Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : नायगरा झरना अतृप्त यात्रा

~डा तीर्थबहादुर श्रेष्ठ~ नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~ म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading →

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

संस्मरण : बद्री सर र किताप सरको नाममा

~अविर खालिङ~ बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~ मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मदनमणि युगको अवसान

~गोविन्द गिरी प्रेरणा~ ९३ वर्षसम्मको आफ्नो आयुको अधिकांश समय नेपाली वाङ्मयलाई समर्पण गर्ने वरिष्ठ विद्वान साहित्यकार मदनमणि दीक्षितको अवसानसँगै एउटा युगको अवसान भएको छ, मदनमणि युगको । कुनै एउटा व्यक्तिले आफ्नो योग्यता र योगदानले युगको निर्माण गर्नु चानचुने कुरा होइन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : भूमिगत जीवनका अविस्मरणीय दुईरात

~नरनाथ लुइटेल~ बितेका अनगिन्ती दिनहरू र क्षणहरूमध्ये सबै दिन र क्षणको सम्झना मनमष्तिष्कमा रहिरहँदैन अनि रहिरन साध्ये पनि हुँदैन । बिर्सनै नसकेर बेलाबेला मनमा मडारिदै झलक्क झलक्क झल्का दिने एउटा सानो घटनाबारे म यहाँ छोटो चर्चा गर्न खोजिरहेको छु । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मैले भोगेको सुशासन

~कुबेर काका~ देशवासीले अव कुनै आन्दोलन र हडताल गरेर अधिकार खोज्नु पर्दैन । हुकुमी राणा शासन जनताको चाहना अनुसार संघर्ष गरेर हटायौं । कालो पञ्चायतका लागि पनि जनता कै सहयोग लिएर समाप्त गर्न सफल भयौं । देशमा २४० बर्ष जरो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : प्रवासी

~पूर्ण ओली~ ऊ मेरो सबैभन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिमतिरको शिष्य पनि ऊ नै भयो र सबैभन्दा छोटो समयको शिक्षार्थी पनि ऊ नै भयो । उसलाई मैले एउटा स्कूलको शिक्षकको नाताले जम्मा चारपाँच … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : कविशिरोमणि : लेखनाथ पौड्यालका केही सम्झना

~रोचक घिमिरे~ वर्णमाला खारेर कनीकुथी नेपाली अक्षर पढ्न सक्ने भएपछि आमाले पढ्ने गरेको \’गोरखा शिक्षा तेस्रो पुस्तक\’ मैले पनि पढ्न थालेँ । त्यहाँ छापिएको \’पिँजराको सुगा\’ कविता मेरी आमा लय हालेर पढ्दै मलाई सुनाउने गर्थिन् । त्यसको एउटा पङ्क्ति \’भन्दछ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आँखा भरि भरि सम्झनाहरु ….

~धनहाङ्ग सुब्बा~ एक साँझ रोल कल परेडमा सार्जन्ट मेजरले अब हामीहरु चाँडै यो क्याम्प छोडेर सिंगापुर रियर हेड क्वार्टरमा जाँदै छौ, फर्कदै छौ । अहिले देखि नै तयार तयार हुँदै गर्नु भन्ने हुकुम सुनायो । तर यस भन्दा अघि नै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एट्लान्टिस्मा एक रात

~जीवा लामिछाने~ दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। ‘सेभेन स्टार’ भनिने ‘पाम जुमेरा’ को ‘बुर्ज अल अरब’ लाई आठौं आश्चर्य नै मानिन्छ। संसारकै नमूना परियोजना पाम जुमेराका होटल र आवास–अपार्टमेन्टहरूले कसलाई आकर्षित नगर्लान्! शाहरूख … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मुमा र म

~माया ठकुरी~ म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चिराग तो जलाओ, बडा अन्धेरा है

~अम्बर गुरुङ~ निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बडाको सङ्गत गुवापान

~डा. केदार कर्माचार्य~ २०६१ साल फागुन १० गतेका दिन सुनसरीको धरान-४ बाट ललितपुरको ज्वागल, कुपण्डोल-१० मा सपरिवार बसाइँ सरेर आएपछि र्सवप्रथम मेरा छिमेकी वरिष्ठ उपन्यासकार डायमनशमशेर राणासँग साक्षात्कार गर्न पाउँदा खुसीले मेरो हृदय गद्गद् भएको थियो । प्रथम भेटमा नै उहाँको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~ बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : फज्लु भैया

~अम्बर गुरुङ~ फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : शङ्कर : आत्मगाथाको प्रतिध्वनि

~प्रकाश सायमी~ शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामथ्र्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : भूमिगत रेलयात्रा र शौचालय

~कोमलप्रसाद पोख्रेल~ अक्टुबर ५, २००६ प्रातः सधैंभन्दा अलिक चाँडो म आफ्नो दैनिक नित्यकर्मबाट निवृत्त भएँ । छोरी कृष्णाले भोजन तयार गरिन् । भोक लाग्ने बेला भएको थिएन, तर सिन्कीको स्वादिष्ट रस र दही भएपछि मलाई भोक लाग्नु पर्दैन भोकलाई म … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

युद्ध संस्मरण : डक्टरलाई सहिद हुन हिँडेको हुँ भनेँ

~अनुपम थामी~ मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

युद्ध संस्मरण : एकदिन हाम्रोपनि दशैं आउने छ

~सरल सहयात्री पौडेल~ आमूल परिवर्तनको अभियानमा तिव्र गतिले हुइकिरहेको वर्तमान नेपालमा हरेकवर्ष आइरहने हिन्दुहरुको ‘महान चाड दशैं’ फेरि पनि आइरहेको छ । म आफुपनि एक हिन्दुको छोरो हु“ । तर म, मेरो परिवार आश्रीत जीवनमा वाहेक आफुलाइ हिन्दु वा कुनैपनि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : प्रकाश कोविद खोज्दा आईबी राईसँग जम्काभेट

~अश्विनी कोइराला~ ०४८ सालको कुनै महिना, गर्मी सुरु भैसकेको तर बर्खा सुरु नभएकाले जेठ–असार हो कि भन्ने अञ्दाज गर्न सक्छु । प्रजातन्त्रपछिको पहिलो निर्वाचनका कारण हाम्रो गाउँ दुई भागमा विभक्त भएको थियो । एकथरि मानिस ‘कम्निस्ट’ भएका थिए, जो कांग्रेसका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मनु ब्राजाकीको दारुको सुर्को र चुरोटको सर्को

~जगदीश घिमिरे~ मनु ब्राजाकी उदीयमान लेखक थिए । कुरा मिल्ने उनै एकजना भए । उनी दारुको सुर्को र चुरोटको सर्कोसंग राजनीति, द्वन्दात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर थाक्दैनथे । हामी छिटै घनिष्ठ भयौं । जनकपुरका दिनहरुमा मनु ब्राजाकीसंग मेरो घनिष्ठ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रसुवाली तामाङको दशैं

~फुर्पा तामाङ~ दशैं मूलतः हिन्दूहरूको चाड भए पनि नेपालमा अन्य धर्मावलम्बी एवं जातजातिले पनि धुमधामसँग मनाउँछन्। रसुवाका तामाङ समुदाय पनि त्यसैमा पर्छन्। उनीहरूले कहिलेदेखि दशैं मनाउन थाले, थाहा छैन। यद्यपि पछिल्ला वर्षहरूमा भने दशैंको रौनक घटेको छ। २०४६ सालको राजनीतिक … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बीपी, समय र संवाद

~प्रकाश सायमी~ बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि। बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्त्वपूर्ण पाठ हो। म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु।

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अक्षरले जोडिएको नाता

~श्यामदास वैष्णव~ मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अफगान अनुभव

~भूमि भण्डारी~ अफगानस्तान । देशको नाम सुन्दै आङ सिरिङ्ग हुन्छ । युद्धका कारण यो देशको नाम यस्तो डरलाग्दो सुनिएको हो । यो देशको नाम लिने बित्तिकै मानिसहरुको दिमागमा एक किसिमको तस्वीर आउंछ । अमेरीकी सेनाका ट्याङ्क, निलो बुर्काले पुरै शरीर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एस.एल.सी यात्रा

~ध्रुब रिजाल~ ‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’ “लौ तेरो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चैत्र तीनको कालोपट्टी

~प्रकाश सायमी~ चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ । नेपाली साहित्यका पाठकले यस दिनलाई एक … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सम्झनामा बैशाख १२

~किशोर दहाल~ २०७२ बैशाख १२ गते शनिबार ! खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साे पाठकाे परीक्षा लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रुद्र खरेल– साहित्य र संस्कृतिको नाम

~लीला उदासी~ रुद्र खरेल बित्नुभएको समाचारले मलाई स्तब्ध बनायो। आफ्नै कमजोरीले मैले वहाँ बिरामी परेर तीन महिनादेखि अस्पताल रहनुभएको पनि थाहा पाइनछु। उहाँ बित्नुभएको समाचार मलाई पहिले त पत्यार लागेन, तर संसारमा कहाँ पत्यार लाग्ने कुरामात्र हुन्छन् र ! जे … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment