कविता : उज्यालोको गुफा

~ईश्वर वल्लभ~Iswar ballav

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो ।

आदिम अर्थ
भयभीत हुनुको अर्थ । सधैं ।

अनि रुख र्सपको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~

 उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र।
भर्खरै भित्रबाट धर्मराउदै निस्केका एक वृद्ध झण्डै ठोकिएका।  Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भरे नियत बिगारी कठोर हुन सक्छु

~मबि सिंह~Mabi Singh 'Sirish'

भरे नियत बिगारी कठोर हुन सक्छु !
तर अहिले बिश्वस्त जोर हुन सक्छु !

पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरि फोहोर हुन सक्छु ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : निरमायाको भोट

~माधव सयपत्री~Madhab Sayapatri

चैतको अन्तिमसाता भए पनि भौगोलिक उचाइका कारण केही जाडो थियो । रामेछाप, डडुवा गाविस सुर्के–द्यौराली बुथमा संविधानसभाको चुनाव गराउन खटिएका थियौँ । तीनदिनअगाडि हामी बुथमा पुग्यौँ । सुरुमा हामीलाई बसोबासको समस्या प¥यो । सुरक्षाकर्मीलगायत सबै स्कुलमै सुत्ने भयौँ । वरिपरि पसल÷होटेल थिएनन् । दुईसयमिटर तल भकारीको छाप्रो बनाइएको रहेछ । बारीमा गाईवस्तु सारेको होला भन्ठान्यौँ, होइन रहेछ । अस्थायी होटेल बनाइएको रहेछ, चियानास्ताका लागि । बुथ वरिपरि विभिन्न पात्रहरू भेटिए, फरकफरक राजनीतिक पार्टीका । बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आउँछ बिहानी

~दिनमान गुमछान~Din man Gumachan

धुलाम्मे सडक छिचोल्दै गाउँको मध्यभागमा हामी पुग्यौ“ । मंसिरको जाडो यामको घाम चहकिलो थियो । सडकको दुई छेउ तराईवासीहरूको खपटाले छाएको छाना भएका घर देखिन्थे । एउटै हारमा झुरुप्प परेका घर माटाले लिपिएका थिए । रामनगर चिनीमिल पनि छिचोलिसकेका थियौ“ । सडक कतै हिलाम्मे त कतै ग्र्याभील गरिएको थियो । कच्ची सडकमा मुस्किलले मोटरसाइकल कुदाउ“दै त्यहा“सम्म पुगियो । वास्तवमा म भाइ प्रकाशलाई लिएर रामनगर आफ्नी कान्छी फुपू भेट्न गएको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नलेखिएको गोरे

~तुल कवर~Tul Kawar

आफ्नो बा र कान्छीआमासित एउटा सानो झुप्रोमा बस्ने गोरे गएको बैसाखमा ५ बर्षको भैसकेको थियो । गोरेलाई आफ्नी जन्म दिने आमाको अनुहारसम्म पनि याद थिएन। याद पनि कसरी होस् त? ऊ दुइ बर्ष नपुग्दै पाठेघरको क्यान्सरबाट बितेकी रहिछन् उसकी आमा। आमा कस्ती थिइन् कुन्नी तर कान्छीआमा चाहि साह्रै कर्कश स्वभावकी। अह्राएको काम नगर्दा, एकछिन Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमीलाई भेट्न अब धाउदिन म ठुली

~साजन राई ‘उपेक्षित’~Sajan Rai Upechhit

तिमीलाई भेट्न अब धाउदिन म ठुली
हामी बस्ने चौतारीमा आउदिन म ठुली

धेरै गुमाएछु मैले तिमलाई माया गर्दा
तिम्रो मेरो माया भित्र रंगीन सपना भर्दा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको नविन छायाँ

~लक्ष्मी उप्रेती~

भोलि आउने दिन
नयाँवर्षको फेरमा टाँगिएर
नौलो उत्सव जन्माउन
प्रसवपींडामा व्यकुलित भइरहेको बेला
देश भासिंदै गएको दलदल पनि
अचानक सुकोस्
पुराना दुर्दिनहरूलाई सनक्क निखारेर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाउस्केच

~सञ्जय राई~Sanjay Rai

चुनाउ प्रचार-प्रसार अभियान सकेर
फर्किएका छन्‌
लुते
विकास योजनाहरू।

मरम्मती पर्खेर बसेको जीर्ण सड़कको भित्ताको पोस्टरले
अझ थामिराखेको छ
विकास ल्याउने नेताको गह्रौं अनुहार।

सड़क, बिजुली र पानीकै समस्याहरूलाई
चुनावी सिम्फोनीमा
अझ लय हालेर गाउन सक्छ
चारपटक चुनाउ जित्ने
सुग्घर नेता। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समकालीन कबिता

~सहदेव पौडेल~Sahadev poudel

अति भयो बन्द हड़ताल अति निस्कियो जुलुश
शिथिल भयौ हामीसबै, खंडित हुने भो मुलूक
लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी
सयौथरी जात धर्मका गोडौ फुलबारी बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : दशै अनि बसाई

~दिपमाला राई~

आयो दशै भन्दा भन्दै
खल्लो खल्लो पारामा वितेर गयो दशै

फर्की आउने बाचा गर्दै
अर्को सालसम्मलाई उ गयो बसाई
टन्न मासुभात खान पाउनेलाई हसाएर
रित्ता पेट हुनेहरुलाई रुवाएर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : गोठालो

~चन्द्रमणि अधिकारी~Dr Chandramani Adhikari

धेरै वर्षपहिलेको कुरो हो । म छ-सात वर्षो हुँदो हुँ । त्यति राम्रो सम्झना त छैन तैपनि त्यसताकाका कुनै-कुनै कुरा भने मेरा मनभरि भएर रहेकै छन् । हामी बिहान स्कूल जान्थ्यौँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई मेरो कृष्णको औधी आवश्यकता छ

~लक्ष्मी शर्मा~

समय बित्दै गयो । म पनि व्यवहारको बोझमा थिचिएकी थिएँ । बिस्तारै भाइ, बहिनीले पनि आफ्नो-आफ्नो पढाइ पूरा गरे । भाइ-बहिनीले पनि मलाई दिज्यू हजुरले विवाह गर्नुस् भन्ने गर्थे । आमाबाबा दुवैको सडक दुर्घटनामा मृत्यु भएकोले घर चलाउँदै र बाबाको कार्य व्यवहार हेर्दै समयले नेटो काटिसकेछ । मैले तीस वर्षनाघिसकेछु । आज नयाँ साल लागेको दिन† हामी तीनै दिदीभाइ बसेर हिसाब गर्‍यौँ र पो म Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : फणा

~सुनिल स्पन्दन~Sunil Spandan

पहाडको थुम्कोमाथि तामाङ्हरूको बाक्लो बस्ती । स-साना खरले छाएका घरहरू । सबैको घर छेउछाउमा मकैका ढोडले अनिवार्य रुपले निर्माण गरिएको करेसाबारी । त्यहीँ करेसाबारीभित्र लहलाउँदो सागपातका बोटहरू अनि त्यहीँ सागबारीभित्र सुरक्षित ठानेर भुतली खेल्ने कुखुराका बथानहरू । गाउँमा भर्खर्रभर्खर बिजुलीबत्ती पुगेको थियो । रात्रीको समयमा त्यस गाउँलाई टाढा-टाढाबाट हेर्दा साह्रै मनमोहक दृष्य देखिन्थ्यो । मानिलिऊँ काँचको पर्दाभित्र निर्माण गरिएको ताजमहलको थुम्कोमा बिजुलीको प्रकाश छरिदिएजस्तो । त्यस गाउँमा महिनाको एकदिन बिजुलीको मिटर रिडिङको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पसिनाको जलैले

~नीर शाह~Neer Shah

पसिनाको जलैले, मेहनतको मलैले
हामी आफ्नो भाग्य लेख्छौं,
आफ्नो पाखुराको बलैले

हिमाली रगत नेपाली मुटु
बाँच्नु पर्दैन कहिले जालै र छलैले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो देखे आगो बन्ने

~नीर शाह~Neer Shah

आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने
मलाई यस्तो अस्थीर मन नदेऊ
धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका
मलाई यस्तो स्पन्दन नदेऊ

भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन्
मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन्
मिरमिरेको तिम्रो हाँसो साँझसम्म रहन्न भने Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~मोति चाम्लीङ्ग ~

वेली चमेली भरी उपवनमा
प्रफुल्ल पुतली सरी नयनमा
पुष्पदलका परागहरु छान्दै
स्वतन्त्रताका सम्वाहकहरु रम्दै
शान्तीकामी बिगुल फुकिरहेका थिए बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी साथ हुँदा

~राजेन्द्र~

भूल पनि मिठै हुन्छ तिमी साथ हुँदा
केही गरुँ जस्तो लाग्छ तिम्ले हात छुँदा

बढ्छ ढुकढुकी माया बढ्छ ढुकढुकी
अन्जानमै गर्न पुग्छु मैले छुकछुकी

हसो खेल्ने मुहार तिम्रो लाग्छ देउराली
पतजmड मनको वृक्ष भरि फुल्छ हरियाली बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : माधवी

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

तिम्रो सुन्दरताको
वयान गर्दा
महाकवि बनेछु
झैं लाग्यो
तिम्रो स्पर्शको तरङ्गमा
नौलो संगीत प्रलय भए
झैं लाग्यो ।

म आफू
तिम्रो स्ना त
यौवनको दहमा पौडन्दा
स्नायुका सन्जालभरि
झट्कन प्रवाहित भो
तिमीले तिम्रा
सर्वस्व मलाई सुम्पदा
स्वर्गपुरीको द्वार
खुले झैं भो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दाबाद

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद।
तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद।

बगाइदिये भईगो रगत अरुको चाहिये जती,
खेल उही रातो रङ्गको फेरी होली जिन्दाबाद। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : कसम मेरै !

~होमनाथ सुवेदी~Homnath Subedi2

कसम मेरै खजान्ची हो, उही मलाई ‘डम’ बनाउँछ,
डराउन पनि हुन्न, ल, कराएँ भने झन् कम बनाउँछ ।

दोष कसलाई दिऊँ न मैले त्यो साँचो आफै भिर्न सकें,
न बैङ्कले ‘स्टेटमेन्ट’ पठाउँछ, मै अधम बनाउँछ ।

यो देशले त्यहाँको नागरिक भन्छ, त्यहाँकाले यहाँको
न्यायाधीश पुकार्दा उसैले मलाई खतम बनाउँछ । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : आप्रवासी म छु सुत्छु मै देशमा

~होमनाथ सुवेदी~Homnath Subedi2

आप्रवासी म छु सुत्छु मै देशमा
जाग्छु वा मर्छु मै लाश भै देशमा ।

देश वा विदेशै कुहेको दशा
स्वप्न झैं लाग्छ यो ध्यान गै देशमा । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : छ–काली कुनैमा

~होमनाथ सुवेदी~Homnath Subedi2

छ–काली कुनैमा,
न फस्नू दुनैमा ।

छ थारी बढेकी,
पगाल्ली कुरैमा ।

सुनौला दिनैमा,
खसौला उनैमा । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सुखीलाई हर्ष आयो

~दलबीर सिंह बराइली~Dalbir Singh Baraili 'Ghayal'

दुखीलाई दु:ख थप्दै, सुखीलाई हर्ष आयो ।
घुम्दै फिर्दै आज फेरी अर्को नयाँ वर्ष आयो ।

महंगिको मार अनी अशान्तिको राज त्यस्तै,
हात मुख जोड्न झनै कठिन संघर्ष आयो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सेतो गाजल

~होमनाथ सुवेदी~Homnath Subedi2

हिमपात भयो आज वर्षौ वर्ष छुरी धसी
खोजेको दिन हो आज अमेरिका बसी बसी ।

बैसट्टी वर्षमा खोज्दा पाएको हिम–शैल यो
सेतो गाजल लाएर लेख्छु मैले घरै बसी ।

नगरकोटमा कोटी प्रणय गीत गाउँछन्
कुनै रुकुम पाल्पामा ज्यान हाल्छन् हिउ खसी । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : गुमानी तिमीले मलाई भुलायौ

~होमनाथ सुवेदी~Homnath Subedi2

गुमानी

गुमानी तिमीले मलाई भुलायौ
कहाँ सागरै पार फाली भुलायौ ।

तलाऊ कहाँ छन् संगै पौडिएका
न पग्लेर छाती पखाली भुलायौ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : माछो, एक्वेरियम र परिधि

~सविना सिन्धु~Sabina Sindhu

माछो, एक्वेरियम र परिधि सबिना सिन्धु
म बाँचेको कथाको देश
आँशु र भेलको सामुन्दि«क देश
डग्मगाउँछन् सपना,
बाढी बढ्दा बढ्दै
स्वयम् निल्न थाल्छ मलाई
म मान्छे भएर बाँच्दिन
माछो भएर बाँच्छु बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टाघर र सपना

~सविना सिन्धु~Sabina Sindhu

प्रत्येक दिन नयाँ प्रणयसाथ
म उभिन्छु घण्टाघरझैं
समयले अँगाल्छ मलाई ।
र रातमा पोल्टटाभरीका
जून निलेर निदाउँछु । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : यथार्थ

~मिरा प्रसाई शर्मा~Mira Prasai Sharma

कस्ले देखछ सडक छापको भोको पेटलाई
अबेर भयो लुकाउन धन सम्पत्तिलाई |

बलिया र धन वालाको राजायी अन्त्य भई
चईन मिल्ने कहिले दरिद्र र निमुखलाई | Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : शेखर अंकलको साथमा

~तुल कवर~Tul Kawar

अलिक गर्मी थियो, म बाहिर खाटमा बसेर साँझको खाना खाँदै थिए। भित्र मोबाइलको घण्टी बजेजस्तो लाग्यो,बाले उठाउनुभएछ।’माहिला भित्र आइज त,शेखर भाइले फोन गर्याछन् कतारबाट, तँ सँग कुरा गर्ने रे!’ सुन्नेबित्तिकै एकै सासमा म भित्र पुगे। ‘हेलो अंकल दर्शन!’, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : किसानको रहर

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मविम्ब

~मोहनबहादुर कायस्थ~Mohan bahadur kayastha

कलेटी परेका ती कन्चट र निधारका धर्साहरु
हिस्सी नपरेका ती अनुहारका रेखहरु
वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु
यसै ओइलाएर सुक्नेछन्
धुजिएर जानेछन्, बिलाएर जानेछन्
किनभने
यहाको आबोहवाले नौलो रङ्ग लिएको छ
नया पालुवा फेरेको छ-आफै भित्र । Continue reading

Posted in कविता | Tagged | Leave a comment