कथा : बेग्लै मान्छे

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

दुःखका हाँगा कति हुन्छन् ? के यस प्रश्नको हाजिरीजबाफ हुन सक्छ ? मलाई सोधिँदो हो त भन्ने थिएँ– अवश्य हुन्छ । प्रमाणका लागि म आफ्नै बालाई उभ्याइदिने थिएँ जसको जीवन दुःख, बाध्यता, विपत्ति, दरिद्रता, धैर्य र प्रतिदानरहित प्रेमको राष्ट्रिय स्रंग्रहालय थियो । ‘मजबुरीका नाम महात्मा गान्धी’ भन्छन् । त्यसमा म त बाकै नाम राखिदिन चाहन्थेँ ।

तथापि उहाँ दुःखी हुनुहुन्नथ्यो । न कुनै कुरामा गुनासो गर्नुहुन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वनाथ र इब्राहिम

~मदन प्रभात~

इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहा आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हासो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पिडाहरु, आशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले आजसम्म अनुभूती गरेको थिएन । एक्लोपनको अनुभूतीमा मात्र होइन वास्तविक जीवनमै आइपरेको छ उसको । साच्चै इव्राहिम अब एक्लो भएको छ । आफ्ना हराएका पारिवारिक सदस्यहरुको खोजी गर्दा-गर्दै उसका आखावाट आशु रिक्तिसकेका छन् । तर अंह, उसले जिउदो फेलापार्न सकेको छैन कसैलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु

~कल्पना पौडेल “जिज्ञासु”~Kalpana Paudel Jigyasu

दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु
सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु

तिम्रै आगनिको बाटो मेरो लास लैजादा
दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बसमा भेटिएकी ती परि

~कल्पना खरेल~kalpana kharel

केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी पनि एक प्रोजेक्टको कामको सिलसिलामा सुर्खेत आएकी रहेछिन्, उनी पनि काठमाडौं फर्किंदै रहेछिन् । उनी र म एकै बसमा यात्रा गर्ने संजोग पर्यो । मेरो सिट न। ११ थियो र उनको सिट नं. १२ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चटके दाई र अन्धा बाँदरहरु !

~रामप्रसाद खनाल~Ram Prasad Khanal

केही बर्ष यता
एउटा नामुद चटके
कहिले बिच सडकमा बसेर
कहिले गोप्य कोठा भित्र पसेर
बाँदर हरु नचाइरहेको छ
केही तालिम प्राप्त बाँदरहरु
केही पिछलग्गु बाँदरहरु
उसैको आदेशमा चल्छन
कसैलाई देख्नै हुन्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल: एक बिधवा महिलाको यौनकथा

~प्रकाश याचवि~

न उग्र हुन्छ न रुक्छ जवानी
न फुल्छ ओँठमा, न लुक्छ जवानी

यो सस्तो संस्कार झस्काउँछ पलपल
न सक्छ तोड्न, न झुक्छ जवानी
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : वृद्ध-भत्ता

~गौरी मल्ल~Gauri Malla

“मिल्दैन आमा , मिल्ने भए त म तपाईंले बोल्नै नपर्ने गरेर गर्दिहाल्थे नी । अब सरकारी काममा हामीले बोल्न मिल्दैन ,के गर्ने लौ भन्नुस् त ? “

अगाडिको अन्दाजी ३० /३१ बर्ष जतिको उमेरको युबकको कुराले उ निरास देखिरहेकी थी । उस्का रसाएका आँखाहरुले युबकलाई अझै पनि अनुनये बिनये गरिरहे झै लाग्थ्यो । उस्का अनुहारका भाव हरु पढेर नै होला युबक फेरी बोल्छ -“आमा मेरो हाथमा भाको भये म अस्तिनै मिलाइदिन्थे , तर अब भने नी ,सरकारी निएम, मान्नै पर्‍यो नत्र एस्तो ब्रूद्ध मान्छे दिन्दिनै दु:ख पाएर आको हामी पनि हेर्न सक्दैनौ नी आमा । “

“अनि यो भत्ता भन्ने कुरो बुढाबुढिकै लागि हो भन्छन नी त हैन र बाबु ? “

उ सास छऊन्जेल आस भने झै फेरी प्रयास गर्छे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिचाशिनी

~गौरी मल्ल~Gauri Malla

“ बस अब पुग्यो आमा , अब अरु सहने क्षमता म मा छैन .. मलाई मृत्‍यु देउ आमा ss … मलाई मृत्‍यु देउ sss मृत्‍यु देउ sssमृत्‍यु देउ sss….”

उ धर धर बलिन्द्र आसुँ बहाउँदै आफ्नो पूजा कोठामा देवी कालीको मुर्ती अगाडी भक्कानो फुट्ने गरी आफ्नो लागि मृत्‍यु मागिरहेकी थिई । काली मा उस्को अगाडी रातो कालो जिभ्रो बाहिर निकालेर भयँकर दर लाग्दो रुपमा पनि मन्द मन्द मुस्कुराइ रहे झैं देखिरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी काढिन्छ हालत अरपेको

~जीवन देवान गाउँले~

‘ओहो ! अरपे पो आएको रहेछ कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछि
भेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ भन्ने छनक पाईन्छ ।
जोसुकैलाई पनि छलंङ्ग छ कि म गएको देश मलेसिया हो तर उपमा अरपेकै
छ । किन ? किनभने अरपे शब्दले अव प्रतिकमा मात्र नभएर प्रयोग मिथक हुदै गएको भान पार्न थालेको छ । निश्चय नै साउदी अरव श्रम गर्न जानेहरुबाट अरपे शब्दको शुरुवात भएको होला तर अव उस्तै प्रकृति र प्रकृयामा विदेशीनेहरु अरपे कहलिन थालेको प्रतित हुन्छ समाजमा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो फूल

~माधव सयपत्री~Madhab Sayapatri

देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ ।

हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा हुर्किएको एउटा धर्मजीव हो । ऊ त्यो सामाजिक संस्कारबाट बाहिर निस्कन सक्दैन वा चाँहदैन । उसलाई पनि धर्मकर्मप्रति असीम आस्था छ । ऊ त्यो आस्थाको धरहरा अझै ठड्याउन चाहन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगीचंगी कोपिलाहरु

~समिर नेपाल~

खै आज त बाटो हिड्न पनि मुस्किल पर्छ जस्तो छ। कस्तो सारो गर्मी बढेको। सा“च्चै दुई चार दिनसम्म यस्तै हुने हो भने त पक्कै खडेरी पर्छ, यस्तो सारो गर्मी त मेरो जीवनमा कहिल्यै भोगेको थिईन जस्तो लाग्छ। सा“च्चै यस्तोमा विचरा भरियाहरु कसरी भारी बोकेर हिड्छन् होला। जाबो एउटा सानो क्यामेरा हातमा बोकेर रित्तै हिडेको म त यस्तो थाकिसके। लमतन्न भएर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~यादव देवकोटा~Yadav Devkota__2

‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु ।

● ● ●

अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको बाटो अब देखि हिंड्दै अगाडी बढ्न पाउने कि फर्किनु पर्ने भनेर आफ्ना लागि अरुले निर्णय गरिदिने तिथीको ब्यग्र प्रतिÔा भुङ्ग्रोको राफ छेउ कलिला नानीलाई सुकाउनु सरि यातना हुने रहेछ । मैले आफ्नै जीवनसग‘ पढेको शिÔा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिको खेल

~टीका खरेल~Tika Kharel Subedi

१६ , १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाई जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको खेल भनौं या नियतिको ! उसको बाबुको ५ वर्षभयो आजसम्म अत्तोपत्तो छैन । हुनत बाबु घरमै हुँदा पनि उसले चाल पाउँदादेखिनै दिनरात आमासँगको झगडा उसले देखेको थियो । नहुनु भन्दा कानो मामानै बेस भनेझैं जँड्याहानै भएपनि उसलाई आफ्नो बाबुको ठूलो भरोसा थियो । घरमा खानलाई भनेर उसकी आमाले जोहो गरेर राखेको अन्नपात बेचेरै भएपनि किशोरलाई उसको बाबुले फिल्म हेराउन लगेको अनि मीठाइ पसलमा लगेर मीठाइ किनीदिएर घर पठाएको याद अझै उसँग ताजै छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाहरुको खोजी

~मातृका पोखरेल~

‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो ।
कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । कमरेड सुदीपले टक्क उभिएर ती ठाउँहरुलाई गौर गरेर हे¥यो ।
‘जनयुद्धको पूर्वाधार विकास गर्न यी स्थानहरुको भूमिका महत्वपूर्ण रहेछ ।’ हिजो सुनेको आधारमा क. सुदीपले मनमनै मूल्यांकन ग¥यो ।
कमरेड सुदीप ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : मोह

~सरण राई~

‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो _ ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |’ अभियानका अध्यक्छे दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुग्लानीको कथा ब्यथा

~इन्द्रेणी शर्मा ´जलद´~

म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस ,जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बधिदै हुन्थें , समयले धेरै कुरा सिकायो , को आफ्नो को पराई ? सारा एक्स -रे जस्तै बनायो मुटु भरी लालाबाला को मायाले झंनै कोमल पार्दो रहेछ , सबैको देखासिकी मैले पनि जानी- नजानी गर्न पुगें, सुदिपाले कम्ति सम्झाइन्न के लाग्दो रहेछ र ? म मा बिदेश जाने भुत सवार भै सकेको थियो

आज म किन दशा लागेर बिदिशिनु पर्यो खै के पाएँ म ? डांडा माथिका जुनघाम जस्ता आमा बाबालाई छोडेर, अंगालो भरिकी मायालुको प्रेमको स्पर्श लाइ चट्टकै भुलेर ,

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोड

~गीता थापा ‘दोषी’~

‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। लज्जालु स्वाभवकी कमलाले जेनीतिर हेर्दै मुसुक्क हाँसेर स्वीकारेकी थिई। जीवनले घोसे मुन्टो लगाएर टारेको थियो। जेनी अमेरिकामा जन्मेकी, नेपाली भाषा सिक्न खुव मन गर्थी । तीन महिनाका लागि आमाबुवा सँग नेपाल घुम्न आएको बेला कमलाले जेनीलाई नेपाली भाषा बोल्न सिकाएकी थिई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~

टिनीनीनी….टिनीनीनी…..।

टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ तल ओर्लियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड पाताल

~मातृका पोखरेल~Matrika Pokhrel

शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड–खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मृत्युउत्सव

~तीर्थ संगम राई~Tirtha Sangam Rai

विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । बाँसको झाँङ्गमा चराहरु चिर्रबिर आवाजले विहानीको आभाष दिदैछन् । पारि धोविडाँडाबाट लुइर्ंचेका खिरिलो आवाजहरुले भोटे क्रक्ररहरुलाई झक्न बाध्य क्तल्याउँछ । हरेक विहानीको यो दैनिकी आज अलिक भिन्नै छ । भत्किन लागेको वलीहाङ्गको घर बर्षौ पहिले छाएको खरले पनि बिदा माग्न लागेको छ । घरका भित्ता र दलिनहरुले लाचार भई लाज सरमले आङ्ग छोपि रहेको भान हुन्छ । गरिवीको चरम सिमा सायद यो भन्दा अरु नहोला । भएको पाखा बारीमा उब्जाउ हुन छोड्यो । श्रीमती पारु र छोरी सुम्निमाको लागि वलीहाङ्गले झरी बादल केहि नभनी काम गर्दा पनि आर्थिक अवस्थामा सुधार आएन । अनि श्रीमती सँग एक साँझ विदेश जाने क्ररामा छलफल गर् यो । श्रीमतीले नमान्दा नमान्दै सबै क्रराको तयारी फरा गरेर आज घर छोड्दै छ ।

पात्रहरु :
वलीहाङ्ग नाटकको मुख्य पुरुष पात्र Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सपनाका सपनाहरू

~खेम थपलिया~Khem Thapaliya

अङ्क एक
दृश्य एक

(सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि सुतिरहेछिन् । उनको उमेर करिब २० बर्षको छ । बिहानको मिर्मिरे, चराहरूको चिरबिरे प्रभाती आवाज सुनिँदै छ । त्यो सानो कोठारूपी संसारमा ती तीन प्राणीहरू आफ्नै ढङ्गले निअङ्कलरहेकै समयमा सपना एक्कासी चिच्याउँदै ब्युँझिन्छिन् ।) Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भगवान् को !

~खेम थपलिया~Khem Thapaliya

अङ्क एक,
दृश्य एक

(भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन यताउति हेर्छन् र सोफामा हात खुट्टा फालेर बस्छन् ।)

चिन्तनराज – (एकछिन गुनगुनाउँदै) ओेहो कत्रो अनर्थ ! सरकारमा गएपछि जनताभन्दा अरू नै शक्तिमा यिनको भरोसा बढ्दो रहेछ । पद, शक्ति र प्रभावमा रहिरहन अदृश्य र अलौकिक शक्तिलाई मुख्य ठान्ने ? कतिसम्म पाखण्ड ! यिनीहरूका प्रगतिशील एजेन्डा कति कमजोर ! उफ् ! (टेबुलमा रहेको एक गिलास पानी स्वाट्टै पार्छन् ।) अँ, आन्दोलन, सङ्घर्ष, क्रान्तिका क्रममा धर्म, भगवान्, ईश्वर वा अलौकिक शक्तिको Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~Prem Chand

मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो ताकि उ यसमा भब्य दरबार बनाउन सकोस्। उ एक बर्षको काम दुई बर्ष लगाएर गर्थ्यो। कहिलेकाहीँ त तीन वर्ष पनि लगाउँथ्यो। यदि जग कमजोर भयो भने घर कसरी मजबुत हुन सक्थ्यो र?

बाँकी पढ्नुहोस्

Posted in अनूदित कथा | Tagged | Leave a comment

एकाङ्की : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~Bibek Dulal Chhetri Damak

(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन )

बिचार १ – नहुने काम भयो !

बिचार २ – कस्तो काम ?कस्तो नहुने काम ?

बिचार १ – नसोचेको काम ,हित बिपरीतको काम ,लापर्बाहीको , सत्य लिलामीको काम ! Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~

(हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।)

आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै मोङहरु गुफा बसेको छ । दोवा थोम्काउँनु पनि हुँदैन । मेरो बिमार लम्विएला जस्तो छ ।

तराई ः (धनुवाण काँधमा भिरेर प्रवेश गर्दै) आमा ।
Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~Kedar Sunuwar 'Sanket'

स्थानः पिपलबोट चौतारा

पात्रहरू:
जङ्गबहादुर- रिटाएर्ड मेजर,
नवध्वज- पढेलेखेका युवक,
कान्तिराम- शिक्षक अधबैंशे,
सरिता- गाँउकै एक पढेलेखेकी युवती,
शान्ति- जङ्गबहादुरको नातिनी

दृश्य एक Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~Pradeep Nepal

पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल

आगमन

घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा सारतापदेखि दक्षिणपश्चिममा पर्ने तमोर खोलासम्मका गाउँहरु, बेसीहरु अनि खोला वरिपरिका जङ्गलको रमीता हेर्थे । यसरी हेर्दै खोलामा झरेको यात्री एकछिन खोलामा बसेर सुस्ताउँथ्यो, धित मर्ने गरी पानी पिउँथ्यो र खुई खुई गर्दै डाँडागाउँको उकालो चढ्न थाल्थ्यो । चैत वैशाखको दिनमा कस्तै मै हुँ भन्ने बटुवा पनि उकालो, घाम र तिर्खाले हिरिक्क हुन्थ्यो र हरेक २५/३० पाइलामा बाटोमा ठिङ्ग उभिएर सुई सुई सुसेली हाल्थ्यो । त्यो आधा घण्टाको उकालोमा बटुवा हैरान हुन्थ्यो । तर Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

एस.वि.विवेक का मुक्तकहरु

~एस. वि. विवेक~

समर्पण
समर्पण छ मित्रलाई
जसले –
देश र जनताको मुक्तिको निम्निर्
वर्गशत्रुसँग लड्दा लड्दै
अमूल्य जीवन बलिदान गर्‍यो । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

खण्ड-काव्य : विद्रोहको छाल

~एस.वि. विवेक~

book cover - Bidroha ko chhal - S B Biwekविद्रोहको छाल
एस.वि. विवेक

प्रकाशक ः एस.वि. विवेक
विधा ः खण्डकाव्य
संस्करण ः प्रथम, असोज, २०४३
ः दोस्रो, आषाढ, २०४५
र्सवाधिकार ः कविमा
कभर ः मोहन थापा
मूद्रण ः ऐर्श्वर्य छापाखाना, रक्तकाली
मूल्य ः रू. ५।- Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

लघु-काव्य : कालो नाटक

~एस.वि. विवेक~

बितेर सदियौं जाँदा सम्मन उसले यहाँ
गरेन उन्नती आफ्नो सिवाय अरू निम्तिमा
उसैले अहिले फेरि दौडिने गफ गर्दछ
आधार आव को पर्ूर्ति गर्दछु किन भन्दछ – Continue reading →

Posted in लघु-काव्य | Tagged | Leave a comment

खण्ड-काव्य : ब्वाँसोको अन्त्यको खेल

~एस.वि. विवेक~

ब्वाँसोको अन्त्यको खेलbook cover - Bwaanso ko Antya ko khel - S B Biwek

                    खण्डकाव्य

एस.वि. विवेक

प्रकाशक      ः एस.वि. विवेक
विधा          ः खण्डकाव्य
संस्करण     ः प्रथम, असोज, २०४५
र्सवाधिकार ः कविमा
मूद्रण           ः ऐर्श्वर्य छापाखाना, रक्तकाली
मूल्य            ः रू. ५।-

Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -१

~राकेश कार्की ~Rakesh Karki

कतै जिन्दगी फुल्छ
कतै जिन्दगी झुल्छ
खनी गोडी गर्नेलाई
जिन्दगीले नै भुल्छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment