संस्मरण : चौथो डिभिजन

~हरिवंश आचार्य~Haribansha acharya

अहिले पनि एसएलसीलाई फलामे ढोका भनिन्छ । त्यतिखेर मजस्ता मध्यम वर्गका मान्छेको उद्देश्य एसएलसी पास गर्ने, नाइट अथवा मर्निङ कलेज पढ्ने अनि एउटा खरिदारको जागिर खाने हुन्थ्यो । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : राजा महेन्द्रलाई हृदयाघात हुँदा

~सुन्दरप्रसाद शाह ‘दुःखी’~

राजा महेन्द्र सिकार खेल्नमा ज्यादै सोखिन थिए। आममानिसको तरकिाभन्दा राजा/महाराजाको सिकार खेल्ने तरिका नितान्त भिन्न हुन्थ्यो। उनीहरूले आममानिसले जस्तो कहाँ बाघ पाइन्छ भनेर जंगल चहार्दै हिँड्ने कुरा हुँदैनथ्यो। सहयोगीहरूको समूहले बाघ घेरामा पारेपछि त्यसका बारेमा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा

~डा. कविताराम श्रेष्ठ~Dr Kavitaram shrestha

तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – मेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य : क्या फसाद !

~वासुदेव लुइँटेल~

श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल गथ्र्यौं । Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~रबि निरौला~

कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९-२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै कारण थियो उ अरु हिडने बाटो भन्दा फरक दिशामा अधि बढिरहेकि थिई । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनः एक मृत्यु स्खलन

~रमेश सायन~

कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन ।

यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु ।

काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास घरि यो कान घरि ऊ कान गरिरहेको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिशाखा

~यादव देवकोटा~Yadav Devkota__2

यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन ।

बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : गए छुचा भिनाजु

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

बटारिएका बूढा- पुरस्कार नलिने । सार्वजनिक समारोहमा जाँदै नजाने । सम्मान अभिनन्दन गर्न नपाइने । मरेपछि पनि हल्लाखल्ल गरेर मेरो लासको प्रदर्शन गरौला नि ! भनेर गएछन् । छुच्चा बूढा ! न कुनै पार्टीले झण्डा ओडाउन पायो, न प्रज्ञा-प्रतिष्ठानमा प्रदर्शनी गरेर परिक्रमा गर्न पाइयो । न सरकारले सलामी दिन पायो, न कुनै मन्त्री मलामी जान पायो । अन्तिम प्रस्थानका लागि पशुपति आर्यघाट नआएर कहाँ Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पुरानो प्रेमको नयाँ कथा

~झलक सुवेदी~

‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु।
‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ।
‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब देखाइदिन्थेँ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : दान

~राम अविकास~

दान दिने र लिने पनि सान खोज्दा रहेछन् अचेलभरि। दान लिनेहरुले दाम लिने तर दिनु पर्दा चामल नभएको धान दान दिनेहरुको पनि जमात राम्रै रहेछ। त्यसो त प्रगतिवादीहरु दान लिनु/दिनु हुँदैन भन्दारहेछन्। तर बिदेशी डोनेशनको पत्तो पाए भने सुलेशन टाँसिए जस्तो कोटेशन नै नखोली चिप्किँदा रहेछन्। Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : PERCEPTION

~Ram Abikas~

Rings-
Ting- ting ; Ting-ting; Ting-ting …
Whither, ain’t I able
But got the perception: Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : बिल्ला

~राम अविकास~

ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका थिए। हुन त उस्लाई यस्मा कुनै आपत्ति थिएन। किनकी ऊ अहिले कुनै पार्टीमा थिएन। Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

छन्द कविता : लौ नयाँ बर्षमा

~कमल पौडेल “कल्पित शखा”~

आज धन्यै भएँ प्रेम सद्भावमा
प्रेममै मस्त भै मुक्तिको भावमा
सुन्न जो पाइयो काव्यधारा सही
वक्ष यो उफ्रियो भावगङ्गा बही Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

संस्मरण : मैले कसरी नेपाली सिकें ?

~सरुभक्त~

म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका घर थिए । नेवारहरू घरमा पसल थापी बस्थे । हाम्रो घरमा पनि सानो किनारा पसल थियो । बा-आमा बिहानदेखि रातिसम्म व्यापार गरी बस्नुहुन्थ्यो । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

स्थान परिचय : प्यूठान जिल्लाको इतिहास

प्यूठान जिल्लाको भौगोलिक स्थिती

नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी देशान्तर र २७.५५˚ देखि २८.२५˚ उत्तरी अक्ष्ाांंशको बीचमा फैलिएको छ । यसको मानचित्र हेर्दा Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

कविता : चुपचाप गांउ

~सौरभ आचार्य~Saurav Acharya

झोला कसेर स्कुल लस्केकाहरु
नाम्लो कसेर मुग्लान खसेकाहरु
मुठ्ठी कसेर जंगल पसेकाहरु
खै कोही फर्केर आ छैनन्
चौतारो कुर्दैछ देउरालीमा
पात झारेर खुइलो भएको छ
ढुड्गा खुस्काएर थोते भएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

ऐतिहासिक लेख : राजकुमार बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान

~बाबुराम आचार्य~

प्रसिद्ध मेवाड–नरेश राणा प्रतापसिंह शाहजस्तै यशस्वी, पराक्रमी र युद्धकुशल समेत होऊन् भन्ने आकांक्षा राख्दै श्री ५ पृथ्वीनारायण शाहले आफ्ना नवजात जेठा छोरा युवराजाधिराजको नाम ।।।प्रतापसिंह शाह राखेका थिए । तर समय बित्तै जाँदा परिणाम भने उनको यस आकांक्षाको ठीक विपरीत हुन आइपुगेको थियो । उनका कान्छा छोरा Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~

नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल

भूमिका 

मेरी मायालु मामु, 

तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस दिएको हो । उसो त मामु, यस्ता एक दर्जन जति चिठीहरु तपाईंका हातले खेलाइसकेका छन् । Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

गजल : सबको दु:ख हरौं अब

~निर्मला अवस्थी~Nirmala Awasthi_1

काट मार छोडी बरु सबको दु:ख हरौं अब
ह्रदयको कुना कुना मायै माया भरौं अब।।

तेरो मेरो गर्दा गर्दै आफन्त नि टाढा भए
फेरि नाता जोड्नलाई आफै अघि सरौं अब।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सुरेन बाबु

~आभास~Aavaas - Achyut Prasad Phuyal

सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल बोक्ने गरेका छौ
साँझको गोधूलिमा
तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ
तिमीलाई थाहै छ
ढुकुरको रगत रातो हुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)

 दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा Continue reading

Posted in अनूदित कथा | Leave a comment

लघुकथा : पुरस्कार

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

साहित्यलेखनलाई जीवनको राजमार्ग बनाएर उसले अतुलनीय कृतिहरू प्रकाशित गर्‍यो। नवीन प्रयोग, दार्शनिक अभिव्यक्ति, चोटिलो एवम् पोषिला काव्यहरू, अग्रगामी चिन्तनमा आधारित कथा एवम् उपन्यासहरूको बाढी ल्यायो उसले। उसको मस्तिष्कमा चिन्तन एवम् लेखनको तन्तु यति सक्रिय थियो कि उसभित्र सिर्जनाको समुद्र नै छचल्किएको थियो। साहित्यलाई विद्युतीय सञ्चारमाध्यमले एवम् कुबेर बन्ने होडबाजीले थिचिरहेको परिप्रेयमा पनि उसका लाखौँ पाठकहरू थिए, उसका कृतिहरू एक छाक खाएर भए पनि पाठकहरू किन्ने गर्दथे। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~Guy De Maupassant
अनुवादक: सिपी अर्याल

उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् । Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

लघुकथा : बन्धकी

~सरिता शर्मा समादर्शी~

उन्नाइस बर्षपछि बिदेशिएको महेश आफ्नो गाउ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~बिष्णु प्रसाद अधिकारी~

आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले “बाँझी” भनिदिँदा को पीडा असह्य थियो सुन्तलीलाई । दुवै दम्पतिले जति डाक्टरी जाँच र औषधी उपचार गर्दापनि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महाशिवरात्री

~दिलिप अविरल~

हर्केलाई अघिल्ला वर्षहरू झैं आज पनि महाशिवरात्री पर्वले आलिङ्गन् गरिसकेको छ।अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का-चिलिम भाङ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ।त्यसैले ऊ सामानको सबै बन्दोवस्त Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भैरे

~बुद्धि मोक्तान~Buddhi Moktan

हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त ” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरोधी

~बिना तामाङ्~

उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ।
मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रातो दरबार

~सुरेश प्रसाद अर्याल “कान्छो”~Suresh Prasad Aryal 'Kanchho'

ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भजनेबाको महिमा

~सुरेश प्रसाद अर्याल “कान्छो”~Suresh Prasad Aryal 'Kanchho'

भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई निम्तो नदिनु भनेको आफैले भैरव डाक्नु हो । प्रसाद कलामा भजनेबा को “गिनिस बुक आँफ वाँर्लड रेकोर्डमा” नाम आउन सक्छ यदि नेपाल सरकारले अलिकति पनि सहयोग गरे तर सबैलाई थाहै छ, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विकृती

~बिना तामाङ्~

“क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित् हुन संघर्षरत पात्र । दुईचार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन । “ख”पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कठै ! जुल्फे माइला

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~

जुल्फे माइला बिगत ६ बर्ष देखि कतारको एक सेक्युरिटी कम्पनीमा कार्यरत छ । घरदेश छाडी परदेश लागेको यतिका बर्ष सम्म उ घर फर्केको छैन । घर देश छाडी परदेश लाग्नु सबैको निम्ति एउटा बाध्यता नै हो । तर बाध्यता एक भए पनि समस्या भने अनेक हुन्छन । अन्य नेपाली कामदार झैं आर्थिक अभाबले जुल्फे माइला परदेश लागेको नभई द्धन्दकालमा उनि माऔबादीको शिकार भै Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment