कथा : बाच्छो हराएको कथा !

~पुरुषोत्तम भण्डारी~

नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ !
घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ?
घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ?
यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , हाम्रो घर मा ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उर्मिला अर्थात् उमेश

~राम अधिकारी~Ram Adhikari

हिउँदको चिसोमा अबेर बाहिरबाट हतार हतार कोठामा आएर सुबोधले ल्यापटप अन गर्यो र आफूलाई अनलाइन देखायो ।ढिला भएकाले उसले हात हल्लाईसकेकी थिई।क्षमा प्रिया! र प्रतिउत्तर आयो “केहि छैन मलाई,तिमीलाई पर्खंदा तिम्रो बारे सुन्दर सपना कोर्ने मौका मिल्दछ ।”सुबोधले कति सोच्दछौ मेरो बारे भन्दा उसले जति मेरो मस्तिस्कको क्षमताले भ्याउछ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

केस्रा : अनुभव

~कृष मगर~

खोज्दै जाँदा तिम्लाई, दिलभित्र पाएँ
मनभरी तिम्रै, तस्वीर सजाएँ

अँन्धेरीमा माया, छामि छामी खोजेँ Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

नियात्रा : ग्रेटवालको ग्रेट अनुभूति

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई एक वर्षतुल्यायो । गतसाल अगष्टको अन्तिम सप्ताह, होटेल हे जिङ्ग फु बेइजिङबाट बिहान ७ः३० बजे ब्रेकफास्ट लिएपछि दिउँसोको खानाको प्याकिङ, पानीका बोतलहरू, बियरका क्यानहरू र क्यामरा बोकेर म हाम्रो लागि पर्खिरहेको बसमा पुगेँ । मलाई लाग्यो, आज म ठूलो समरमा हिँडिरहेको छु, Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~

तनहुँ जिल्ला
रम्घा गाम
हाम्रो भानु
जन्मेको ठाम ।
कविता रच्ने
गरे काम
भयो उनको
ठूलो नाम । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~

खेलिरहेको भुन्टे
एक्कासि करायो
फकाउदै आमाले सोध्नुहुँदा
रुदै भन्यो– बल हरायो ।

खाटमुनि पनि खोजियो
दराजभित्र पनि
भुन्टे अत्तालिन थाल्यो
लौ, बल छैन कहीं पनि । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : सन्कल्प

~मनोज कार्की~

न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कुन बिरानो गीत यो सुने! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर न ताल को डाएरी

~मनोज कार्की~

शहरको कोलाहल सुन्य लाग्छ,
सगरमाथाको उचाइ नगन्य लाग्छ,
यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ,
जिन्दगी तेसै तेसै वाक्क लाग्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गाउँ फर्कने दिन

~मनोज कार्की~

२०५९ – ६ – २१।
भोजपुर।

ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, …………

सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फकीर हिँडेको बाटो

~रमेश सायन~Ramesh Sayaan

‘जिन्दगीसँग कुनै गुनासो छैन ।’ यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन । ‘सलाम जिन्दगी ! बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहे र, बाँचेकोमा ।’ सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश आभार ब्यक्त गर्छ । रक्सी पिउँदा पिउँदै उसको साससँग ठोकिएको बतास Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी इन्टरन्याशनल

~प्रकाश सायमी~Prakash Sayami

‘लक्ष्मी सुकुटी छ ?’
‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । …’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेताको पानी

~पूर्ण मुनंकर्मी~Purna Munakarmi

आम निर्वाचनको प्रचारको क्रममा हाम्रो गाउँमा प्रत्येक दिन नै कुनै न कुनै पार्टीका नेताहरुको कार्यक्रम राखेका थिए । गाउँमा भेला हुन सकिने एउटै ठाउँ प्राथमिक स्कूलको चउर मात्र थियो । त्यसैले स्कूल बिदा गरि पालै पालो सभा राखियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुद्दा

~कृष्ण कुसुम~Krishna Kusum

आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौषम । बढ्दो जलवायु परिवर्तनको असर हो भन्थे विज्ञहरु यसलाई । हुनपनि सरकारी जम्बो टोलीले कालापत्थर देखि कोपनहेगन सम्मको यात्रा यसअघि नै तय गरिसकेको थियो ।जलवायु परिवर्तनको असरले नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यान खिच्न भनेर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालिजको शिकार

~जयबहादुर घिमिरे~Jay Bahadur Ghimire

फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको सहायताको भरले अत्यन्त सानो मान्छे हिंडेको गोहो पहिल्याउँदै म वासस्थान फर्कने सुरमा छु । हात खुट्टा लगलग कामिरहेको छ । सानो पोथ्रो गुराँसको फेदमा छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्गमन

~घनश्याम शर्मा~Ghanashyam Sharma

“बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।”
बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँखामा डरले आँखा जुधाउँदै मैले प्रस्ताव राखेँ । बाले चिन्डेको लेकतिर एकनाश हेरीरहनु भयो, म डराइरहेको थिएँ ।मेरो अनुहार रातो रातो भैसकेको थियो । बा रिसाउनु पो हुन्छ कि ? वहाँ असाध्यै रिसाहा मानिन्थ्यो आफ्नो बेलामा अझैपनि सबै जना डराउँछन् गाउँमा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम ओर्लिएको छ सडकमा

~बसन्त गौतम~

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~Babasagar Ghimire

बा दङ्ग परे ।
लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो बाच्छी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोलादाइको दशैँ

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

भोलादाइ -(भोलानाथ गौतम) आफ्ना जहान-परविारसँग यसपालिको दसैँ भव्य रूपले मनाउने मनसायले नुवाकोटबाट बसको हुटमा हल्र्याङ्हल्र्याङ गाडीसँगसँगै हल्लिँदैहल्लिँदै लखतरान भएर बालाजुमा ओर्लिए । र, गह्रौँ झोला काँधमा झुन्ड्याएर सोझै नयाँबसपार्कतिर अघि बढे । आवश्यक किनमेल उनले त्रिशूलीमै सिध्याएकाले एक पाउको एक पोको गुँदपाक चैँ बसपार्कमै लिउँला भन्ने उनको सुर थियो । उनको सुरलाई एउटा बेसुरसँग कराउने मने -मनबहादुर खड्का) भन्ने केटाले भताभुंग पार्दै सोध्यो, “ओ दाइ काँ जाने ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजुरेको साइनो

~सुबिसुधा आचार्य~SubiSudha Acharya

गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ भुइँ । फूलको सुगन्धलाई जित्छ अमिलो मूलाको अचारबाट निस्केको अमिलो गन्धले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मःमः बहादुर

~मनोज बन्जारा~

अब मनोजलाई नयाँ स्कूल हाल्नुपर्छ। केटो ठूलो भयो। अब हिंड्न सक्छ। बाले आमासँग सल्लाह गर्नुभएको मैंलेपनि सुनेको थिएँ। त्यसको दुई महिनापछि म बाका हात समाउँदै सम्वाभित नयाँ स्कूलको प्रवेश परिक्षा दिन गएको थिएँ। ईन्ट्रान्स पास भएपछि, म टाई लगाउने स्कूल जाने भएँ। काठमाडौंको जहिल्यै एस. एल. सी. बोर्डमा आउने, प्रख्यात स्कूलको शाखा सिद्धार्थ ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : देशको गीत

~क्षेत्रप्रताप अधिकारी~Chetra Pratap Adhikari

मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस्
म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : क्रिसमसमा पोखरा र म

~सलोजा~Salojaa

म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । म पानी बन्न सकिन त्यसैले त तिम्रो चाहनाको संसारमा रम्न सकिन । फेवातालको बीचमा छु । बीचबाट मैले देख्ने पहाड र हिमालको दृश्य, तिमीले सोचेको भन्दा Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरील्याण्ड का उडुस

~युवराज नयाँघरे~Yubaraj Nayaghare

उडुसका खानिमा परिएछ !
हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म भएँ महा दिक्क ! वाल्कर बस्न थालेको धेरै भएकै छन् । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेलायत यात्राको साहित्य

~कृष्णचन्द्रसिंह प्रधान~Krishna Chandra Singh Pradhan

शीतकालीन जाडो र बर्षायामको  झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : कता जाँदैछ आधुनिक गीत

~कालीप्रसाद रिजाल~Kali Prasad Rijal

मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी प्रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मास्टर मित्रसेनका केही गीत मैले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : म पनि द्धौता मान्छु

~बालकृष्ण सम~Balkrishna Sama

म पनि द्यौता मान्छु जोगी
म पनि द्यौता मन्छु;
तर तिम्रो र मेरो द्यौतामा
आकास र पृथ्वीको भिन्नता छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नवराज कार्कीका मुक्तकहरु

~नवराज कार्की~Nawaraj Karki

(१)
तिमी हाँस्यौ र आज घाम लाग्यो
मलाई त खुसी पनि धुमधाम लाग्यो
अँध्यारोमा हाँस्दी हौ, मैले देख्दैनथें
आज उज्यालोमा हाँस्यौ र
मेरो सम्पूर्ण जिज्ञासामा पूर्णविराम लाग्यो ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

सफल घिमिरेका मुक्तकहरु

~सफल घिमिरे~Safal Ghimire

युवा
रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ,
जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ,
नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ,
यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।
-पोखरा, २०६४
(श्रोत :- Safal’s Blog )

राष्ट्रिय गान
महलभित्र प्रपन्चको जाल रच्न पाइन्न राजन्,
अत्तिविधी बढ्दा हाम्ले मुखमा पट्टी लाइन्न राजन्,
रानो बन्न कर्मीको’नी पाउनु पर्छ समर्थन,
तिमीलाई शीरमा राखी देशको गीत गाइन्न राजन् ।
-लालिगुराँस क्रान्ति,०६२/०६३
(श्रोत :- Safal’s Blog )

म नेपाल
मित्र छर्-छिमेक एक अनेक सबैको दास भएको छु,
हाँस्छन् दुनियाँ सबको म उपहास भएको छु,
कस्तो दरिद्रता कठै जिन्दगीको !
बीच सडकमा फ्याँकिएको दुर्गन्धित लास भएको छु ।
(श्रोत :- Safal’s Blog )

देउता !!!
नयाँ रिवाज, नयाँ विधान थाल्नु पर्छ नेपाली हो !
सुन्दर वनको विष वृक्ष ढाल्नु पर्छ नेपाली हो !
ईश्वरीय बिल्ला भिरी असुर राज्य गर्छ भने,
देउतालाई’नि मन्दिरबाटै फाल्नु पर्छ नेपाली हो !
(श्रोत :- Safal’s Blog )

परिस्थिती
खुसी के भन्नु, नयाँ त्रास आउन बेर छैन,<
हाँसो चुट्टिएर बीचमै अट्टहास आउन बेर छैन,
बेइमानी जालीकै हालिमुहाली सहने भने अब नेपाली हो,
दुई चार दिनमै लोकतन्त्रको लास आउन बेर छैन ।
(श्रोत :- Safal’s Blog)

 

Posted in मुक्तक | Tagged | Leave a comment

भूपी शेरचनका मुक्तकहरु

~भूपी शेरचन ~Bhupi Sherchan

प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ
प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता
बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

रमेश पौडेलका मुक्तकहरु

~रमेश पौडेल~Ramesh Paudel

(१)

सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो
अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो
हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन्
जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

हरिभक्त कटुवालका मुक्तकहरु

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

यो जीवन

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : यसपालिको सपना

~बुद्धिसागर~Buddhisagar

गएको वैशाख रिन तिर्न फर्कियो
रुख—रुखमा कलिला पात टाँगेर गयो
गएको हिउँद रिन लिन फर्कियो
रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment