कविता : प्रकृति

~राकेश कार्की~

प्रकृतिको नियम हुन्छ
जीवन जन्मन्छ अनि मर्छ
समयमै जन्माउछ प्रकृति
समयमा नै मार्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

किरात लोककथा : हेत्छाकुप्पा

~शरण राई~Saran Rai

टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले ।

जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले  खोक्ली साक्कीलाई पाताल भसाई । गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तीतो बनाई । त्यसपछि दिदीहरूले ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~

एक

इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए ।
एक्कासि मेरो मोबाइल बज्यो । अनुप रै’छ । “आज कहाँ भेट्ने ?” उसले हतारिँदै सोध्यो । Continue reading →

Posted in नेपाली उपन्यास | Tagged , | 1 Comment

खण्ड-काव्य : आगो र पानी

~बालकृष्ण सम~

(अघिको)

१

अहो ! – आगाको धानी धार पाइन चढेको !

पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को !

ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार

पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

संस्मरण : जसले प्रतिदान लिएन

~प्रदीप नेपाल~

२०६५ साल, भदौ ६ गतेको बिहान । पाँच बज्न केही मिनेट मात्र बाँकी थियो । हिमाञ्चल भट्टराईको फोन आयो, “एउटा अत्यन्तै दुःखद समाचार सुनाउँदैछु – अग्निशिखा हामीसँग रहनु भएन । म गङ्गालाल हृदयरोग केन्द्रबाट बोल्दैछु ।” Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सासूआमा

~छायादत्त न्यौपाने ‘बगर’~

एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ भरखर घाँसको भारी टेकएर गाईवस्तुलाई घाँस दिँदै गरेकी विमला ममाथि पोलो घोचिएका अरिङ्गालझैँ गरी खनिई । मेरो उपस्थिति विमलालाई करकरको मसला बन्यो । ऊ चर्कै स्वरले कराई, बुबाआमासँगै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वंश

~राम केसी ‘चौतारे’~

सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो ।

‘कालु…. नाक त ठ्याक्कै मेरैजस्तो रै’छ ।’ शिशुको नाक सुम्सुम्याउँदै भवनाथले सन्तोषको उद्गार पोख्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साढे सातको दशा

~रामजी विष्ट~

मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ‘अतृप्त’~

आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा । हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौँ जिवन । जहाँ कुनै फूलहरु मुस्कुराउँदैन । तर, तर सबै भोग्न, हेर्न अनि बाँच्न बिबश छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

खण्ड-काव्य : गौरी

~माधवप्रसाद घिमिरे~

केलेख्नुमैलेपर्‍यो

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए

मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए

छाया आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो

आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो ! Continue reading →

Posted in शोक-काव्य | Tagged | Leave a comment

कथा : चम्पी

~महेशविक्रम शाह~

माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र धनी होस् वा गरिब, सबैको चुलामा सुँगुर तथा बङ्गुरको मासु पाकिरहेको भेटिन्छ । यो दिनको अर्को विशेष पक्ष के हो भने सम्पूर्ण थारूका घरहरूमा भात कुहाई बनाइएको जाँडको खोलो बग्छ । बटुकाहरू जाँडको झोलले छ्याल्लब्याल्ल हुन्छन् । ससाना नानीहरूदेखि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभव

~किशोर सापकोटा~

छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई ।

उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अक्वारियमभित्र गोल्डफिस

~महेशविक्रम शाह~

एउटा ठूलो अक्वारयिम। अक्वारयिमभित्र गोल्डफिससँगै हामी विभिन्न जातका माछाहरू पनि थियौँ। अक्वारयिमभित्रको न्यानो पानीमा हामीहरू आफ्ना पखेटा फिजाउँदै खेलिरहेका थियौँ। तर, गोल्डफिसको पखेटा फिँजाइ, जीउको ओर्काइफर्काइ र पुल्टुङबाजीमा विशेष आकर्षण थियो। सबैभन्दा विशिष्ट आकर्षण उसको सुनौलो रंगमा थियो। हामीहरूभन्दा आकर्षक गोल्डफिसको शरीर जति सुन्दर थियो, शारीरकि रूपमा ऊ त्यति नै कमजोर थियो। रेडिमेड कपडाका पसलमा नयाँ लुगा लगाएर ठड्याइएका सो-केसका मोडल र बैठक कोठाको गमलामा सजाइएका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य-गजल : बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो

बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो
जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो |

बुडेसकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो,
कान्छी बुडी भने पछि, उस्को पादै मिठो | Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | 1 Comment

कथा : हाँसे कान्छी

~सागर पराजुली~

Sagar Parajuli

हाँसे कान्छो हट्टाकट्टा छ । गाउँमा केहि परे धेरैले उसैलाई सम्झन्छन्। जसले बोलाए पनि उ गइहाल्छ। केहि मीठो खान पाए पुग्छ उसलाई। हाँसीरहन्छ, मुख सधैं तन्किएकै हुन्छ। उसको मुखमा मात्र हैन मनमा पनि खुशी छ। बीस हलको मेलो आँफै कमाउँछ । जागिरेको भन्दा पनि व्यस्त छ उसको जीवन।

निकै मिहिनेत गर्छ। सितिमिती खेताला हाल्दैन। दाईँमा बाहेक। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार

~रामकुमार एलन~

बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्।

गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ। Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

संस्मरण : जब विदेशबाट ‘मलामी’को फोन आउँछ

~गिरीश गिरी~

हिजो मध्यराततिर भाइको फोन आएको थियो। ऊ अष्ट्रेलियाको सबैभन्दा उच्च भूभागको यात्रामा रहेछ। भाइबरमा कुरा गर्दागर्दै घरको इन्टरनेट सम्पर्क तोडियो। एकछिनसम्मै राउटरको तेश्रो बत्ती बलेन। कुर्नु बेकार लाग्यो। सुत्ने तरखर गर्दै थिएँ, फेरि मोबाइलको घण्टी बज्यो। यसपाला चाहिँ भाइबरको प्याजी होइन, ‘पैसा पर्ने’ हरियो पर्दामा उसैको नाम देखिँदै थियो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : आजको मुख्य समाचार!

~चट्याङ मास्टर~Chatyang Master

जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो
जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो
जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो
जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~Anton Chekhov
भावानुवादः दण्डपाणि जैसी

(१)

काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले आयोजना गरेको भोजको सम्झना गरिरहेका थिए। काजीले त्यस भोजमा शहरका नाम चलेका मानिस बोलाएका थिए। भोजमा निकै रमाइला कुराकानीहरु भएका थिए। कुराकानीकै क्रममा उनीहरुबीच मृत्युदण्डको बारेमा बहस Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : भाग नेपाली भाग

~चट्याङ मास्टर~Chatyang Master

नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो
तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो! Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उद्योग नखोल, पार्टी खोल

~चट्याङ मास्टर~

तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ
ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~

कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग डाँडामा हात कान र घाँटीमा नाचेका संगीनहरु ! राम्चेको विभत्सतामा आज पनि तिमी डुल्छौ होला । सेतु जैसीको आँगन तिम्रो पर्छ की पर्दैन । तिमी Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : महानगर र म

~अमर त्यागी~amar-tyagi

महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म ।

महानगर आगोझैँ तातो छ । ताता छन् मस्तिष्कहरू ।चेतना र चिन्तनहरू ताता छन् । सुख्खा छन् आँतहरू । रापिला छन् मुहारहरू पनि । धेरै दिनदेखि तापले रापिएर सन्तप्त-सन्तप्त बाँचिरहेको छु म । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : !! जिन्दगी जि !!

~प्रदीप सुबेदी~

आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार साब बङ्कर बाट बाहिर निस्किएर आकशतिर हेदै मलाई बोलाउँछन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडभित्रको एक्लो मान्छे

~टीका खरेल सुवेदी~

ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ ।

जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट बाहिर निस्कियौं । धेरै दिनको अन्तरालमा बल्ल आज धमिलो हुस्सुलाई लोप्पा खुवाउँदै घाम पनि आफ्नो सुनौलो पहेँलो रुपमा प्रकट भएको छ । घामको न्यानोपनले मन फुरुङ्ग थियो । हाम्रा पाइलाहरु बस Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मन

~मनोज शंकर~

दिन समाप्त भयो, रात; अचाल्की चिसोसंगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसंगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसंगै सुति सक्छिन । अचानक उनको मन भरि अतित पोखिन्छ ; सम्झिन्छ, पहिलो श्रीमती राममाया अकालमै बितेपछी निस्सार जीन्दगी बाच्नुको आफैमा कहालीलाग्दो लाग्छ,आफैमा दबाव महसुस गरि दोस्रो ल्याए, बुढेशकालमा छोरीको धनि पनि भए तर एउटा कुरा संकोच छ समाजले गर्दा । श्रीमती बोल्न सक्दिन लाटी छे,तर मलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचरा विनोद

~बिजु सुवेदी विजय’~

कुरो २० वर्ष अगाडिको हो । विनोदको बुबा र उनीहरुको बुबाको धेरै ठूलो झगडा भएको थियो । त्यसैले विनोदको परिवार र उनीहरुको परिवार बीच बोलचाल बन्द थियो । उनीहरुको घर र विनोदको घर आमुत्रे–सामुत्रे थियो । बीचमा व्यस्त मोटरहरु कुद्ने बाटो थियो । अझ झन् उनीहरुको कोठा र विनोदको कोठा आमुत्रे–सामुत्रे थियो । झ्यालको वारपार सधैं उनीहरुको आँखा जुधाजुध हुन्थ्यो । उनीहरु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुमरी

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~

एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद उ हिजो हिडेको बाटोहरु अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरुले झस्किदै छ र त क्षण क्षणमै सोच भंङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरि ? घरदेश Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता

~बिजु सुवेदी ‘विजय’~

शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्डटप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमाण्डौंको नजिक भक्तपुरमा कोठा लिएर बसेको थियो । त्यस्तै सूर्यशङ्करले पनि गाउँबाट एस. एल.सी.मा राम्रो अङ्क ल्याइ उत्तीर्ण गरेपछि काठमाण्डौं नजिक ललितपुरमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर नचाहेर मानिसले भोग्नै पर्ने जीन्दगीका तीता क्षणहरु आज म संगाल्दैछु । लाग्छ म आज यो झरीसंगै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिद दिवश

~केशु बिरही~Keshu Birahi_new

बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो ।

लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा पनि गिजोल्लिरहेको छ । हुन त अगरामुनि त्यति ठूलो शहर त होइन तर विर्तामोड-चन्द्रगढी सडक खण्डमा पर्ने यो शहरोन्मुख वजार सधैं व्यस्त देखिन्छ । झन केही सालदेखि यो बजार विर्तामोडलाई नै जितौँला झैँ गरेर वाक्लिदै गइरहेको छ । उचाल्लिदै गइरहेको छ । गाडीहरू पनि छिचिमिरा झैँ देखिन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्दभित्रको प्रेम

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् ।
झन राम्री पो देखें साथमा लगभग ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुनपुगेको थियो ।कता कता खल्लो मशसुस गर्दै थिएं । उनलाई भेट्न पाउँदा भने खुसीले भुईँमा खुट्टा थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment