Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~ आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

~मदनमणि दीक्षित~ जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~ कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~ आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो । भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~ कसलाई भेट्न आएको ? उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ । सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : घर एउटा कविता

~राजव~ तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन । किन डाकेको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

~हरिहर तिमिल्सिना~ ‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के बिरालो !’ अर्को बोल्यो।’होइन होइन यसको टाउकोमा सिङ उम्रिएको रहेछ, ए … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको … Continue reading →

Posted in संस्मरण | Tagged | 2 Comments

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ऐना र उमेर

~नम्रता गुरागाईं~ आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~ सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~ भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू । लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~ बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~ यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विभ्रमको विहानी

~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~ मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

~भिम प्रसाद घिमिरे~ छात्रावस्थामा ‘भविष्य निर्माण’ भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

~आस्था के.सी.~ शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ?’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु-याउँथेँ । शनिबार पनि झोला बोकेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

~विवशकुमार सेजुवाल~ धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो राल्फाली मञ्जुल !

~गणेश रसिक~ बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नाटकले दिएको सास्ती

~अशेष मल्ल~ जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

~मदनमणि दीक्षित~ महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : शैशवका तीन पुस्ता

~मदनमणि दीक्षित~ म जन्मिएको ८६ वर्ष पूरा हुन लाग्यो । म पछिका पनाति र पनातिनी गरी तेस्रो पुस्ता चलिरहेछ । केही दिन भयो मेरो नातिनी ज्वाइँसित कुरा हुँदै थियो । आफ्ना साढे दुई वर्षको उमेरका बम्बई छँदाका सम्झनाहरू बारे चर्चा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृति

~सीता अर्याल~ जुनेली रात, बन्द झ्यालको कन्चन शिसाबाट बाहिर नियाली रहेकी हुन्छु । निद्रा पटक्कै छैन । बाह्र बज्ने तरखरमा छ । विस्कन्सन डेल्सको एउटा रिशोर्ट– चुलाभिष्टा । नयाँ ठाउँ नयाँ अनुभव, मनभित्र सोचाईका भङ्गालाहरु पनि अनगिन्ती उर्लिरहेछन् । आआफ्ना … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : दुर्योधनको नियति

~निर्मोही व्यास~ २०५८ सालको पहिलो साताको प्रारम्भमा म पीएच.डी.को प्रवेशपरीक्षामा सफल भएको खबर पाएर भर्ना हुनका लागि काठमाडौं आएको थिएँ । विद्यावारिधिको अध्ययन गर्ने वर्षौंअघिदेखिको आफ्नो बलियो धोको पूरा हुने साइत जुरेकोमा खुसीले झुसी थिएँ । काठमाडौं टेकेको भोलिपल्ट दस … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विमान चढ्नु अघिको मित्रता ओर्लिनासाथ समाप्त

~गीता थापा ‘दोषी’~ हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने अरु माथि दोषारोपण … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment