~भगवती बस्नेत~
अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु ।
आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको छैन यी मेरा एकान्तका सारथीहरु ।
मेरो ल्याटपले मलाई कर्के नजरले हेरिरहे झैँ लाग्यो । उसलाई मायाले सुम्सुमाएँ,” छातीमा बेस्मारी टाँसे उसो त मेरो प्रिय मान्छेको उपहार हो यो ।” Continue reading