~सुबेश घिमिरे~
छन्द : शार्दूल बिक्रिडीत
सीमा भारतको नया मुलुक यो नेपालको काखमा
मेरो बाल्य थलो मधेश खजुरा* पश्चिम नेपालमा
माँ बागेश्वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो
चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥ Continue reading
~सुबेश घिमिरे~
छन्द : शार्दूल बिक्रिडीत
सीमा भारतको नया मुलुक यो नेपालको काखमा
मेरो बाल्य थलो मधेश खजुरा* पश्चिम नेपालमा
माँ बागेश्वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो
चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥ Continue reading
~सुबेश घिमिरे~
कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए
स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए ।
सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम
कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥
॥१॥ Continue reading
~सुबेश घिमिरे~
जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला
क्षणभंगुर यो जलको फोको ! परम् अस्थायी जीवनशाला ॥
उद्गम – उद्गत अमूर्त बिन्दु ! जस्मा बहन्छ भवको सिन्धु
हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥
Continue reading
~सुबेश घिमिरे~
अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक
पदार्थ – शक्ति, सृष्टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्फन ॥१॥ Continue reading
“Forkin’ Ice-O!” muttered Mareea, my Bolivian friend at the disappearing back of a guy who had just joined our table. Mareea (Bolivian), Katerina (Swedish), Karen (Carribean) and I had finally decided to go out for dinner and drinks one Saturday. It had been a while since we had met and after a sound warning from each of them, I Continue reading
~मनु मन्जिल~
उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ
झ्याल-ढोका, थाल र रिकापीहरू
मस्तिष्क चर्कने गरी बज्छन् ।
सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ Continue reading
~मनु मन्जिल~
उनी अक्षर जान्दिनन्
तर सुन्दर कविताहरू लेख्छिन् ।
सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन्
घामले मझेरी र आँगन पोतिसक्छिन् Continue reading
~जनकराज पौडेल~
मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र
बाँचुन्जेल संसार छ भने अरू केको डर
मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ
मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ
म बगे यो नदी बग्छ, सुकेँ भने म बगर
बाँचुन्जेल संसार छ भने अरू केको डर Continue reading
~श्यामकृष्ण श्रेष्ठ ~
राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष
राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।
खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत Continue reading
~मनोज कार्की~
तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!
अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु! Continue reading
~दीप हाँडिगाउँले~
दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो कुबेर राख्देछन। मलाई देख्ने बित्तिकै कुबेरले माथ्लो तला तिर हेर्यो। बाङ्गे उस्कै कोठामा रे छ क्यारे। छ्यास्स मनमा बिरामि भएर पातकी ढलेछ क्यारे भन्ने लाग्यो। सिङ्ग मरमरको घुमाउरो भर्याङग चढनै के लाग्या थें बाङ्ग्या बा आईलागे हवात्तै। उनी सङ्ग मेरा गरह दशा तेती राम्रो मिल्दैनथे- बाझ्थे। हुन त नातेदार थिए उनी हाम्रा मामाघर तिरका तर मेरा भने दुश्मन। Continue reading
~दीप हाँडिगाउँले~
दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ –”
निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?”
“काम् पर्यो के एउटा – ल ल उठ”
“के काम्? सक्दिन म”
मैले सक्दिन भन्या बाले सुनेछन् क्यारे– गरे सम्बोधन् “दीप!”
छुट्टीको दिन पनि हुलै बाधेर कराउन लागे भनेर रिसले मुर्मुरिदै भए पनि “हजुर्” चै नरम स्वरमै भनें।
“जा मामाघर गएर आइज –”
Continue reading
~दीप हाँडिगाउँले~
कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।
दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।
“दीप्, ल हिन” भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि “काँ?” भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो “निम्ता बाँडन”। Continue reading
~दीप हाँडिगाउँले~
“सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर नगर त तँ — झन तँ आउँछस भनेर कुरीरा — जसरी भए पनि आईज” भन्यो।
“हिंजो आईहालेँ नी — धन्न आएको आएकै भएछ — नत्र आउनै नपाउने हेर् — Continue reading
~दीप हाँडिगाउँले~
आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु का केही थोपाहरु पोखिए—कोलाहाल भो — त्यो कोलाहाललाई चिरेर उठ्दो बिह्वल मेरी आमाको क्रन्दनलाइ मैले सजिलै चिनेँ — आँखा छिनमै खहरे बने। म बगेँ। Continue reading
~दीप हाँडिगाउँले~
“के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।
बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या तेही गरेछ हिंजो। —- Continue reading
~दीप हाँडिगाउँले~
आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के? Continue reading
~दीप हाँडिगाउँले~
रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या जस्तो अनि टाउकाँ त्यै एक बोरा बालुबा जोख्या जस्तो भएर रन्थनिराथें। फोनको घन्टी बज्यो। त्यो पनि सेलको। हेर्छु नम्बर चिनजानको छैन। उठाउँ कि नउठाउँ गर्दै उठाएँ। “हेलो–” Continue reading
~दिल पौडेल~
जिन्दगी डबकाको जाड भयो साथी
अभावको भारी बोक्ने ढाड भयो साथी
कतै बेसार, कतै आलु भई प्रयोग भइयो
खुकुरी कर्द अनि वाण भयो साथी Continue reading
‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य नै भए । त्यो कथा प्रकाशित भएपछि रामप्रसाद Continue reading
आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, मन्त्री हुन्छ भन्ने अनुमान गरेर प्रायजसो भेटघाट Continue reading
“आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैं आयो रे !” सुन्तलीले नसुनेझैं गरी । आफ्नै घरभित्रको युद्धमा सम्लग्न भएको आफ्नो लोग्नेलाई सम्भिंmदै अनुहार मलिन पारी ।
उसको सानोे छोरो फेरि बोल्यो– “आमा– आमा ! रेडियोले भनेको दसैं आयो रे ।” Continue reading
बा,
एक दिन होइन
दुई दिन होइन
तीन दिन होइन
सधैंभरि
घरी– घरी Continue reading
‘‘बुभ्mनुभयो जो अमेरिका जान्छन् नि, आफ्नो देशलाई बिर्सिएर सबै अराष्ट्रिय हुन् बुभ्mनुभयो…..!’’
‘‘तर मलाई त त्यस्तो लाग्दैन….!’’
‘‘लौ किन नलाग्नु नि ! पढ्नुभा’छैन– जिउँदै म¥यो त्यो जसले बिर्सियो देशको माटो…।’’ Continue reading
मलाई इच्छा नहुँदा – नहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण गरिदिने हुन् र सुख, सम्पत्ति, यश, समृद्धि र परिवारको हाँसो सबै तथास्तु प्रभुले नै गरिदिने हुन् भन्ने कुरामा ऊ ढुक्क थिई । Continue reading
~नारायण तिवारी~
– मृत्यु सुखद पनि हुन सक्छ !
– कस्तो विचित्र कुरा…!
मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र…! केटाकेटीको रुग्ण Continue reading
छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो
तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो
आकाशको परी हौ कि घरकी हाम्री छोरी Continue reading
मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । तर, साबिकझैँ मुस्कान फालेन । पहिलेपहिले ऊ दुई हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, Continue reading
~लीला रिजाल~
‘ दिपु अब तिमि ठुलो भइसक्यौ अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो म कसरि ठुलो भैसकें ? जबकी म भर्खर १० /११ बर्षको मात्र त् हुदै छु | Continue reading
घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा धारो छ, र कञ्चन पानी कलकल बग्दैछ । एउटा सुन्दर संसार, एउटा मीठो सपना । Continue reading