेर बेच्न थालेका रहेछन्। पन्ध्रवटा घोडा चढेर आएका तिब्बतीमध्ये आधा जति महिला थिए। उनीहरू सामान पनि बेच्ने र तीर्थ पनि गर्ने भनेर आएका रहेछन्। हिनाङ गुम्बा जान लागेका भन्थे। भोलिपल्ट हामीले उनीहरूलाई पुङ्गेन गुम्बामा भेटेका थियौँ।

स्याला नजिकको उकालोमा हामीले २० वटा चौंरी भेट्यौँ। ती केही दिन अघि स्यालाको काठ बोकेर तिब्बत गएका रहेछन्। आउँदा अन्न बोकेर फर्किएका थिए। ओरालोमा पनि तौलिईतौलिई पाइला चाल्दै थिए। थाकेका थिए होलान।

त्यस रात हामी स्यालामै बास बस्यौँ।

भोलिपल्ट स्यालाको बस्तीमा घिउ–चिया र चम्पा भनिने जौको सातु खाएर हामी बिहान सबेरै उकालो चढ्न थाल्यौँ। हामी लेक लाग्न सुरु हुने ठाउँ भन्दा निकै माथि आइपुगेका थियौँ। त्यसैले आज होस नपुर्यानए ज्यानै जान पनि सक्छ।

हाम्रो आजको यात्रा २,५०० मिटर अर्थात लेक लाग्नु शुरु हुने ठाउँ भन्दा एक हजार मिटर अग्लो ठाउँबाट शुरु हुन्थ्यो। यहाँ भन्दा माथि जाँदा एक दिनमा ५०० मिटर मात्र उक्लनु भन्छन् डाक्टरहरू। तर आज हामीले एकै दिनमा ८०० मिटर जति उकालो चढ्नुथियो। जति माथि गयो, हावामा अक्सिजनको मात्रा उति कम हुँदै जान्छ र सास लिन गाह्रो हुन्छ। त्यसैले लेकमा हिँडन सजिलो हुँदैन। छिनछिनमा थकाई मार्नुपर्छ। तैपनि हामी नयाँ परिवेश हेर्ने रहरमा आफ्नो तागत लगाउँदै उकालो हिँडिरह्यौँ।

लुम्ला खोला तरेर अलिकति हिँडेपछि सामागाउँको फराकिलो उपत्यका देखियो। त्यसमाथिको हिमाललाई बादलले आधा जति ढाकेको थियो। हातमा बञ्चरो र नाम्लो लिएका १०/१२ जना मानिस भेटिए। उनीहरू स्यालाको वनको रूख काट्न जान लागेका थिए।

उनीहरूसँग एकैछिन कुराकानी गरेर हामी सामागाउँलाई दाहिने पार्दै लुम्ला खोलाको किनारै किनार उकालो लाग्यौँ। अलिकति उक्लेपछि हामीले जे देख्यौँ, त्यसले हामीलाई आधा घण्टा भन्दा बढी त्यहीँ रोकिदियो।

छरपस्ट छरिएका, काला ढुङ्गाका बीचबाट बाटो खोज्दै, सेतो फिँज निकालेर, हुर्रिँदै, गडगडाउँदै ओरालो झरेको लुम्ला खोला हाम्रो दाहिनेतिर थियो। खोलाको किनारमा पहेँला, चौडा पात भएका बुट्यान थिए। माथि निलो आकाशमा सेता बादलका टुक्रा छिरविरे भएर जताततै छरिएका थिए। पूर्वतिर एउटा टाकुरो थियो। झण्डै झण्डै कैलाश जस्तो देखिने। त्यो र त्यससँगैको अर्को टाकुरो पनि हिउँले ढाकिएर सेताम्मे भएका थिए। ती दुवै टाकुरालाई बादलले ढाकेपछि मात्रै हामी त्यहाँबाट अघि बढ्यौँ।

बाटोमा पुङ्गेन जान लागेका तीर्थयात्री भेट्यौँ। नेपाली र तिब्बती। उनीहरू पनि विस्तारै हिँडिरहेका थिए।

ठाडो उकालोको अन्त्यमा एउटा छोर्तेन थियो। त्यसमा ‘ओम् मणिपद्मे हुँ’ लेखिएका तिब्बती अक्षर र वुद्धको मूर्ति कुँदिएका अनेक शिला चढाइएका थिए। त्यहाँबाट तल स्यालाको नयाँ बस्ती देखियो। पहिले यस ठाउँलाई स्यालाको वन भन्ने गरिन्थ्यो। घर बसेको र बाटो बाहेक सबैतिर हरियाली थियो।

केही अघि बढेपछि एउटा सुन्दर चुचुरो देखियो। यहाँका मानिसले यसलाई पुङ्गेन भन्छन्। वाहिरी संसारले चाहिँ मनासलु भन्छ।

पुङ्गेन धेरै मानिसलाई धेरै किसिमको महत्व भएको हिमाल हो। कैलाश जान नसक्नेहरूका लागि यो हिमाल कैलाश बराबरको पवित्र ठाउँ मानिन्छ।

यहाँका मानिसको विश्वास अनुसार हिमाल र पहाडमा देवदेवीको बास हुन्छ। चिसो सिरेटो र भीषण पानी पर्यो भने पर्वत भगवानलाई खुशी पार्न याक र भेडा चढाउनु पर्छ भन्छन्। पुङ्गेनका नाममा पनि हरेक वर्ष एउटा सेतो याक जंगलमा छोडिन्छ। यसलाई कसैले समात्न पाउँदैन किनभने यो पुङ्गेन देवताको वाहन हो। छाड्नु अघि याकका दुवै डडेल्नामा काठीको चित्र बनाइन्छ। पुङ्गेन भगवान यही चित्रको काठीमा बसेर सयर गर्छन् भनिन्छ।

एक छिन पछि हामी मैदानको छेउमा पुग्यौँ। भित्तामा हिउँले ढाकिएको चाँदी जस्तो पुङ्गेन हिमाल थियो। त्यस भन्दा तल बुट्यानले ढाकिएको हरियो ढिस्को। अनि त्यसको तल रूप, रङ र आकारमा मझौला तर महत्वका दृष्टिले विशाल पुङ्गेन गुम्बा। अलिपर देब्रेतिरको टाकुरामा पनि हिउँ जमेको थियो। त्यसको सोझै अगाडिका भित्तामा चाहिँ ससाना गुफा बनेका थिए जहाँ आनी र लामा बस्ने गर्छन्।

तिनै टाकुराबाट आएको पानी जमेर बनेको निकै ठूलो पोखरीको दर्पणमा चाहिँ हिमटाकुरा उँधोमुन्टो लगाएर बसेका थिए।दिन ढल्कँदै जाँदा पुङ्गेन गुम्बामा चहलपहल बढ्दै गयो। माथि साम्दो र तल प्रोकदेखिका मानिस विस्तारै थपिँदै गए। आफ्नो घरबाट हिजै हिँडेका मनाङका एक हुल तरुनी तन्नेरीहरू अघि नै आइसकेका थिए। उनीहरूले गुम्बाको पश्चिमपट्टि पाल टाँगिसकेका थिए। त्यस हुलमा तिब्बतीहरू पनि मिसिएका थिए।

गुम्बाभित्र स्योका लामाहरू पूजा पाठ गरिरहेका थिए। एउटा लामो टेबुलमा मोटो किताब राखेर मन्त्र पाठ चलिरहेको थियो। दुईजना बच्चा बेलाबेलामा ढ्याङ्ग्रो बजाउने गर्थे। छेउका दियोमा बत्ती बलिरहेका थिए। केही मानिसहरू गुम्बाभित्र बसेका थिए। केही चाहिँ गुम्बाकै छेउमा हालसालै बनाइएको धर्मशालाको धुवैंधुवांले भरिएको ठूलो कोठामा खानपीन गर्दैथिए।

यही बेलामा केही तिब्बतीहरू फुर्तिला घोडा दौडाएर गुम्बामा आइपुगे।दुई बजेतिर सबै मानिस गुम्बाको आँगनमा भेला भए र चिसो भुईँमा गोलो घेरा बनाएर पलेँटी कसेर बसे। एकजना मानिसले सबैबाट एउटा एउटा सामान लिए– टर्च लाइट, माला, चुरा, कपडा आदि। सबै सामानलाई दुईवटा भाँडोमा राखे। अर्काे एकजनाले दियो बाले र भाँडासँगै गुम्बाभित्र लगे।

एकैछिनमा अर्का एकजना मानिस ती भाँडा लिएर बाहिर आए। उनले दुईवटै भाँडाबाट एउटा–एउटा सामान झिके। ती सामानलाई हातले माथि उठाएर जोडले कराएर सोधे– “कसका सामान हुन् यी?”दुईजना मानिस बीचमा गए र आ–आफ्ना सामान लिएर फर्के। अनि उनीहरू घेराभन्दा बाहिर निस्किए। एकले अर्कालाई कानमा फूल लगाइदिए। फूल त चाँडै ओइलिएर गइहाल्थ्यो। त्यसैले, नओइलिने चिनो खादा साटासाट गरे। सक्ने जतिले एकअर्कालाई रक्सीको सगुन खान दिए।

यो यहाँको मित लगाउने विधि रहेछ। पुङ्गेन देवतालाई साक्षी राखेर गाँसेको मित्रता, मित साइनो तीन पुस्तासम्म कायम रहन्छ भन्ने विश्वास छ उनीहरूमा। आज सबैजना मित लगाउनका लागि आएका रहेछन्।हाम्रा लागि यो चलन अनौठो थियो। यस विधिमा कसले कोसँग मित लगाउने भन्ने छनोट गर्न पाइँदैन। अर्थात् मित मितिनी छान्न पाइँदैन। एकजनाले दुईवटा भाँडाबाट उसलाई मन लागेका दुईवटा सामान झिक्थ्यो। ती सामानका मालिक मितमितिनी हुन जान्थे।

“कसका सामान हुन् यी?” मितका जोडी मिलाइदिने काममा खटिएका पुरुष फेरि एक पटक ठूलो स्वरले कराए। दुइजना मानिस अगाडि आए, हाँसोको फोहरा छुट्यो। यस पटक ७० वर्षकी हजुरआमा र ८/९ वर्षका केटा मित/मितिनी भएछन्। उनीहरूले पनि अघिकै जस्तो विधि दोहोर्यासए।

पलेँटी कसेर बस्ने सबैले हातमा फूलका थुँगा लिएका थिए।यस्तै अनौठोसँग भेटिने मित/मितिनीसँग सम्बन्ध गाँस्न पालो पर्खेर बसेका थिए छेवाङका भाइ छिमी पनि। उनले हातमा एउटा पहेँलो फूल र अर्को बुकी फूल बोकेका थिए।“कसका सामान हुन् यी?” निकैबेर पछि यस पटक छिमीको पालो आयो। उनी आफ्नै उमेरका तिब्बती पुरुषका मित भएछन्। फूल र खादा साट्ने औपचारिकता सकेर उनीहरू कुराकानी गर्न थाले। पहिल्यै कहिल्यै नदेखेका र पछि पनि आक्कलझुक्कल मात्र भेट्न पाइने आफ्ना मितलाई सधैँ सम्झिइयोस् भनेर सकेसम्म धेरै परिचय साटे।

भीडमा फेरि पनि हाँसोको फोहरा छुट्यो। एकजना अग्लो रातो वर्णको तिब्बती र अलि होची, कुर्ता सुरुवाल लगाएर अरू मानिस भन्दा फरक देखिएकी मनाङकी एउटी केटी मित बनेछन्। तिब्बती पुरुष सकेसम्म धेरै झुक्दा पनि उसको घाँटीमा खादा लगाइदिन मनाङकी युवतीलाई कुर्कुच्चा उचाल्नु पर्योष। त्यसपछि ढोइमाको पालो आयो। उनका भागमा चाहिँ आफैँले छानेको जस्तै, उनकै उमेरकी तिब्बती युवती परिछन्। उनीहरूले पनि फूल र खादा साटासाट गरे। ढोइमाले आफनी मितिनीलाई अरूले भन्दा बढी मानमनितो गरिन। धर्मशाला भित्र लगिन् र आफूले घरबाट डोकामा बोकेर ल्याएको खानेकुरा खुवाइन्।

यसरी सबै जना रमाइरहेको देखेर हामीलाई पनि अघि आफना एउटा एउटा सामान दिनुपर्ने रहेछ भन्ने लाग्यो। बेलाबेलामा सबैजना दिल खोलेर हाँस्ने खालका अनौठा जोडी बाँधिने उपक्रम चलिरहेको थियो। छेवाङले हामीलाई जाउँ भन्ने सङ्केत गरे। अनि छेवाङ, उनका भाइ, ढोइमा र हामी फर्किर्यौँ।

(श्रोत :- जगदम्बा प्रकाशनबाट प्रकाशित उपल्लो थलोबाट)

Posted in नियात्रा, पुस्तक अंश | Tagged | Leave a comment

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~Dr Rabindra Sameer

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।

– ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !

राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~

दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा ‘खुट्टी हेरेरै’ थाहा हुन्थ्यो !

अहिले परिस्थिति बदलिएको छ । चिल्लो अनुहार देखेर ‘जय नेपाल’ भनेको मान्छे ‘गौरवशाली पार्टी’को केन्द्रिय नेता हुनसक्छ । फुश्रो गाला देखेर ‘लाल सलाम’ गरेको मान्छे ‘गौरवखाली पाटी’को बरिष्ठ नेता हुन्छ ।

यस्तो लाग्छ– अब कसैको जिवनशैली हेरेर उसको ‘सैद्धान्तिक धरातल’ बुझ्न सकिंदैन किनभने उनीहरुले लिएको बिचार र गरेको ब्यवहारमा आकास जमिनको अन्तर छ । ‘क्रान्तिकारी पार्टीको’ नेता ब्यवाहारमा ‘भ्रान्ति’तिर लागेको हुन सक्छ, ‘बुर्जुवा पार्टी’ कार्यकर्ता पनि ब्यवहारमा ‘प्रगतिशिलता’लाई अंगालरिहेको पनि हुनसक्छ ।

सिद्धान्तलाई ब्यवहारमा लागु नगर्दा पार्टी सुभचिन्तकलाइ त मर्का परेकै छ, त्योभन्दा ठूलो मर्का सर्ब साधाररणलाई परेको रहेछ । सुदुर पश्चिमका एकजना ब्यापारी मित्रलाई चन्दा माग्नले हैरान बनएछन् ! उनले मलाइ सोधे- ‘को कुन पार्टीको नेता कार्यकर्ता हो, कसरी चिन्ने ?’ मैले आफ्नो अनुभव सुनाऐं– ‘उनिहरुको सवारी हेरेर पत्ता लगाउनुस न ।’ फेरी सोधे– ‘कसरी ?’ मैले सुझाएँ–‘कांग्रेस हो भने पजेरोमा आउँछन् , एमाले बाईकमा र माओवादी हो भने साइकल वा पैदल आउँछन् ।’ उनले बुझेझैं गरेपछि मैले भनें–‘त्यसैका आधारमा उनिहरुसंग ब्यबहार गर्नुहोला ।’ उनले निधार खुम्च्याउंदै भने– ‘त्यो शुत्र त यो जिल्लामा असफल भैसक्यो नि ।’ मैले सोधें –‘किन र ?’ उनले रहस्य खोले–‘यहाँ त माओवादी ‘स्क्रोपियो’ गाडीमा, एमाले ‘बोलेरो’मा र कांग्रेसहरु प्राडो र पजेरोमा !’

यसो संझिऐं– ‘ए, साँच्ची हो त, अहिले गाडी नहुने त ‘गणतन्त्रवादी’ हुनै सक्दैन नि ।’ त्यसपछि ब्यापारी मित्रलाई अर्को तर्क सुझाऐं– ‘पार्टी चिन्न तपाईं ‘चिया शुत्र’को प्रयोग गर्नोस् ।’ उनी आशावादी नजरले मतिर हेर्न थालेपछि मैले भनें– ‘अब उप्रान्त जो तपाईंकोमा चन्दा माग्न आउँछ, अरु कुनै कुरा नगरी पहिले सोध्नोस् – ‘चिया ल्याऔं कि कफि ?’ यदि त्यो मान्छे ‘पार्टी कार्यकर्ता’ हो भने ‘कफि’ माग्नेछ । किनभने गाडी चढ्ने हैसियतको मान्छे चियामा पक्कै अल्झिने छैन । ’ मित्रले समस्या राखे–‘त्यो त मैले बुझें । तर मलाई त प्रष्ट रुपमा ‘कुन पार्टीको मान्छे हो, त्यो थाहा पाउनु पर्यो हजुर ।’

मैले उपाए बताएँ- ‘पख्नोस् न, त्यसको पनि कुरो आउँदैछ ।’ उनि सम्हालिएपछि मैले थपें–‘ कफि मागे पार्टीको मान्छे रहेछ भन्ने बुझ्नोस्, चिया माग्यो भने ‘पाती पढ्ने मान्छे’ हो भन्ने बुझ्नोस् । यदि चिया र कफि बाहेक ‘चिसोपर्दाथ’ माग्यो भने ‘पार्टी खाने मान्छे’ हो, बुझिहाल्नोस !’

उनले समस्या राखे–‘पाती पढ्ने’ वा ‘पार्टी खाने’ भन्दापनि पार्टीमा काम गर्ने मान्छे चिन्नु छ । किनभने को, कुन पार्टीको मान्छे हो, मैले सोही अनुसार ब्यवहार गरिंन भने मेरो ‘राम नाम सत्य’ हुन सक्छ ।’

मैले उनको समस्या लाई समाधान गर्ने थप प्रयास गरें–‘त्यसो भए तपाईं कफिलाई पनि ‘जेनेरेलाइजेसन’ गर्नोस् ।’ उनी आशावादी नजरमा मलाई हेर्न थाले। ‘कुन कफि ल्याउँ’ भनेर सोध्नोस् । उनिहरुको जवाफबाट तपाई प्रष्ट चिन्नु हुनेछ, को कुन पार्टीको मान्छे रहेछ । ’उनले सोधे– ‘कसरी ?’ मैले भनें– ‘माओवादीले भन्ने छ–कडा ‘ब्ल्याक कफी ल्याउनोस् ।’ कांग्रेसले भन्ने छ– ‘मिल्क कफि ल्याउनोस्, चिनी कम गरेर’, अनि एमालेले भन्नेछ– ‘जुन भएपनि भैहाल्छ, एउटा ल्याउनोस् न ।’

उनले सोधें–‘अनि मधेशवादी नि ?’ मैले जवाफ दिऐं–‘मधेशवादीले चिया कदापी माग्ने छैनन् , किनभने उनिहरुलाई लाग्ने छ– पहाडमा उत्पादित चियाले ‘मधेस मुक्ति हुँदैन ! कफिप्रतिपनि उनिहरुको आशक्ति नहुनसक्छ–किनभने उनिहरुलाई लाग्न सक्छ– कफि पहाडिया अहंकारबादको प्रतिक हो । त्यसैले उनिहरुले न कफि माग्ने छन्, न त चिया नै–उनिहरुले पक्कैपनि चिया र कफिको साटो ‘चाय’ अर्डर गर्नेछन् !

मित्र एकछिन घोत्लिएपछि बोले–‘ तर समस्या अझै गहिरो छ ।’ मैले उनलाई ‘इनकरेज’ गर्दै भनें–‘भन्नोस्, समस्याको खाल्डो पुर्न म सहयोग गर्छु।’ उनी भन्न थाले–‘यहाँ त पार्टी चिनेरमात्रै नहुने रहेछ, त्यो मान्छे कुन गुटको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’ मैले उनलाई सुझाऐं–‘माओवादीको ‘गुट’पहिचानकालागि पनि कफिशुत्रकै प्रयोग गर्नोस् ।’ उनले सोधे–‘जस्तो ?’ मैले बेलिबिस्तार लगाऐं– ‘यदी प्रचण्ड गुटको मान्छे हुन् भने उनले कफि पिउने कुरामा ‘कन्फिडेण्ट’ देखिन्छन् । जस्तो कि, उनले भन्ने छन्– ‘मने निश्चित रुपमा कफि नै पिउनुपर्छ भन्ने हाम्रो ‘ठम्याई छ ।’ तर बाबुराम ‘लाईन’ कुनै कुरामा पनि ‘ठम्याई हुंदैन, उनिहरुलाई ‘कफि पिउनुपर्छ कि भन्ने ‘लाईरा’हुन्छ । उता बैद्य लाइनकाले तपाईंलाई आदेश गर्नेछन्–कफि पिउनुपर्छ भनेर भन्नोस् !’

मेरो शुत्र सुनेर उनि दंग पर्दै सोधे–‘एमालेमा पनि गुट छन्, कसरी चिन्ने ?’ मैले जवाफ दिऐं– ‘त्यसकालागि ‘मसला शुत्र’ प्रयोग गर्नोस । प्लेटमा बिभिन्न थरीमा मसला राखेर उसको अगाडी राख्नोस् । यदी उ ‘ओली गुट’को हो भने दुई टुक्रा ‘सुपारी’ मुखमा हालेर चपाउन थाल्ने छ, किनभने भने ओलीजीको जिल्ला झापामा धेरै सुपारी फल्दछ ।

‘खनाल पक्ष’को मान्छेले सुपारी छुंदा पनि छुंदैना, किनभने आफ्नो प्यारो नेताको जिल्ला इलाममा फल्ने ‘अलैंची’तिरै हात लम्काउनेछ । जहां सम्म माधव नेपाल गुटका मान्छेको कुरा छ –उसले सुपारी अलैंची दुवै टिपेर मुखमा हाल्दै भन्ने छ– आफु त ‘पान धेरै खाने’ रौतहट जिल्लाका नेताको मान्छे परियो ।’

मित्र दङ्ग पर्दै बोले– ‘धन्यबाद गुजरालजी ! अब मलाई ‘देउवा गुट’, ‘पौडेलपथ’, ‘सुशील लाइन’, ‘फोरम मोर्चा’, ‘सद्भावना समूह’, ‘तमलोपा वर्ग’,को बारेमा पनि बताई दिनोस् न ।’ मलाई झनक्क रिस उठ्यो – ‘पहिले एक पेट खाजा खुवाउनोस्, अनि बोल्छु ।’ उनले सोधे–‘यो चाहीं कुन लाईन हो ?’ मैले हाँस्दै जवाफ दिएँ– ‘भोक बिरुद्धको लाईन ।’ त्यसपति उनि खाजा लिन निस्किएका, अहिलेसम्म फर्किएका छैनन् । न बसौं कि निस्कियौं, मेरो ‘लाइन’ चाहिं अन्योलमा छ ।

(श्रोत :- Onlinekhabar )

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : म के गरूँ

~इल्या भट्टराई~Illya Bhattarai_1

जीवनलाई कुनै परिभाषामा कैद गर्न सकिन्न शायद, त्यसैले त जीवन अस्तव्यस्त छ । सोचेजस्तो फ्रेममा जीवनलाई राख्न सके यो एकनासको बाटोमा सोझै हिँड्थ्यो होला । तर जीवन कथाकारले सोचेको प्लट होइन, त्यसैले त यो सरल पनि भएन । आउने मोडमा यो कुन रुपमा आफ्नो अगिल्तिर आइदिन्छ आफूलाई नै केही थाहा पनि भएन ।

कोठामा पस्ता त्यहाँ एउटा अपरिचित मौनताले मलाई चिसो दृष्टिले स्वागत गरेको थियो । अपरिचयको एउटा उराठलाग्दो गन्ध … एउटा कठयाग्रिने कठोर चिसो हामी दुवैको बीचमा मौन भई पसारिएको थियो । कोठाबाहिरको बेगमबेली पनि अँध्योरो छायामा उभिएर अपरिचयको पराई लयमा कुन्नि के गीत हो सुसेल्दै थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन्न बाँकि एउटा कुरा

~गौतम “उदय”~Gautam 'Uday'

बिकसित देशहरुमा काम पाउनु भन्दा पनि एकाध बाहेक जुन स्तरको काममा पनि दुख चाहिँ औधी हुने। थकाइ सान्त पार्न र ताजकीपन पाउन विविध प्रकारका साधन र ठाउं प्रसस्तै उपलब्ध भए पनि यी सबै व्यक्तिगत रुचीमा भर पर्ने रहेछन। एक दुई पटक गए पनि पब र डिस्कोहरुमा मदसंगै घोलिएर आउने अलिकति मात्र मिनी स्कर्टले छोपिएका सुडौला तिग्रा, तलबाट निचोरेर माथिबाट झन्डै खसाउनै लागेका जस्तै बक्ष्य, हाउभाउ कटाक्ष्य सहितका मन्द मुस्कान उति मन परेन मलाई। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो अध्याय

~सन्तोष खतिवडा~Santosh Khatiwada

मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका ४० ‌औं लाख मानिसलाई अँध्यारो अनि सानो बत्तिको बानी परेझै मलाई पनि सानो इन्भर्टरले बानी परिसकेको थियो । त्यो मसिनो उज्यालोमा मैले मोवाइलको स्कि्रनमा आँखा दौडाएँ । म्यासेज हैन रहेछ, फेसबुकमा नोटीफिकेशन आएको रहेछ । नोटीफिकेशन हेरेँ । ‘खुशी वान्टस् टु बि योर फ्रेन्ड’ भन्ने नोटीफिकेशन देखेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यहाँ किन आएको ?

~डा. बेञ्जु शर्मा~

पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप चियासम्म पुग्ने । जे होस् बसले घरसम्म पुर्‍याइदिने भयो, खाना त घरमै गएर खाउँला, मनमनै यति सोचेर म लामो सास तान्छु । मनको थकाइ, शरीरको थकाइ, उमेरको थकाइले म थिलथिलो भइसकेको छु, कमजोर अनुभव गर्छु । गोडा कमाउँदै म बस खोज्न थाल्छु । कुन बस कहाँबाट जान्छ, केही लेखिएको हुँदैन । एउटालाई सोध्छु पल्लो कुनामा बस लागिरहेको बताउँछस त्यहाँ पुग्छु, बस हुँदैन ।

”जनकपुरको बस कहाँबाट लाग्छ ?” म त्यहींको नाङ्लो पसलमा सोध्छु ।

”यहाँ होइन, उता पर कुनाबाट”

म अर्को कुनामा पुग्छु । त्यहाँ पनि बस हुँदैन । सोध्दै र खोज्दै यताबाट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिद्रोहीको सपना

~ओमप्रकाश निरौला~

“युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्‍यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग र जरायोको काँचो मासु ब्लेडले (पत्तीले) चिर्दै चिर्दै खायौं । पकाएर खानेसम्म पनि फुर्सद थिएन । एकातिर भोक अनि अर्कोतिर दुस्मनले घेरा हाल्ला भन्ने डर । मर्नुभन्दा बहुलाउनु निको भन्ने उखान सम्भिmँदै मैले पनि मृगको काँचै मासु खाएँ । डाक्टरहरूले पनि हामीसँगै खाए । मलाई एउटा कुरा अचम्म लाग्यो, मैले कहिलेकाहीँ टेलिभिजनका च्यानलहरूमा केहीकेही मान्छेहरूले जङ्गली जनावर र चराचुरुङ्गीलाई मारेर अलिअलि पोल्दै अनि कहीलेकाहीँ काँचै खाएको देखेको थिएँ । त्यस्तो देख्दा मलाई घीन लागेर आउथ्यो । कोहीकोही मान्छे त जनावर नै बन्न सक्दारहेछन् भन्ने पनि लाग्थ्यो । तर जब म आफैंले मृगको मासु काँचै खानुपर्ने भयो, त्यतिबेला मलाई एकरति पनि घीन लागेन । बच्चाले चकलेट खाए जसरी त भन्दिँन, तर रमाइलै मानेर खाएँ मैले । “

युद्ध सिद्धिएपछि पनि निरन्तर हामी दबाबमा परिरहेकै बेला एउटा हवाइजहाज आयो, जसले हामीलाई देख्यो । त्यसकोलगत्तै हेलिकप्टर आयो र हेलिकप्टरले गोली हान्न थाल्यो । हामी जङ्गलभित्र छिर्‍यौं र रूख रूखमा अढेस लागेर सुरक्षित हुन थाल्यौं । लगत्तै हेलिकप्टरले बम खसाल्न थाल्यो । हाम्रो कम्पनी कमिसारले आफ्नो सेटमा मिटर घुमाएपछि हेलिकप्टरमा बोलेको आवाज पनि सुनिन थाल्यो । जङ्गल पूरै घनाखालको थिएन । केही रूख र त्यसपछि खाली ठाउँ थियो । हेलिकप्टर केही बेरमा हराउँथ्यो । सायद गोली, बमहरू लिन जान्थ्यो होला । हाम्रो टोली विकेन्द्रित तरिकाले रक्षा गर्दैगर्दै पछाडि सर्दै थियो । दुश्मनको हेलिकप्टरको आक्रमणमा परी कमरेड नमूनाले सहादत प्राप्त गर्नुभयो ।

त्यसरी आफ्नो टोलीलाई बचाउँदै पछाडि सर्दै गर्दा मैले एकजना महिला सहयोद्धलाई अत्यन्तै दुःखलाग्दो, मार्मिक, अवस्थामा देखेको थिएँ । उहाँको शरीर पातलो थियो । उहाँको घुँडा चाहिँ चुँडिएको रहेछ सायद बमले होला । देख्नेवित्तिकै मेरो त मनै सिरिङ्ङ भयो । एकछिन त म हेरेको हेर्‍यै भएँ । घुँडा चुँडिएर खुट्टा उछिट्टएिको थियो । उछिट्टएिको खुट्टामा सेतो जुत्ता पनि सँगै थियो । घुँडाबाट रगत ह्वाल ह्वाली बगिरहेको थियो । टोलीको डाक्टरले ब्लिडिङ रोक्ने औषधि र इन्जेक्सन त दियो, तर ब्लिडिङ रोकिएन । त्यहाँबाट अघि बढ्दा पनि त्यही तस्बि भलझली आँखामा आइरह्यो । कैयौ दिनसम्म पनि त्यो दृश्य मेरो मनबाट हटेन । अहिले पनि मलाई पूरै सम्झना छ त्यो दृश्यको । केही समयपछि नै ती कामरेड सहादत भएको खबर आयो । सुन्दा साहै् दुःख लाग्यो ।

ब्याक सर्दै जाँदा बेलुकीपख एउटा घरमा पुगियो । घर एकदमै सामान्य मान्छेको जस्तै थियो । घरमा पनि एकजना पुरुष मात्र थिए । घर नजिकै भएको गोठमा केही गाईवस्तु र बाख्राहरू थिए । धेरै थकाइ लागेको हुनाले अन्य कुरालाई त्यही थाँती राख्दै बास मागियो । भोक ,प्यास, थकान सबैलाई विश्राम दिने आशयले बास मागियो तर त्यो घरको मान्छेले बास दिन मानेन । नजिक अन्य घरहरू पनि थिएनन् । हामीसँग त्यहाँबाट अन्त गएर बस्न सक्ने कुनै सम्भवना पनि थिएन । अनि उसैलाई थर्काएर बस्यौं । बास बस्न दिइनस् भने … भनेर हप्कायौ । हाम्रो युद्ध त उसका लागि पनि थियो । सामान्यतयाः हामी जनताहरूप्रति अत्यन्तै नरम र सम्मानित व्यवहार गथ्र्यौं तर वाध्यतावशः हामीले त्यसलाई थर्काएर बस्यौं । सबै नियमहरू युद्धमा पालना गर्न नसकिने रहेछ । वा भनौं सिद्धान्त र व्यवहारमा फरक अवश्य पर्ने रहेछ भन्ने लाग्यो मलाई त्यतिबेला ।

त्यस घरमा बस्दा हामी दशजनाको टोली मात्र थियौँ । हामीसँग केही हतियार पनि थियो । एउटा एसएमजी र केही एसएलआर । भोक र निन्द्राले व्याकुल थियौँ हामी । खानेकुरा पनि खास केही पाइएन । सातु (मकै भुटेर पिसेको पिठो) भेट्टाइयो र त्यही खाइयो ।

रक्षात्मक चरणबाट गुजँ्रदै गरेको सेनाको टुकडीमाथि एक्कासी दुश्मनको सेनाले गर्ने हममला गरेझैं डाइरियाका जीवाणुहरूले मलाई हमला गरे । मलाई डाइरिया भयो । एकपछि अर्को गर्दै समस्या बढ्दै गए । डाइरिया पनि अनौठै खालको भयो । मलाई त्यस्तो तरिकाले कहिल्यै पनि पखाला चलेको थिएन । सुरुमा एक ढेड घण्टाको फरकमा हुँदै थियो, बिस्तारै आधा-आधा घण्टाको अन्तरालमा हुन थाल्यो । पानीजस्तो दिसा खललल गइरÅयो । त्यसले मेरो शरीरबाट के-के लग्यो के के, हिँड्नलाई पनि निकै कष्ट हुन थाल्यो । पाइला सार्नै सकिन्न जस्तै भयो यद्यपि बाध्यात्मक परिस्थिति रहेकाले हिँड्नै पथ्र्यो । पानी पनि भने जति खान पाइएन । के भएर हो, धन्न पेट चाहिँ दुखेन । दिसा जाने बेलामा चस्स घोचेजस्तो हुन्थ्यो, पेट कटक्क खान्थ्यो । निरन्तर रूपमा भने पेट दुखेन ।

निरन्तरको हिँडाइ र पखालाले लखतरान भएर बेलुकीतिर गाउँको एउटा घरमा बास बस्न पुगियो । सानो परालले छाएको घरसँगै जोडिएर भित्तापट्टी रहेको एउटा सानो कोठा । घर अगाडि सानो आँगन, त्यस अगाडि एउटा खोल्मा । गोठको तल्लोपट्टी गाईवस्तुहरू घाँस खाएर रमाइरहेका, केही बाख्राका पाठाहरू पनि आँगनमा कुखुरासँगै खेल्दै गरेका । त्यहाँ पुगेपछि मलाई धेरै राहत मिल्यो । सर्वप्रथम त टन्न पानी खान पाइयो । साथै त्यो घरमा कहिलेकाहीँ झाडापखाला लाग्न सक्छ भनेर ल्याएको औषधी पनि रहेछ । एउटी बहिनीले ल्याएर दिइन् । त्यो पनि खाएँ अनि अन्य कुराको वास्ता नगरी म ओछयानतिर लागें ।

म बिरामी भएको थाहा पाएर घरका बाबैले मलाई त्यही भित्तापट्टी रहेको कोठामा सुत्ने प्रबन्ध मिलाइदिए । म खाना नखाने भन्दै कोठामा छिरे । सुत्ने ठाउँ सफा राम्रो र व्यवस्थित थियो । पछि साथीहरू चाहिँ त्यो गोठको खोल्मामा परालको ओछयान लगाएर सुतेछन् । एकजना साथी, जसले ओढ्ने पनि भेटेछन् उनी परालमाथि सुतेर पनि ओढ्ने पाएकोमा खुसी थिए ।

त्यो घरमा पनि लगभग एक घण्टाको फरकमा मलाई पखाला चलिरह्यो । दुई तीन पटक बाहिर गएपछि भने मलाई अलि आराम भयो । सायद औषधिले काम गरेको हुनुपर्छ । त्यसपछि चाहिँ निन्द्रा लाग्छ कि जस्तो लाग्यो र ओछयानमा पल्टिएँ । झकाउन मात्र के लागेको थिएँ, कोठामा केही छिरेजस्तो लाग्यो । मनमा हलुका डरको महसुस हुँदै थियो । एकैछिनमा मेरो डर हरायो अनि शङ्का पनि । जब त्यो आकृतिले सलाई कोर्‍यो र टुकी सल्कायो । टुकी बलेपछि थाहा भयो कोठामा छिर्ने त त्यही बहिनी पो रहिछिन् जसले मलाई केही समय अगाडि औषधि दिएकी थिइन् । उनले दाइ निदाउनुभयो कि ? भनेर सोधिन् । नुनचिनी पानी बनाएर ल्याएकी रहिछन् । बिस्तारै गिलासमा लगाइन् र मलाई हातमा दिइन् । मैले उनलाई हेरिराखें । पिउन लगाइन् । मैले उनको अनुहार हेर्दै हेर्दै एक गिलास पानी पिएँ । त्यसले मलाई धेरै राहत दियो । उनी बाहिर निस्किइन् ।

एकैछिनपछि ती प्यारी बहिनी एउटा बटुको लिएर फेरि भित्र पसिन् । अघि घरको काम, थान्कोमुन्को यताउता गर्दागर्दै समय नै मिलेन, बल्ल सबैजना खाना खाएर सुत्न जानुभयो र मैले तपाईलाई थोरै जाउलो बनाएर ल्याइदिएकी छु । सेलाएर ठिक्क पारेर ल्याएकी छु, खाएर सुत्नुस् । यति भनेर उनी मेरो छेउमा आइन् र मलाई बटुको थमाइदिइन् ।

मैले बटुको समाएँ । केही बोलिँन । म एउटा अपरिचित मान्छे । मेरा लागि किन यस्तो दुःख गरेको होला भन्ने लाग्यो । एउटा अपरिचित मान्छेमाथि उनले देखाएको मायाले मेरो शीर निहुरियो । मैले आमालाई सम्झेंं । यस्तो माया त मलाई आमाले मात्र गर्नुुहुन्थ्यो । त्यो सम्झेर मेरा आखाँहरू एकाएक रसाए । मुटुको धड्कन नै रोकिन्छ कि जस्तो भयो । धेरै समय पछाडि मलाई कसैले यति धेरै माया गरेको थियो । उनी एकछिन उभिइरहिन् । मैले नजानिँदो पाराले आँसु पुछें । उनले देखिन् वा देखिनन् मलाई थाहा भएन । जब म जाउलो खान थालें तब मात्र उनी ल त खाएर आराम गर्नु भन्दै बाहिर निस्किइन् ।

मैले बल गरेर अलिकति जाउलो खाएँ । उनी बाहिर निस्किएपछि म सोच्न थाले । यी अबोध नारीभित्र कति धेरै माया छ, कति धेरै प्रेम छ, कति धेरै स्नेह छ । उनले मलाई के सम्झिएर सेवा गरेकी होली ? उनको मनमा मेरो कस्तो चित्र होला ? केको रूपमा उनले मलाई हेरेकी होली ? एउटा बिरामीको रूपमा ? कि दाइको रूपमा ? कि साथीको रूपमा ? कि प्रेमीको रूपमा ? यस्ता अनेकौंखालका तरङ्गहरू मेरो मनमा आइरहे ।

यस्तै-यस्तै कुरा खेलाउँदै धेरै समय बिताएँ मैले । मलाई ऊ मेरी आमा हो जस्तो लाग्यो । ऊ मेरी बहिनी हो जस्तो लाग्यो । मेरी साथी अनि मेरी प्रेमिका हो जस्तो लाग्यो । त्योभन्दा पनि ऊ मदर टेरेसा हो जस्तो लाग्यो, फ्लोरेन्स नाइटिङ्गेल हो जस्तो लाग्यो ।

यस्तै सोचाइमा डुब्दाडुब्दै म निदाएछु । भोलिपल्ट बिहान साथीहरूले सबेरै उठाए । हामीले छिट्टै नै त्यो ठाउँ छोड्नुपर्ने थियो । छुटेको टोलीसँग पनि सम्पर्क गर्नुपर्ने थियो । फेरि दुस्मनले घेर्ला भन्ने पनि डर थियो । सबेरै हिँड्नु पर्ने भएकाले त्यस घरका बुबासँग बिदा मागेर हिड्यौं हामी । हिँड्ने बेलामा ती बहिनीसँग बोलुँला, परिचय गरुँला र उनलाई धन्यवाद दिउँला भन्ने लागेको थियो । तर मेरो चाहना पूरा हुन सकेन । युद्धमा चाहेर पनि कति कुरा गर्न नपाइने रहेछ ।

(श्रोत :- Onlinekhabar )

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : दसैँ आयो

~उमा सुवेदी~

नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो

उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे होलान् । छुट्टी लिएर देश, विदेशबाट गाउँघरतिर फर्किनेहरुको लर्को बढ्दै होला । सहर बजारतिर किनमेल गर्नेको भिड बढेको होला । टेलरहरुले नयाँ अडर क्लोज गरे होलान् । बूढी आमैहरु पिँढीमा बसेर सहरिया छोराछोरी अझैसम्म नफर्केकामा खुइय गर्दै होलान् । कोही कोही हातले घामको टहक छल्दै पर पर बाटामा हिँडिरहेकाहरुलाई आँखा झिमिक्क नपारी हेरिरहेका होलान् । कोही भने वर्षौंपछिको भेटमा हर्षका आँसु बगाइरहेका होलान् ।

तर इजरायलको यो होलोन सहर जस्ताको तस्तै छ, बिलकुल बेपर्वाह । मानिसहरु उसै गरी काममा गइरहेका छन्, फर्किरहेका छन् । सडकमा गुड्ने गाडी पनि

toda-upanyas

उस्तै छन् । बाटाका छेउमा ठिङ्ङ उभिएका जैतुन र खजुरका रुखहरु केही थाहा नपाएझैँ उभिएका उभियै छन् । पानीको फोहोरा उसै गरी फिँज काडिरहेको छ । पार्वतीलाई यी सब लाटाजस्ता लाग्छन् । सबैलाई झङझङ्ग्याउँदै सोध्न मन लाग्छ उसलाई-

‘के तिमीहरुलाई दसैँ आएको पनि थाहा छैन ?’

पोहोरको दसैँमा ऊ किकार वाइजमेन पार्कको एक कुनामा रहेको खजुरको रुखको फेदमा छलिएर खुब रोएकी थिई । बाटामा हिँड्दा पनि ऊ थाहै नपाई रोइरहेकी हुन्थी । मानिसहरु आश्चर्य मानेर ऊतिर हेरिरहेका हुन्थे ।

यसपालि पनि उसको मुटुमा पहिरो त गएकै छ तर आँखामा बाढीचाहिँ पसेको छैन । उसलाई बानी पर्दै छ ।

घटनास्थापना सुरु भैसकेको छ । यो दसैँमा पार्वतीले चार दिन बिदा मिलाएकी छे । दसैँ बिदा बस्नकै लागि उसले पुरानो बिदा सञ्चित गरेर राखेकी थिई । यी चार दिन अपार्टमेन्टमा साथीहरुसँगै बसेर विभिन्न ठाउँ घुमेर बिताउने उसको योजना छ ।

इनेसले भने अँध्यारो अनुहार बनाइन् । उनले भनिन्, ‘अब चार दिन कसरी बिताउने ?’

पार्वतीले इनेसलाई सम्झाइबुझाइ गरी । उसले ठट्यौलो पारामा भनी-

‘साप्ता -हजुरआमा), मैले तिमीलाई धेरै हेरेँ । यसपालि तिम्रो देश पनि हेर्छु । तिम्रो देश तिमीजस्तै मायालु छ कि छैन, मलाई बुझ्न मन छ ।’

उसको कुरा सुनेर इनेस मुसुक्क हाँसिन् । अनि तुरुन्तै भावुक भएर भनिन्-

‘जाऊ, तर छिट्टै आऊ है । म तिमीबिना एक्ली हुन्छु । साराको घरमा रमाउनै सक्तिनँ म ।’

उसले इनेसलाई चार दिनका लागि चाहिने सरसामानहरु एउटा ब्यागमा मिलाएर राखिदिई ।

भोलिदेखि चार दिन साराकहाँ पाहुनाजस्तै भएर बस्नुपर्ने भएकाले इनेस रातभरि निदाउन सकिनन् । छोरीको घरमै जाने भए पनि उनी खुसी थिइनन् । तर छिनछिनमा पार्वतीलाई उपदेश भने दिइरहेकी थिइन्-

‘धेरै बाहिर नहिँड्नू । घाममा निस्कँदा सनकि्रम लगाएरमात्र निस्कनू, नत्र छालामा दाग आउँछ । पैसा गोजीमा राख्नू, धेरै पैसा नबोक्नू । धेरै पैसा छ भने धेरै नै खर्च गर्न मन लाग्छ ।’

पार्वतीले आमालाई सम्झी । उसकी आमा पनि त उसलाई यसरी नै अर्ती दिन्थिन् ।

आमाहरु कति राम्रा ।

000

लेभिन्स्की पार्क इजरायलस्थित नेपालीहरुको भेटघाटस्थल थियो । यो केन्द्रीय बसस्टेसन तखाना मार्काजितको नजिकै थियो । हार्चियोन र लेभिन्स्की रोडको कुनामा त्रिकोण परेर यो पार्क बसेको थियो । यत्रतत्र नेपाली नै नेपालीमात्र छरिएका देखिन्थे । नजिकै रहेको चाइनिज मार्केटको होहल्लाले असन बजारलाई सम्झाउँथ्यो ।

इजरायलमा काम गर्न बसेका केयर गिभरहरुको अपार्टमेन्ट तखाना मार्काजित नजिकै थियो । टाढा टाढा काम गर्नेहरुलाई बेलुका यहाँ आइपुग्न सजिलो थियो । शारीरिक रुपले सबल रहेका वृद्धाहरुकहाँ लिभआउट केयर गिभरहरु बस्छन् । तिनीहरु आठ घण्टा ड्युटी गर्छन् र साँझतिर हतार हतार आफ्नोे अपार्टमेन्टमा आउँछन् । अपार्टमेन्टको बहाल, खानपिन गाडीभाडा लगायतको खर्च आफ्नै गोजीबाट गर्नुपर्ने हुँदा यस्ता केयर गिभरको बचत कम हुन्छ । हिँड्डुल गर्नसमेत अर्काको भर चाहिने वृद्धाहरु लिभइन केयर गिभर राख्छन् ,जसले चौबीसै घण्टा वृद्धाकै वरिपरि रहनुपर्छ । यस्ता केयर गिभरलाई बिदा अत्यन्तै कम हुन्छ तर आर्थिक बचत निकै हुन्छ । वृद्धाकै फ्ल्याटमा बस्ने, उनीसँगै खाने र बाहिर घुमफिर पनि नहुने भएपछि यिनीहरुले छिट्टै सम्पत्ति जोड्छन् । अझ बिदाका दिन पनि काम गरेबापत अतिरिक्त भत्ता पनि पाउँछन् । त्यसैले इजरायली केयर गिभरको उद्देश्य हुन्छ- सकेसम्म अशक्त वृद्धाको सुसारे बन्ने ।

000

पार्कको छेवैमा टेलिफोन बुथहरु थिए । हरेक बुथमा नेपाली केयर गिभरहरुको घुइँचो थियो । बुथमा एक छिन उभिएर सुन्यो भने थाहा हुन्थ्यो, कसले इजरायलमा पहिलो दसैँ मनाइरहेको छ र कसले दोस्रो, तेस्रो या चौथो । पुरानाको आफन्तसँगको वियोगको घाउमा खाटा बस्न थालेको देखिन्थ्यो । नयाँहरु भने वियोगको लप्काले डढेको अनुहार लिएर छटपटाइरहेका थिए । पुरानाहरु कोही चिल्ड्रेन पार्कको पिङमा मच्चिरहेका थिए । कोही हुन्डीवालाहरुसँग पैसाको कारोबार गरिरहेका थिए । कोही समूह बाँधेर पिकनिकमा रमाइरहेका थिए । नयाँ केयर गिभरहरु भने रुन्चे अनुहार लिएर यो सब नियालिरहेका थिए । कोही फूलको बोटमा छेलिएर एक्लै बसेका थिए, कोही फोनको रिसिभर कानमा अड्याएर रुँदै नेपालमा रहेका परिवारजनसित कुरा गरिरहेका थिए ।

फोनमा कोही आफ्नी बूढी आमालाई फकाउँदै थिए । कोही आफ्ना सन्तानको तोतेबोली सुनेर मर्माहत थिए । कोही आफ्ना श्रीमान्सँग निष्ठुर रातका सुस्केराहरुको बयान गर्दै थिए । कसैलाई डर थियो, पाँच वर्षपछि र्फकंदा सन्तानले बिर्सिसक्ने हो कि ? कसैलाई आफ्ना श्रीमान्को माया बाँडिने हो कि भन्ने भयले गाँजेको थियो । आँखामा चमक थिएन, पाइलामा जोस थिएन, मनमा उमङ्ग थिएन । के के न गरुँला भनेर समाज र परिवारसँग विद्रोह गरेर विदेश हान्निएका चेलीहरु त्यस दिन साँच्चै थाकेका थिए । उदास, तेजहीन र हतप्रभ थिए तिनीहरु ।

यतिखेर इजरायली भूमि नेपाली चेलीहरुका आँसुले लफक्कै भिजेको थियो ।

000

लेभिन्स्की पार्कको रुवावासी हेर्न नसकेर पार्वती फर्केर थिरकुमारीकै अपार्टमेन्टमा पुगी । तर यो सुनसान कोठा उसलाई मसानघाटजस्तो लाग्यो । किनकिन उसलाई कोठाको मौनता भन्दा पार्कको रुवावासी नै ठिक लाग्यो । किनभने, त्यहाँ जीवन थियो । गति थियो । सपनाहरु थिए । रहर र चाहनाहरु थिए । आँसु त थिए थिए, तर सुन्दर भविष्यको कल्पनाले दिने अलिकति हाँसो पनि थियो त्यहाँ ।

एकै छिनमा थिरकुमारीसँगै शान्ति र रिनाहरु पनि आइपुगे । तीन महिनाअघि मात्र इजरायल छिरेकी भावना पनि त्यहीँ आएकी थिई । नेपालमा परिवारसित बसेर मनाएको पोहोरको दसैँ सम्झेर भावना रोएको रोयै थिई ।

भावनाको आँसुसँगै सुरु भयो दसँैको तयारी । सेलरोटी बनाउने चटारो पनि सुरु भयो ।

यत्तिकैमा भावनाको मोवाइलको घण्टीले मौनता भङ्ग गर्‍यो । भावनाले हत्तपत्त उठाइहालिन् ।

‘हेलो !’

तर त्यसपछि भावनाको मुखबाट अर्को शब्द निस्किएन । मोवाइल कानमा पुर्‍याएर हेलो भनेपछि उनले अर्को शब्द निकालिनन् । एकदमै गम्भीर देखिइन् उनी । क्रमशः उनको मुखाकृति बिगि्रन थाल्यो । भावनाको हबिगत देखेर थिरकुमारी पनि आत्तिन थालिन् । भावनाले मोबाइलमा बोल्न नसकेपछि थिरकुमारीले मोबाइल लिएर कुरा गर्न थालिन् । वातावरण एकदमै बोझिलो बन्न थाल्यो । अन्त्यमा फोन राखेर थिरकुमारीले पार्वतीसित बिस्तारै भनिन्-

‘भावनाका श्रीमान् बितेछन् ।’

यतिन्जेल भावना बेहोस भएर ढलिसकेकी थिइन् ।

000

भावनाका श्रीमान् दुवई गएको सात वर्ष भैसकेको थियो । केही समयसम्म त राम्रै गफगाफ हुन्थ्यो । तर तीन वर्षपछि भने फोनै गर्न छोडे उनले । भावना र छोराको वास्तै भएन उनलाई । पछि पो थाहा पाइन् भावनाले । उनका श्रीमान्ले त दुवईमै अर्को बिहे गरेका रहेछन् । त्यसपछि छोराको भविष्य सम्झेर अनेक मेसो मिलाएर भावना पनि इजरायल आइन् । यति हुँदा पनि उनलाई कुनै दिन सन्तानको मायाले लोग्ने फर्केलान् भन्ने आशा थियो ।

तर अब त्यो आशा पनि समाप्त भएको थियो । उनले रुँदै भनिन्-

‘लोग्ने जहाँ भए पनि सिन्दूर त मैसँग थियो । अब त्यो पनि रहेन । विधवा भएर समाजमा कसरी बाँच्ने ?’

तर थिरकुमारीले भनिन्-

‘पापी लोग्नेकी स्वास्नी भएर बस्नुभन्दा त विधवा भएर बस्नु ठिक ।’

किन भनेकी होलिन् थिरकुमारीले यति कठोर कुरा ? सबै जिल्ल परे । तर पार्वतीलाई थाहा छ थिरकुमारीको कथा र व्यथा ।

000

मोटो ज्यान, भरिएका गाला र छाती पनि भरिएकै । हाँस्ता काला काला वर्णका गालामा डिम्पल देखिन्थे । थिरकुमारी नामजस्तै थिइन् स्थिर र अविचल । अनुभव र उमेरका कारण उनी सबैकी दिदीजस्तै भएकी थिइन् इजरायलमा । पार्वती त उनलाई दिदी नै भनेर बोलाउँथी ।

सासू, ससुरा र श्रीमान्ले घरसल्लाह गरेरै हाँसीखुसी उनलाई यता पठाएका रे । उनले महिनैपिच्छे पैसा पठाइन् । पैसाको बिटो समाएपछि श्रीमान् लालबहादुर फोनमा निकै बेर गफिन्थ्यो । गफिन्थ्यो के भन्नु, श्रीमतीको चाकरी गथ्र्यो, ‘मैले तिमीजस्ती वीर श्रीमती पाएँ । म कति भाग्यमानी Û तिमीले पठाएको पैसाले सहरमा घरघडेरी किन्छु, छोरा छोरीलाई राम्रो स्कुलमा पढाउँछु । तिमीले यताको कुनै पिर मान्नु पदर्ैैन । सम्हाल्ने म छँदै छु…… । ‘

लोग्नेका मीठा कुरा सुनेपछि थिरकुमारी भुइँ छाड्थिन्, ‘मेरो लालबहादुर जस्तो असल लोग्ने कसको होला र Û’

एक, दुई, तीन वर्ष बित्यो । थिरकुमारी सहरमा घर किनेको खबर सुन्न आतुर थिइन् । तर लालबहादुरले भने कुनै हतार गरिरहेको थिएन । खै किन किन लालबहादुर र थिरकुमारीबिचको फोन सम्पर्क पनि बिस्तारै पातलिन थाल्यो । पहिले पहिले केशवराज जर्साबकहाँ धाएझैँ दिनहुँ टेलिफोन बुथमा धाएर थिरकुमारीको चाकरी गरेर मात्र फर्किने लालबहादुर अब हप्तामा एक दिन पनि फोनमा आउन छाड्यो । कहिले व्यस्तता र कहिले नेटवर्कलाई दोष दिएर उम्कन थाल्यो । सासूआमै पनि फोनमा थिरकुमारीसित यतिमात्र भन्थिन्-

‘छोराछोरीको पिर नगर् । म छउन्जेल यिनलाई केही दुःख हुँदैन । आफ्नो राम्रो ख्याल गर् है बुहारी ।’

‘पक्कै केही गडबड छ- थिरकुमारी अस्थिर भइन् ।

झापाको बुधबारे माइतमा फोन गरेर भाइलाई मोरङको आफ्नो घरमा कुरा बुझ्न पठाइन् ।

‘भान्जाभान्जीको साह्रै न्यास्रो लागेर आएको’ भन्दै थिरकुमारीको भाइले दुईचार दिन दिदीका घरमा बसेर कुरा बुझेपछि भने बादल हटेपछिको आकाश जस्तो सबै कुरा छ्याङ्ङ भयो ।

श्रीमती बिदेसिएको केही समयसम्म त लालबहादुरले ठिकै ठाउँमा खुट्टो टेकेछ । तर, जब आफूले दुई वर्षमा पनि जोड्न नसकेको सम्पत्ति श्रीमतीले एकै महिनामा पठाई तब त्यसको नसा नसामा मात चढेर खुट्टो लरबरिन थालेछ । नसा नसा हुँदै जब मात दिलसम्मै पुग्यो त्यसपछि त आँखा पनि तिर्मिराए । सही गलत ठम्याउन सकेन । आफ्नो पराई र पराई आफ्नो भयो ।

छोरालाई महँगा पहिरनमा ठाँटिएको देख्दा सुरुमा त आमाका आँखामा पनि भ्रम भयो- होइन, यो मेरै छोरो हो ? तर आमाका आँखालाई कुरा बुझ्न धेरै बेर भने लागेन । भनिन्, ‘हेर् छोरा ! बुहारीले त्यसरी दुःख गरेर कमाएको पैसा हृवारहृवारती नसक् । त्यसका आँसुले सराप्छ कुनै दिन ।’

अर्कैले लखेटी लखेटी पन्जामा पारेको सिकार खोसेर खाएको बाघजस्तो भएको थियो छोरो । आमाका वचनले के छुन्थ्यो । राता आँखा पार्दै सनक्क सन्केर लाग्यो कतैतिर ।

एक दिन भुजेल्नी कान्छीले पल्लो गाउँकी धर्मीसँग पथरी बजारको होटेलमा एउटै प्लेटमा चाउमिन खाँदै गरेको देखिछिन् लालबहादुरलाई । सोझो र सफा मन भएको धर्मीको लोग्नेले कसैलाई बिझाउने कुनै काम गर्दैनथ्यो । धर्मीलाई ज्यादै माया गथ्र्यो । तर धर्मीको परिभाषामा माया भनेको पैसा थियो । राम्रा राम्रा पहिरन र गरगहना थिए । त्यसैले लोग्नेको मायालाई लत्याएर ऊ थिरकुमारीको लोग्ने लालबहादुरसँग लहसिएकी थिई ।

अर्को दिन धने माल्दाइले लालबहादुरलाई धर्मीसँगै दमकको सुन पसलमा देखेछन् । धर्मीले त्यहाँ दुईवटा सुनका औँठी, एउटा सिक्री र चुरासमेत लगाएको माल्दाइले देखे । घर र्फकंदा बाटाछेउको चियाबगानमा शिरीषको रुखमुनि अडेस लागेर लालबहादुर र धर्मीले लाजै नमानी मायाप्रीति साटेको पनि देखे माल्दाइले ।

भुजेल्नी कान्छी र धने माल्दाइको मुखबाट पुत्रको पौरख सुनेपछि आमा घाइते बँदेल्नीजस्ती च्वाँऽऽ गर्दै धर्मीको घरतिर हान्निइन् । त्यति बेला लालबहादुर खरदारको जागिर खान नगई धर्मीका म्याक्सीमुनि पो लुकेर बसेको रहेछ । आमालाई देखेपछि ऊ घर पछाडिको मकै बारीमा लुक्यो ।

ंआमैले दौडेर गई धर्मीको कपालमा समाइन् । एक छिन त धर्मी बोलिन । आफ्ना छोरालाई पानीमाथिको ओभानो ठानेर आफूलाई मात्र धारिला वचनले काटेको काट्यै गरेपछि धर्मीलाई पनि असहृय भयो । उसले ठाडै भनिदिई-

‘ममाथि के थुतुनु चलाउँछ्यौ आमै ! सक्छ्यौ भने बरु आफ्ना छोराको मुतुनुु जोगाऊ न ।’

‘हिलो चलाई मुखमा छिटा’ भन्दै आमा फर्किन् । फर्किंदै गर्दा उनले सुनिन्, ‘तिम्रा छोराले दमकमा मेरा नाममा एउटा घर किन्देका छन् ।’ धर्मीले अरू पनि के के भनी तर आमाले त्यसपछि केही सुनिनन् ।

पतिदेवको लीला सुनेपछि थिरकुमारीले इजरायलकै समुद्रमा आफूलाई विसर्जन गर्ने घोषणा गरिन् । भूमध्य सागरतिर दौडिँदै गर्दा कतिपटक साथीहरुले फकाएर फिर्ता ल्याए ।

समयले उनलाई सबभन्दा बढ्ता फकायो । अहिले उनलाई छोराछोरीको धेरै पिर लाग्छ । भन्छिन्-

‘तिनीहरुका लागि केही खर्चको व्यवस्था गरेर मात्र नेपाल र्फकन्छु ।’

त्यतिखेर उनको भर्खर भर्खर विवाह भएको थियो । उनको लोग्नेले बारम्बार भन्ने गरेको वाक्य उनलाई अहिले पनि प्रस्ट सम्झना छ । ऊ भन्ने गथ्र्यो-

‘तिमी चौपट्टै मायालु छ्यौ । जीवनभरि तिमीलाई माया गर्न पाउँ । तिमीले अरु केही गर्नु पर्दैन । तिमीलाई पाल्ने जिम्मा मेरो हो अब । म जसरी भए पनि खुसी राख्नेछु मेरी प्यारी थिरुलाई ।’

तर अब थिरकुमारीलाईर् लोग्नेका ती वचनहरु मीठो निद्रा बिगार्ने कर्कश आवाजजस्ता लाग्छन् ।

धन्न उनी त्यसैमा मख्ख परिनन् । चुलोचौकोमै आफूलाई सीमित गराइनन् । आफैँले केही गर्ने अठोट गरेर बाहिर निस्किन् । संसार देखिन् । नत्र टाउकामा हात राखेर भाग्यलाई धिक्कार्दै बाँच्नुपर्ने थियो उनले ।

अहिले उनमा आत्मविश्वास बढेको छ । अब उनी लोग्नेको दयाबिनै बाँच्न सक्ने भएकी छिन् । आफ्ना सन्तानको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र भविष्य नै अब उनको एकमात्र लक्ष्य बनेको छ ।

एक दिन उनले पार्वतीसित भनिन् –

‘प्ाार्वती, अब म त्यसलाई सम्झेर कहिल्यै आँसु झार्नेछैन । एक्ली भएँ भनेर कहिल्यै दुःखी हुनेछैन । बरु मलाई गर्व छ, अब मैले एउटा छाडा पुरुषकी निरीह स्वास्नी भएर आँसु पिउँदै बाँच्नुपरेन । आफ्ना खुट्टामा उभिएर बाँच्न सकेँ ।’

त्यसपछि थिरकुमारीले आफ्नो विगतलाई लिएर गुनासो गरेको पार्वतीले कहिल्यै सुनिन ।

000

थिरकुमारीले अनेक व्यवस्था गरेर भावनालाई त्यसै रात नेपाल पठाइदिइन् । भावनामाथि आइपरेको अप्रत्याशित आघातले सबैलाई आहत बनाएको थियो । तर थिरकुमारीले सबैलाई सम्झाइन्-

‘अहँ, दसैँका यी दिनहरुमा हामी कोही पनि दुःखी हुनेछैनौँ । सबैले आफ्ना र अरुका दुःखहरु बिर्सिएर रमाइलो गर्नेछौँ ।’

थिरकुमारीको कुरा सबैले माने ।

000

दशैँको रात झन् झन् गाढा हुँदै गयो । अपार्टमेन्टमा भेला भएका पन्ध्र जना युवतीले अझ जोसिला चुट्किलाहरु, कथा, कहानीहरु एकअर्कालाई सुनाए । त्यस रात कसैले सुत्ने कुरा गरेन । सबैलाई आफ्ना कुरा सुनाउने हुटहुटी थियो । कसैले भने-

‘बाआमाका थाप्लामा रिनको ठूलो भारी थियो, मैले हलुका पारिदिएँ ।’

कोही सहरमा जग्गा किनिसकेको कुरा गर्थे । घरै बनाइसकेकाहरु यो तातो मरुभूमिमाथि चिसा रात बिताउन छोडेर आफ्नै देशको न्यानो अँगालोमा बेरिन आतुर भइरहेका थिए ।

दुःखलाई सजिलै सुखमा बदल्ने आँट थियो सबैमा । कोही नाच्न थाले । कसैले पूर्वेली लोकभाका झिके ।

प्रतिमा आफ्नो स्पेनमा रहेको केटासाथीसँग मोवाइलमा गफिन थालेको झन्डै एक घण्टा भयो । प्रतिमा र सञ्जयले इजरायल आएको केही समयपछि एकअर्कालाई मन पराएका थिए । सबैले भन्थे, ‘कति सुहाउने जोडी ।’ साथीहरुको हौसलापछि उनीहरुले बिहे पनि गरे । केही समयपछि सञ्जय र प्रतिमाले स्पेन जाने र उतै सुखी जीवन बिताउने सल्लाह गरे तर सञ्जयको भिसा लाग्यो । प्रतिमाको अझै भिसा लाग्ोको थिएन ।

बिहे भए पनि प्रतिमा सञ्जयलाई पति, श्रीमान्, बूढो वा पोइ नभनेर केटोसाथी भन्थी । ऊ भन्थी-

‘मैले सुनेकी छु, लोग्ने भन्यो भने मायामा कमी आउँछ रे । पुरानो हुँदै जान्छ रे माया । केटोसाथी भन्यो भने बिहे गर्नुभन्दा पहिलेकै जस्तो झन्झनाहट हुन्छ रे शरीरमा । त्यसैले आफ्नो मायालाई ताजा राख्न र लभ पर्न थाल्दाको पहिलो पहिलो आकर्षण, कौतुहल र समर्पण भावलाई जीवन्त बनाइराख्न केटोसाथी भन्नुपर्छ ।’

रोशनीलाई भने प्रतिमाको तर्क मनै परेन । उसले लाजै पचाएर भनी-

‘के गफ लाउँछेस् ? तेरो लोग्नेको तुरी यतिन्जेलमा त जमेर छुर्पी भैसक्यो होला ।’

रोशनीको कुरा सुनेर सबै गलल्ल हाँसे ।

त्यसपछि रोशनीले हिजो भर्खर नेपालबाट आफन्तले पठाइदिएको छुर्पी सबैलाई बाँडी । सबैले कहिले प्रतिमा, कहिले रोशनी र कहिले छुर्पीतिर हेर्न थाले ।

000

‘अचेल नीति कतै बेपत्ता भएकी छे अरे नि हौ । कति दिन भैसक्यो अरे अपार्टमेन्टमै नआएकी ।’

रोशनीले अचम्मको कुरा गरेकी थिई । पार्वतीलाई त्यसै बेला नीतिलाई भेटूँ भेटूँ लागेको थियो ।

भोलिपल्टै पार्वती र रोशनीहरु लेभिन्स्की रोड हुँदै होर्चियोनतर्फ बढे । उनीहरुलाई आग्रा-३५ बाट होर्चियोन-३२ मा रहेको नीतिको अपार्टमेन्टमा पुग्न दश मिनेट लाग्थ्यो । उनीहरु नीतिलाई भेट्न निकै उत्साहित थिए । उनीहरुलाई विश्वास थियो । अरू बेला बेपत्तै भए पनि दसैँका बेला पक्कै पनि ऊ आफ्नै अपार्टमेन्टमा भेटिनेछे ।

नीतिको अपार्टमेन्टको गेट खुल्लै थियो । चार तले भवनको पहिलो तलाभित्रको हल्लीखल्ली बाहिरै सुनिन्थ्यो । उनीहरु सरासर कोठामा पसे । बैठकमा वरिपरि चारपाँच जना बसेर तास फिट्तै रहेछन् । बियरका बोतल, आधा रित्तिएका ग्लासहरु, भुटेको मासु, साँदेको बदाम र सलाद छेउछेउमा राखिएको थियो । जिउका आधाउधी लुगा गायब थिए उनीहरुका । एउटीले चुरोटको धुँवा मुखबाट फाल्दै प्रस्ताव गरी-

‘अहिले हामी स्वतन्त्र छौँ । त्यसैले आजका दिन मुखमा आए जति

छाडा बोलौँ । कति गुम्सिएर बस्नु, के छाडा शब्द लोग्नेमान्छेको मात्र पेवा हो र ?’

सबै दङ्ग परे । गजबको प्रस्ताव थियो यो । अर्कीले सुरु गरिहाली-

‘मेरो जाँठो लोग्नेले मलाई कहिल्यै माया गरेन ।’

अनि त के थियो र ! सबै जना आफूले जाने जतिका फोहोर र अश्लील शब्दहरु फलाक्न थाले । अर्कीले भनी-

‘मलाई नेपालका लोग्नेमान्छेलाई भन्दा बढ्ता छाडा बोल्न आउँछ । यदि यस्तो बोल्ने कम्पिटिसन हुँदो हो त म फस्टै हुन्थेँ होला । तर के गर्नु, नेपालमा बोल्नै नपाइने । आफूलाई कत्रो रहर थियो ।’

त्यसपछि उसले लहरै फोहोर गालीहरु उच्चारण गर्न थाली ।

तिनीहरुका तातो गफको गन्ध उनीहरुले पिइरहेको बियरको गन्धभन्दा कडा थियो ।

एउटीले भनी, ‘हेर केटी हो ! मेरो त एउटा फिलिपिनोसँग लभ परेको छ । त्योसँग म धेरै खुसी छु । इजरायल बसुन्जेल मस्ती गरिन्छ । पछिको किन पिर लिने ? जे होला होला । बिहे गरेन भने पनि केही छैन ।’

डन्डीफोरका दाग छोप्न अनुहारभरि भद्दा मेकअप गरेकी अर्की बत्तीस, तेत्तीस वर्षकी युवती झन् हौसिई-

‘आफ्नो त यतिका वर्षसम्म बिहे भएन । नेपालमा एउटा ब्वाइफ्रेन्ड थियो, छोडिहाल्यो । यहाँ आएको केही महिनादेखि एग्रिकल्चरमा काम गर्ने हेन्डसमसँग बस्दै छु । बिहे त गर्दैन होला । नेपालमा राम्री श्रीमती र दुई छोरा पनि छन् रे, उसैले भनेको । केही छैन, जिन्दगीको मजा यहीँ

चाख्ने हो । नेपालमा गएर अलिकति पैसाको जाल फालिन्छ, केटा त माछासरि ।’

उत्ताउलो पहिरनमा ठाँटिएकी अर्की युवती बियरले लठ्याएको जिब्रो लतार्दै बोल्न थाली-

‘आफू त गाउँकी केटी । बिए पढ्दै गर्दा बाआमाले बलिया पाखुरा हेरेर एउटा हरितन्नमलाई सुम्पे । पढेर केही गरुँला भन्ने रहर कल्पनैमात्र भयो । लोग्ने महाको जँड्याहा निस्क्यो । अलिअलि भएको मेरो दाइजो र गहनासमेत सकिदियो । सासू उहिलेको जमानाको खुइलेको कुरामात्र गर्थिन्- टाउको ढाकेर हिँड्, काम गर्दा चुरा नबजा, पुरुषहरुसँग हाँसेर नबोल् । के के हो के के । त्यतिमात्र हो र Û अलिकति तलमाथि भयो भने जगल्ट्याउँथिन् । अलच्छिनी, छौँडा, नकचरी भन्थिन् । लोग्नेको माया कस्तो हुन्छ भन्ने थाहै नपाई छोराछोरी जन्मिए । लोग्ने राति रक्सी धोकेर आउँथ्यो र रातभरि कोट्याइरहन्थ्यो । सुत्नै नपाइने । बाध्य भएर माइत आएर बसेँ । आमाले रिन काढेर यता पठाइदिनुभयो । यहाँ आएपछि थाहा भयो- जिन्दगी यति रमाइलो पनि हुँदोरहेछ ।’

तिनीहरुका वीभत्स गफ सुनेर पार्वतीलाई बान्ता आउलाजस्तो भयो । उसलाई एक छिन पनि त्यहाँ बस्न मन लागेन । अरुलाई पनि बस्न मन लागेन । उनीहरु चुपचाप बाहिरिए ।

‘नेपालका बँधुवा गाई हुन् यिनीहरु । यिनीहरुलाई इजरायल पठाएको त गोठमा बाँधिराखेको गाईलाई दाम्लो खोलेर जङ्गलतिर चर्न पठाएजस्तै भएको छ । फुक्काफाल छन् यिनीहरु । यिनका पछाडि उन्मत्त साँढेहरुको लाइन छ ।’ पार्वती एक्लै फत्फताई ।

जवाफमा रोशनीले भनी, ‘त्यसो होइन, यिनीहरु जे गरिरहेका छन्, ठिक गरिरहेका छन् । आफ्नो जिन्दगी आफ्नै हिसाबले बाँच्ने नि । किन अरुको नीतिनियम अनुसार चल्ने ?’

पासाङ रोशनीको कुरामा सहमत हुन सकिन । उसले भनी-

‘हामी एकदुई घण्टा फुर्सद मिल्यो भने पनि पार्टटाइम काम खोज्छौँ र एक एक पैसा जोडेर नेपाल पठाउँछौँ । यिनीहरु हुँदाखाँदाको ओभरटाइम जागिरमा समेत अर्कैलाई पठाएर चटारिएको कोरलीझैँ बहरको मुत सुँघ्दै कुद्छन् ।’

नीति नभेटिएकोमा भने उनीहरु सबैलाई खल्लो लागिरहेको थियो । निस्कनुअघि एउटी केटीले भनेकी थिई-

‘नीति बहुलाइसकी ।’

पार्वतीलाई त्यति बेला चार सय बीस भोल्टको करेन्ट लागेको थियो । पार्वतीलाई नीतिजस्ती हिम्मतिली केटी पनि बहुलाउन सक्छे भन्ने कुरामा पटक्कै विश्वास थिएन ।

उसले रोशनीसित भनी-

‘पोहर साल त हो नि, उसको लोग्नेले लागुपदार्थ किनबेचको आरोपमा साउदीमा फाँसीको सजाय पाएको । नीति त्यति बेला पनि बहुलाइन । उसले सही आफूमाथि परेको विपत्तिलाई । छोरीका लागि हरेक पीडा सहन तयार छु भन्थी ऊ । अहँ, नीति बहुलाउन सक्तिन ।’

रोशनीलाई पनि पार्वतीको कुरा हो कि जस्तो लाग्यो ।

000

(साँग्रिला बुक्सबाट प्रकाशित सुवेदीको ‘तोदा’ उपन्यासबाट)

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबाजीको सुपरमार्केट

~मनोज गजुरेल~

नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, ‘फलाहारीबाबा’, ‘जलहारीबाबा’, ‘औतारीबाबा’, ‘दौंतरीबाबा’, ‘कालबाबा’, ‘त्रिकालबाबा’, ‘अनिकारबाबा’, ‘निकालबाबा’, ‘संसारीबाबा’, ‘अन्सारीबाबा’, ‘भंसारीबाबा’, ‘पाइलटबाबा’, ‘खलाँसीबाबा’, ‘कालीबाबा’, ‘सालीबाबा’, ‘जालीबाबा’- कस्तो ‘बाबा’ बन्ने हो, अहिल्यै निर्णय गर्नोस् ।

प्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा खेलमा हार भयो वा ब्यापार चौपट बन्यो, राजनीतिमा पछारियो वा नैतिकता लछारियो-तपाईं ठान्नुहोस्, अब तपाईंका सुखका दिन शुरु भए । असफलता नै ‘बाबा’ बन्ने उत्तम अवसर हो । याद रहोस मैले छोराछोरीको बाबाको कुरा गरेको हैन, भक्तहरुको ‘बाबा’को बारेमा भनिरहेको छु । ‘बाबा’ भन्नु, सत्यको खोजीमात्रै हैन, एउटा बहुराष्ट्रिय कम्पनी खोल्नु पनि हो ।

‘बाबा’ बन्ने उपाय एकदमै सरल छ । प्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा- प्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा – ‘उपचार’को साटो ‘अन्धबिश्वास’लाईे पछ्याउनोस् । बन्न सबैभन्दा परिवारबाट पलायन हुनोस् । समाजबाट ‘डिस्कनेक्ट’ रहनुहोस् । दाह्री पाल्नोस् । कपडा फाल्नोस् । लट्टा पाल्नोस् । ‘हातको सफाई’ सिक्नोस् ।

तपाईं हिड्दा अरुलाई यस्तो लागोस् कि रोबोट हिडिरहेको छ । तपाईंको पोशाक यस्तो होओस् कि, अर्कै ग्रहको प्राणी जस्तो देखियोस् । हिडाईं, बोलाई, चाल, ढाल बिल्कुल अनौठो बनाउने प्रयास गर्नुहोस् । मानिसलाई यस्तो भ्रम होस् कि, तपाईं उहिले जुवामा घरजग्गा हारेर बेपत्ता भएको ‘बैकुण्ठ प्रसाद’ हैन, बिसौंबर्ष अन्र्तध्यान बनेर प्रकट हुनु भएका ‘त्रिकालदर्शी बैकुण्ठेश्वर बाबा १००२५’ नै हुनुहुन्छ ।

याद राख्नोस्, ‘बाबा बिजनेस’ शुरु गर्नुपूर्व केही बिश्वासिला ‘अन्धबिवस्वासी’ खोज्नोस् । पुराना जाँड पार्टनरहरु भेला पार्नोस्, अन्धबिश्वासीहरुको मिटिङ् बसाल्न लगाउनोस् । धर्मलाई ब्यापार बनाएर धार्मिकताकै धज्जी काड्नेहरुसँग संपर्क कायम गर्नुहोस् । भ्रष्ट कर्मचारीहरुसँग साइनो जोड्नोस् । पित्त पत्रकारहरुलाई निमन्त्रणा गर्नुहोस् । उपरोक्त ‘महान् नागरिक’हरु अगुवाईमा एउटा ‘पन्थ’ खडा गर्नुहोस् । ठुला ठुला पत्रिका , टिभी र वेभ साइटहरुमा समाचार छपाउनोस्-’सर्बज्ञाता, श्रृष्टिकर्ता, दुखहर्ता, अलौकिक ज्ञाता बाबा बैकुण्ठेश्वर प्रकट हुनु भयो ।’

तिनै ‘चण्डाल चौकडी’ मार्फत् लेख्न लगाउनोस्- ‘बाबाले छुनासाथ तपाईंको जागीर पक्का हुन्छ ।’ कुनै बिश्वासिलो अन्धबिश्वासी हाकिम मार्फत् एक/दुईवटा जागीर लगाई दिएझैं पनि गर्नोस् । ज्वरोले सिकिन्त भएको सोझो नागरिकलाई बुटीभित्र ‘सिटामोल’ मिसाएर खुवाउनोस् । टिभीमा फुक्न लगाउनोस्- ‘बाबाको बुटीद्धारा दिर्घरोग चट् π’, आफुलाई शक्तिशाली ठान्नेहरु सधैं असुरक्षित ठान्छन् । बाबाको प्राणरक्षक यन्त्रले ‘नमरुन्जेल कुनै शक्तिले केहीपनि बिगार्दैन’ भन्ने ‘अन्ध’ बिश्वास दिलाउनोस् । केही नेता, मन्त्री र प्रशासकहरुलाई हातमा लिनोस् । यति भएपछि तपाईंको ‘बाबागिरी’लाई सकैले रोक्न सक्नेछैन ।

मानसिक शान्ती, बिश्व बन्धुत्व, सकारात्मक शन्देश बोकेका ‘रियल बाबा’हरुले कैलेकाहीं तपाईंको ‘बिजिनेस’मा ब्यवधान खडा गर्न सक्छन् । नआत्तिनोस्, तपाईं वरिपरी ठुला ठुला पत्रकार, नेता र मन्त्रीहरु हुनुहुन्छ । सक्कली बाबाहरुभन्दा तपाईं बलियो यस मानेमा हुनुहुन्छ कि- नेता, ब्यापारी र तपाईंको उद्धेश्य ठ्याक्कै मिलेको छ ।

‘बाबा’ अहिलेको सबैभन्दा ‘बिकाउ बिजनेस’ हो । जहाँ मौलन्छ अन्धबिश्वास-त्यहाँ हुन्छ बाबाहरुको निवास । तपाईंलाईं लाग्ला- ‘बाबा’ बन्न आफ्नै खाने बिचार चाहिन्छ । चाहिंदैन । गीताको एउटा श्लोक टिप्नोस् । बुद्धको कुनै बाणी झिक्नोस् । एउटा जिससको शन्देश चुन्नोस् । मोहम्मदको एउटा हरम खोज्नोस् । साथमा, माक्र्सको एउटा बोल्नोस् । एकलाईन् ओशोका भनाईपनि थपिहाल्नोस् । यी सबै बिचार, सिद्धान्त र धारणाहरुलाई एकैठाउँमा बोल्नोस्- अब तपाईंको आफ्नै ‘पन्थ’ तयार भयो । अब तपाईं एउटा अलग्गै धारको ‘बाबागिरी’को सुपरमार्केट शुरु गर्न सक्नुहुन्छ । बिस्तारै त्यसलाई बहुराष्ट्रि्य कंपनी बनाउनोस् । धन्यवाद ।

(श्रोत :- Onlinekhabar )

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~Haribansha acharya

दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको थियो, फेर्ने सामर्थ्र्य थिएन । विकल्पमा घर बेच्नै पर्ने भयो । टङ्गाल गैरीधारामा एक रोपनी नौ आना जग्गा भएको घर बाउन्न हजार रूपैयाँमा २०३० सालतिर होला, बिक्री भयो । मेरो भागमा पैंतिस हजार रूपैयाँ पर्‍यो । Continue reading

Posted in पुस्तक अंश, संस्मरण | Tagged | Leave a comment

कथा : मेरो छोरो घूस खाँदैन

~मनु ब्रजाकी~Manu Brajaki

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो ।

“गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख देखाउन आएको यो बूढो बाउलाई ?”

“तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि !” उसले स्वास्नीतिर हेर्दै भन्यो । स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात् स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो अर्थात् तटस्थताको एउटा किनार हुन्छ नै । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~Gautam 'Uday'

औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । अफ्नो जीवनको आधार स्तम्भ भएकोले नै होला लुम्बिनी, पाल्पा, श्रीनगर Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चकलेट

~नयनराज पाण्डे~

पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ?

अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि आफ्नो गाउँलाई पनि बिस्र्यो भन्छन् जनता । त्यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बले बौलाएछ

~एकराज प्रधान~Ekraj Pradhan

गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’ Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

संस्मरण : पिलोको पिरोलो

~ध.च. गोतामे~

Dha Cha Gotame

रोगहरु पनि अनौठा किसिमका हुन्छन् । उदाहरणका लागि पिलो कै चर्चा गरौं । पिलो एक प्रकारको सानो खटिरा हो, जो मानव शरीरको कुनै भागमा पनि एकपट हुन सक्दछ । तर यो खटिरा आफ्नो स्थानीयकरणका लागि प्रसिद्ध भैसकेको छ । प्राचीनकालमा छोरीको छोराबाट पीडित भएका कुनै बुढाबाजेले पिलोको प्रोटोकल कायम गरी यसका लागि शरीरको ज्यादै महत्वपूर्ण र सुखद स्थान निर्धारित गरिदिएका Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment