कथा : किनाराको मन

~भगवती बस्नेत~

अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु ।

आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको छैन यी मेरा एकान्तका सारथीहरु ।

मेरो ल्याटपले मलाई कर्के नजरले हेरिरहे झैँ लाग्यो । उसलाई मायाले सुम्सुमाएँ,” छातीमा बेस्मारी टाँसे उसो त मेरो प्रिय मान्छेको उपहार हो यो ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : विवशताको क्यानभासमा ..

~शर्मिला खड्का ‘दाहाल’~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फनिलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ललित निबन्ध : मोक्षयात्रामा तिमी र म

~मोमिला~

मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू, प्रेमका Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हाँस्य-व्यङ्ग्य निवन्ध : पाठक

~चर्चित ढुङ्गेल~Charcheet Dhungel

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो ठूलो जातमा पर्दछन् । पहिलो बाहुन दोस्रो जैशी-सन्यासी तेस्रो क्षत्री चौथो कुमाई र अरु अरु । यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन । कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : माग्ने

~चर्चित ढुङ्गेल~Charcheet Dhungel

‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर् यो भन्ने भाषाशस्त्रीहरुकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने -कुनै ‘म’ बाट उठेको नामधारी ब्यक्तिले कुनै बस्तु ‘गन्गन्’गरि हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको उत्पति भएको हुनसक्छ । वा कोही ‘मगन’ नामको Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : लभफ्ल्यु

~चर्चित ढुङ्गेल~Charcheet Dhungel

परिचय

उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरुमा बिपरित लिङ्गिहरुप्रति चुम्बकिय आकर्षण पैदा भइ शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभफ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्डफ्ल्यु, स्वाइनफ्ल्यु भन्दा पनि डर Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कुहु-कुहु

~लक्ष्मीप्रसाद देवकोटा~

को हँ ? को हँ वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !
हैन हैन म त हैन म हैन
को हँ को हँ तर को चिनिँदैन ।

फूलमा छ कि ? कि छाँग हरामा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनको घँसिया गीत

~लक्ष्मीप्रसाद देवकोटा~

१.
मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख ।
निर्मल गाढा नीर गगनका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~

हौदा चढ्यो घोडामाथि
हौदामाथि हात्ती
चञ्चलेको राजालाई
यस्तो भयो पात्ती । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : एउटा बिशेष उपहार

~पुष्प जोशी~

चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच मिनेटसम्म अनबरत खोकी लगाइरह्ह्यो, फोक्सोसम्म पुगेर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~

ए, झर्नुभो आमा ? यतै आउनुहोस् न।

घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~

हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन जस्तो कहिले नलाग्ने। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई…

~सुरेश खनाल ‘बिर्खे माईला’~

(पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो)

उसले चुरोटको अर्को लामो सर्को तान्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भजन : दुर्गा स्तुती

~आचार्य प्रभा~

हे दुर्गा भवानी,सबकी माता
तिमी हौ हाम्रो भाग्य बिधाता
गर्छौं अर्चना राखेर मनमा
तिम्रै विश्वास फिँजाइे जनमा Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : अहंकार छाडेको दिन‏

~गीता थापा ‘दोषी’~

एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले कहिल्यै छाडेको थिएन शिलाकी आमालाई तर शिला Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : आक्रोश

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ ।

जेठा पति युधिष्ठिरले त भनेकै थिए, पापीहरू यस चट्टानमा हिँड्न सक्दैनन् । पाप नगर्ने संसारमा को होला ? पापी यहाँ हिँड्न नसक्ने हो भने त मैले भन्दा कता हो कता बढी पाप युधिष्ठिरले गरेका छन् । उनी किन ढलेनन् ? प्रस्ट छ, उनी पुरुष, त्यसमाथि राजा भएकाले सेवा, सुश्रुषा पाएर मभन्दा निकै बलिया छन् । म जुगदेखि मानसिक र शारीरिक दुबै हिसाबले पीडित नारी ! सत्य के हो भने म अत्यधिक थकाइ र भोकले ढलेकी थिएँ । माइला पति भीमले सोधे, ‘ठूल्दाइ, द्रौपदीले के पाप गरेकी थिइन् र यहाँ ढलिन् ? उनले हामी पाँचै दाजुभाइको त्यत्रो सेवा गरेकी थिइन् !’

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आधुनिक कथा

~जगदीश घिमिरे~

आमालाई क्यान्सर भएछ।

खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मूर्ख बाँदर

~एल एन सुवेदी ‘हस्ती’~L N Subedi 'Hasti'

कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।

राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।

एक दिन राजा आराम गर्ने क्रममा निदाएका थिए । बाँदर राजाको छेउमा बसेर राजातिर हेर्दै थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : होस्टेलकी दिदी

~अंशुमाली~

कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको घोडामा उतिर दौडदै आउछ । कालो घोडामा कालो लुगा लगाएको भिमकाय मान्छे । अहो कस्तो भयङ्कर उसको मुटु जोडले धड्कन्छ । त्यो मान्छे त हेर्दाहेर्दै ऊनेरै आयो । लौ उसले त उसको पाखुरामा च्याप्प समात्यो दुख्ने गरी र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : याचना

~केशु बिरही~Keshu Birahi_new

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनुदित मनोविश्लेषणात्मक कथा : यो मेरो मातृभूमि

~प्रेमचन्द~Prem Chand

एक–

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

भुयूचाको डायरी

~कुमार ज्ञवाली~

कुरा केही अनौठो जरुर लाग्छ किनकि ठूलो नाम सुन्न अभ्यस्त हाम्रो कान र त्यसै संस्कारमा मुछिएको हाम्रो मन एकैपल्ट प्रतिक्रिया देकाउँछ भुयूचाको डायरी! असम्भव!

तर तैपनि भुयूचाका अस्तित्वमा कुनै शङ्का छैन। उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा धेरै ठूला Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : धमिलो दृश्य

~किरण महर्जन~

काम नगरी हल्लिएर कुलतमा फसेको पनि झन्डै एक वर्ष नाघिसकेको थियो । तर अब त्यो सब चिन्ता भने सकिएको थियो किनकि म सबैलाई छोडेर परको देश अमेरिका जाँदै थिएँ । म डि.भि. चिठ्ठाको बिजेता थिएँ । मेरो सम्पूर्ण जीवनशैलीले काँचुली फेर्दै थियो साथसाथै अनेकौं अपुर सपनाहरू पुरा हुन गइरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गौंथलीको चिरबिर (१)

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिसो जुनेली रात

~हरिहर खनाल~Harihar Khanal

आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर शान्त मुद्रामा सुतिरहेजस्तो देखिन्थ्यो । मङ्सिर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : व्यूटिफूल

~जगदीश घिमिरे~

दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पस्निता

~जीतमान राई ‘सबिन’~Jitman Rai 'Sabin'

आज ठ्याक्कै तीन हप्ता भो हाम्रो बोलचाल नभएको । सायद अब हुदैन पनि होला । मलाई त्यस्तै लाग्छ, किनकी अबको केही हप्ता पछि नै म आफ्नो स्वदेश र्फकदैछु र उनी पनि । मलाई त्यो थाहा छ हाम्रो भिषाको म्याद एउटै महिना समाप्त हुदैछ । एउटै कम्पनी, एउटै बिल्डिङ्ग र एउटै तला मै वल्लो पट्टी पल्लो पट्टी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैनबत्तीको शिखा

~भूपि शेरचन~

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
मानौं,
प्रथम रजस्वलापछि
स्नान गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : पवित्रा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो भाले

~शुभचन्द्र राई ‘सुवास’~Subha Chandra Rai 'Subas'

माथिल्लोघरे चतुरेको शर्मदेउको नाममा भाकलेर राखेको मनग्गे गतिलो रातो भाले हराएको तीन दिन भइसकेको थियो । आउँदो सङ्क्रान्तिमा देउतालाई मन्साउँला रत्यही रातो भालेले चाडलाई पनि पन्साउँला भन्ने चतुरेको योजना थियो । तर, एकाएक भाले बेपत्ता भो । स्याल वा मलसाँप्रोले लग्यो भनौं भने भुत्लासुत्ला वा गोह त हुनै पर्ने हो, त्यो पनि छैन । चिलले लग्यो भनौं भने त्यति ठूलो भालेलाई चिलले आँट्ने कुरै भएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : त्यसको भाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’ । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित देखिन थाल्यो । मिरमिरे उज्यालो हुन लाग्यो, टाढाटाढाबाट भाले एउटापछि अर्कोले चिच्च्याईचिच्च्याई दिनलाई डाकिरहेका थिए । विसनांचा मुग्ध भएर सुन्न लाग्यो । एकछिनपछि फेरि आफ्नो भालेले भड्भड् गर्दै ‘कुखुरीकाँ’ गर्यो । अब त्यसलाई बसिसक्नु भएन र जुरमुराउँदै उठेर बस्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment