कथा : ढिस्को

~शिवप्रकाश~

केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन।

त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै।

ऊ सोच्छ, “यो चिन्तन हो कि चिन्ता हो?” क्षीण निष्कर्ष निकाल्छ, “चिन्ता पनि एक चिन्तन हो।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आल्मा

~शिवप्रकाश~SHiva Prakash

‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा त्यो त्रासद दिनका दुःस्वप्न पनि गुडिरहेको छ।

ऊ अदालत पुग्दा आल्मा कठघरामा उभिएकी थिई। उसलाई लाग्यो, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~

कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । सहर नजिकै भए पनि सहरको सुख सुविधाबाट उनीहरू टाठा नै हुन्छन् । त्यो माझीको बस्तीमा पनि एउटा अति नै गरिब माझीको परिवार थियो । ऊ यति गरिब थियो कि उसले माछा पक्रन नयाँ जालसमेत किन्न सकेको थिएन । जताततै प्वालै प्वाल परेको र सिउँदा पनि उघ्रेर जालमा परेका माछा फुत्केर भाग्थे । उसको आङमा कमिज नपरेको धेरै भइसक्यो, लुङ्गी लगाएर दिन बिताउँछ । उसकी श्रीमतीको सारी पनि धेरै ठाउँमा फाटेर टालिएको थियो । दस वर्षो छोरा पनि स्कुल जाँदैनथ्यो, बुबालाई माछा पक्रन सहयोग गथ्र्यो । ऊ पनि साधारण कटूमा हिंडिरहन्थ्यो । अरू Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~

कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू बच्चा जन्मँदा, न्वारन गर्दा, बिरामी हुँदा हेराउन र फुक्न लगाउन पण्डित बाजेकहाँ पुग्दथे । भाइ-बहिनी हो ! पण्डित बाजे गोरखा कालिकामा पूजापाठ गर्ने एक पण्डित पनि थिए । एकपटकको कुरो हो, चैत दसैंका दिन गोरखा कालिकाको पूजापाठ गर्न राति नै घरबाट उठेर Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~

“भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा कराइन् -” मलाई त महँगो फ्रक चाहिन्छ । सस्तो खाले म त लगाउँदिन नि !”

आजभोलिका केटाकेटीले महँगो र सस्तो भनेर कुरा गरेको देखेर आमालाई दिक्क लाग्यो । उनले छोराछोरीलाई थामपुर पार्दै भनिन् -“हुन्छ ! हुन्छ ! भोलि जाऔँला । बिहान सबेरै उठेर जमरा राखौँला अनि Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~debendra prasad upreti

आकाशमा जून लागे कति रमाइलो
घाम लागे आकाशमा कति घमाइलो
एउटा आँखा राजा बने अर्को आँखा रानी
अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~debendra prasad upreti

देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी
फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी
माटो, मल, जल भए पूmल हुन्छ सुखी
अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~debendra prasad upreti

उनी केटा म केटी सबै बराबर
पढीलेखी जान्छौं घर हामी सरासर
मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर
अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~

भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई बहिनीले हातको काम गर्थे । यसरी उनीहरूको दिन राम्रैसँग चलिरहेको थियो । एक गाँस खान र एक जोर लगाउन उनीहरूलाई कुनै दुःख थिएन । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~

हाम्रो घरको परेवा
उड्छ भुर्र भुर्र
गुँडबाट गर्छ कैले
माकुर घुर्र घुर्र । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : के मतलब भयो

~अनन्त केसी~

होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो
वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ?

जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाल आमा

~गणेश लामिछाने~

समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ ।
नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।।
प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ।
असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~

कठैबरा !
वाग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल :हाल खबर के छ आज भोली गजलको

~प्रकाश बाजारा~

हाल खबर के छ आज भोली गजलको
भन्नुहोस् न हजुर दिल खोली गजलको

धेरै भयो चौतारीमा देखिएन रुप रगं
भरी छ कि खाली नै छ झोली गजलको बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : बाँसको पैसा

~बसन्त गौतम~

“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस—!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा

~पूर्ण इन्फादा~Purna Infada

आमुखः

समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्ने र दविएर रहेका युवा र उत्पीडनको सिकार बनेका आदिवासी जनजातिहरूको आवाजलाई शालीन र काव्यिक ढङ्गबाट उजागर गरिरहेका छन् । उनका रङ्गीन आविष्कार (२०५७), ढुङ्गामुढाको मन (२०५८), करङको हिरासत (२०६०), ककपिक् (२०६२) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~

झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने बस्ति हो यो। म पनि यन्त्रबत जिन्दगी नै बाँचिरहेकी छु यहाँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~

खेल्यौ, धेरै खेल्यौ
नाङ्गा शरीरका आदिम खेलहरु
यौवनका उर्जाहरु
विषाक्त वीर्य बनेर
धेरै पॊखिए तिम्रा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि मनु र उनका पहाड चढिरहने कविता

~कृष्ण धरावासी~Krishna dharabasi

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < भन्न खोजेको के हो < आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् < तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त < यही छ समस्या । र कविताको त Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बन्दी र सपना

~गोबिन्द विमली~

टाढा
म भन्दा धेरै टाढा छ
त्यो….सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाय

~मनु मन्जिल~manu-manjil

तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ
मेरो घरको झ्याल खस्ने गरी
ढुङ्गाले हान्यौ र गयौ,
मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~

पतन गर तिम्रा वीर्यहरु
भड्खालामा,
खोल्सामा,
पँधेरामा,
नजन्माउ कुनै सन्तान्  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~

युद्ध त–‍
बुद्ध स्वयंमा युद्ध हो
मैले उसलाई
हिंसाको विरोधमा डटेको सुनेको छु
युद्ध त–  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~

तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा
बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व
प्रेमले घृणा पोत्छु
मायाले घात छेक्छु  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खोपीका देवताहरू

~ईश्वरमणि अधिकारी~

खोपी छाड्नु हुन्न
खोपीका देवताहरू
सडक झर्नु हुन्न
चोक-चोकमा ठिङ्ग उभिएर
पूजा माग्न हुन्न देवताहरूले  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~

दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~दिनेस अधिकारी~

छिमेकी घरबाट
तरकारीको मीठो बास्ना आए पनि
झल्झली ! आमा-अनुहार संझेको छ,
साँझ-बत्ती सँगसँगै
निथ्रुक्क ! परेली भिजाएर  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रहस्योद्घाटन

~कालीप्रसाद रिजाल~

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु बिक्रीमा छ

~सुरज अर्याल~

रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार (?) ओच्छ्यान संगैको झ्यालको पर्दा खोलें बाहिर हेरें बाटोमा हिंडिरहेका सवारीहरुको बत्तिको उज्यालो आइपुग्छ कोठासम्म, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म किर्तिपुर नाक माग्दैछु

~कृसु क्षेत्री~

म बूढो नाक काटिएको
कुरुप किर्तिपुर
दुई सय बयालीस वर्षछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्फ्यु

~डा. बेञ्जु शर्मा~

बिहानै सिरानीको शिरमा
कर्फ्युको साइरन
मृत्युको शंखघोष हुँदा
गतिमा गोली लाग्दा
आवाजहरू दगुरिरहेका
तारहरुको घाँटी निमोठिँदा
शब्दहरू शरशय्यामा रोपिएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर सम्भोगहरु

~डा. बेन्जु शर्मा~Dr. Benju Sharma

सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलि‍एको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर Continue reading →

Posted in कविता | Tagged | 1 Comment