प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~

पात्रहरू

कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा
देवकी– आमा समय– बिहान ९ बजे
समिर– छोरो
सुप्रभा– छोरी Continue reading

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : हावाको बिउ : हल्लाको हाँगा

~भैरव अर्याल~Bhairab Aryal

(प्रहसन)

एक दृश्य

स्थान : नयाँ सडकको माझ
समय : वैशाखको साँझ
Continue reading

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डाढो

~भैरव अर्याल~Bhairab Aryal

मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से दुवैको रचनातत्व बेतबाँस नै हो र कार्यतत्व अन्नपात राखिने भाँडा हुनु नै हो तापनि आकार–प्रकार र प्रचार प्रसारमा यी दुई समानधर्मीका बीच बडेमानको विषमता छ । देख्नेले देखेकै हुनुपर्छ– ढोक्से सानो मुख र ठूलो पेटको एउटाविशेष किसिमको हुन्छ भने डालो फराक मुख र सानो पेटको एउटा सर्वसाधारण । त्यसैले डालो ढिकुराको सर्दामदेखि लगनको सर्दामसम्मको ओसार–पसारमा कर्मठतासाथ प्रयोग हुन्छ भने ढोक्से फोक्से रोग लागेको झम्पाट बूढोझैं भूइँ र भित्ताको अडेस बाँधेको बाँध्यै बस्छ । डालो कुनै–न–कुनै रूपमा प्रायः सबै नेपालीले प्रयोग गर्न पाउने भाँडो हो तर ढोक्से कुनै–कुनै पोटवाल खेतीवालका घरमा मात्र पाइन्छ, जसलाई धेरैले चिनेकै पनि नहुन सक्छ । यी वैषम्यले गर्दा Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : कौवाले कान लैजाँदा

~भैरव अर्याल~Bhairab Aryal

कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो– कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई कान खोसिहाल्नु पर्छ । नत्रत भागिहाल्छ नि । अर्कोले भन्यो– खोस्लास् कान ! कान लिएर कौवा उडिहाल्छ, आफू उड्न सकिँदैन । फेरि कौवा यस्तो बाठो हुन्छ कि हामीले भेट्टाउने ठाउँमा कान राख्दैराख्दैन । त्यसैले कौवाले कान लग्यो भने खोसेर ल्याउन कसैका बाबुको तागत चल्दैन, ऊ रूखको टुप्पामा बसेर हामीलाई देखाई देखाई कान खाइदिन्छ । ऊसित कुद्नुभन्दा चुप लागेर ब Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दौरा सुरुवाल नपठाइदिने भएँ !

~भैरव अर्याल~Bhairab Aryal

स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाईसञ्चै छ, तपाइँलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार सुन्दा हामीलाई ज्यादै दिक्क लागेको छ । तपाइँले एकजोर दौरा सुरुवाल पठाइदेऊ भनी लेखेको पत्र हात पर्यो । ६ पैसाको टिकट टाँसेका पत्रबाट हामीलाई छ छक्का छत्तिस पैसाको छक्क लाग्यो । नेपाले सुचिकारले समेत दौरा सुरुवाल सिउन बिर्सिसके भन्ने तपाइँले लेख्दा तपाइँ स्वयम्ले पनि दौराको तुना पिठिउँपट्टि बाँध्ने हो कि भुँडीपट्टि बाँध्ने हो राम्रै सम्झनु भएको होला भन्न म सक्तिनँ । अब बिनसित्ति रिन गरेर दौरा सुरुवाल त्यहाँ पठाइदिनु जरुरत छैन । किनभने हाँसको माझमा Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आइतवार

~भैरव अर्याल~Bhairab Aryal

आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन । पहिलो त सर्वसाधारण जीवनमा यो सम्भावना नै उठ्तैन, नोकरी, व्यापार र समाजसेवाको कुनै क्षेत्रसित सम्बन्धित व्यक्तिको नाताले सम्भावना टुसाइहाले भने पनि अनेकन सङ्कट–समस्याहरूको गजमौरो छिचोल्नु पर्छ । एउटा अखवारसित सम्बन्धित पत्रकारको हैसियतले मेरो पनि युरोप जाने कुरा बेलाबेला नउठेका होइनन् । तर कहिले प्रतिद्वन्द्वीका गगनचुम्बी जुराहरूमा मिचिएर कहिले बाङ्गाटिङ्गाहरूमा किचिएर कुरा पलाउन बेर न वैलाउन बेर रहे । समुद्र तर्ने रहर हनुमानकोभन्दा कम थिएन, तर उनले झैं ‘तर्छु क्षार समुद्र आज सहजै’ भन्ने न अर्थको हुति थियो न हैसियतको गुड्डी । त्यसैले अरूको निम्ति जोसुकै होस् आफ्नो निम्ति युरोपको यात्रा एउटा आइतवारै थियो । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली

~भैरव अर्याल~Bhairab Aryal

नाट्यशास्त्राचार्य भरतले श्रृङ्गारको अनुकृति भने पनि मनोविज्ञानाचार्य फ्रायडले दमित कामवासनाको अभिव्यक्ति माने पनि हास्य मान्छेका मौलिक प्रवृत्तिहरूमध्ये एक हो । वियोग, विसङ्गीत, विषाद र विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा त्यस्तो टनिक ड्राइङकुलाइजर हो जसले मान्छेको शारीरिक र मानसिक स्वरूप विकसित र संयमित पार्न सहयोग गर्छ । धूलीधुसर जीवनमा एकैछिन भए पनि अट्टहास नगर्ने मान्छे अभागी नै हो भन्ने आशय प्रकट गर्ने देवकोटा Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आमाको वेदना

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदा कुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहरा

~भिम बिराग~Bhim Birag_1

धेरै ठाउँमा खाल्टो खनेर उठेका
अट्टलिकाहरू अट्टहासमा
जसको कुनै पत्रमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्रमा

~भिम बिराग~Bhim Birag_1

पूर्व उदाउँछ
पश्चिम अस्ताउँछ
झोक्रेको साँझपछि
रात निदाउँछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बिराग~Bhim Birag_1

जति हुल भएपनि
एक्लिन सक्छ मानिस
होइन भने जिन्दगीको हाहाकार बोकेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आश अझै बाँकी छ

~भिम बिराग~Bhim Birag_1

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ
Continue reading

Posted in कविता | Tagged | Leave a comment

अब त होस् पुर्याऊ ए बुढी बा

~शैलेन्द्र सिम्खडा~

गाउँबाट हिँडदा बाले भन्नु भा’थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसा

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।

क्या गोलगोल अनमोल छ चट्ट बान्की Continue reading

Posted in कविता | Tagged | Leave a comment

वाल कथा : फुच्चे सम्पादक

~केशु बिरही~Keshu Birahi_new

भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो ।
केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम गरेको एउटा केटो थियो । कुशल अति नै चंचले स्वभावको केटो थियो । तर चंचले स्वभावको भए पनि वद्मास भने चाँही थिएन । बाँकी पढ्नुहोस्

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : एउटा मान्छेको मायाले कति

~चाँदनी शाह~Chandani Shah

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना भरी

~चाँदनी शाह~Chandani Shah

शुभकामना भरी हरेक स्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शुभकामना भरी हरेक पलमा
तिम्रो जीवनमा सुवास छर्न सकुँ म Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सिंह र मूसा

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैँ आकाशै दनदन थियो धप्धपसित ।

बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आरोप

~गीता थापा ‘दोषी’~

छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे नत । त्यो आफ्नो नाकको सिँगान पुछ्न नसक्ने फुच्चेले बोक्सी भन्दैमा म बोक्सी हुने होइन क्यारे । भोलि देखि तँ त्यो विर्खेसँ’ग खेल्न नजानु बरु ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर

~किशोर सापकोटा~

फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ?

मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे – Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरी

~भोजराज न्यौपाने~Boj Raj Neupane

झमक्कै साँझ परेको थियो। पुसको महिना, निकै चिसो थियो बाहिरको वातावरण। उनीहरू दुवैले रक्सी खाए। र, रक्सीको सुरमा सँगै बस्ने सल्लाह गरे।
चिसोले कठ्यांग्रिएको मध्यरात एउटा घरको पेटीमा बस्दाबस्दै उसले सुन्दरीलाई बिहे गर्ने प्रस्ताव गर्यो।

सुन्दरी छक्क परी। र, भनी— Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ज्वाइँको विहे

~नम्रता गुरागाईं~

“मेरो ज्वाइँले बिहे गर्दैछन । एक हप्ताका लागि म मेरो नातीको हेरविचार गर्न आएकी” उही पूर्व परिचित एमीले भनिन । म छक्क परें ज्वाइँको बिहेमा आएकी एमी र उनको ५ वर्ष पुग्न लागेको नाती दुबैलाइ एकैचोटी हेंरें । दुइ वर्षमै आमा गुमाएको केभेन आफनै सुरमा साइकल कुदाइरहेको छ । सायद Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथाः सपनामा बरबराइरहने छोरी

~गीता खत्री~

मामु मामु – म यो हेर्नै सक्दिन, म यो हेर्न सक्दिन । छोरीको निन्द्रामै कराएको आवाजले सरिताको निन्द्रा बिउँझियो । नानु निन्द्रामै कराइरहेकी थिइन । श्रीमान्को निन्द्रा नबिउंझिने गरी सरिता छोरीको कोठामा कान थाप्न पुगीन । छोरी अझै निन्द्रामा कराइरहेकी हुन्छे । “हो मामु, मलाई लाग्छ म यहा“ बस्न सक्दिन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्कर्ष

~क्रान्ति श्रेष्ठ~

अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि तिनलाई केही फरक पर्दैन | बरु उल्टै चुरोट्को धुवासङै कता कता उडीरहेकी हुन्छे | अनि कक्टेल्स सँगै आफ्ना सुख दु:खहरुलाई पिईरहेकी हुन्छे | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अभिमान

~राकेश कार्की~

Rakesh Karki

Rakesh Karki

रूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि गर्थ्यो । संगै कलेज जान्थे, संगै घुम्थे । सिनेमा हेर्ने, गफ गर्ने, होमवर्क गर्ने आदि इत्यादि सबै दुबै एकसाथ गर्दथे । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भिजिलान्ते नेपाली ज्वाँई

~क्रान्ति श्रेष्ठ~

एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण अभिभाबक हरुले छोरी लाई साथ लिएर नेपाल जान सकेनन | तेस बेला Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रत्नपार्क र न्युयोर्कको ज्याक्सन हाइट

~शेखर ढुंगेल~

शीर्षक देखेर यहाँहरुलाई लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ? कुरो त्यसो होइन क्या ? आफु पारदर्शीताको चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने अनि Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : रित्तो

~किशोर सापकोटा~

शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी ।
म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो ।
भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासवर्ड

~नीरा शर्मा~

साच्चिकै रङगिएका छन् आजकल मेरा दिनहरु, जैले देखि मैले अनुकल्पलाई भेटे उसको मायाले मलाई उ तिर खिच्दै लग्यो । उसको आकर्षक र बौद्धिक ब्यक्तित्वदेखि मोहित भएँ म । हुन सक्छ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : २२ वर्षपछिको भाइटिका संझिएर

~भारती गौतम~

नोभेम्बरको त्यो बिहान अलि अलि हुस्सु लागेको भए पनि भर्खर झुल्किएको घाममा भैंसेपाटीवाट देखिने हिमाल ओल्लो छेउ देखि पल्लो छेउ सम्म चांदी जस्तै टल्किएको थियो। हुन त हामीले त्यहाबाट देखिने अलौकिक हिमाल श्रृंखला देख्‌न एक महिना अगाडी देखि वाटो हेरिराखेका थियौ। डेढ हप्ता काठमांडौ वसेर पोखरा पुगीसके पछि Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सन्दर्भ हराएको कथा

~केशव राज ज्ञवाली~

आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले मेरो आखा तान्यो । म त्यसका पाना उल्टाईरहेको थिए ; मेरी श्रीमती कोठामा छिर्दै भनिन् ” के पढ़िराको ?” ”सुन्छेउ मैले यतातिर आउनुभन्दा पहिले एउटा कथा लेखेको रहेछु” । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मन्दिर, आस्था र शिवलिङ्ग

~अभिलाशा शर्मा~ Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment