~आचार्य प्रभा~
आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी ।
“हजुरलाई साँच्चै बच्चाको प्यास Continue reading
~आचार्य प्रभा~
आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी ।
“हजुरलाई साँच्चै बच्चाको प्यास Continue reading
~सुरेश ‘समान’~
भाग – १
क.
“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने। Continue reading
~इन्द्रेणी शर्मा ‘जलद’~
आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै नाक छोप्दै आफ्नो गन्तव्यमा जान्थें। के हो ?केको ? कसैलाई थाहा थिएन।
उनको नाम हामीले पूर्णिका राखेका छौं। उनको पारिवारिक नाम
~गणेश भट्ट~
“प्लिज केही त बोल न।”
एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्।
पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु Continue reading
~विवेक ढकाल~
” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो।
” सुनाउ न पाट्स” – एक हात मा गाँजा र “सिखर”को सूर्तिको धूलोको समिश्रन बनाउदै अनी अर्को हातको Continue reading
~कुसुम ज्ञवाली~
“भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो।
“क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्चन् काम्रेटहुरु . पार्नेलाइ Continue reading
~कुसुम ज्ञवाली~
सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म तिर आइरहेको देखेपछि म अलमलिएँ, कुनै चलचित्रको Continue reading
~कुसुम ज्ञवाली~
अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि हाबाको Continue reading
~उत्तम पौडेल~
समाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ।” …..बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो। Continue reading
~उत्तम पौडेल~
हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -”हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”
भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?” Continue reading
~दीपक दाहाल~
“ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा।
“निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी। Continue reading
~दीपेन्द्र दोङ तामाङ~
“सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।”
प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा ।
“के हो तैंले एकोहोरो पछ्याएको होस् ?” Continue reading
१
बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म
। कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र स्वास्नीहरू लोग्नेलाई खै गरिरहेका थिए । यो क्रम नरोकिएपछि उनीहरूले थाहा पाए, भुइँचालो पो गएको रहेछ । Continue reading
~पन्त ‘आकाश’~
मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो।
दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर Continue reading
~रबिन सापकोटा~
“आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।”
कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले वहाँको Continue reading
~कृष्ण अधिकारी~
अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन। Continue reading
~टहल दाहाल~
पहाडका रंगहरू लतपतिएर
निर्लज्ज कालाहारिका तातो बालुवासँग
विम्बात्मक मिराज टेकेको
क्यानभासका चित्रमा कैद यो बेला
एउटा प्रश्न समयसँग
समय,
मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब बाँकी पढ्नुहोस्
~प्रेम वली~
टुपी कसी कसी
घँुडा धसी धसी
सानो तिनो
सरकारी जागीर खाइयो
सन्तानको भविष्य हेर्दै
बस्न राजधानीमै आइयो बाँकी पढ्नुहोस्
~निरुपा प्रसून
अवसर प्रेम दिवसको थियो।
दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ Continue reading
~कृष्णचन्द्रसिंह प्रधान~
दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?
अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ अघाउञ्जेल उनीहरूको गीत गाइरहेँ । प्रशंसामा कोरीकोरी कागज लेखेँ, कागज रङ्गरिहे । Continue reading
~खगेन्द्र लामिछाने~
” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !”
धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो । मोसन फास्ट भएपनि अप्सरा जस्तै युवतीहरू नागीन चालमा गुडुलिइरहेका थिए । सबैका दुःख पीडा हराएका थिए । प्रकाश परिकल्पना पनि अचम्मको ! देखिन खोज्छ, देखिदैन । सबैले पर्खाइमा समय बिताईरहेका थिए । Continue reading
~विश्वेश्वरप्रसाद कोइराला~
अनु : रक्तसागर
विगतको जिन्दगीको सम्झना हो- वर्तमान।
वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान। Continue reading
~विश्वेश्वरप्रसाद कोइराला~
प्रिय रमेश
तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै।
आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको Continue reading
~कृष्ण शाह यात्री~
स्थान = महास्थान अर्थात् शून्य
समय = महासमय अर्थात् आगत
रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ ।
रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् ।
महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् ।
मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा पहिरिएका हुन्छन् । Continue reading
~अरूणा लामा~
प्रिय सम्पादकज्यू,
तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो जीवनको दियो सदाका लागि निभाइदियो।
म रोएँ, छटपटाएँ, विह्वल भएँ तर… स्त्री जातिका निम्ति योभन्दा ठूलो अभिशाप के हुनसक्छ? के संस्था, के महानुभाव, इष्टमित्र समस्त नेपाली अनेपालीले असीम समवेदना प्रकट गरेका छन्। ‘तिमी हाँसे संसार हास्नेछ, तिमी रोए एक्लै रुनेछौ’ भन्ने तथ्य अहिले ठीक उल्टो भएको पाउँछु। Continue reading
~गार्विएल गार्सिया मार्खेज~
~अनुवादक : शिखर आरोहण~
सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर उनले सर्पबेली औठीमा विशेष धातु जडेर दाहिने हातको चोर औलामा लगाएकी थिइन् । उनको त्यो औठी देख्नेबित्तिकै मेरो ध्यान उनीतर्फ गएको थियो । उनलाई पहिलोपटक भेट्दा उनले आलुहरूसाग ससेजलाई मिसाएर खादै थिइन् । अमेरिकी विद्यार्थीहरूको घुइचो लाग्ने त्यो होटेलमा Continue reading
एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन यतिन्जेलसम्म। नयाँ काइँयोले कपाल कोर्ने लालसा पनि ममा अहिलेसम्म जागेको छैन। कुनै दिन त्यस्तो लालसा ब्युँतियो भने देखा जाएगा ! Continue reading
~गणेश भट्ट~
त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन।
भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही।
आफैंलाई चिनेको थिइन जतिबेला चाँदनीलाई चिनेँ। त्यतिबेला म नौ/दश बर्षको हुदों हुँ। म पाँच कक्षामा पढ्थेँ। ऊ Continue reading
~झलक सुवेदी~
एसएलसी दिएर फर्केपछि फेरि उनै खेतबारी र गोठ भकारोका काम सुरु भए। म यसैमा रमाउँदै र अनिश्चित भविष्यको त्रास बोकेर गाउँमा बस्न थालेँ।
एकदिन साँझ पर्ने बेला गैरारेकी आमा गुहारगुहार गरेर चिच्याएको सुनेर आमाले भन्नुभयो, ‘ओइ कान्छा, जा त त्यो गैरारे बूढी किन चिच्याकी छ बुझेर आइज। त्यहाँ फेरि काटाकाट हुन बेर छैन।’ Continue reading
~विश्वेश्वरप्रसाद कोइराला~
धेरै दिन पहिलेको कुरा हो , प्रायः पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो । कोशी आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, गृह, मनष्य र पशुहरुलाई त्यस वर्षका लागि ग्रस्नु थियो, ग्रसेर पुनः आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, गृह, मनष्य र पशुहरुलाई त्यस वर्षका लागि ग्रस्नु थियो, ग्रसेर पुनः आफ्नो सीमित परिधिमा प्रवेश गर्न लागेको थियो, तर Continue reading
~आभास~
धने
बञ्जर भूमी खन्छ
जोत्छ र उमार्छ बीउहरु
बीउसँगै उम्रन्छ धने
फक्रन नपाउँदै
उसको खेतमा
उसको जिन्दगी उम्रने खेतमा
साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी
फेरि
बेला नहुँदै ओइलाउँछ Continue reading
~बिना तामाङ ‘सुनगाभा’~
अकल्पनिय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन उसंग फेरि दोर्याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिल सम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएं बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ। म त्यहि टुसुक्क बसें ।केहिबेरमा त्यो बस भरियो ।कोचाकोच गरेर यात्रुहरु खाँदिन थाले। म नि कोच्चिएं । नजिकै एकजना Continue reading