विष्णु बैकुण्ठेका केही मुक्तकहरु

~विष्णु बैकुण्ठे~Bishnu Baikunthey

१.
सुगन्ध छर्ने फूलमा भमरा रमाएर जान्छन् ।
एकहूल जोडीहरु मुखामुखै समाएर जान्छन् ।।
सहासीको कुरै बेग्लै प्रशंसामा कमी हुन्न…
काँतरहरु अमिलो मन खिन्न बनाएर जान्छन् । Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी

~भगवती बस्नेत~Bhagwati Basnet

जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
दु:ख दर्द बेदनाले बारेको जिन्दगी

टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा
देखावटी मुस्कानले टारेको जिन्दगी
Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बिचल्लित मानसिकता

~भगवती बस्नेत~Bhagwati Basnet

जसरी जून र ताराहरू
लुक्छन् आकाशको छातिभित्र
सुनसान रातमा,
त्यति बेला कहाली लाग्दो निस्सार
समयको एउटा पाटो बन्छ,
त्यसैगरि, तिमीले औंसीका रातहरू
उपहारमा दिएर गयौ ।।
त्यसैले Continue reading

Posted in कविता | Tagged | 1 Comment

भागवती बस्नेत र बिष्णु प्याकुरेलको मुक्तक दोहोरी

~भागवती बस्नेत~
~बिष्णु प्याकुरेल~ Continue reading

Posted in मुक्तक | Tagged , | Leave a comment

भगवती बस्नेतका केही मुक्तकहरु

~भगवती बस्नेत~Bhagwati Basnet


बिकल्पको बाटो छैन भन्ने नसोच
मुल्यहिन सम्झी मिल्काउन नखोज
समयले देखाउनेछ रङ जिन्दगीको
जीवनका समस्या,संघर्स देखि नभाग!!!
Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सहिदको सम्झनामा

~भगवती बस्नेत~Bhagwati Basnet

वसन्तको पालुवा लहलहाउन
लालायित बन्दै गर्दा
शिशिरको निर्मम अत्याचारले
क्षतविक्षत हुँदै
कठोर क्रुरतासँग जुध्दै
कठाङ्ग्रिदै पनि जीवन्त बनी
उहि माटोमा समाहित हुन्छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : साटेर मुटु लाएको माया मलिनो भएछ

~भगवती बस्नेत~Bhagwati Basnet

साटेर मुटु लाएको माया मलिनो भएछ
छाडेर हात तोडेर साथ, बिरानो भएछ!

जोडेर राखे टुटौँला भन्दै मायाले सम्हाली
बोलेर हैन दिएर गयौ पीरको कोसेली Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : दियौ हात तिमीले र मैले समाएँथे

~भगवती बस्नेत~Bhagwati Basnet

दियौ हात तिमीले र मैले समाएँथे
सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे

अनायसै आज तिमी टाढा भयौ किन
जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन
तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे
तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे

निष्ठूरीको जालमा पर्दा भुलेँ सारा खुशी
टुक्रा टुक्रा मुटु भयो रुदै छु म बेसी
बर्षासरी मनभरिको माया बर्षाएँथे
लाग्यो आज बिना अर्थ म नै रमाएँथे

(स्रोत : mylovelysansar1 Blog)

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : किन यो नाममा गर्व

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो ।
आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।।

कुमारी गर्भकी भारी, पति कुमार छन् घरै ।
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~आकार अनिल~Aakar Anil

थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो मानुषी ! टुविट भन्दा तिमी छक्क पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज पाण्डेboy n girl कै आवाज सुनिरा’को छु ।

“म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…
…यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु” Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : रूथ

~राजेश नतांश~Rajesh Natamsha

“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”
“तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !”
रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन देखिन्थिन् । उनको मुखमा सेतो पदार्थ जमेको देखिन्थ्यो । कोठाको चारैतिर सरसामानहरू असरल्ल छरिएका थिए । मान्छेहरूको भीडभाड निकै देखिन्थ्यो । प्रहरीहरू लासको मुचुल्का उठाउन लागिरहेका थिए । उनीहरू वरिपरिका सबुत प्रमाणहरू एकत्रित गर्नमा तल्लीन थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रन्टपेजको तस्बीर

~राजेश नतांश~Rajesh Natamsha

तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शीर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चट्पटे मन

~राजेश नतांश~Rajesh Natamsha

काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे- ‘ओई ! चट्पटे खान जाम् न !’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा गुमाउँदाको पीडा

~मणी नेपाली पनेरु~

हे आमा हे आमा पवित्र तिम्रो काख
तिरेर तिरिन्न बन्दना सय लाख
कलेजाको टुक्रा सरी छातीमा लुकाउँथ्यौ
मेरो लागी आसुँ झार्थ्यौ आत्मालाई सुकाउँथ्यौ
ममताको नदी बगाई अशीषको झरी
रक्षा गर्थ्यौ देवी सरी छोपी वरीपरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो आकाशका बन्दी हामी

~रमा देवकोटा पराजुली~

नारीकै कोखमा
नौ महिना आश्रित पुरुष
नारी
आधा आकाश हुन् भन्छ
नारीको स्तनपानले
बाच्न सिकेको पुरुष
नारी
अर्धांगिनी हुन् भन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पेन्सनपट्टा

~दीपेन्द्र के.सी.~Dipendra KC

सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा
जग्गेका मण्डपहरुमा गरेका वाचाहरु
जीवनभर साथ दिने कसमहरु
त्यो पहिलो रातका कुराहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहरमा एउटा भोज छ

~पुरुषोत्तम ढकाल~

शहरमा एउटा भोज छ
निम्तालुहरुलाई मोज छ
सप्ताहान्तको यो साँझ
बधुहरु आउंदै छन्
भोजमा सबलाई मोज छ
एकै छिन है
नेता महोदयको आगमन भयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्याउटे लास भोज्र्याङको बाटो

~दीपक सापकोटा~Deepak Sapkota

रात-साँझ

पिठ्यूँ भाँच्चिने गह्रुँगो भारीले थिचिएर

पहाडबीच ढुंगाको कापबाट

उम्केर आएका छन् केही उज्याला आँखा

के बोकेर ओरालो लाग्दै होलान्

ती लड्खडाइरहेका पिँडुलाहरू ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

~गोविन्द वेल्बासे~Gobinda Belbase

आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान ठाउँमा ५–६ वर्षको मेरो वालमस्तिष्कले त्यो आकृतिलाई मानिस नै हो भन्ने ठम्यायो। तर, सामान्य मानिसकोभन्दा उसको उचाई निकै धेरै थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी समय

~गोविन्द बेल्वासे~Gobinda Belbase

शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका । बाटो सुनसान । आकाश खुला छ । घाम लागेको छ । तर सुनसान भने मध्य रात जस्तो छ । छोरी ज्वाई जापानबाट आउँदा ल्याइदिएको नाडीघडीमा समय हेरे विहानको दश बज्न ७ मिनेट मात्र बाँकी रहेछ । तर बुढाले दुध किन्न पाएनन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

~गोविन्द बेल्वासे~Gobinda Belbase

रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले नै जानकारी गराउनु भयो । मैले आफूलाई “रचना गर्भ” को पक्षमा पाइरहेकोले अर्को पक्ष विपक्ष बारे थोरै बुझ्ने प्रयास गर्न मन लाग्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ध्यय

~गोविन्द बेल्वासे~Gobinda Belbase

यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले त उनले यूनिभर्सिटीमा आफुसंगै पढेको साथीसंग यो प्रोजेक्टको बारेमा कुरा राखेका हुन। टिचरका ती साथीले आफूले कामगर्ने कम्पनीबाट लगानी गराउन तयार भएका छन्। अरु कुरा त सवै टुङ्गो लागिसकेको छ। मेरो टिचर र मसंग भेट गरेर प्रोजेक्टमा काम सुरुगर्न उनी यहाँ आउन लागेको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नबिन प्राचिनका १३ रुबाईहरु

~नबिन प्राचिन~Nabin Prachin

१.
यति धेरै उदास हुने कसले बनायो मलाइ ?
डाको छोडि छोडि रुने कसले बनायो मलाइ ?
फूलहरुको संसार बाट जबर्जस्ति लखेटेर,
पत्थर अनि हतियार छुने कसले बनायो मलाइ ?

२. Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~Nawaraj Pokhrel pakheli

“सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता पो बस्छन त बाबु ! हामी बर्षे पिच्छे त्यहा पुजा गर्न जान्छौ नि ! पोहोर त तँ पनि गएको थिइस नि बिर्सिस ?” आमाले उसलाई सम्झाउनु भयो ! निकेश पनि झोला बोकेर हतार हतार स्कुल तिर हिड्यो ! आज हरि ,मैना र कपिल पनि उसलाई छाडेर गइसकेछन ! निकेश एक्लै हतार हतार दौडिन थाल्यो ! निकेशको घरबाट स्कुल पुग्न त्यस्तै पन्ध्र मिनेट लाग्थ्यो ! Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~Gobinda Belbase

दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठा मै विस्तरा लगाई दिए । दिनेशका श्रीमान श्रीमती नै दुवैजना पढाउने काम गर्छन् । दुवै जना दिनभरिको थकाईले मस्त न्रि्रामा परिहाले । बाऊ विचरा, बसमा धेरै यात्रा गर्ने बानी पनि नभएको, त्यसैमा पहाडका घुम्तीहरु, टाटा बसमा यता उता हल्लदै लामो यात्रा गरेर गाउँको दैनिकीबाट काठमाडौंको धुवाँ र धुलोको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लेन्डुपहरु

~कृष्ण प्रसाई~

देशमा विभिषणहरू ज्यूदै छन्

देशमा जालन्धरहरू पनि छन् ।

जे जति अर्जुनहरू छन्

ती अब कुनै हालतमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा बन्ने रहर

~हरिहर शर्मा~Harihar Sharma

रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्।

चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्।

“सबै ठीक छ,” सामान्य लबजमा विशालाले भनिन्, “खासै केही छैन नयाँ।” हिक्मतले केही बोल्न नपाउँदै महत्त्वपूर्ण कुरा छुटाएको हडबड शैलीमा विशालाले फेरि भनिन्, “स्मृति प्रिग्नेन्ट भइछ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~Binay Kasaju

“ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो । एउटा लाहाँचे बसेको थियो । तर उसले टोड्को बनाउन लागेको थिएन । तर ट्वाक, ट्वाक आवाज आउन छाडेन । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : भूत, भूतको सिपाही र म

~हरिहर शर्मा~Harihar Sharma

म त मान्छे परेँ
भूतसँग डर लाग्दोरहेछ
नडराऊँ भन्दा पनि
भूतले देख्दैन-
राम्रो के ?
नराम्रो के ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : इतिहासको चिहानमाथि उभिएर

~मातृका पोखरेल~Matrika Pokhrel

सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो हुँदै लहान बजार पुगेको राम्रैसँग सम्झना छ । अब त यो ठाउँमा पाइला नटेकेको पनि धेरै वर्ष पुगिसकेको रहेछ । अझ नयाँ कुरो त यस पटक गाईघाटबाट नेपालटार हुँदै गाडी चढेर म यहाँ आइपुगेको थिएँ ।
उदयपुरगढी आइपुग्नेबित्तिकै मलाई बस्ने ठाउँको प्रबन्ध गर्नु थियो । कच्ची बाटोमा गाडीको लामो यात्रा । म प्रशस्तै थाकेको थिएँ ।

मभन्दा पहिलापहिला आउने कैयौँ केन्द्राध्यक्षहरू स्थानीयवासीहरूकै घरमा आश्रय लिन्थे । तर मलाई भने त्यो सौभाग्य प्राप्त हुने सम्भावना थिएन । म दलित पृष्ठभूमिको मान्छे थिएँ । उदयपुरगढीमा दलित पाहुना पाल्ने हैसियत राख्दैनथे । अलिअलि हुनेखाने दलित समुदायका मानिसहरू पनि बसाइँ सरेर त्यहाँबाट अन्यत्रै गइसकेका थिए ।

म आइपुगेको जानकारी पाउनेबित्तिकै शिक्षक साथीहरू भेट्न आइपुगे । सामान्य भलाकुसारीका साथ हामीले एकएक कप चिया पियौँ । मलाई त्यही होटेलमा एक रात बास बस्ने व्यवस्था मिलाएर उनीहरू मेरा लागि कोठाको खोजीमा निस्किए ।

बेलुका खाना खाएर त्यही होटलको एउटा कोठामा म सुत्ने तर्खर गर्दै थिएँ । होटलवाला खुशीको खबर सुनाउन आएझैँ हतारिँदै अचानक कोठाभित्र बस्यो ।
“सरलाई यहीँ हाम्रो होटेल नजिकैको घरमा कोठा मिल्यो । त्यो घरमा परीक्षा दिन आएका अरू विद्यार्थीहरू पनि बस्छन् । तपाईंलाई पनि सजिलो । हाम्रै होटेलमा खाना खाए भइहाल्छ ।” उसले एकै पटकमा सबै कुरा भन्न खोज्यो ।

होटेलवालाको कुरा मैले बुझिसकेको थिएँ । ऊ मेरो लागि कोठा पाइएकोमा खुशी भएको नभएर आफ्नो होटेलको व्यापार बढ्ने देखेर खुशी भएको थियो । एउटा व्यापारीले त्यति कुरा चाहनु अन्यथा पनि थिएन ।
“ठिकै भएछ नि !” मैले पनि उसलाई ढाडस दिँदै भनेँ ।

होटेलवाला सँगसँगै अर्को मानिस पनि आएको थियो । ऊ अघिदेखि मसँग झनै नजिक हुन खोजिरहेको थियो । होटेलवालाले बोलेको कुरालाई समर्थन गर्ने नाममा झन् धेरै कुरा बोल्न भ्याइसक्थ्यो । त्यो अर्को मान्छे होटेलवालाकै भाइ हुनुपर्छ भन्ने मैले लख काटेँ ।
“लौ त सर, राम्ररी आराम गर्नुस् है ।” होटेलवाला दाजुचाहिँ सिँढी ओर्लेर झरिसकेपछि ऊ मबाट बिदा भयो ।

उदयपुरगढी पहिले उदयपुरको सदरमुकाम । २०२८ सालदेखि सदरमुकाम यहाँबाट गाईघाट सारियो । यस ठाउँका मानिसलाई पत्तै नदिईकन सारियो । पच्चीस(छब्बीस सालतिर मोटरबाटो पुगेको ठाउँ र अहिले हेर्दा अरू गाउँसरह नै पिछडिएको देखिन्छ । त्यसबेलाका अड.डा अदालतका पुराना भग्नावशेषहरू अझै पनि यत्रतत्र छरिएको देख्न पाइन्छ ।
दिनभरि उदयपुरगढीका केही महŒवपूर्ण ठाउँ घुमेँ र विद्यालयमा गएर एस.एल.सी. परीक्षा सञ्चालनसम्बन्धी केही कामहरू गरेँ । साँझमा होटेलमा खाना खाएपछि होटेलवालाको भाइ मलाई नयाँ कोठा देखाउन अघि लाग्यो ।
मलाई कोठासम्म ल्याइदिने मान्छे निकै रसिलो र फस्र्याइलो रहेछ । जतिबेला नि हाँसेरै कुरा गर्ने । मनमनै सोचैँ, यो मान्छेको कारणले पनि करिब दुई हप्ताको बसाइ निकै रमाइलो हुने भयो ।
“दाइको घरचाहिँ कता हो नि ?” उसको फस्र्याइलोपन देखेर मलाई बुझ्ने उत्सुकता जाग्यो ।
“मेरो घर यहीँ तल चुलाढुङ्गा हो । घर भन्नु मात्रै हो नि सर ! म त पक्का सर्वहारा ।” खितितिति हाँस्दै मैले सोधेभन्दा बढ्ता जबाफ फर्कायो उसले ।
“त्यत्रो होटेल र घर भएको मान्छे केको सर्वहारा ?” म ऊसँग अरू गफिन चाहन्थेँ ।
“त्यस्तो होटेल मेरो कहाँ हुनु सर ! त्यो होटेलवाला मेरो मामाको छोरो हो । कसैकसैलाई त होटेल मेरै हो भनिदिन्छु ।” ऊ फेरि खित्का छाडेर हाँस्यो ।
“तपाईंका परिवारचाहिँ कहाँ छन् नि ?” म ऊसँग झन् खुलेर कुरा गर्न चाहन्थेँ ।
“विवाह गरेको पाँचै महिनामा स्वास्नी पोइल हिँडी । त्यसपछि विवाह गर्न मनै लागेन । बाबु म सानै हुँदा बितेका रे ! मैले देख्नै पाइनँ । मैले थाहा पाउने भए पछि आमा पनि बितिन् । मामाकै घरमा बसेर हुर्किएँ । म त यहाँका कम्युनिस्ट भन्दा पनि धेरै सर्वहारा हो क्या सर !” ऊ फेरि मैले खोजे बढ्तै उत्तर दिएर आफ्नै शैलीमा खितखितायो ।
“ए ! सर पनि कम्युनिस्ट नै हो अरे भन्ने सुनेको थिएँ !” मतिर हेरे बिर्सिएको कुरा सम्झिएजस्तै ग¥यो उसले ।
“कहाँ सुन्नुभयो तपाईंले ?” मलाई उसको कुरा झनै रमाइलो लागिरहेको थियो ।
“सर आउनुभन्दा धेरै पहिला हल्ला पुगेको थियो ।” उसले फेरि आफ्नो शैली दोहो¥याउँदै हाँस्यो ।
“ढोका खोलेर नसुत्नुहोला नि सर ! राति तर्साउला !” मसँग बिदा भएर ऊ बाहिरिन लाग्दै थियो । म उसलाई रोकेर केही अरू कुराहरू गर्न चाहन्थेँ । उसको कुराले मलाई मौका थपिदियो ।
“केले तर्साउँछ ?” मैले उसलाई कोठाभित्र आउन आग्रह गर्दै भनेँ ।
“यो घरमा राति सुतेको बेला भूत आएर पलङ नै बाहिर लान्छ भन्छन् ।” मलाई डर देखाएझैँ गरेर फेरि हाँस्यो ऊ ।
“मलाई यस्तो भूतघरमा किन कोठा खोजिदिनुभएको त ।” मैले कुरालाई तन्काउन खोजेँ ।
“सरलाई डर लाग्यो कि क्या हो ? डर मान्नु पर्दैन । यहाँ हाम्रो होटेलमा खाना खाने धेरै विद्यार्थी भाइहरू डेरा लिएर बस्छन् । म पनि राति यही पल्लो कोठामा सुत्छु नि सर ।” ऊ मलाई सँगसँगै ढाडस पनि दिन खोज्थ्यो ।
घर साँच्चै पुरानो थियो र ठूलो पनि । यहाँका घरवालाहरू नेपालटारतिर सुविधा र सुगमता खोज्दै झरिसकेका थिए । चालीसौँ वर्षअघि जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको बेलाको चहलपहलमा बनाइएको घर रहेछ यो । जिल्लाको सदरमुकाम यहाँबाट गाईघाट सारिएपछि उदयपुरगढीको रौनक सँगसँगै यो घरको रौनक पनि सिद्धिदै गयो । अझै पनि यो ठाउँको त्यसबेलाको चहलपहलको इतिहास बूढापाकाहरूको मुखबाट सुन्दा कुनै काल्पनिक कथा सुनेजस्तै लाग्छ ।
“म भूतसँग विश्वास नगर्ने मान्छे । विश्वास नगर्नेलाई त भूतले तर्साउँदैन नि !” मलाई ऊसँग छलफल रोचक लागिरहेको थियो त्यसैले ऊसँगको कुरा म अझ लम्ब्याउन चाहन्थेँ ।
“सरले जस्तै पहिलेपहिले आउने सबैले त्यसै भन्छन् । तर पछि भूतले दुःख दियो भनेर गुनासो गर्छन् ।” ऊ आफ्नो कुरालाई प्रभावकारी बनाउने तर्क गर्दै थियो ।
“मलाई त भूत हेर्ने ठूलै इच्छा छ । यहाँ पाइन्छ कि क्या हो ?” भूतको कुरा निकालेर ऊसँग मलाई मजाक गर्न मन लाग्दै थियो ।
“सरको इच्छा अब पूरा हुने भयो ।” उसले आँखीभुइँ तन्काउँदै भन्यो र फेरि एक पटक जोडले हाँस्यो ।
“बसेर कुरा गरौँ न ।” मैले नजिकैको कुसी देखाउँदै भनेँ ।
म बरु खाना खाएर आउला नि सर !” मसँग कुरा गर्न उसलाई पनि रमाइलै लागेको मैले लख काटेँ ।
“यतिका कुरा गरिसकियो, दाइको नाम त मैले सोध्नै बिर्सेछु ।” म अघि नै देखि उसको नाम जान्न चाहिरहेको थिएँ ।
“मेरो नाम भोजराज निरौला हो सर ! तर सबैले भोजु निरौला भनेर चिन्छन् ।” प्रत्येक पटक केही कुरा गरिसकेर हाँसिहाल्ने उसको स्वभाव यस पटक पनि छाडेन ।
“म खाना खाएर आउँछु है सर !” ऊ मसँग बिदा हुँदै बाहिर निस्कन्न खोज्यो ।
“हुन्छ, तर आउनुहोला है भोजु दाइ ।” मैले उसलाई भोजु दाइ भनेर सम्बोधन गर्न शुरू गरेँ ।

निद्रा लाग्ने बेला भएकै थिएन । मैले झ्यालबाट चकमन्न अँध्यारोमा टाढासम्मै हेरेँ । टेबुलमाथिको टुकीबत्ती अघिदेखि नै एकनाशले मधुरो बलिरहेको थियो । टुकीको उज्यालोले पढ्न पुग्दैनथ्यो । म भोजु दाइलाई पर्खिरहेको थिएँ ।
टाढैबाट चप्पल पड्किएको आवाज आयो । आवाजसँगै मैले अड्कल गरिसकेको थिएँ, ऊ आइपुग्न लाग्यो ।
“सर, सुत्नु त भएको छैन नि !” उसले विस्तारै ढोकाबाट चियाउँदै भन्यो ।
“म त तपाईंलाई नै पर्खिरहेको छु नि !” मैले उसलाई नजिक बनाउने शब्दहरू खोजेँ ।
मलाई सुत्नका लागि उसैले तयार पारिदिएको खटियाको एउटा छेउमा सङ्कोच मानेझैँ गर्दै ऊ बस्यो ।
रात छिप्पिँदै गइरहेको थियो । जूनको उज्यालोमा वरिपरिका पहाडहरू भर्खर जोतेको बारीमा गोबर मलको थुप्रो घोप्ट्याएजस्तै देखिन्थे । एस.एल.सी. परीक्षा दिन आएका तल्लो तला र पल्लो कोठामा बस्ने विद्यार्थी हरूले पढेको आवाज झन् चर्को हुँदै गइरहेको थियो । मैले भूतको कुरा उठाएर ऊसँग फेरि बाँकी समयलाई रमाइलो बनाउन खोजेँ ।
“सरलाई भूतको डर लाग्यो कि क्या हो ?” ऊ पनि मसँग छलफल गर्न तम्सियो ।
“उः त्यो दुम्किलो छ नि ! हो त्यहाँ एउटा चिहान छ । त्यहाँ उहिल्यै मरेकी आमासँग जिउँदो बच्चा गाडिएको थियो रे ! त्यसैले यहाँ बारम्बार बच्चा रोएको आवाज आउँछ भन्छन् मान्छेहरू ।” भोजुले झ्यालबाट औँलाले देखाउँदै भन्यो ।
“तर सरले भनेजस्तै मैले पनि अहिलेसम्म भूत देखेको छैन ।” उसले फेरि तुरुन्त थप्दै भन्यो ।
“जिउँदो बच्चा कसरी गाडिएछ त हँ ?” उसको कुराले मलाई थप सोधीखोजी गर्न मन लाग्यो ।
“सरलाई थाहै होला, यो ठाउँ पहिले उदयपुर जिल्लाको सदरमुकाम थियो । अस्ति मात्र हामीले थाहा पाउँदै २०२८ सालमा रातारात यहाँबाट सदरमुकाम गाईघाट सारियो । त्योभन्दा पनि धेरै पहिलेको घटना हो यो । दुई हजार चार(पाँच सालतिरको घटना । यसै जिल्लाको उत्तरतिर रूपाटार भन्ने एउटा गाउँ छ रे ! त्यहीँ गाउँकी एउटी आइमाईको घटना हो यो ।” ऊ भन्दै थियो ।
एकमनले मेरो घर पनि रूपाटारर नै हो भनिदिऊँ कि जस्तो लाग्यो । तर फेरि मनमनै त्यो कुरा अहिले नै भन्न हतार नगर्ने निर्णय गरेँ ।
“सर पनि विश्वकर्मा, त्यो भूतको कथा पनि विश्वकर्मासँगै जोडिएको छ ।” कथा भन्न छाडेरर ऊ बीचबीचमा यस्ता कुराले रोमान्चित बनाउन खोज्थ्यो ।
म प्रत्युत्तरमा मात्र हाँसिदिएँ ।
“त्यो ठाउँका एक जना ब्राह्मण युवकसँग एउटी विश्वकर्मा महिलाको प्रेम भएछ । त्यसबेला जातिपातिको भेदभाव कति डरलाग्दो । अहिले त यस्तो भेदभाव बाँकी छ । महिला गर्भवती भइछ । त्यसबेलाको कानूनमा दलित महिलाले कथित माथिल्लो जातको पुरुषसँग सम्बन्ध राख्यो भने दलित महिलाको गल्ती देखिँदो रहेछ ।” भन्दाभन्दै ऊ एकछिन रोकियो र झ्यालबाट बाहिर हे¥यो ।
“कति बज्यो सर ?” मेरो हातको घडीतिर इशारा ग¥यो उसले ।
“किन ? तपाईंलाई हतार छ क्या हो ?” म उसलाई केही समय बसिदिओस् भन्ने चाहन्थेँ ।
“मलाई हतार छैन । आज यहीँ पल्लो कोठामा बस्ने विद्यार्थी भाइहरूसँग बस्ने योजना मिलाएको छु । बरु सरलाई पो निद्रा लाग्यो कि ?” यति भनेर पल्लो कोठामा बस्ने विद्यार्थी भाइहरूको आवाज ढोकामा गएर कान थापेर सुन्यो ।
ऊ कथाजस्तै लाग्ने वास्तविक घटना सुनाउँदै थियो । म त्यसबेला सानैमा सुनेको एउटा कुरा सम्झिएर झल्याँस्स भएँ । उसले सुनाइरहेको यो कथा आफ्नै कथाजस्तो लाग्यो ।
“तेरो बाउकी दिदी झ्यालखानामै मरेकी रे ! बाइस दिनको बच्चालाई पनि उसैको चिहानमा जिउँदै पुरिदिएका रे ।” सानैमा आमाले अगेनाको अघिल्तिर बसेर मकै भुट्दै भनेको कुरा सम्झेँ ।
मलाई भोजु निरौलाले भन्दै गरेको कथा सुन्न कौतुहलताको आँधी चल्यो ।
“केही समयसम्म ब्राह्मण केटालाई पनि समाजले बहिष्कार ग¥यो । त्यसको केही समयपछि ब्राह्मण परिवारले एउटा सामूहिक भोजको आयोजना गरेर त्यो केटालाई चोख्याउने काम गरियो । दलित महिलालाई ब्राह्मणसँग सम्बन्ध राखेको आरोप लगाएर जेल पठाइन्छ । जेल ल्याउँदा त्यो महिला गर्भवती रहिछन् । जेलमै छोरी जन्माई उसले । गर्भवती महिलाले जेलभित्र के सुविधा पाइहोला र ! त्यसमाथि अझ कामीकी छोरी ! बच्चा जन्मिउको बाइस दिनमा त्यो सुत्केरी मरिछ । बच्चा ज्यूँदै थियो अरे ! तर कसले त्यो बच्चालाई स्याहार्न आँट गर्ने ? उः त्यही ठाउँमा त्यो महिलाको लासलाई गाडेपछि त्यहीँमाथि श्वास फेरिरहेको ज्यूँदो बच्चालाई पनि राखेर माटो हालेर पुरिदिएछन् ।” उसले झ्यालबाट बाहिर औँलाले देखाउँदै भन्यो ।
उसले देखाएको ठाउँमा मैले कोठाबाटै भर्खर पूmलहरू फक्रिँदै गरेको एउटा आरुको बोट जूनको प्रकाशमा प्रस्ट देखेँ । आँखा भरिएर आए । उसले नदेखीकन पछिल्तिर फर्किएर आँसु पुछेँ ।
“रोइरहेको ज्यूँदो बच्चा गाडेको देखेर धेरै महिला मुर्छा परेछन् । त्यो ठाउँलाई अझै पनि मानिसहरू नेपी कमिनीको चिहान भनेर चिन्छन् । त्यो घटनापछि मानिसहरूले यहाँ राति मध्यरातमा बच्चा रोएको आवाज सुन्ने गरेको बताउँछन् । कोहीकोही त बच्चा बोकेर नेपी कमिनी भूत बनेर तर्साउन हिँड्छे पनि भन्छन् ।” भन्दाभन्दै भोजु निरौला पनि गम्भीर भयो । पहिले पहिलेको जस्तो उसको अनुहारबाट मीठो हाँसो हराएर गयो ।
“फेरि मलाई त भूतसँग विश्वास लाग्दैन नि सर !” ऊ हाँस्न त फेरि हाँस्यो तर अँध्यारो अनुहारमा उसको हाँसो पहिलेपहिले जस्तो सुहाएन ।
“सरको अनुहारमा अघिको जस्तो खुशी एकाएक हरायो नि ! सरलाई भूतसँग डर लाग्यो कि के हो ?” उसले मेरो अनुहारतिर नियाल्दै भन्यो ।
“होइन, होइन ।” मैले भक्कानो छुट्न लागेको घाँटीबाट सहज रूपमा यति मात्र बोल्न सकेँ ।
“सरलाई डर लाग्यो भने म छँदै छु नि । यहीँ तल भुइँमा ओछ्यान लगाएर सुत्छु ।” ऊ मलाई ढाडस दिन खोज्दै थियो ।
एकमनले त उसलाई नेपी कमिनी मेरो नाता भनिदिऊँ जस्तो लाग्यो । तर मनमनै हतार नगर्ने निर्णय गरेँ ।
उसलाई थाहा नदिईकन त्यो चिहानको माटो एक पटक छुन मन लाग्यो । दलितको नाममा गरिएको त्रूmर जातीय अपराधको यो घटनाले मभित्र विद्रोहको एउटा लप्का उर्लिरहेको थियो ।
ऊ मसँग बिदा भएर पल्लो कोठातिर गयो । त्यही मौकामा म पनि हतारिँदै तल झरेँ र उसले देखाएको चिहानको दुम्किलोमा पुगेर उभिएँ । रूखमा बास बसेका एकजोडी चराहरू भुर्र उडेर कतैतिर लागे । भर्खरर कोपिला हालेका आरुका पूmलहरू टिपेँ र मेरो आफ्नै इतिहासको चिहानमा चढाएँ । चिहानको माटो उठाएर अलिकति निधारमा लगाएँ । जूनको उज्यालोमा परपरसम्म हेरेँ । तल दक्षिणतिरको वैद्यनाथ खोला सर्पको हिँडाइजस्तै पश्चिमतिर तन्किरहेको थियो ।

(स्रोत: Topnepalnews.com)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतसंग चार पटकको जम्काभेट

~सुविन श्रेष्ठ~Subin Shrestha

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन् यो सोध्नु पर्ने प्रश्ननै होइन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निद्रा

~बिक्रम सुब्बा~

रातभर सपनाको खेती गरेर
एउटा बिहानी किनेँ…

सिँगै बिहानीले पनि रिन तिर्न नपुगेर
फेरि मेरो दिन बेच्न निस्केँ…
Continue reading

Posted in कविता | Tagged | Leave a comment