कथा : ओबामासंगको मेरो भेट

~सहदेब पौडेल~

सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे.”यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ “?साथीले भन्यो “उ तिमी जस्तै हो”.मेरो साथीले बराक ओबामा “म जस्तै हो” भन्नुको अर्थ थियो युवा जोश जागर भएको , Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : आजको राजनैतिक सन्दर्भमा वीपीलाई संझँदा

~श्रीभद्र शर्मा~

१. मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई निकै अप्ठ्यारोमा पाएँ। हुन्न भनूँ, ममा त्यो आँट आएन। हुन्छ भनेर स्वीकार गर्न पनि सजिलो भएन किनभने वीपीका विषयमा खास गरी २०४६ सालको जनआन्दोलनपछि त यति धेरै मानिसले विभिन्न दृष्टिकोणले यति धेरै लेखिसकेका छन् अब नयाँ केही कुरा लेख्न मेरो कलम समर्थ होला भन्ने मलाई विश्वासै लागेन। त्यसमा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : नमिठो सपना

~अजय ढुंगाना~

परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा’कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ आएको थियो | तर बिद्यार्थी भिषामा आएको भए पनि उसको एक मात्र उदेश्य पैसा कमाउनु थियो, त्यसैले एकदमै सस्तो एउटा कलेजमा भर्ना भएको थियो | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~

धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु गरिसकेको थियो अन्तर्मनको चुलोबाट ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चमेलीको चिठी

~दिव्य गिरी~Dibya Giri

सधैंको जस्तै आज पनि

तिम्री दुःखी चमेलीको सादर प्रणाम

तिम्री विरही चमेलीको सदा सम्झना ।

हिजो—अस्तिका चिठीहरू

Continue reading

Posted in कविता | Tagged | Leave a comment

भोजपुरी गजल : गाँव मन पर गइल

~गोपाल अश्क~

गाँव मन पर गइल
आँख बा भर गइल

ठाँव आपन गइल
किस्मतो जर गइल Continue reading

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment

भोजपुरी गीत : हम त मुखिया बानी भइया

~हरिहर यादव~

हम त मुखिया बानी भइया सबसे इमानदार

विधवा निर्वल के करी भलाई चाहे चुए पसेना
पर उपकार के पथ से भइया पीछे कभी हटिना
अइसन हृदय के उदार भइया सबसे इमानदार

Continue reading

Posted in भोजपुरी गीत | Tagged | Leave a comment

भोजपुरी गजल : जिन्दगी लुटाइने

~गोपाल अश्क~

जिन्दगी के बात पर जिन्दगी लुटाइने
हम इहाँ बहार के गीत गुनगुनाइने

रात-रात भर इहाँ हो रहल हिसाब बा
के जिती हिसाब से भोर के बताइने Continue reading

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment

कविता : अधेरीमै आउनु तिमी

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त
बनि आउनु तिमी

सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि

बिपनीमा तिमीलाई भेट्न सकिन
सपनीमै आउनु तिमी

Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल फूल्छ पिरतीमा

~अर्जुन दुङ्मेन् राई~

(दरिद्र दिलपनी ढिकुटी भएर फूल्छ पिरतीमा)२
निरीह जीवन पनि आँटी भएर झुल्छ पिरतीमा

(शरद र बर्षाद ऋतुले जती नै ल्याओस बादलु)२
निलो-निलो गगन छर्लङ्ग भएर खुल्छ पिरतीमा

Continue reading

Posted in गजल | Tagged | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~Tika Milan

कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली गोठालाहरु थिए । घर परिवार तथा नातागोता पनि असाध्ये राम्रा र कुसल थिए । यी सबै राम्रो भए पनि उनी आफु असल थिएनन् । उनी अति नै घमण्डी, लोभी र दुर्जन थिए ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको बिहे गर्ने राजाले निधो गरे । जब राजाले ज्योतिषीको परामर्शमा छोरीको बिहेका लागि साइत देखाउन थाले दरवारको चारैतिर स्यालहरू नरोकिकन हू हू…..हू हू…..हू हू……हू हू गरी कराउन थाले । राजाले किन यी स्यालहरू कराउन आए भनी ज्योतिषीहरूलाई सोध्दा उनीहरूले यो केही होइन हजुरले सानोबेला छोरीलाई फकाउँदा स्यालसँग बिहे गरिदिन्छु भनेको फल हो भनेर भने ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको जस्तो देखिन्छ त ?

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

~सदानन्द अभागी~Sadananda Abhagi

(यो कथा श्रीमद्भागवतमा आधरित छ)

हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के घटना घटेका थिए र त्यो त्यागले कसलाई फाइदा गर्यो भन्ने कुराको ज्ञान हामीमा हुनै पर्दछ ।

Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~

असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा यो माछाको बारेमा ? यसको बारेमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको बारेमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै मसम्म यो माछाको बारे इतिहास जिउँदै छ ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~

आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले व्याप्त छ। आमा छोरालाई फकाइ फुस्ल्याई भोजन गराउने प्रयास गरी रहेकी छन्, तर बालक अश्वत्थामा झगड़ा गरी रहेकै छ, उसको चाहना हो दूधको।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~

गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो ।

Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~Dr Aruna Upreti

मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी बनायो कि ? मेरा औरस पुत्र धृतराष्ट्रको दुखले दुखी बनायो ? धृतराष्ट्रप्रति मलाई पुत्रमोह त कहिल्यै थिएन किनभने मैले माता सत्यवतीको वचनलाई हार्न नसकेर मात्र उनका विधवा बुहारीहरूलाई गर्भवती गराएर पुत्र प्रदान गरेको थिएँ । तर, त्यो बेलामा मैले मातालाई भनेको पनि थिएँ-“माता, मबाट जन्मिँमा यी सन्तानहरू ऋषिपुत्र झैं हुने छैनन् । भविष्यको कुरा केही भन्न सकिन्न । हुन सक्छ यी सन्तान नै हस्तिनापुरको रक्षा समर्थ नहोलान् ।” मैले उनका बुहारीहरूलाई पुत्र दान त गरेँ तर विना कुनै मोह । म वनमा फर्किएको केही समयपछि थाहा भयो मबाट जम्निएका दुइ पुत्रमध्ये एक अन्धा र अर्को रोगी छन् । मलाई झुक्याउन एक दासीलाई पठाइएको थियो, ती चाहिँ सबैभन्दा असल र स्वस्थ पैदा भए – विदुर ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~Dr Aruna Upreti

आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? उनलाई मैले के भनुँला ? हस्तिनापुरकी महारानी आज सन्तानविहीन भएकी छन् । सायद उनको आँखामा आँसु पनि हुनेछैन । युद्धभरि प्रत्येक दिन कसै न कसैको प्रियजनको मृत्युले आँसु खसेकै छ । एउटा शरीरमा कति पो अाँसु होला र बग्ला ? यो युद्धको दोष कसको मेरो ? दुर्योधनको ? कृष्णको ? भीष्मको ?

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~Bibek Dulal Chhetri Damak

एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो ।

चौथोसित यी तीन जना लगायत आफू स्वयमलाई एकतामा बाध्ने सुत्र थियो ।

यसरी बलवान पुरुषहरूले आ आफ्न बिशेष गुणले गर्दा हरेक कुरामा सफलअता हाँसिल गर्दै थिए ।

Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

Poem : Ideas

~Ananta Gopal Risal~

A stream of thoughts came to me
without asking she stayed with me,
rumbled and grumbled as I grow,
she grew with me and now I know.

Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : नमाग देश के दिन्छ?

~अनन्‍तगोपाल रिसाल~

नमाग देश के दिन्छ? देशलाई दियौ त के?
गरीब मनको शुद्ध,धन मात्र भएर के?
अन्याय सहनु पाप, अन्यायी अब मेट्नु छ
शान्तिका दूत हौँ हामी,एक भै अब जुट्नु छ |१|

Continue reading

Posted in कविता | Tagged | Leave a comment

हास्य कथा : बाङ्गे

~दीप हाँडीगाँउले~

“के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या त्यही गरेछ – आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्या’नै ।

Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

अनूदित निबन्ध : आशाको खुशी

~सर सैय्यद अहमद~syed-ahmad-khan
अनु : जाकिर हुसैन

ए आकाशमा खैरा बादलहरूमाझ चट्याङ परेझैं चम्कने इन्द्रेणी ! ए आकाशका तारागण र तिनका मनमोहक चमक ! ए उच्च पहाडहरूका आकाशसँग कुरा गर्ने कुहिरोले ढाकिएका टाकुराहरू ! ए पहाडका वैभशाली बाटिका ! ए गगनचुम्बी शिखरहरूको चित्ताकर्षक बोट–बिरुवा ! तिमीहरू हाम्रो वरिपरिका रुख बिरुवा, हरियो खेती र सलल बग्ने नदी–नालाहरूभन्दा बढी हर्षित किन देखिन्छौ, किन ? तिमीहरू हामीबाट धेरै टाढा छौ भनेर त हो नि ? हो, यसै दुरीले नै तिमीहरूलाई सुन्दरता प्रदान गरेको हो । यसै दुरीले गर्दा नै तिम्रो निलो रङ्गलाई हाम्रो आँखाले मन पराएको हो ।

Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

कथा : निर्वाण

chanki shrestha - abhaya~चंकी श्रेष्ठ ‘अभय’~

विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ ।

मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~

चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।

Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

कविता : सद्दामलाई चिठी

~चन्द्र िसंग गुरुंग~

ए सद्दाम !
त्यहाँ तिम्रो देशमा जस्तैै
अचेल मेरो देशमा पिन
एक थुप्रो हिटलरहरु
म्ाानिसको सानो मुटु होईन
विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् ।
सायद यी युद्वान्धोहरुले
आस्थाको विशाल आकाशमा
युद्वको ताज जित्ने योद्वा भन्दा
प्रेमको प्रसाद बाँडने फजारी
धेरै-धेरैै माथि उठेको देखेका छैनन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : शिवपुरी बाबा र दाताराम

~बिजु सुवेदी “विजय”~

आश्रममा एकजना केही नखाइकन बाँचिरहेको बाबा थियो । उसलाइृ शुद्ध दूध खुवाउन भनेर एकजना दातारामले जतिबेला दुहेर दूध लिन सकिने गाई बाबाकहाँ राखिदिएको थियो । त्यो चामत्किारीक गाईले जत्तिबेला पनि दूध दिने थाहा पाएर एकजना राणाले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोगी र अमृत

~बिजु सुवेदी “विजय”~

उसले एकजना जोगीलाई देखेको थियो । तर त्यो जोगी अरु जोगीजस्तो त्यस्तो थिएन जो अरुसँग मागी हिँडोस् तर त्यो जोगीले सबैलाई “ तेरो भलो होस् ” भन्दै जाने गथ्र्यो । कसैले दान दिए पनि श्रद्धाले दिएको मात्र ग्रहण गथ्र्यो । तर उसले त्यो जोगीले खाएको कहिल्यै देखेको थिएन । नखाइकन पनि कसरी बाँचेको होला भनेर उत्सुक भएर उसले उक्त जोगीलाई पीछा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : सप्ताहको मर्म

~बिजु सुवेदी “विजय”~

रघुराजाको कालको धेरै समयपछि फेरि एकजना महात्यागी राजाले यस पृथ्वीमा जन्म लिएको थियो । ऊ पनि रघुराजाजस्तै अत्यन्तै धनी थियो र इच्छाआकाँक्षा त्याग्ने बिचारले श्रीपेच लगाएर घोडामा चढेर महात्माकहाँ कुटीमा गएको थियो र भनेको थियो :– “ महात्मा मैले सबै त्यागेर आइसकेको छु मलाई स्वीकार्नुस् । ” फेरि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : रघुकुल उत्पत्ति

~बिजु सुवेदी “विजय”~

धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियोे कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी छैन । मभन्दा सुखी दुनियाँको नजरमा अरु कोही छैन तर मेरो नजरमा म जत्ति दुःखी अरु कोही छैन । त्यसैले यस्ता इच्छा–आकाँक्षाको यो साँसारिक असीमित सुखबाट म टाढा जान चाहन्छु ”भनी सबै राज्य , सन्तान , Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment