मिवाजु मलिन का मुक्तकहरु

~मिवाजु मलिन~

यति धेरै पीडा होस् मलाई
कुनै एकको बारेमा सोच्ने फुर्सत नहोस्
यति धेरै घाउ लागुन्
कहाँ दुखेको छ केही पत्तै नहोस् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

भैरव अर्यालका मुक्तक

~भैरव अर्याल~Bhairab Aryal

मुटुभरि आशा

पानी कहिल्यै न जुरेकै होस्
प्यास सधैँभरि पाएको छु
उल्लास मनमा न छिरेकै होस्
आश मुटुभरि ल्याएको छु।

(स्रोत: Tanneri.com)

Posted in मुक्तक | Tagged | Leave a comment

गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।Chetra Pratap Adhikari

दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ ।

अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका गीत चर्चित छन । स्वरसम्राट स्वर्गिय नारायण गोपाल, बच्चु कैलाश, कुन्ती मोक्तान, गोपाल योञ्जन र रामकृष्ण ढकाल लगायतका कलाकारले अधिकारीका शव्दमा स्वर दिएका छन् । Continue reading →

Posted in Misc | Tagged | Leave a comment

नियात्रा : दसहजार तालको साम्राज्य

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : क्रान्तिकारी को नाउँ मा एउटा तार

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ
साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट

पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ
च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हिउँको कला, बरफको दरबार

~कृष्ण बजगाईं~Krishna Bajgai

डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ । कस्तो भने यही बेला रेल छुट्ला कि भन्ने हतार पनि छ । हिउँमाथि डोब छाड्दै म दौडँदै छु । धन्न, बेल्जियमको राजधानी ब्रसेल्सबाट ९७ किमि टाढा रहेको युरोपको पुरानो ऐतिहासिक सहर ब्रुज जाने रेल पक्रन भ्याएँ । बरफ तथा हिउँले बनाएको कला प्रदर्शनी हेर्न जानका लागि हिउँ छिचोल्दै म हिंडिरहेको थिएँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जनताको तिर

~अनिरुद्र तिम्सिना~

अंगालोकी श्रीमती हात्को साँचो ताला ।
सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।।
कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ ।
ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : निरंकुश जुँगाविरुद्ध

निरंकुश जुँगाविरुद्धNirankusa jungaviruddha
(कविता संग्रह)

विक्रम सुब्बा
२०६६
[काठमाडौं] : मुंधुम पब्लिकेसन

———————————————————————-
समर्पण !
———————————————————————- Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यो झापा हो !

yo jhapa ho - Lila Udasiयो झापा हो !
प्रकाशकःहिमा रेग्मी खनाल
संस्करणः पहिलो, २०६६
आवरणः कलाकेन्द्र, काठमाडौं
कम्प्यूटरः सुशान्त खनाल

विषय-सूची

• कभर पृष्ठ
• यो पनि एउटा रहर
• यो झापा हो
• आदोलन
• माइत र घर
• सबैलाई झुन्ड्याउन सक्छौ ? Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु

बेलाबखतका मुस्कानहरुbela bakhat ka muskarn haru
(कविता – संग्रह)

रचनाकार- कृष्णबहादुर क्षेत्री

कृति- परिचय
बेलाबखतका मुस्कानहरु
बिधा- कविता-संग्रह
प्रकाशक – दिनेशप्रसाद मैनाली
प्रकाशन साल – वि.सं. २०५१
प्रति-१०००
छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं ।
ISBN No. नभएको Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

लघुकथा : सम्झौताको फूल फुल्छ जहाँ

~कमला आँसु~

कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो दृश्य। नानी हेर्ने नोकरनीले नानीलाई रूँदै गरेको लाचारी अवस्थामा काधमा एक हातले अडाएर आफू चाहिँ हतार हतार दूध र विस्कुट खाइरहेकी हुन्छ। कविताको मन-मस्तिष्कमा एकैसाथ विचारका असंख्य ज्वारभाटाका लहरहरू उर्लेर आउँछन्। नोकरनी मेरीको काँधबाट स्वात्तै नानी खोसेर कविताले नोकरनीको मुखभरि थुकेर गाली बक्दै Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अनन्त – यात्रा

~विजय बान्तवा~

अनन्तभित्र फेरि पनि पस्दैछु, पस्दैछु,

रमाउँदैछु, घुम्दैछु, अथाह महासागर छ त्यहॉं,

भेटेकै छैन पर्खाल, सिमाना र आकाश,

उड़दैछु, उड़दैछु, पोखिन्दैछु, पोखिन्दैछु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक विषमता

~अमर बानियॉं लोहोरो~

यो बढ़्दो ब्यापकता, यो कस्तो बिकराल्ताएएएएएए
समाज गैरहेको कता, आफैंबाट पलायन भएर
एक विच्छिन्नता तर्फ,छिन्न भिन्न भएरएएएएएए।
कुँड़िन्छन् मनहरू,चुँड़िन्छन् हृदयहरू
कर्कश अनि कटुबचनहरूमा,रगतभित्रको रूखो पनमा।
कठै! भित्रभित्रै जल्दछन् शरीर,सॉंझ सवेरै गल्दछन् मस्तिष्क Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्म मूहूर्तको अमृत बेला

~कमला आँसु~

फूलहरूसँग रंगहरू चोरेर

चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर

कैयौं मनमोहक हावा अनि

पानीहरूसँग अंकमाल गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अमर बानियॉं लोहोरोका मुक्तकहरु

~अमर बानियॉं लोहोरो~

(1) कुरा: दिलभित्रको

सबै सुरूपा सुखी हुँदैनन्,
सबै कुरूपा दु:खी छैनन्;
यो स्थिति कस्तो अमेल!
शायद सबै नियतकै खेल(?) Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पदचिन्ह

~सुधा एम. राई~

अभीप्साका रेतिलो खडेरी

मेरो मूर्छनाको चित्रबस्ती

मौन अनि नि-शब्द

आखिर,

तिमी आयौ
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण

~स्नेहलता राई~

हे नेपाल,

हे काठमाण्डौं,

तिमीकहाँ पटक-पटक पुगिरहने

मन भइरहने,
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी यसरीनै आउनु कविता !

~अर्जुन यावा~

म रुँदा यहॉं तिमी, शान्तवना दिनु नआउनू,

हॉंस्दा साथ दिन पनि नआउनू,

कविता! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मव्यथा

~डा. कविता लामा~

परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु

खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु

आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्माभिव्यक्ति-एउटा सिपाहीको

~वीणाश्री खरेल~

मेरो आगमनको
एकएक पललाई
आफ्नै घर-आँगनमा
मिलनका सपनाहरू सजाएर बसेकी तिमी
खुशीका गुराँसहरू
मनभरि फुलाएर पर्खेकी तिमी,
मायाका उन्मादमा
बसन्ती भएर मात्तिएकी तिमी
मेरो नआउने खबर पाउँदा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विचार – श्रृंखला

~तारा साम्पाङ~Tara Sampang - sikkim

क्रान्ति–

विरोधाभासले
वर्षौं गर्भाधान गरेर
जन्माएको छोरा

विरोधाभास– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मोतिसिंह छेत्रीका केही अभिव्यक्तिहरू

~मोतिसिंह छेत्री~

(1)
मृत्यु कति भयंकर

अखण्ड सूर्यको तापझैं

मान्छेमा सधैं आरोपित

मृत्यु कति भयंकर

आत्मा त होशियार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म बलात्कृत भएको रात

~सुधा एम. राई~

आजकल

दिनप्रति दिन बढ़्दै गइरहेको आफ्नै पेट छाम्दै

अन्योलताहरूसित गुम्फित

त्यो क्षितिज हेर्दै

म टटोलिरहेछु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~Man prasad subba

अखबारको पृष्टमा ऐना हेरेर

शुरू हुन्छ उसको दिन…

आधुनिक दन्त्यकथाको एक देवता ऊ

रिमोट-कन्ट्रोल हातमा लिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धको स्पन्दन

~श्रीहरि लुईटेल ‘दुःखी’~

सुक्यो देह मेरो

मकैको ढोडसरी ।।

झर्‍यो पात मेरो
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भविष्य – अतीत

~गोविन्द बेल्वासे~Gobinda Belbase

भविष्य

(भाग-एक)

चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस ग्रहको गतिअनुसार सोह्र दिनमा पृथ्वीसम्म आइपुग्ने र ठोक्किने बताइँदै थियो। समाचारले उनको दिमाग नै एकाग्र रुपमा तान्यो । टेबुलको कफी समेत खान बिर्सिएर समाचारमा आँखा लगाइरहे । उनको दिमागले विविध कुरा सोच्न थाल्यो। अर्को ग्रह Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वसुधा

~गोविन्द बेल्वासे~Gobinda Belbase

जी–मेलको इनबक्सको एउटा इमेलमा घन बहादुरको आँखा झट्ट पर्‍यो। आँखा अडिए र फेसबुकमा स्कूल पढ्दाको एउटा साथीको अनुरोधले शरीरमा एउटा तरङ्ग जन्मायो ।

दिमागमा स्कूल जीवनका क्षणहरू नाँच्न थाले । दायाँ हातको चोरऔँलाले माउस क्लिक गरेर फेसबुकमा लैजाने प्रयास गर्यो। करिब १७ बर्ष अघि एसएलसी परीक्षा सकिएदेखि छुट्टिएको साथीको नाम देखेर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको मन

~गोविन्द बेल्वासे~Gobinda Belbase

माधवले फोनमा बासुलाइ कृष्ण ब्रिटेनबाट अर्को महिना नेपाल आउन लागेको कुरा बतायो। उनीहरुले कृष्ण नेपाल आउने विषयमा सल्लाहा गर्न भेटेरै कुरा गर्ने सल्लाहा गरेर पुलचोकमा चर बजे भेट गर्ने भए।

माधावको कार सोल्टी रेष्टुरेन्टको कारपार्कमा रोकिएपछि उ कार बाहिर निस्कन भन्दा पहिला नै बासुको मोटरसाइकल पनि आइपुग्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवाई टिकट

~गोविन्द बेल्वासे~Gobinda Belbase

बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– ‘फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु’।

ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर ‘हेलो’ भन्दै उनी भान्सामा फर्किइन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लरीको यात्रा

~गोविन्द बेल्वासे~Gobinda Belbase

उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्‍यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी वितरण गर्ने बेलासम्म त ब्यापार रमाइलो पनि भयो। राम्रैसंग जम्यो पनि। तर, जब रक्सीको पैसा उठाउने बेला आयो समस्या बढ्दै जान थाल्यो। कतिपय दुकानमा दिएको रक्सीको पैसा उठाउन जाँदा पसल बन्द गरेर दुकानदार नै गायब। कतै भोलि भोलि, कतै आधा रकम मात्र बुझाउने, त्यसमा पनि रक्सी चाही दोब्बर जस्तो थप्दै दिँदै जान पर्ने। उता पैसा बुझाउने ठाउँमा भने धरौट भन्दा बढीको रक्सी नगद नबुझाई नपाइने। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने

~भगवती बस्नेत~Bhagwati Basnet

झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने
स्वाभिमान गुमाएर चुक्नुपर्छ भने

शीर उँचो राखिरहने जिन्दगीको चाह
के अर्थ भो अन्यायमा रुक्नुपर्छ भने Continue reading →

Posted in गजल | Tagged | Leave a comment

विष्णु बैकुण्ठे र भगवती बस्नेतको मुक्तक दोहोरी

~भागवती बस्नेत~
~विष्णु बैकुण्ठे~ Continue reading →

Posted in मुक्तक | Tagged , | Leave a comment