व्यङ्ग्य निबन्ध : यो एकबारको जुनीमा

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थियो । जापानको राजधानी टोकियोको कुनै व्यापारी, उद्योगपति वा स्वीट्जरल्यान्डकै भनौँ, कुनै धनीमानीका घरमा तेरो जन्म भएको भए आज यो निबन्ध जन्मिने थिएन । तर, त्यो सब केही भएन । तँ समस्यै समस्याको माखेसाङ्लोमा जकडिएको दक्षिण एसियाको एउटा अनकन्टार गाउँपाखामा, त्यो पनि एक साधारण परविारमा जन्मिइस् । बाबुबाजेको पुख्र्यौली सम्पत्तिका नाममा एउटा फुटेको हाँडी पनि नभएका बाबुको तँ छोरासँग पनि बाबुले सिकाएको संस्कार र वंशानुगत रूपमा प्राप्त गरेको दुब्लो, पातलो, होचो, खुइलेखुइले परेको एउटा ज्यानबाहेक अर्थोक केही छैन भन्ने मलाई थाहा छ । र, त्यही केही नहुनुको फलस्वरूप यो एकबारको जुनीम्ाा तँ बेलाबेला हाम्रा लागि मनोरञ्जन प्रदान गर्ने व्यंग्यहरू दिन्छस् । बधाई छ गाम्नागे । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : फुलेको जवानी

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

१.
एक बेलुका
मेरा बालाई ओछ्यानमा सुताएर
मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो
ए बा !
मैले भने -के बा ?
उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा !
छक्क पर्दै मैले सोधेँ – किन बा ? Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : हीरा साहू र दन्तलाल वकिल

~एल एन सुवेदी ”हस्ती”~L N Subedi 'Hasti'

दुबई – यू.ए.ई , ६ मार्च

मैले बर्सौ देखि निहाली रहेको छु , त्यो गल्लीका मानिसहरु उस्तै छन् । पुरानो गल्ली , सबै संरचना उस्तै । घरहरुको बनावट उस्तै , मान्छेको जीवन स्तर उस्तै । ज्यापू बस्तीका मान्छेहरु केही मरेर गए , केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तरतीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन । फरक अलिक देखिएको छ भने हीरा साहू र दन्तलाल वकिलको उमेरमा मात्र । उमेर बूढेश कालतिर ढल्कदै गए पनि उनीहरुको मित्रता उस्तै छ , घनिस्टता उस्तै छ , आत्मियता र सद्भाव उस्तै छ । बस अरु उस्तै उस्तै लाग्छ । गल्लिमा बिजुलीको पोल थिएन , हीरा साहूले आग्रह गरे , दन्तलाल वकिलले निवेदन लेख्यो । बिजुली आयो । साँगुरा गल्लिमा इट्टा छाप्न हिरा साहूले इच्छा जताए , दन्तलालले नगरपालिकालाई निवेदन लेख्यो , इट्टा छापियो । हीरा साहूले भजन गर्ने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : त्यो दशैं

~बिटु केसी बराल~Bitu KC Baral

टेक्सास, अमेरिका, १९ अक्टोबर

सयपत्री, गोदावरी र मखमलीले रङगिएका बगैचा र बासनाले मन नै हररर बनाउथ्यो । निर्मल आकाश, शितल हावा, न्यानो घाम, सफा वातावरणमा चराचुरुङगी पशुपन्छी मात्र नभै प्रकृति नै दशैं मान्न रमाएझै लाग्थ्यो । मन उत्सुक र चन्चल हुँदा जता हेर्यो उतै रमाइलो लाग्ने , हरेक कृयाकलाप ,आभाष र अनुभवमा रमाइलो लाग्थ्यो त्यो दशैं ।

म सानो छँदाको दशै ।

नौरथा लागेपछि खासगरी मलाई दशैं आएजस्तो लाग्थ्यो । घटस्थापनाको दिनदेखि नै “ नितेनिते मङलम माइ , सर्ब सिद्दी द्वारिके माइ ” – भजनको मंगल धुन बज्न थाल्थ्यो । रेडियोको टुनसंगै त्यो भजन गाउदै बुबाले घर भित्रबाहिर , तलमाथि गर्दा दशैं भित्रिएको रमाइलो अनुभब हुन्थ्यो । अगाडि पछाडि अनावश्यक Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निचोरिएको फूल

~शेखर ढुंगेल~

न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर

कस्ती हुन् यी आइमाई ?
ठुली पल्टिएको नि ?
किन न् पल्टियोस त ?
के न् पुग्दो छ त उस्लाई ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम श्रद्धान्जली

~गीता खत्री~

न्युयोर्क, अमेरिका, ५ डिसेम्बर

आखिर किन यो मन कहिले मुलायम नौनी भन्दा नरम त कहिले हाडे ओखरभन्दा कडा भईदिन्छ । मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न । मन समय समयमा साह्रै बरालिन्छ, काबुमा राख्छु भन्दा भन्दै यो हावा भन्दा छिटो कहा पुग्नु पर्ने हो के गर्नु पर्ने हो गरिहाल्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किँदै किल्लाहरु

~डा. दिनबन्धु शर्मा~dr-dinbandhu-sharma

‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो ।

‘जान्न भाइ !’ उसले अहिले निर्धक्क भन्यो, ‘पुर्खाले रोजेको ठाउँ यो, अव्बल ठाउँ, जीवनमा एकचोटि गौहाटी पुगेथेँ ।

मौवाको पात थापेर जंगली मौरीको मह खाएर रोगाएपछि फर्कें, त्यसपछि कहीँ जान मन लागेन, यहीँ बस्छु, छोरो पर्खेर बस्छु, जेसुकै भन्, छोराजस्तो छोरी हुँदैन के कुरा गर्छस्,’ यति भनिभ्याउर निभ्न लागेको कक्कड सम्झ्यो र मुखको छाला र ओठहरुलाई लामो चुच्चो पारेर सुल्फा तान्यो उसले । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~

गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~

संयोगबस ऊ र म एउटै सिटमा थियौँ ।

बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ”

“महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गधा बोल्छ

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.

मालिक मानिस ! ही ही हः !
ही ही ह हः ! ही ही हः ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरीको गीत

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.

प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त पुर्णिमा प्रति

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.

प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल !
जादू झार्दी सब जलथल !
गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी,
तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की !
देखी, पश्चिम आशाले दीप सुनौला निभा’की ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यमा शून्य सरी

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1
क.
एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिति बिलाप

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

(नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति)

क.
दउगका तारा ! बाबा ! बाबा !
कलिला, उज्याला सुनगाभा !
पृथिवी झरेका स्वर्गका फूल ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रहण नुहाउदी प्रति

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.

सूर्यकी दुहिता ! चन्द्रकी भगिनी !
ए युवती ! गर स्नान ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथली र देवकोटा

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

(१)
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ सम्म्को आँट

~मोतीराम भट्ट~

कहाँ सम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

कहाँ सम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : मुना-मदन

~लक्ष्मीप्रसाद देवकोटा~

Book cover_Munamadan_Book_Cover_Tekbir_Mukhiyaसमर्पण

हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,

यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।

अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी, Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : भेन्टिलेटरमा देश !

~अनुज श्रेष्ठ ‘प्रवास’~Anuj Shrestha

भोलि अर्थात जेठ १४ गते
यो देशको अप्रिल फुल
आफ्नो आँगनमा फलेको हलुवावेद झैं
संविधानका सपनाहरु बाँडेर हामीलाई
कमरेडहरु निदाइरहे
महङ्गा पलङ्हरुमा
र भरिरहे अन्तराष्ट्रिय उडानहरु ।

राष्ट्रिय उडानको महँगीमा
छट्पटाइरहयो कर्णाली ब्लुज….
६२/६३को आन्दोलन,सहिदका सपनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दियौ तिमीले,कस्तो आश ?

~आचार्य प्रभा ~acharya Prabha

दियौ तिमीले,कस्तो आश ?
पालेँ मनमा,खाली त्राष /

ब्यर्थ रहेछ,बिस्वाश् गर्नु
बनें जहिल्यै,झनै निराश् / Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : प्रसव नै विना जनताको

~राकेश कार्की~Rakesh Karki

प्रसव नै विना जनताको रगतले ब्याएपिछ
िसंहको नड०्ग्रा काटी आफूले लाएपिछ
कां को राहत होला कस्तो संविधान बन्ला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता सङ्ग्रह : अनुहारहरू

~मातृका पोखरेल~

 

अनुहारहरू
(कवितासङ्ग्रह)

मातृका पोखरेल

प्रकाशक
धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग
२०६४

कृति अनुहारहरू (कविता सङ्ग्रह)
संस्करण पहिलो
प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग
प्रकाशन २०६४
आवरण प्रोल्लास सिन्धुलीय
मूल्य ५०/–
मुद्रण जनसेवा अफसेट प्रेस, बागलुङ्ग
फोन नं. ०६८–५२०२०१
ISBN 978-9937-2-0008-0 Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यात्राको एउटा दृश्य

~मातृका पोखरेल~

मातृका पोखरेल

विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

कृति ः यात्राको एउटा दृश्य
विधा ः कवितासङ्ग्रह
लेखक ः मातृका पोखरेल
प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि.
अनामनगर, काठमाडौँ, फोन ४७७१७०४
प्रकाशित प्रति एघार सय
प्रकाशन ः पुस, २०६०
आवरण ः के.के. कर्माचार्य Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : सेतो दरबारको छेउबाट

~मातृका पोखरेल~

सेतो दरबारको छेउबाट
(कवितासङ्ग्रह)

मातृका पोखरेल

प्रकाशक Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : के लेख्नु मैले पर्यो

~माधव घिमिरे~

धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए
छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो
आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे नारायण के भयो !

~माधव घिमिरे~

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिर्सी बिर्सिसकिन्न

~माधव घिमिरे~

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाऊ अन्जुलि तीन बार जलको

~माधव घिमिरे~

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी लच्छिनकी जहान

~माधव घिमिरे~

कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा सत्य कथा म भन्छु

~ माधव घिमिरे~

यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर
मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर
छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर
मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर Continue reading →

Posted in कविता | Tagged | Leave a comment