~सुयर्मा राइ~
एक भीड मान्छेहर्रू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि– भुरुर्र
शान्तिको नाममा । Continue reading
~सुयर्मा राइ~
एक भीड मान्छेहर्रू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि– भुरुर्र
शान्तिको नाममा । Continue reading
~कृष्णप्रकाश श्रेष्ठ~
कुलेश्वर – नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !
यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो र राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो । मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको Continue reading
जिन्दगीबाटै प्रारम्भ हुन्छ
मृत्युको कथा !
मृत्युको कथा भनिरहँदा अचानक
जीवनको दुर्घटनाग्रस्त एउटा जहाज
मेरो मनको किनारमा आएर रोकिन्छ
र खैरो उदासीमा भग्नावशेषबाट प्रारम्भ हुन्छ
अर्को मृत्युको कथा ! Continue reading
~राजेश्वर कार्की~
बाच्न मन लाग्छ
किनभने
हामी धेरै मर्छौँ
हामी उज्यालो चाहन्र्छौँ
किनिक
अध्यारो हाम्रो गर्भे पृष्ठभूमि हो
Continue reading
~Bikram Subba~
– Translated by Rupa Joshi
Someone
Filled my kerchief of love with selfish blooms
Broke my heart
Made a flute
And played her own tune on it Continue reading
~बिक्रम सुब्बा~
मेरो मायाको रुमालमा कसैले
आफ्नो मतलबको फूल भ-यो
सग्लो मेरो मन बाँचेर
आफ्नो धून बजाउँने बाँसुरि बनायो
Continue reading
~बसन्त श्रेष्ठ~
गम्भीर शान्त मुद्रामा
आगोको लप्का बोकेर आँखामा
बलिष्ठ पाखुरा र उन्नत छाती भएको
मोरालेस गार्सिया
बिशाल जन लहरको भिडमा
दह्रो मुठी कस्दै चिच्यायो
“हाम्रो भबिस्य कसैले थुन्न सक्दैन”
भिडले चिच्यायो Continue reading
~आङ् कर्मा शेर्पा~
यस पालाको पदयात्रामा
फेरि तिम्रो याद आयो
सुनपाती चिमलको सुगन्धमा
विर्सिएको बास्ना छायो
निर्मल स्वच्छ कुण्ड अनेक
पवित्र भुमि मन भयो चंगा Continue reading
~टंक सम्वाहाम्फे~
मलाई थाहा थिएन
आज सम्म म कुनै रेखामा छु भनेर
तर म त एउटा रेखामा पो
यति वर्ष दौडिरहेको रहेछु
आजै मात्र थाहा पाए
जुन रेखाहरु Continue reading
पात्रहरु अलि भएनन कि ?
यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ?
आफ्नै मन बज्रि रहेछ कथाकार माथि /
समय अगाडी, धेरै अगाडी बढी सक्यो /
आज का मानिस संग जन्मदै एक-एक हतियार हुन्छ बाच्न /
भिख माग्दैनन स्वर /बिद्रोहको आवाज छ घाटी मा Continue reading
~कृष्णप्रकाश श्रेष्ठ~
हाम्रो समयमा पनि नेपालका अनुश्रुतिहरु र किम्बदन्तीहरुको सम्पन्न भण्डारको महत्व कम भएको छैन । आधुनिक साहित्यिक रचनाहरुका लागि पनि त्यसबाट सामग्री प्राप्त गरिन्छ । यस सन्दर्भमा नेपालका प्रसिद्ध राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (ई.सं. १९१५-१९८२) को उपन्यास “सुम्निमा” विशेष रुपले रोचक छ । उपन्यासकारबाट जेलजीवनको समयमा लेखिएको यो उपन्यास किरात युवती र आर्य युवकको प्रणयसम्बन्धी पुराकथा वा किम्बदन्तीमा आधारित छ । नेपाली भाषासाहित्यमा मनोविश्लेषणमूलक कथा र उपन्यासहरु भित्य्राउने विश्वेश्वरप्रसाद कोइरालाको कृतित्व Continue reading
प्रिय सम्बोधन !
मान्छे नै यस्तो अजीव प्राणी हो, जो सीमान्त दुर्लभ क्षणबाट पनि साच्चै नै माथि उठ्न सक्दछ; जतिखेर सायद देवताहरू पनि ईष्र्यामा हुन्छन् । यसैले लाग्छ, स्वर्गका देवताहरू पनि ऊभित्रको ईश्वरभन्दा अलग छ; जो कहिल्यै तल गिर्ने जोखिम उठाउदैनन्; जसरी पशुहरू पनि कहिल्यै माथि उठ्ने सपना सोच्दैनन् । यसरी मान्छेको आफ्नो मौलिक पहिचान छैन । ऊ देवताभन्दा माथि उठ्न पनि सक्छ, पशुभन्दा तल गिर्न पनि सक्छ । यसर्थ मानववाद मनुष्यको सबैभन्दा ठूलो भ्रम हो । यसमा मेरा प्रिय लेखक निर्मल वर्माप्रति म पूर्णत: सहमत छु । Continue reading
~विजय बान्तवा~
न तृष्णा छ, न भोक छ,
पानी नपिएर पनि तिर्खा मेटिएकै छ,
भोजन ग्रहण नगरेर पनि अघाएको छ।
शुद्ध भोजन पहिले ग्रहण गरिएकै हो,
शुद्ध भोजन गरिएको आभास यहॉं हराएको छ तर,
आफ्नो धर्म र सम्प्रदाय कसैले ऊँच हो भनी बताइदिएकै थियो,
तर यहॉं आएर सबै वस्तु समानान्तरमा रुपान्तरित भएको छ। Continue reading
~विजय बान्तवा~
एकाएक प्रष्फुरण भयो, एकाएक विष्फोटन् भयो
ॐकार शब्द, झंकार शब्द
लहर लहर लहराउँदै, सागर सागर सुसेल्दै
संगीत-सुरमा सरगम सम्हाल्दै
अन्हद्को ध्वनि सुनेर आल्हादित बन्यो
पुलकित बन्यो मन मस्तिष्क
शून्यतामा यति विघ ध्वनिहरू गुञ्जिरहेछन्, Continue reading
घर नं १
यो घरमा कोठा खाली छ?
छ, यहाँको बिहे भको छ की छैन?
छैन, छिट्टै हुन्छ होला
पाँच महिनाको एडभान्स चाहिन्छ,
एक महिनाको दिन सक्छु
त्यसो भए खाली छैन Continue reading
~अज्ञात~
दुनियाँले मिच्दा मिच्दा
झुम्री परेका स्तनहरु ढाकेर
छाति छोपुवाले ढाकेझै
हृदय को ग्लानी
उत्ताउनो सारीर ले
जीवनभार बोकि रहेकी ति महिला
बताउ वेश्या हो या विवसता ?
तिमी घुश खायर महल बनाउछौ र सम्पन्नता देखाउछ ! Continue reading
यस देशका मालीहरू धमाधम
चुँडाल्दै छन् फूलहरू
छिमल्दै छन् पातहरू
र, जगाइरहेछन् अस्तित्व काँडाहरूको । Continue reading
“हे लो …! हेलो …!”
“हजुर !”
“अँ सानू, सुन त ! म काठमाडौँमा प्लेनबाट झरसिकेँ, अब चार-पाँच घन्टामा घर आइपुग्छु ल !”
‘अनि, हिजै खबर गरेको भए म पनि आउँथेँ नि?”
‘फोन नै लागेन क्या !”
Continue reading
माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्यो।
स्वास्नी कता गई मेरी, स्वास्नी कता गई !
स्वास्नी पोइल गई मेरी, स्वास्नी पोइल गई। Continue reading
हिजो गोधूलीमा
हतार हतार आफूलाई पूछपाछ पारेर
भाका गुज्रेको पाउडर
लतपत गालाभरि पोतेर
र हतार हतार
विना ऐना
ठूटे लिपस्टिकले ओठ रंगाएर
ताराहरु चम्किनुभन्दा पहिल्यै Continue reading
~डा. सुबाश लोहनी~
मलाई पृथ्वी नरायन शाहले उपत्यका कैले हाने याद नरहला
मलाई पचहत्तर जिल्लाको नाम भन्न नआउला
मलाई नेपालमा गणतन्त्र कैले आयो याद नहोला
तर पनि मलाई नेपाली सपना देख्न मन लाग्छ
म राष्ट्रियताले ओत्प्रोत भएको नेपाली पनि होइन
तर पनि मलाई नेपाली सपना देख्न मन लाग्छ Continue reading
~शरद ढकाल~
साइकल – १
‘ओम जय जगदिश हरे…..’ हरेक दिन झैँ नोकियाको मोबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो शुक्रबारको रमाइलो जीउमा अझै नि हल्कामहशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास दुध खाइ-नसक्दै नौ बजिसकेकोले जुत्ताका तना कसि कोठा लक गरेर हस्याङफस्याङ गर्दै elevator तिर हानियो उ। अस्ति भर्खरै यहि तलामा सरेकी एउटी केटीसँग जम्काभेट भयो त्यहीँ निर। काली, अलिक मोटी, डोरी जस्तो तर हल्का रँगाइएको कपाल अनि ठुला-ठुला आँखा, उचाइमा झन्डै उ जत्री नै होली, त्यसैसँग खिसिक्क हाँस्दै एलभेइटर भित्र पस्यो उ पनि। Continue reading
~Dilip Acharya ~
News was spread that a well-known scientist of the nation had invented a special kind of mirror. By physical appearance, the “special mirror” looked similar to any other ordinary mirror, but rather than reflecting human faces, it produced different images whenever people watched their face in it.
Continue reading
~रामेश्वर प्रसाद यादव~
श्री गणेशाय नम:
(मिति: २०६७ कार्तिक १०)
नेपाली कविता
बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा।
साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥
लेखक: रामेश्वर प्रसाद यादव
आर पी कलाङ्गत
सिमराढी गढी, धनुषा
१. आँसु Continue reading
~महेंद्र भटनागर~
अनुवादक : गायत्री भट्टराइ
अनुवाद
भाषांतर मात्रै होइन
यो सेतु हो!
एउटा मनलाइ अर्को संग
जोड़ने!
आपसको टाढ़ापन
मेटाउने! Continue reading
~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
अभावको कसौडी बसाली
अनुभवको प्रमाण-पत्र जलाई
भित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै
धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो ।
पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।। Continue reading
~दीपक पौडेल~
सपना थियो हामी सम्बृद्ध हुने
आकांक्षा थियो चौतर्फी बिकासको
थियो चाहिएको तरक्की जलस्रोतमा
आवस्यकता हो सुधारको शिक्षा र रोजगारिमा !!
छ उन्नत जनचेतनाको स्तर पनि Continue reading
~दीप हाँडीगाउँले~
परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको।
बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। मायाले दिदा रेछन तर थर्काएरै खाइया छ कि झै गरीन्थ्यो। Continue reading