लघुकथा : पागलखाना

~बिजु सुवेदी ‘विजय’~

ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ । तर समाजले उसलाई उल्टै पागल सावित गर्दछ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घरसाटी यात्रा टुङ्ग्यो

~बिजु सुवेदी ‘विजय’~

रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने श्यामको घर शहरको पश्चिमतिर छ । दुबैले आफ्नो घरको पसलको भाडा उठाउने काम श्रीमतीलाई जिम्मा लगाएका हुन्छन् । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गनगने दाइ

~शान्तिराम ढकाल~

‘गनगने कामी’ । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई ‘तँ’ भन्नु हुँदैन भनेर सिकाउनु भएकाले मैले उनलाई गनगने कामी दाइ भनेर ‘तपाईं’बाट सम्बोधन गर्थें । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~

सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म तिर आइरहेको देखेपछि म अलमलिएँ, कुनै चलचित्रको वा टिभी सिरिएलको सुटिङ होला भनेर मैले मनमनै गमेँ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गिदी को स्वाद

~रीता सिंह~

“यो के हो बुआ ?”
“बाख्राको गिदी l
बाख्राको गिदी! किन भूटेको त ?” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हाल-खबर

~शैलेन्द्र क. थापा~

दिन, हप्ता, महिना बर्ष हुदै दशकौ बितेछ आफु जन्मेको गाँऊ नपुगेको ! मन नलागेर होईन, प्रकृति संग पौठेजोरि खेल्दै बाँचेको ज्यान, कट-कट मन खाँदै बस्नु परेको छ। आज अचानक चौउर घरे ठाँइला बा आइपुग्नु भयो। पशुपतिनाथको दर्शन गर्न भनि आउनु भएको रहेछ। के छ गाँऊ घरको हाल-खबर भनेर के सोधेको थिँए, ठाँइला बाले आफ्नो मनको बह एक सासमा पोख्नु भयो…के हुनु बाबु ! ढुङ्गा-माटो त तीमिले छोडेर हिड्दा जस्तो थियो Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कथा

~कर्ण राजबंशी~

आज कता हो कता फेरी अंग्रेजी साहित्यको पहिलो एपिक कथा बिवुल्फ़ू पढ्न थालेछु । कथाको मुख्य पत्र ह्रोथगार राजा अनि फेरी उही बेवुल्फ़ को सेरोफेरो । मेरो आँखा अगाडी नै ति ह्रोथगारका जनता त्यो बिशाल भीमकाय अचम्ममको प्राणी ग्रेंड़ेलबाट त्रस्त देख्दछु । भयवित ति जनताहरु कसैको सहाराको पर्खाईमा देख्छु ।अन्तत्व गोत्वास् Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: छोरीको महत्व

~गीता थापा~

अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । यसरीनै सरीता एउटा किताब हातमा च्यापेर घोत्लिन्छे। किताब बिकसित Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : प्रशंसा

~प्रमोद भट्टराई ~

स्नातक तहमा बजार व्यवस्थापन (मार्केटिङ) पढ्दा मेडमले भनेका कुरा उसले सम्झीराखेको थियो- प्रशंसा विशेषतः आइमाईहरुको कमजोरी हो । अहिले उसले अफिस ज्वाइन गर्‍यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आयोग

~रन्जु ‘मार्ग’ ~ranju-acharya-marga

फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !!

अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिकारी

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै  हिँड्ने  गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको  जनचेतना  फिँजाउने  एक  महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा  विधमान विभिन्न प्रथाहरु  मध्ये Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनन्तको आत्महत्या

~शिवराज पन्त~

आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा छन् । अनि नेपाल फर्कने सुरमा छन् । यसै विषयमा आज कुरा हुँदै छ । अनन्तले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हृदयघात

~गीता थापा~

उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि अमेरिका पुगेको छ । छोरा सम्झेर कहिलेकाहीँ त जोइपोइको श्वास फुल्छ । गह भरिन्छन् ।  Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : ढाँटेको बिहे

~गीता थापा~

आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : छोरो मोह

~गीता थापा~

उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते व्याक Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आगोको लप्का

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे ।

आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो समातेर पल्लो घरतिर लाग्छ ।

केहि बेर मै छोरा आइपुग्छ र आमाको अगाडी भाँडो फ्यात्त राखिदिँदै भन्छ – आमा ! आमा आज मोही पारेका छैनन् रे ! Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रेटिएको सत्य

~गीता थापा~

नरेशले बुवाआमा र आफन्तका मुखबाट एउटै कुरा सुन्दै आयो “मिहिनेती, इमान्दार, र असल मान्छे बन्नुपर्छ ।”

त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्‍यो विवाह । र भयो दुई सन्तानको बाउपनि । देशमा क्रान्ति भयो । राजा फालियो । गणतन्त्र आयो । कैयौं हिउँद बर्षा आए । गए । कैयौं शिशिर, बसन्त, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोईटिङ्रे अमेरिका

~गीता थापा~

लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : मंशिरको चुनाव

~गिता थापा~

घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी छ बा ! यो के हुन आँटेको हो ? ‘ राउत जेठो पिँढीमा टुक्रुक्क बसेर शिरको टोपी झिकेर हम्किन थाल्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डाँडामाथिको जुन

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

नरनाथ प्राय: मन अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथे । आज पनि उनी सबेर घरबाट त्यतै तिर जान भनि निस्किए ।

हिँडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथीसँगजम्काभेट भयो । तर उनी आफ्नो शुरमा लुरुलुरु हिँडि नै रहे ।

हिजो मात्र भेट हुँदा त्येस्तो राम्रोसँग बोलेको मान्छे आज त्यसरि नबोलि हिँडेको देखेर साथीलाइ अनौठो लाग्यो । उनी रोकिए । अनि फरक्क फर्किएर आफ्नो पाइला उ गएतिर मोडे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : अमृतमय धारा बहिरह्यो

~गीता थापा~

दुईजना साथी थिए । ति दुईले सानामा स्कूल सँगसँगै पढे । कलेज पढ्ने बेलामा ति दुईको बिषय अलग भयो  । बिचार अलग हुन पुग्यो । एउटाले होटेल म्यानेजमेन्ट पढ्ने सोच बनायो । अर्कोले इन्जिनियर पढ्ने निर्णय गर्‍यो  । कलेज पनि भिन्नभिन्नै रोजे । तिनले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~

रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् ।  Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : राष्ट्रिय रुने कविगोष्ठी

~लव गाउँले~

-एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका छन् । त्यसको ठीक माथितिर राष्ट्रिय रुने कवि गोष्ठिमा सहभागी बर्षिय कविहरूको सम्मानमा आयोजित स्वागत समारोह Continue reading

Posted in नाटक | Tagged | Leave a comment

रेडियो नाटक : अपदस्त जिन्दगी

~हरीराज खेवा तिगेला~

पात्रहरु
(१) युवती – अनुशिला
(२) युवती – रेश्मा
(३) युवक – अवशेष
(४) युवक – प्रमेश Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अप्रत्याशित

~हरीराज खेवा तिगेला~

पात्रहरू

-१) रजनी – शरदको श्रीमती

-२) शरद – रजनीको श्रीमान्

-३) अवशेष – युवक

-४) राजेश – शरदको साथी Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का ‘ज्ञाता’~

पात्रहरु :

१) बौद्द भिक्षु

२) युवक ( प्रभाकर )

३) युवती ( अनामिका )

४) युवक २

५) बृद्द  Continue reading

Posted in नाटक | Tagged | Leave a comment

कविता : नदी बगिरहेको छ

~मिश्र वैजयन्ती~Mishra Baijayanti

म्युजियम बोकेर उभिएको
उज्यालो रोक्ने तक्मा
नक्सा बिग्रेर उभिएको नाक
र लुगा फ्याँकेर स्वतन्त्र भएको मेरो युग !
आशिर्वादजस्तो बाँचेको शोक
र वरदानजस्तो बाँचेको समय !
को सक्छ सुस्ताउन
आफ्नै चिताको आगो तापेर
उपत्यका साँघुरिँदै गएको
दसगजाभित्रको मानचित्र बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जापानको सुनामी

~रामचन्द्र थापा~

भुँइचालोको कारणले
आयौ तिमी सुनामी
खासै तिम्रो दोष थिएन
प्राक्रितिक प्रकोपको
भयौ गूलामी
माछा खुलाऊँथ्यौ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा नर्फकने गरि

~कमला सरुप~Kamala Sarup

विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ कथा कोरेऊँ रे

~गीता थापा~

तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो
तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो

आँफैलाई सोधी हेरे तिम्रो माया बोकि
कति राखौ बेदनालाई मनैभित्र रोकि Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु

~सविना सिन्धु~

पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु

आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु

आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~राकेश कार्की~

जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म

घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने
त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म Continue reading

Posted in गजल | Tagged | Leave a comment