Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आख्यान लेखनमा मेरो अनुभव र अभिमत

~दिल साहनी~ आख्यान त नाटकमा पनि हुन्छ । आख्यान त कवितामा पनि हुन्छ । रामायण महाभारत महाकाव्य हुन् । काव्य हुन् । कविता हुन् । साथसाथै आख्यान पनि हुन् । रामायण महाभारतमा कथा पनि छन् । उपन्यास पनि छन् । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रुसी केटीद्वारा बलात्कार चेष्टा

~मदनमणि दीक्षित~ ‘ स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : छुट्दै गरेका भक्कानाहरू

~उर्मिला श्रेष्ठ ‘भोजपुरे’~ आज २०६० साल भदौको २ गते कृष्णाष्टमी । अड्डा बिदा छ । यो अड्डाको सिलसिलाले ६१ वर्षो जन्मदिन मनाइसकेपछि पनि छोडेन । जागिर खानुपर्ने अवधि अझ पाँच वर्षपूरा छ । कति खाने जागिर पनि ! कहिलेकाहीँ त … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गर्भदानकर्ताहरुलाई रक्तमुच्छेल गर्भेणाको पीडामिश्रित साधुवाद

~पूर्ण ओली~ (५) मैले वनासिसजस्तै कलाक्षेत्रबाटै धनी हुने बच्चा जन्माउन खोजेको होइन ! राजेश हमाल र रेखा थापालाई मात गर्ने कलाकारलाई जन्माउन पनि सक्तिन म ! म लैला मजनुको प्रेमलाई मात गर्ने प्रेमलाई जन्म दिन सक्तिन ! मभित्र शेक्सपियरको संवादलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~ बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा । “लौ बित्यास बन्यो राति एघार बजेदेखि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : महाकवि : सम्झनाको तरेलीमा

~कृष्णप्रसाद पराजुली~ नदेख्तैका देवकोटा म पहाडबाट आएको पछीजस्तै थिएँ । गाउने लत त सानैदेखि लागेको हो । पछि कोरकार गर्न मन लाग्यो । म जे पाए पनि पढ्थेँ । नाम सुनियो- लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद नेपालका ठूला कवि हुन् । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चंखे र दुम्सेको सिकार राजपङ्खी

~टंक वनेम~ उत्तिनखेर गाउँ घरमा स्यालहरु पनि मोटा घाटा र बलिया हुन्थे । प्रायः लिम्बूहरुका प्रत्येक घर घरमा कुखुरा पाल्ने चलन थियो । भेडा बाख्रा गाई वस्तु नपाल्ने घर थिएनन् । गाउँभरिको घरघरमा कुखुरा भेडा बाख्रा भए पछि कुनै न … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बिर्सेको कुरा

~शार्दूल भट्टराई~ म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ। दिउँसो फेरि पुगेँ। उहाँ आउनु त भएछ तर खाना खाएर फेरि निस्किसक्नु भएछ। कता जानु भएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ३५ वर्षपछि भैरव सम्झँदा

~हरि अधिकारी~ श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आँखाको भाषा

~शार्दूल भट्टराई~ हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो । तर, त्यस दिन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मृत्युपछिको मेरो जीवित अनुभव

~हरिकृष्ण काफ्ले~ यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : छात्तीमा खसेका गजलका बूँदहरु

~हेमन यात्री~ मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मुनामदनको बज्जिका भाषामा अनुवाद गर्दा

~सञ्जय साह मित्र~ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नेपथ्यको पर्दामा दृश्यान्तर

~प्रकाश सायमी~ सर्पिलो पीच फैलिएको थियो, उकालोतिर । यो उकालोको नाउँ के हो ? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले । बम्बईको हँकाइ यस्तै हो । हामी दुई एउटै समयका पागल सिनेप्रेमी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मासुको हल्ला र हाँसो

~क.दी.~ हिमाल मा यस वर्ष दशैँमा के विशेष गर्ने भन्ने विचार विमर्श भएछ । क–कल्ले के भने थाहा भएन तर अन्ततोगत्वा खानेकुरामा ‘सम्’ भएछ । मलाई सोधेको भए म बुढेसकाल या बुढ्यौलीबारे गरे हुन्न ? भन्ने थिएँ । मान्छेको स्वभावै हो कि क्या … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : राजनीतिको रङ

~सरोजराज अधिकारी~ ‘चप्पा–चप्पा छान मारा सर, मगर गोबरबहादुर कहीँ नही मिला ।’ हरेक शुक्रबार यो डायलग सुनाउँथ्यौं हामी सरहरूलाई । हामी अर्थात् किरण ढकाल र म । २०४९ सालतिरको कुरा हो । नेपालगन्ज धम्बोझी चोकबाट करिब सात किलोमिटर पश्चिममा रहेको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अम्बर गुरुङको आँसु

~कुन्द दीक्षित~ ७३ वर्षको उमेर पुग्नलागेका बेला आफ्नो देशको हालत देखेर नौ लाख तारा गाउने अम्बर गुरुङका आँखा रसाउँछन्। अतीतको त्यो गीतले एउटा पूरै पुस्तालाई म नेपाली हुँ भनेर चिनायो। त्यो गीत सुन्दा अहिले पनि देशप्रेमको भावनाले हामीलाई गर्व हुन्छ; … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विकलसँग बिताएका पल

~नरेन्द्र रौले~ मङ्सिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । बाँसका रूख हल्लिरहेका छन् । केही पर हरियो जङ्गल । एउटा बूढो पीपलको रूख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा जिउ तताइरहनु … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सोचेजस्तो हुन्न जीबन !

~सजना गुरुङ~ हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर ! तर आज सजाय जस्तै आभास भैरहेछ डलर ! तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर ! दु:खको मुहान होउकी सुखको किरण ? बुझेरै नसकिने तिमी के हौ डलर ? … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो ट्युब !!

~पौल भाट~ भाट जी , भाट जी … हाम्रो ढोकामा बिहानै साउती मारे जस्तो गरि .. एक जना करायो !! को भण्डारी चौकीदार ?? हजुर … मुनुवा ठाडा मा … बर्दिया का हुने लठा काट्न लाग्या छन् …. १५ -२० … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

~कृष्णप्रसाद पराजुली~ म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : महाकवि कि महाकाव्यकार ?

~दिल साहनी~ बनारसको कुरा हो । पुष्पलालको पालाको कुरा हो । त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय दशपुत्र गल्लीमा थियो । पार्टी कार्यालय पार्टीका कार्यकता नेता तथा समर्थक भेला हुने एउटा निकै महत्वपूर्ण ठाउँ भएको थियो । यस कार्यालयमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सुनको बिहान

~शीतल गिरी~ सुनको दिन एक उदाउँछ रे यस देश खुलिकन आउँछ रे रङ्गिला बनी बादल छाउँछ रे जल चञ्चल भैकन गाउँछ रे । म श्री वैद्यनाथ हाई स्कूल महेन्द्रनगर, कञ्चनपुरमा २०२६ सालमा ६ कक्षाको विद्यार्थी छँदा महाकवि लक्ष्मीप्रसादको प्रस्तुत कविता … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : भुस मान्छे ! ओ भुस मान्छे !!

~जोतारे धाईवा~ समय, मैले सधैँ मनमै जपिराख्ने ‘प्रिय’ विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु । प्रिय सम्बोधन पनि कतै तिम्रो लागि दोहोरिइरहने झर्को कुरा बन्ला … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : वन र बिजुली

~बसन्त थापा~ त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँरु। के भयो होला उसलाई त्यसपछि? माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्काइपको टीका

~युवराज नयाँघरे~ हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए। मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे। एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जिन्दगीमा फेसबूक

~कल्पना वान्तवा~ फेसबूके कुलीनहरू हाम्रा जतिसुकै महत्वका पोष्टलाई पनि बाल दिंदैनन्, अन्तरसंवाद गर्दैनन् र पनि हामी ‘म त यति ठूलो मानिसको साथी हुँ’ भन्ने आत्मरतिमा रमाउने स्वार्थले अपहेलना सहेरै साथी बनिरहन्छौं। फेसबूकको नेपाली ‘डेमोग्राफी’ मा उच्च वर्गका केही ठालुहरू उच्चै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अतितको सपना

~एच.बि. शेरचन~ उर्वशीले मन दुखाएर थुप्रै पत्र लेखिन् कुनै पत्रमा त आफू अरुको बन्नै नसक्ने पत्र पनि कोरेकी थिइन । लेखु त यो कथामा अड्दैन । यस्तै मनमा छचल्कीरहेका कुराहरु सोच्दै सानोतिनो काममा बिजि रही बेलुकीको खाना खाएर विस्तारामा पल्टिन्छु … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : लाहुरेका दशैं

~दिनकर नेपाल~ भारतीय गोर्खाहरूको यसपालाको दशैंलाई युद्धको बादलले अँध्यारो बनाइदिएको छ। हामी सानो छँदा घरमा ५/६ महीना अघिदेखि नै ‘यसपालिको दशैंमा बुबा आउनुहुन्छ कि हुन्न?’ भन्ने छलफल चल्न थाल्थ्यो। बुबा भारतीय लाहुरे। अहिले जस्तो सञ्चार सजिलो थिएन। दुई/तीन महीनामा एउटा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चाइना कम्पनी

~सरुभक्त~ गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृतिमा रुद्रसर

~सङ्गीता दाहाल~ जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment