मनोविश्लेषणात्मक कथा : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोङ लिम्बु~

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपकी रानी रुपा

~बुद्ध चेम्जोङ लिम्बु~

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजरनी

~सुरेश खनाल ‘बिर्खे माईला’~

आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन।
“कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ।
“ थाकेको थियो, बिचरा सुतिसक्यो होला” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बस स्टप

~सुरेश खनाल ‘बिर्खे माईला’~

एउटा पुरानै कथा वार्तालाप शैलीको!

बस स्टप-
” हाssssई! खै त यार, बस त आएन त?”
” मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै..” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा – ब्यक्तित्व परिचय

~आचार्य प्रभा~
अमेरीका.

गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो, जस्मा त्यही गाउँका गिनेचुनेका मै हुं भन्ने नेताहरु र Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनिर्णयको बन्दी

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।

भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हुन्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकन्या अर्थात नीलिमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा – किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~

त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : फोन शिरोमणि

~जोतारे धाइबा~Jotare Dhaiba

सबेरै उठ्नासाथै ‘हाइ, गुडमर्निङ !’ को थेगो अनि बेलुका सुत्‍ने बेलामा ‘राम्रो सपना देख्‍नू है, गुड नाइट !’ भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~

केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो ।
” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भाउजु

~~Bhawana Pokharel

पिडादायी अतितको अगेनुमा बसेर
रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा
तर कहिले उड्न सक्दैन आकासमा
नदि किनारका भक्तिनिहरुले जस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर

~~Bhawana Pokharel

अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : नयाँ साथीको पुरानो कुरा

~दीपक जडित~

” अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? ” सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो हात मिलाउदै रमेशले सोध्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान हराएपछि

~दीपक जडित~

के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । ………ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ घर

~दीपक जडित~

जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई कोठा भाडामा लिएर सारा संसारै त्यसैलाई सम्झनु परेको छ । पहिले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रिलफुल

~दीपक जडित~

” आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । ” गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भित्रभित्रै

~दीपक जडित~

दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुझाई

~दीपक जडित~

संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।

मिलको आँगनमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~

‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।
‘ Hello ‘ , उसले फोन उठायो ।
‘ Hey D , are you ready yet ? ‘ , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केतकी फूलको माला

~दीपक जडित~

सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।

‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ‘ उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।

‘ सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ‘ सीमा उसकै कोठाभित्र छिरिन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरुत्तर

~दीपक जडित~

लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~

‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि’न् , Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन

~दीपक जडित~

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : यू टर्न

~दीपक जडित~

साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाइयन शैलीमा बनाइएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन्। हेर्दा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एकादेशको थाल

~दीपक जडित~Deepak Jadit

एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले कसैको भाग खाँदैनथ्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकभारी दाउरा

~दीपक जडित~Deepak Jadit

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : थप्पडी

~दीपक जडित~

घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

माथ्लो घरको ढिकी

~दीपक जडित~

‘ साबित्रा ? ‘

‘………….’

‘ ए , साबित्रा ?

‘………………….’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल हास्य एकाङ्की : पिण्डको परिणाम

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

(बाल हास्य एकाङ्की)

पात्र : छोरो, छोरी, बाबु, आमा, हजुरबा,पुरोहित, केटाकेटीहरू ४–५ जना
छोरो छोरी र केटाकेटीहरू ८ देखि १०,१२ बर्षसम्मका, भोजमा लगाउने पहिरनमा
बाबु ४०,४५ बर्षको ,सुटेड बुटेड, धनीमानी जस्तो लाग्ने
आमा ३५,४० बर्ष, साधारण धोती सारीमा
पुरोहित ३०,३५ को, माथिल्लो भागमा सर्ट कोट टाई, तल्लो भागमा धोती लगाएको
हजुरबा ७५,८० को, हेर्दा बहुलाजस्तो लाग्ने लामो जिङ्रिङ्ग कपाल

Continue reading

Posted in बाल एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : मोवाइल

~मरुभूमि नारायणMarubhumi Narayan

कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ ।

कर्णकान्त : (चिया पिउँदै) आज कसरी बाटो बंग्याइस् त, कसरी सम्झना आयो मेरो ?

बेलुन : बाटो बंग्याएको होइन, सोझ्याएको मात्र हो । साथीको सम्झना त आइहाल्छ नि समय नमिलेर पो त यस्तो ढिला हुन गएको नि । Continue reading

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment